Saturday, April 8, 2017

शङ्का नगरौँ, वैशाख ३१ मै चुनाव हुन्छ : उप्रधानमन्त्री थापा

लमजुङ (बेसिसहर), २६ चैत । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने दाबी गर्नुभएको छ ।

आज लमजुङमा स्थानीय तहका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले वैशाख ३१ मै चुनाव हुने भएकाले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

“वैशाखमा निर्वाचन हुँदैन की भनेर शङ्का नगरौ, सवैतिरबाट चुनावको तयारी तीव्र भइरहेको छ,” उहाँले भन्नुभयो । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारेको र सरकारले सक्दो सहयोग गरेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...