Wednesday, May 31, 2017

दीपेन्द्र–देवयानीको कथामा फिल्म बन्ने, दरबार हत्याकाण्ड देखाइने

काठमाडौं । पूर्वराजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथा नेपाली चलचित्र बन्ने भएको छ । दीपेन्द्र देवयानी राणाबीचको प्रेमसम्बन्धलाई फिल्ममा देखाइनेछ ।
दरबार हत्याकाण्डमा दीपेन्द्रको पनि निधन भएको थियो । उनी त्यस बेला २९ वर्षको मात्रै थिए । राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाकी छोरी देवयानी र दीपेन्द्रबीच प्रेमसम्बन्ध रहेको दाबी गरिन्छ ।

राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्म ‘दीपेन्द्र सरकार’ निर्माण गरिनेछ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो फिल्मको घोषणा गरिएको छ । आशुषेन फिल्मको ब्यानरमा ‘दीपेन्द्र सरकार’ बन्नेछ । फिल्मका निर्माता सन्तोष सेन हुन् । उनले यो चलचित्रका बजेट ५ करोड ५० लाख खर्चने योजना बनाएका छन् ।

सेनले फिल्मका लागि ‘मैले देखेको दरबार’को प्रतिलिपि अधिकार किनिसकेको जानकारी दिए । फिल्मको रिलिज डेट २०७५ को जेठ १९ गतेलाई तोकिएको छ ।

मलाई हेरेर ११० प्रतिशत सत्य कुरा भनि दिनु भयो.. नायिका रजनी केसी – Mata Sabita Saru Sharma Acharya

काठमाडौँ : माता सबिता सरु शर्मा आचार्य : अहिलेको समयमा चर्चित नायिका रजनी केसी सग को कुरा कानीहरु र तिता मिठा रमाईलो गफगाफ सग ऊहाको कुरा राम्रो लाग्यो हरेक मानिसले केही न केही ऑफुमा घमन्ड गरीरहेको हुन्छ तर ऊहालाई मैले तेस्तो पाईन र म माथी एक किसिमको बिश्वाश को बिचार हरु पनी राम्रो लागेको ऊहा लाई धेरै शुभकामना का साथमा कार्यसफलताको शुभकामना छ।

हेर्नुहोस भिडियो

मैले चुनाब हुदैनै भनेको हैन..फेक मिडिया हरुले भिडियो काटेर यसरी मिलाय – Mata Sabita Saru Acharya

माताजी केहि स्टाटस हरु : कोही कोही मानिसहरु चिप्लो कुरा गरेर,ठिक्क पार्ने र अरुको कुरा नकाटी बाच्नै नसक्ने पनी हुन्छन र अचम्म त के मान्नु तर पनी मानिस यस्तो हुने सर्प ले कॉचुली फेरेको जस्तो छिन छिन मा कुरा फेर्ने ओहो नसकिने रहेछ,यो समाजमा राम्रो कुरा गरेर समाज सपार्न।

हाम्रो देशको चुनाबमा ऊठेका नेताहरुको कुरो यसो गर्छु,ऊसो गर्छु भनेर गफ गर्ने नेताहरुको त झगडा परेरै मतगणना गन्ने टाईम त एकबर्ष पो लाग्छ कि के हो – Mata Sabita Sharma Acharya

Musical Performance by “Fusion Band” (ANS: 50th Anniversary), Virginia

मैले अमेरिका आउदा देशको एक मुठी माटो बोकेर ल्याउने मौका पाए ? तपाईले ?

तिमीलाई दुविधा भयो भने हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध उसले जे भन्छ त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’ लेखक तथा साहित्यकार स्व जगदीश घिमिरेले बीपी कोइरालासँग एक वार्ता शिर्षक नामक कवितामा लेखेका छन् l यस्ले मलाई पनि छोयो र पढ्नेलाई छोएको हुनु पर्छ l

मैले अमेरिका आउदा देशको एक मुठी माटो बोकेर ल्याउने मौका पाए ? तपाईले ?

तिमीलाई दुविधा भयो भने हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध उसले जे भन्छ त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’ लेखक तथा साहित्यकार स्व जगदीश घिमिरेले बीपी कोइरालासँग एक वार्ता शिर्षक नामक कवितामा लेखेका छन् l यस्ले मलाई पनि छोयो र पढ्नेलाई छोएको हुनु पर्छ l

यो पंक्तिकार अमेरिका आएको बर्ष समेत जोड्ने हो भने एक दशक भएछ l अझ पनि मन भुरुंग भै रहन्छ l स्वदेशको मायाले त्यति नै सताई रहन्छ l अमेरिका उड्नु अगाडी नै जन्मभूमिको यादले तड्पाउने छ भन्ने पूर्व अनुमान नगरिएको पनि हैन l अमेरिकाले बिस्तारै आफुलाई भसाउदै छ र क्रम बढ्दो छ l कर्मभूमिले मोहनी लगाएको लगायै छ l कर्मभूमि र मातृभूमिको सम्झना ,भोगाई र भावना छातीमा लिएर जीवन चलि रहेको छ l

यसरी अमेरिका सपरिवार उड्ने भए पछि ३ वटा ऐतिहासिक काम गर्न मन लाग्यो l सम्भवत यस्तो अरुले गरेका छन् या छैनन् ,थाहा भएन l मुग्लानमा पनि मातृभूमिको यादमा सदैब डुबी रहिन्छ भन्ने सोचेर पहिलो काम अमेरिका छोड्नु अघि बिराटनगरमा अवस्थित आफ्नो घरको माटोलाई हत्केलामा उठाएर हेरे l
यति अवधि सम्म मेरो भाग्यमा लेखेको रहेछ , हे नेपाल आमा भन्दै भश्रद्धा भक्तिको साथ हात जोडेर जमिनलाई ढोगे l त्यति मात्र गरिन ,अमेरिका आउनु अघि आफुले पाखुरी चलाएर बनाएको घरको एक मुठी माटो अमेरिका लिएर जाने निधो गरे l र ,माटो लिएर आएको छु l

यसै गरि अमेरिकाको धर्ति टेक्ने बित्तिकै लम्पसार परेर ढोगे l वाशिंगटन डिसीको डलस विमानस्थल बाहिर आए पछि गाडी चढ्नु अगाडी हे धर्तीमाता ! बिरानो ठाउँमा आएको छु मलाई रक्षा गर भने l मातृभूमि छोड्नु अघि नेपाल आमालाई पनि ढोगेको थिए र तिमिलाई पनि ढोगे भनि अन्तर आत्मा देखि बर्बराए l मेरा पाठक ,शुभ चिन्तकले यस्लाई कथा र काल्पनिक लेख कदापी ठान्नु हुने छैन भन्ने मैले विश्वास गरेको छु l

अमेरिकामा यस्ता कुराहरु लान नदिने हुनाले सुरक्षित गरि एउटा पोकामा हालेर ल्याउन सफल भए l अमेरिकामा आफ्नो घर किने पछि आफ्नो करेसा बारीमा नेपालको धर्तिको माटो मिसाएको छु l र अमेरिकन जमिन भित्र गाडेर अमेरिकन र नेपालको माटो मिश्रित गरि दिएको छु l जहिले आफुलाई सताउछ त्यहाँ गएर उभिन्छु र ढोग्ने गर्छु l

मानिसले अमेरिका आउदा अनेक चिज ल्याए पनि मातृभूमिलाई नभुलु भनेर एक दशक अगाडी माटो समेत ल्याएकोमा आफुलाई सन्तोष भएको छ l यसले मलाई हौशला दिन्छ l आनन्दको अनुभूति हुन्छ l थोरै भए पनि नेपाली माटो छ भन्ने सम्झन्छु l

अझ मात्री भुमिलाई नबिर्सने भनि २२ बर्ष देखि नेपाली समुदायका नेपाली मूलका कुनै पनि मानिस संग जहिले पनि नेपाली भाषामा मात्र कुरा गर्ने अभ्यास गरेको छु l अमेरिका आउने भए पछि उत्साह र उमंग आयो l शुन्य बाट जीवन सुरु गर्नु पर्ने ,चुनौती ,अप्ठ्यारा र भोग्नु पर्ने अनेकौ कुरा मनमा खेल्दा अमेरिका आउनु भन्दा अगाडी धेरैलाई हर्ष हुँदा हुदै पनि पिर बढ्छ र मानसिक तनाव बढ्दछ l बसाई कर्मभूमि तर मातृभूमिको सम्झनाले दिनरात सतायो भने मानिस घर न घाट को हुन्छ l न यता को हुन्छ न उता को हुन्छ l

अमेरिका आउनु भन्दा अगाडी र आए पछि यस्ता कुरा मनमा पटक्कै खेलाउनु हुदैन l अमेरिकामा खुट्टा टेके पछि मातृभूमि तथा परिवारको सम्झनाले सतायो भनि झोक्राउनु हुदैन l मष्टिश्क चल्दैन भन्ने दिमाग बाट हटाउनु पर्छ l हात खुट्टा लुलो पार्नु हुदैन l

यस्ता कुराहरु आफुले पनि भोगिने डरले नेपाल छोड्नु अघि धर्तिमा ढोगे र अमेरिकाको धर्तिलाई पनि ढोगे l यति मात्र गरिन नेपाल आमाको एक मुठी माटो पनि ल्याए l तपाई ले यस्तो गर्नु भएको छ त ?

टेक्सासमा किराँत उभौली कार्यक्रम सम्पन्न

 

डालस, टेक्सास,अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा ,चौथो बार्षिक किराँत उभौली कार्यक्रम टेक्सासको को डालस शहरमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

किराँतहरुको केन्द्रिय संगठन किराँत कम्युनीटि अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना मे २६ देखि २८ सम्म चलेको सो कार्यक्रमको पहिलो दिन किराँत कम्यूनीटि अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा र विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा भएको थियो भने अन्तिम दिन सांस्कृतीक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।

अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहको सो सम्मेलनमा ३५ राज्यका प्रतीनिधीहरुले आफ्नो राज्य संगठनको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रिय समीतीले आगामी बर्षको कार्ययोजना पेश गरेको किराँत कम्मूनीटि अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुब्वाले बताए ।“ आफ्नो कला, धर्म र संस्कृतीकोे संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचानलाइ सरकारि मान्यता दिलाउन हाम्रो प्रयास हो,”अध्यक्ष सुब्वाले भन्नुभयोे ।

“विश्वका मानवजातीको सुख, शान्ति र समृदिको लागी हेरक बर्षको उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग हामी प्रार्थाना गर्ने गर्दछौँ ।” प्रमुख अतिथि एवं किराँत धार्मिक प्रशिक्षक तथा तुम मांगसेवासा गुर मनप्रसाद थलगंले भन्नुभयो । किराँत धर्मका प्राज्ञ प्रा.डा. नरेश लावती र रणबहादुर सुब्वाले किराँत संस्कृति बारे उठेका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा संस्थाले प्रत्येक बर्ष प्रदान गर्ने पत्रकारिता सम्मान पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरियो भने बरिष्ठ समाजसेवी सम्मान गणेश सुब्वालाइ प्रदान गरिएको थियो ।

उभौली र उधौली किराँत धर्मका दुइ ठुला पर्वहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दैैै बर्षायाममा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए । अमेरिकाका ४१ राज्यहरुमा किराँतहरुको बसोवास रहेको छ । कार्यक्रममा करिब १ हजार किराँत धर्माबलम्विहरुको सहभागीता रहेकोे ओहायो राज्यप्रमुख सनमान सावाँले जानकारि दिए ।

Song by Anandu Lama

 

ASNEngr Merit Award 2016 Press Release

Song by Ram Prasad Khanal (President, Nepal Artists’ Association)

 

 

युएनएको कल्चरल फेसन सो उत्साहपूर्ण रुपमा सम्पन्न

डालस, मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको एउटा अर्को आकर्षण फेसन सो पनि हो । आज फोर पोइन्ट्स बाइ शेराटनमा एक भब्य कार्यक्रम बीच संस्कृतिक फेसन सो सम्पन्न भयो । चर्चित फेसन डिजाइनर सुबेच्छा भडेलले तयार गरेका पोसाकहरु लगाएर १० जना सुन्दर मोडेलहरु स्टेजमा प्रस्तुत भए । उक्त कल्चरल र्याम्प सो को सम्पूर्ण कोरियोग्राफी मिस नेपाल २०१२ नगमा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम समेत सुन्दर तरिकाले नगमा श्रेष्ठले नै संचालन गर्नु भएको थियो ।

यो कार्यक्रममा बिशेष अतिथिको रुपमा मिस टेक्सास स्टीफ़ेनि रुइज उपस्थित थिइन । उनी जीवित देवी कुमारीको रुपमा प्रस्तुत भएकी थिइन । कार्यकममा नायिका नन्दिता केसीले बसन्त नै बस्न खोज्छ रमाएर, यो हो मेरो माइतिघर नामको गीतमा उत्कृस्ट नृत्य प्रस्तुत गर्नु भएको थियो । नन्दिता केसी ३० भन्दा बढी नेपाली फिल्म अभिनय गरिसक्नु भएको छ भने १०० भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नु भएको छ । अमेरिकमा रहेर पनि नेपाली फिल्म मात्र होइन नेपाली भाषा र संस्कृतिको दुतको रुपमा काम गर्दै आउनु भएकी नन्दिताको देशभक्ति युक्त प्रस्तुतिले सबै मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रममा सो स्टपरको रुपमा नन्दिता केसी र सोनी राजभण्डारी प्रस्तुत हुनु भएको थियो । अत्यन्त मृदुभाषी, सरल र सकारात्मक सोंच कि धनि सोनी राजभण्डारी उत्प्रेरक मन्तव्यका लागि पनि चर्चित हुनुहुन्छ । आज अपरान्ह सम्पन्न युएनए को उद्घाटन कार्यक्रममा सोनीको प्रस्तुतिले सबैलाई चकित पारेको थियो । आफ्नो बिगत प्रति गर्व गर्दै अगाढी बढ्नु पर्छ भन्ने मान्यता राख्नु हुने सोनी सामान्य परिवारबाट आएर एक सफल व्यक्तिको रुपमा नेपाल र बिस्वभर चर्चित हुनुहुन्छ ।

त्यस्तै फेसन डिजाइनर सुबेच्छा भडेल नेपाली फेसन डिजाइनको दुनियाँमा एक गौरब गर्न लायक नाम हो । अमेरिकामा आएर पनि उहाँले नेपाली माटोको सेवा गरिरहनु भएको छ । आज यो र्याम्पमा प्रस्तुत भएका मोडेलहरुले नेपालका बिबिध जातजातिका पोशाक लगाएका थिए । नेवारी, गुरुङ, मगर, थारु, लिम्बु, शेर्पा जस्ता नेपाली जातजातिका पोशाक तयार गर्नुको साथै कुमारीको पोशाक पनि तयार गरेर सुबेच्छा भडेलले नेपालको सेवा गर्नु भएको छ ।
अत्यन्त राम्रो, सुन्दर र शालीन प्रस्तुतिका साथ् नगमा श्रेष्ठले कार्यक्रमलाई अन्त्य गर्नु भएको थियो । यो कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन नेपसिने र प्लानेट फिल्म्सले गरेको थियो भने संयोजन रायन कार्की र अर्जुन सुबेदीले गर्नु भएको थियो ।

सान फ्रान्सिस्कोमा दुताबासको Outreach Program:११८ जनालाइ सेवा

नेपाली दुतावास अमेरिका वाशिंगटन डिसीले समय, समयमा नेपाली समुदायलाई सेवा सर्वसुलभ गराउने उधेश्यले विभिन्न राज्यहरुमा सेवाका लागि Outreach Program गर्ने गरेको छ।

दुतावासले यो पटक क्यालिफोर्निया राज्यका मुख्य दुइ शहरहरु लस एन्जलस र सान फ्रान्सिस्कोमा Outreach Program सम्पन्न गरेको छ। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यालिफोर्निया च्याप्टरद्धारा संयोजन गरिएको सो सेवाबाट MRP पासपोर्ट, Travel Document, अन्य परामर्श सेवाहरु समेत प्रदान गरिएको थियो।

दुतावासका द्वितीय सेक्रेटरी चक्र कुमार सुवेदीले बिहान मे ३०, २०१७ का दिन बिहान १० बजे देखि सांझ १० बजे सम्म प्रदान गरिएको गर्नुभएको सेवाबाट ११८ जनाले सेवा पाए। मंगलबारको दिन भएकोले सेवालिनेहरुलाई पायक नापरेता पनि यो संख्या भनेको ठुलो हो। सो कार्यक्रममा महाबाणिज्यदुत ऋषि ढकाल स्वयम उपस्स्थित हुनुहुन्थ्यो।

Poem Citation by Ram Prasad Khanal ( President, INLS DC Metro )

स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी

काठमाडौँ, १७ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ ।

मन्त्रालयले तयार पारेको आदेशलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । स्थानीय तहमा निर्वाचित पदाधिकारीका बीचमा कार्य विभाजन र सम्पादनमा कुनै समस्या नआओस् भनी आदेश जारी गरिएको मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले राससलाई जानकारी दिनुभयो ।

“संविधानले स्थानीय तहलाई दिएका काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्ने क्रममा थप स्पष्ट पार्न यो आदेश जारी गरिएको हो, यसमा गाउँपालिका र नगरपालिकाका प्रमुख एवम् उपप्रमुखका लागि दिइएको अधिकारका विषयमा थप स्पष्ट पारिएको छ”– उहाँले भन्नुभयो ।

आदेशबमोजिम नगरपालिका अथवा गाउँपालिकाका कार्यपालिका एवम् सभाको बैठक बोलाउने र अध्यक्षता गर्ने तथा समापन गर्ने, बैठकमा कार्यसूची र प्रस्ताव पेस गर्ने अधिकार प्रमुख÷अध्यक्षलाई तोकिएको छ । प्रमुख÷अध्यक्षलाई आवधिक वा वार्षिक बजेट तयार पारी सभामा पेस गर्ने जिम्मेवारी पनि दिइएको छ ।

प्रमुख÷अध्यक्षले उपप्रमुख÷उपाध्यक्ष एवम् कार्यपालिका सदस्यलाई कार्यविभाजन नियमावलीअनुसार काम बाँडफाँड गर्ने अधिकार दिएको छ ।

स्थानीय तहका भवनको ढाँचा स्वीकृत

यसैगरी, मन्त्रालयले भवन निर्माण ढाँचा स्वीकृत गरी ७४४ स्थानीय तहलाई आज उपलब्ध गराएको छ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गरी भवन निर्माण ढाँचा स्वीकृत गर्नुभएको सचिव थपलियाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) ले ढाँचा तयार पारी मन्त्रालयमा पेस गरेको हो । गाउँपालिका एवम् नगरपालिकाका कार्यालय निर्माणका लागि चार र वडा कार्यालयका लागि छ प्रकारको नमुना स्वीकृत भएको छ ।

ढाँचाबमोजिम जमिनलगायत अन्य आधारलाई पनि दृष्टिगत गरी स्थानीय तहले भवन निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ढाँचाको कार्यान्वयनका लागि स्थानीय तहले चालु आर्थिक वर्षमा विनियोजित बजेट उपयोग गर्न सक्नेछन् । यसका लागि आगामी आवको बजेट पनि स्थानीय तहले छुट्याउन सक्नेछन् । अन्य स्रोतको खोजीका लागि पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

भवनको ढाँचा तोक्दा एकरुपता आउने, परिवर्तित कार्य जिम्मेवारी सम्पादन गर्न सहज र सेवा प्रवाहमा सरल हुने मन्त्रालयको विश्वास छ । रासस

नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य नेपाल प्रस्थान ।

“एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा बेलायत आई पुगेका नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य गत ३० मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टबाट नेपाल फर्किएका हुन । फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबै भन्दा लामो समय सम्म खेलेका हुन । वहाले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा पहिलो साफ गेम जितेको थियो, सन १९९३ मा वहाको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन, जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको साग गेमको उपाधि नेपालले हात पारेको हो ।

बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यता बाट उत्साह पुर्बक बडिरहेको छ । शुरु शुरुमा भेटघाट तथा मेलाको रुपमा शुरु भएपनि अहिले आएर प्रतिस्पर्धाकै रुपमा खेल हुदै गएको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । हालै गत २८ मे २०१७ को दिन तमुधिको आयोजनामा भएको “गोरखा कप” भेटरेन तर्फ लगातार ३ पल्ट जीतेर शिल्ड पचाएको छ । बेलायतमा नेपाली भेटरेन टिमहरुमा सबैभन्दा कुशल टिम चिनिने यस क्लबलाई सम्भवत सबै टुर्नामेन्टहरुमा “एफ सी केन्ट भेटेरेन, बेलायत” लाई कसरि हराउने भन्ने मानसिकता अरु टिमहरुले लिएर आएका हुन्छन । यस क्लबको खेलाडिहरु भन्दा अरु टिमका केहि खेलाडिहरु राम्रा भएपनि यस क्लबको टिमवर्क, खेलाडिहरुविच घनिस्टता, एकआपसको सदभाव रहेकै कारण अरु क्लबहरु भन्दा माथि रहिरहेको हो ।
बेलायतको नेपाली समुदाय बिचको फुटबल खेललाई अवलोकन गर्न साथै नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य लाई सम्मानार्थ र “एफ सी केन्ट भेटेरेन, बेलायत” को प्रोमोसनको लागी राजुकाजी शाक्यलाई “एफ सी केन्ट भेटेरेन, बेलायत” ले स्पोन्सर गरि बेलायत ल्याएको थियो । बेलायतको भिषा मिलाउन ज्यादै झन्झटिलो र धेरै प्रावधानलाई बिचार गर्नुपर्ने भएकोले यस कार्यलाई टिमका सहायक मेनेजर भास्कर राई र सचिव छबिन्द्र चोङ्बाङलाई केहि जिम्मेवारी दिईएको थियो ।

गत २२ मे २०१७ को साँझ बेलायत आई पुगेका शाक्य २८ मे भित्र सहायक मेनेजर भास्कर राईले बिभिन्न ठाउहरुमा नेपाल र बेलायतको फुटबलको बिषयमा अन्तरकृया कार्यक्रमहरु राख्नुभएको थियो । गत २९ मे को साँझ लेमल लिफ रेस्टुरेन्टमा सचिब छबिन्द्र चोङ्बाङले सञ्चालन गर्नु भएको सम्मान तथा बिदाई कार्यक्रममा यस क्लबका म्यानेजर बुद्धी सुनुवारले वहालाई बेलायत बोलाउनको औचिन्य प्रस्ट्याउनु भयो । यस क्लबका सस्थापक स्पोन्सर “गोरखा हिल क्यास एण्ड क्यारी” का सञ्चालक तथा निबर्तमान “फोक्स्टन नेपाली समाज”का अध्यक्ष चन्द्र गुरुङको बाहुलीबाट शाक्यलाई सम्मान–पत्र प्रदान गरिएको थियो भने टिम क्याप्टेन पदम योङ्हाङ र टिम कोच लोक चेम्जोङ्ले वहाको ९ दिने बेलायत बसाई रमणिय भएको होला भन्ने अपेक्षा राख्दै यहा बाट नेपाल सम्मको सफल यात्राको कामना दिए । अन्यमा राजुकाजी शाक्यको बोल्ने क्रममा निकै भावुक भएपछि एकछिन रोकिएर देशलाई उदृत गर्दै राजनितिको उथल पथल र राज्यले खेलाडिलाई प्रोत्साहन नदिएको गुनासो पोख्दै गोल्डकप जीतेर आएपछि सरकारले ३ लाख दिन्छु भनेको रकम अहिले सम्म नदिएकोले नेपाल फुटबल एसुसिएसन बाट राज्य ऋण लागेको सन्दर्भ पनि निकाल्नु भएको थियो । राज्यले जे जस्तै ब्याबहार गरेपनि वहाले आफ्नो कर्तब्य पालना गर्ने बताउनु भयो । एफ ए कोच लाईसेन्स को लागी उनि सन १९९८ मा पहिलो पल्ट बेलायत आएको बताउदै, वहाले अहिले सम्ममा धेरै सम्मानहरु पाई सकेको तर “एफ सी केन्ट भेटेरेन” ले बेलायत बोलाएर गरेको यो सम्मान भने सबैभन्दा ठुलो र भुल्न नसक्ने भएको साथै गोरखा कपमा विषेश अतिथि भएर यस क्लबले शिल्ड पचाएको हेर्न पाउदा धेरै गौरन्वित पनि भएको बताउनु भयो ।

यस क्लबको स्थापना केहि वर्ष यता भएकोले शाक्यको ब्याबस्थापन खर्च संस्था आफैले ब्यहोर्न नसक्ने अवस्था भएकोले केन्टमा रहेका विभिन्न ब्यापारि, संस्था र ब्यक्तित्वहरु “लेमन लिफ रेष्टुरेन्ट, चेरिटन”, “गोरखा प्यालेस”, “गोरखा हिल क्यास एण्ड क्यारी, फोक्सटन” “भान्सा घर आसफोर्ड”, “ओरियन्टल बफे फोक्स्टन”, “प्रीन्स अफ वेल्स, आसफोर्ड”, “गोरखा वरियर”, “फोक्स्टन ट्याक्सि परिवार”,“न्यु क्यास एण्ड क्यरी, चेरिटन”, “बस पाईलट, आसफोर्ड”, “गोरखा रिसोर्सेस”, सगरमाथा गोरखा नेपाली समाज, आशफोर्ड” र सम्पुर्ण यस क्लबका सदस्यहरुबाट केहि रकम उठाएर ब्यबस्थापनमा खर्च गरिएको थियो, त्यसबाट बचेको सम्पुर्ण रकमलाई गिफ्ट स्वरुप रकम खाममा राखेर क्लबको जुनियर सदस्य भ बहादुर पुनको हात बाट हस्तान्तरण गरिएको थियो । साँझको खाना खाएर राति ११ बजे छुटेपछि भोलिपल्ट क्लबका सदस्यहरु सङ्गम राई, सन्तोस गुरुङ, मोहन राई, भास्कर राई, बुद्धी सुनुवारले साँझ ७ बजे एयरपोर्ट पुर्याएर अन्तिम बिदाई गरेका थिए ।

दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित

यिनीहरु हुन् कलाकार बिक्रम परियारलाई ढुंगागै ढुंगाले हानेर मार्ने कुलंगार(भिडियो सहित)

लागूपदार्थका एडिक्ट दुई युवती तथा चार जना युवाको समूहका केही सदस्यको ढुंगा आक्रमणबाट कलाकार विक्रम परियारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कलाकार विक्रम परियारको हत्या लागूपदार्थका एडिक्ट युवायुवतीहरूको समूहले गरेको रहस्य खुलेको छ । पहिलो चरणको स्थानीय निर्वाचनका लागि भोट खसाल्न गृह जिल्ला तनहुँ आएका ४४ वर्षीय विक्रम गत वैशाख ३१ गते आइतबार स्थानीय जलदेवी केन्द्रमा मतदान गरी साँझपख काठमाडौंबाटै मतदान गर्न आएका साथी देवीनारायण श्रेष्ठसँग बाइकमा घुम्दै सेती नदी किनार पुगेका थिए । भादगाउँको छाला फ्याक्ट्री नजिकै पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

भरतपुरमा मतगणना गर्न माग गर्दै नेकपा एमालेको संसद बैठकअवरोध

काठमाडौँ, १७ जेठ । नेकपा एमालेको विरोधपछि व्यवस्थापिका संसदको बैठक अबरुद्ध बनेको छ भरतपुरमा मतगणना गर्न माग गर्दै नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको हो ।

बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले भरतपुरमा मतगणना नहुने हो भने देशभर चुनाव नहुने बताए । पाण्डेले बोलेपछि एमालेका सांसदहरु आफ्नो सिटबाट उठेका थिए । सभामुख ओनसरी घर्तीले पटकपटक बस्न अनुरोध गर्दा पनि एमालेका सांसद मानेनन् ।

एमालेको अबरोधपछि सभामुख घर्तीले जेठ १८ गते बिहीबार दिनको १ बजेसम्मलाई बैठक स्थगित भएको जानकारी गराइन् ।

Tuesday, May 30, 2017

३ दिनमा पर्व’को करोड कुल (ग्रस) कमाई

शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ l

३ दिनमा पर्व’को करोड कुल (ग्रस) कमाई

शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार फिल्मले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो । बलियो वर्ड अफ माउथका कारण फिल्मले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण फिल्मलाई फाइदा मिलेको निर्माता गिरीले जानकारी दिए ।

निर्माता गिरीले भने–‘शुक्रबार देशभरबाट फिल्मले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’ उनले ३ दिनमा फिल्मले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ । निर्देशक दिनेश राउतले भने–‘वर्ड अफ माउथका कारण सोमबार पनि फिल्मको व्यापार सुखद छ । दर्शकले फिल्मलाई मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’

शुक्रबार काठमाडौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पु¥याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थप गरिएको छ । काठमाडौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो फिल्मलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्बजनिक

नेपाली चलचित्र ‘कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्बजनिक गरिएको छ। आलेख ,कथा तथा सम्बाद महेश दवाडीको रहेको छ भने राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो को निर्देशन प्रसन्न पौडेलले गरेका हुन् भने ‘कमलेको बिहे’मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् l

चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ l

हेर्नुहोस यस्तो छ आधिकारिक ट्रेलर :

Dance performance by Ms. Sushma Khanal.., Virginia, U.S.A.

 

डिसी क्षेत्रमा नर्थ क्यारोलिना बाट आउनू भएकि समाज सेवि तथा मानव अधिकारवादी अन्नपूर्णा देव ले ” सामाजिक शान्तीको लागि सन्देश ” दिदै

तिमि छौ र पो बाचेको छु म…. बेलायत निरमाया रोधी घर गायक को धमाका

शान्ति नेपाली समाज बेलायत को आयोजना मा १८/०४/२०१७ तारिकको दिन नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ| सस्था का अध्यक्ष श्री कोशलेश्वर ढकाल को सभापतित्वमा, प्रमुख अथिति महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो| कार्यक्रममा बिभिन्न संगसस्था का प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिशिस्ठ व्यक्तिहरुको उपस्थिति थियो|

उक्त कार्यक्रम मा ५०० भन्दा बढी को संख्यामा नेपाली दिदीबहिनी , बुवा आमा तथा दाजुभाई हरुको उपस्थिति थियो| साथै कार्यक्रममा सस्था का उपाध्क्षय भोजराज भण्डारी ले स्वागत मन्तब्य दिएका थिए भने भुपेन्द्र पाठक ले औपचारिक कार्यक्रम संचालन गरेका थिए र सास्कृतिक कार्यक्रम सस्थाका सक्रिय सदस्यहरु जानकी गैरे र बिज्ञान हुमागाई ले संचालन गरेका थिए |

यात्रा कहाँ रोकिन्छ र

यात्रा कहाँ रोकिन्छ र

एकै  छिन पाइला  रोकिँदैमा

आँसु कहाँ सकिन्छ र

कहिलेकाहीँ  पोखिँदैमा

कहिले खुशी कहिले हाँसो

कहिले कयौँ  चोटहरु

बिथोलिन्छन् आशाहरु

सकिँदैनन् अठोटहरु

बाटो कहाँ मोडिन्छ र

औँलाहरु ठोकिँदैमा

घरी नजिक घरी टाढा

हुन्छ आफ्नै छाया पनि

बग्छ नदी सागर भेट्न

रोकिँदैन थाकेँ भनी

कर्णप्रिय नेपाली गीत यात्रा , गीता पाण्डे

 

‘ Yatra ‘ sang by Gita Pandey who has been learning semi classical on Indian Culture Center from last one year and still training to be better. The song YATAR was written by Ram Nath Ghimire and Music Compose/Arrange by Joogal Dongol while Nagendra Rai on Flute Rabin Karki Dhali on Violine Bhuwan Gandarbha on Madal and Anup Das on Guitar.

Upcoming project song is of Lyricist Mr. Kiran Kharel & Mr.Jash Yonjan Pyasi (Lyricist of Euta Khulla Kitab Hu Ma)

नक्कली धमला र हरिबहादुरको पोखरामा रमाइलो घम्साघम्सी(भिडियो सहित)

Actor and comedian Haribansha Acharya’s debut novel, Haribahadur, was released amid a function held at the premises of CITY HALL, on Saturday.  Haribahadur is based on the popular Nepali tele-serial Haribahadur Madanbahadur, featuring Acharya himself and his longstanding comedic partner, Madan Krishna Shrestha, who at the release event took the chair of Chief Guest and unveiled the book Haribahadur is based on the popular Nepali tele-serial Haribahadur Madanbahadur, featuring Acharya himself and his longstanding comedic partner, Madan Krishna Shrestha, who at the release event took the chair of Chief Guest and unveiled the book. The event on Saturday started off with a performance featuring Acharya himself, where he acted out a skit as a book salesman before being grilled by an actor impersonating Rishi Dhamala. After the book’s official launch, Acharya engaged in a discussion with author Buddhisagar. Buddhisagar, speaking about the book, said, “There have been observations made that Nepali novels are becoming more and more sentimental and soapy while Nepali movies are giving way to comedy. I think Haribahadur, to some extent, changes that. Written by a comedian, it is a book that offers humor and satire, which is perfectly on cue with precise timing that characterises a comedy show.” WATCH VIDEO OF PROGRAMM

इन्टरनेशनल कन्सर्न सेन्टरद्वारा काठमाडौँमा मङ्गलबार आयोजित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः प्रदीपराज वन्त, रासस

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

फूलबारीमा मणिमुकुन्द सेनको सालिक निर्माण

बुटवल, १६ जेठ । मणिमुकुन्द सेन उद्यानमा मणिमुकुन्द सेनको पूर्ण कदको घोड सवार सालिक निर्माण गरिएको छ ।

रु तीन लाख ९१ हजारको लागतमा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले सो सालिक निर्माण गरेको हो । कलात्मक ढङ्गले निर्माण गरिएको सालिकको आज समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले अनावरण गर्दै सालिकको निर्माणले फूलबारीको आकर्षणमा नयाँ आयाम थपेको बताउनुभयो ।

विसं २०३६ मा स्थापित फूलबारी २०५४ सालदेखि मणिमुकुन्द सेन उद्यानका नाममा सञ्चालित छ । मणिमुकुन्द १५ औं शताब्दीका पाल्पाका सेनवंशीय राजा हुन् । सेन राजाले निर्माण गरेको शीतकालीन दरबारको अवशेष फूलबारीमा अहिले पनि छ ।

अङ्ग्रेजसँग युद्ध भएको स्थान जितगढी किल्लाबाट मणिमुकुन्द दरबारसम्म दुई सय मिको सुरुङ मार्ग रहेको अनुमान गरिएको छ । हाल १५ बिघा क्षेत्रफलमा रहेको फूलबारीलाई २५ बिघा क्षेत्रमा विस्तार गर्दै पूर्वाधार निर्माणको काम भइरहेको समितिले जनाएको छ । फूलबारीमा दैनिक सयौंँ आन्तरिक तथा बाह्य पर्यटक घुुमफिरका लागि पुग्छन् ।

१६ जेठ, काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको सन्दर्भमा कर्मचारीको अनुगमन टोलीले दिने रिपोर्ट नमान्ने प्रष्ट पारेको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल सहितको शीर्ष टोलीले मंगलवार निर्वाचन आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तहरुसँग भेटेर प्रमुख आयुक्त वा आयुक्तलाई नै भरतपुर जान आग्रह गरेको छ । भेटपछि आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भरतपुर प्रकरण अत्यन्त गम्भिर घटना भएकाले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तनै त्यो ठाउँमा जानुपर्ने भनेर ध्यानाकर्षण गराइएको बताए ।

‘सिंगो सत्तापक्ष मिलेर हामीविरुद्ध प्रतिस्पर्धामा आयो’ उनले भने, ‘मतपत्र च्यात्ने व्यक्तिका रुपमा सत्तापक्षका मानिस गिरफ्तार भएका छन् । सत्तापक्षको योजनामा त्यो घटना भएकाले निर्वाचन आयोग आफैं अग्रसर हुनुपर्छ, सरकारी कर्मचारीमाथि सत्तापक्षको दबाब स्वतः पर्छ । त्यसैले उसको रिपोर्ट हामीले मान्दैनौं भनिसकेका छौं ।’

भरतपुर महानगरपालिकामा सत्तापक्षकी उम्मेदवार रेणु दाहाल हार्ने निश्चित भएपछि पुनः मतदान गराउने नियतले सत्तापक्षले मतपत्र च्यातेको एमालेको आरोप छ ।

एमालेले भारतपुरमा पुनः मतदान मान्य नहुने समेत निर्वाचन आयोगलाई जानकारी समेत गराएको छ । नेम्वाङले भने, ‘पुनः मतदान मानिँदैन, जति मतपत्र च्यातिएको छ, त्यसलाई सिल गर्नुस् बाँकी गणना गरेर मतपरिणाम सार्वजनिक गर्नुस भनेका छौं ।’

उनले अघि भने, यदि पुनः मतदानमा गइयो निर्वाचनको परिपाटी अन्त हुन्छ । हार्ने भएपछि एउटा पक्षले मतपत्र च्यात्ने प्रचलन स्थापित हुन्छ ।’

नेम्वाङले निर्वाचन आयोगलाई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बारे पनि ब्याख्या गरेका थिए । मतपत्र च्यात्नुअघि प्रधानमन्त्री निवासमै बसेर ऐनको दफा हेर्दै गणनास्थलमा रहेका कार्यकर्तालाई च्यात्न लगाए पनि उनीहरु त्यसमा चुकेको नेम्वाङले बताए ।

उनले भने, ‘ऐनको दफा देखाउँदै पुनः मतदान भनिएको छ । म पनि कानुनको विद्यार्थी हुँ । उहाँहरुले ऐन कानुन राम्रोसँग नपढी मतपत्र च्यात्नुभएछ । ऐनको दफामा मतगणनाथल कब्जा वा नियन्त्रणमा लिइएको अवस्थामा पुनः मतदान हुन सक्ने भनिएको छ । तर, त्यहाँ कब्जा वा नियन्त्रण भएको होइन, दुई जना व्यक्तिले उफि्रएर गएर मतपत्र च्यातेका हुन्, जसलाई प्रहरीले ठाउँको ठाउँ गिरफ्तार सकेको छ ।’

एक दुईओटा मतपत्र च्यातिएको अवस्थामा पुनः मतदानमा जानुपर्छ भन्ने कानुनको दफामा नरहेको उनले बताए । आयोग आफैं गएर यथार्थ बुझी मतगणना अघि बढाउनुपर्ने ओलीले बताएका छन् ।एमाले नेताहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको र भविष्यको लागि पाठ समेत सिकाएको बताए ।

उनले आयोगको अनुगमन टोली, सुरक्षा निकाय र मानवअधिकारको रिपोर्ट हेरेर लोकतान्त्रिक पद्धतिलाई असर नगर्ने गरी निर्णयमा पुग्ने बताए । यादवको भनाइ उधृत गर्दै एमाले नेता कृष्णगोपाल श्रेष्ठले भने, ‘आयोग कसैको दबावमा परेर निर्णय गर्दैन, लोकतन्त्रको मूल्य मान्यतालाई मर्न दिँदैनौं ।’

हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदानमा जाने पद्धति बस्न नदिन आयोग सचेत रहेको समेत यादवले बताए ।

४०० किलो काँचो सुपारी बरामद

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना

१६ जेठ, काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । विमानमा रहेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

 

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ ।  दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।

विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

छानबिन टोलीद्वारा दलका प्रमुखसँग छट्टाछुट्टै छलफल

सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप-यो : ओली

सहमतीय सरकारका लागि छलफल

त्रिशुली न्यू जेनेरेसन जर्मनीले बाल्यो बिजुली

 

मे २७, २०१७, जर्मनीको फ्रान्कफर्टमा नेपाली मूलका जर्मन नेपाली युवाहरूको संस्था “त्रिशुली न्यू जेनेरेसन” (TNG)ले नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग गरेको छ |

नेपालको संस्कृतीलाई नेपालीमूलका जर्मन युवाहरूमा जगेर्ना गर्न र उनीहरूबीच एकता, सद्भाव र नेपाल प्रतिको मायालाई जगेर्ना गर्न बनेको उक्त संस्थाले बिजुली मेसिन एउटा पृथक र प्रेरणादायी फिल्म भएकोले आफूहरूले प्रदर्शन गरेको जनाएको छ |
​​​फोटोमा त्रिशुली न्यू जेनेरेसन

आफ्नो सस्थाको मान्यताहरू, समस्या देखाउने मात्र होइन केहि गरेर देखाउने, निरन्तर प्रयास गर्ने र रमाइलो पनि गर्ने कुरा फिल्म्मको मुख्य संदेशसंग मिलेको अनि आफूहरुले खोजेको जस्तै मनोरन्जन र सामाजिक संदेश पनि भएकोले पहिलो पल्ट बिजुली मेसिन जस्तो फिल्म फेला पर्दा आफूहरू खुसी भएको त्रिशुली न्यू जेनेरेसनले बताएको छ |

स्क्रिनिंगमा फ्रान्कफर्ट वरिपरि बस्ने नेपाली युवा, केहि पाका व्यक्तिहरू, अनि केही जर्मन र अन्य अन्तरास्ट्रिय व्यक्तिहरूको उपस्थिति थियो | अंग्रेजीमा सबटाईटल भएकाले केही बिदेशीहरूको पनि उपस्थिति रहेको र नेपाली लगायत सम्पूर्णले फिल्मलाई रुचाएको संस्थाले जनाएको छ | कार्यक्रमका केहि फोटो र फिल्मको प्रतिक्रियाको भिडियो संस्थाले आफ्नो फेसबुक पेजमा राखेको छ | कार्यक्रमका केही फोटा र उक्त भिडियोको लिंक तल छ |

नविन अवालको लेखन तथा निर्देशन रहेको बिजुली मेसिन चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ | चलचित्रको निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् | नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ | चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श सन्तोष लामिछानेले प्रदान गरेका हुन् |

“बिजुली मेसिन” केहि महिना अघि डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो | उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए |
त्रिशुली न्यू जेनेरेसन जर्मनीको बिजुली स्क्रिनिगको भिडियो

Review of the movie screening of "Bijuli Machine"

Review Video of the movie screening of "Bijuli Machine".

Posted by Trishuli New Generation – TNG on Monday, May 29, 2017

 

कोलोराडोमा तुलसी दिवसलाई अभिनन्दन गरिने

मे, २०१७
कोलोराडो, अमेरीका
साहित्य तथा संस्कृतीका धुरन्धर बिद्धान कवी तुलसी दिवसलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिने भएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आगामी जुन १० तारिक शनीबारका दिन कवि गोष्ठि समारोहमा कवी दिवसलाई अभिनन्दन गर्न लागिएको संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बताएका छन् ।

नेपाली लोक संस्कृतीका वरिष्ठ अभियान्ता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य प्राध्यपक तुलसी दिवसलाई आºनै घर आगनमा भेट्न र उनका सारगर्भित कविता प्रत्यक्ष श्रबण गर्न पाउने सुभ अवसरमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनहुन अध्यक्ष ढुङ्गेलले सबै कोलोराडो बासी साहित्य अनुरागीहरुलाई आग्रह गरेका छन् । त्ससैगरी सोही समारोहमा स्थानीय कवी ,कवयत्री तथा सर्जकहरुलाई आ–आना सृजना प्रस्तुत गर्ने अवसरका साथै साहित्यकार केनी पाण्डेद्धारा लिखित अदर साईड अफ प्याराडाईस पुस्तकको विमोचन कार्यक्रम समेत हुने बताईएको छ ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

Monday, May 29, 2017

खेलाडी कर्ण चन्दको चुनौती एन आर एन ए एन सी सी केन्द्रिय सदस्यमा उमेद्वारी

 

आदरणीय नेपाली जन समुदायमा बसोबास गर्नु हुने सम्पुर्ण समाज सेवि ,बुद्धिजीवी , व्यापारी तथा ब्येव्साही बर्ग मुलुक्को गहनाको रूपमा मानिने सम्पुर्ण खेलाडी साथिभाईहरु तथा खेल प्रेमी मित्रहरू , विभिन्न ब्येव्साय्मा लाग्नु भएका दाजुभाइ तथा दिदिबहिनीहरुमा म कर्ण चन्द को तर्फबाट हार्दिक अभिबादन ।।
नेपाल को सुदुर पश्चिम् अन्तर्गत महाकाली अञ्चल को बैतडी जिल्लामा मध्यम परिवार मा जन्मेर नेपाल का करिबन ५/७ विभिन जिल्लाहरुका बालके स्कुलहरुमा अध्यन गर्ने क्रम मा २०३४ साल तिर बझाङ्ग जिल्ला को भुपुर माध्यमिक बिध्यालय मा समेत भुत पुर्व मन्त्री श्री गगनजङ्ग बहादुर सिह ज्यु को पनि बिद्यार्थी भएर सानै कक्षा मा भए नि एउटा बिद्यार्थी हुने मौका पाये पस्चात काठमाडौं , धनगढी , देहरादुन बाट स्कुल र कलेज को पढाइ सङ्गै 2045 साल को स्कुले जीवन (दसरथ रन्ङ्ग्शाला) देखि नै खेलकुद अन्तरगत कराते मा लागेर एउटा ( ब्येक्तिगत सौख को लागि मात्रै ) खेलकुद प्रती को प्रेमलाई सुरुदेखि नै आत्मसात गर्दै सिखेको सीपलाई र भएको चिजलाई आवस्यक्ता परेको बेला परिआएको खन्ड्मा आफुसङ्ग भएको बाट बाड्दै जानू पर्छ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै जानेक्रम मा नेपाल खेलकुद अन्तरगत करातेको सहायक प्रशिक्षक देखि हायर सेकेन्डरि स्कुल्का बिद्यार्थीहरु लाई समेत शिक्षक को अभाव परेको बेला स्थानीय स्कुलमा शिक्षण कार्य गर्दै परिवारिक ब्यापार तिर समेथ सहयोग गर्ने क्रमलाई पनि स्विकार्दै करिबन १६ बर्ष देखि बिदेश का विभिन्न ठाउँमा गरि विविध नेपाली पर्बाशी समाज अनि ती समाज भित्रका विभिन्न बिचारबादी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सङै वैदेशिक जीवन को सुख दुख र हातेमालो गर्दै आफू सन्ङ्ग भएको जति सबै किसम को अनुभव र ज्ञान सबै बिच बाड्दै सुरु्देखी नै प्रत्येक्ष या अप्रत्यक्ष रूपमा नेपाली र नेपाली समाज हरु सङ्गै आबद्ध भइ सके सम्मको हाम्रो नेपाल , नेपाली र नेपाल को लागि सामुहिक ढंगले सकारात्मक रुपमा सृजनात्मक तरिकाले समाजमा बिकासमुलक विषय मा जोड दिनु र क्रियाकलाप हरुको शुरूवात गर्नु मा म बिश्वास गर्द्छु ।

यसबाहेक प्रतिबद्धता को रूपमा मैले यहाँ लम्पसार गरेर कहानी लेखिराख्नु पर्ला जस्तो लाग्दैन तै पनि यदि समाज को सकारात्मक दृस्ठि ,बिचार अनि बिश्वास पाएर यसपालि को एन आर एन ए एन सि सि यु एस ए को 2017 — 2019 को चुनाव मा यश क्षेत्रबाट केन्द्रिय कमेटी को सदस्य को रूपमा पतिनिधी भइ हामी सबै नेपालीहरुको साझा एक मात्रै अन्तर्राष्ट्रिय अप्रबाशि संस्था को नामले चिनिने यो एन आर एन भित्र गएर समाका युवाहरूदेखि वृद्ध सबैका लागि उपरोक्त बिबिध सामुहिक , सामुदायिक ,सृजनात्मक कार्यक्रमहरुको शुरूवात गरि बढी भन्दा बढी युवाहरुका लागि उपर्युक्त क्रियाकलाप जस्तै ब्येक्तिगत बिकास ,नैतिक बिकास , सामाजिक बिकास , का साथै विशेष गरि समाज का भाबी असल समाज को निर्माणका मुल धरातल नै आज्को युवा पिडि भएको ले उहाँहरुलाई अति आवस्यक पर्ने सम्पुर्ण अतिरिक्त क्रियाकलाप र त्येस्का लागि हुनु पर्ने आधारर्भुत आवस्यक पुर्बाधार को उपर्युक्त तरिकाले ब्येवस्था गर्न सम्बधित निकायहरु सङ्ग जोड दिने छु ।

श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

कोलम्बो (श्रीलङ्का), १५ जेठ । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ ।

बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ ।

उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यरत सयांै तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ । प्राप्त जानकारी अनुसार बाढीले करिब दुई हजार घरमा पूर्ण क्षति पु¥याएको छ भने बाढीग्रस्त क्षेत्रका मानिसलाई खाद्यान्न लगायतका आधारभूत सामग्रीको आवश्यक देखिएको छ ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी र पश्चिमी क्षेत्रहरूका समथर क्षेत्रमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष यताकोे सबभन्दा ठूलो भएकोे छ ।

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको छ ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्रंङ्घीय बिश्व स्वास्थ सङ्गठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरूलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन् ।

गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

महाबाणिज्यदुतमा बढुवा भएका ऋषि ढकाललाई लस एन्जलसमा सम्मान गरिदै

उपेन्द्र सापकोटा
अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको लागि एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले अनुरोध गरेका छन् ।

महाबाणिज्यदुतमा पदोन्नति भएका ढकाल यस अघि क्यालीफोर्निया राज्यको सान डिएगो शहरको लागि वाणिज्यदूतको रुपमा रहेका थिए ।

”सामाजको कामगर्न पाउनु मेरो लागि मन्दिर जानु सरह हो ।”

समाजसेवी समाजको बेतलवी कर्मचारी हो, समाजद्वारा पाउने मायॉ र प्रेरणा नै उसको गड़धन हो । राम्रो काम गरे मान र नराम्रो गरे अपमानको तिखो धारमा समाजसेवीको जीवन बाचेको हुन्छ । मान र अपमानको दोसॉधमा दौड़ने जीवन पक्कै पनि सहज छैन ।तर पनी समाजिक कामको workaholic लत बसिसके पछी छुट्न गार्हो हुदोरहेछ । हुन त धर्मशास्त्रले समाजसेवालाई पवित्रकाम र उत्तम जीवन भनेको छ र त्यसैलाई आत्मसाथ गर्दै गैरआवासिय नेपालीसंघको माध्यमबाट मैले मेरो वाकी जीवनलाई समाजसेबामा नै अर्पणगर्ने निधोगरी गैरआवासिय नेपालीसंघ राष्ट्रीय समन्वय समिति अमेरिकाकोआसन्न निर्वाचन(१७-१९)को उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोबारे यहॉहरुलाई पहिला नै बताईसकेको छु ।

त्यसैले यदी तपाईहरुले मलाई सक्षम सम्झी एनआरएन अमेरीकाको उपाध्यक्ष पदमा विजयी गराईदिनु भयो भने मेरा प्रतिबध्दता निम्नानुसार हुनेछन । आगामी निर्वाचनको लागी जतिपनि उम्मेदवारहरु हुनुहुन्छ प्राय सबै साथिहरुका एकैखाले प्रतिब्द्धता देखियो केहि साथिहरु संग मेरा प्रतिबद्धता मिल्न गएको हुनसक्छ तर परिपुर्ती गर्ने मेरा उपाय /तरिका फरक भएको यहॉहरु समझ अनुरोध गर्न चाहान्छु र कतिपय साथिहरुका प्रतिबद्धतामा मेरो सहमति समेत भएको अनुरोध गर्दछु ।

प्रतिबद्धताहरु:-
१ – स्टेट च्याप्टर भएका हरेक स्टेटमा सामुदायिक भवनको निर्माण को पहल ।
२-“जीवनमा एकपटक मात्र पॉचडलर सहयोगअभियान ” मार्फत आपतकालिन कोष (Emergency Fund)खड़ा गर्ने ।
३-मेरिल्याण्ड Motor Vehicles Administration मा Driving license को परिक्षा दिदा मातृभाषा नेपालीमा परिक्षादिन पाउने ब्यबस्था गरेको अनुभवको आधारमा अरु बॉकि च्याप्टरहरुमा पनि सोहि मुताबिक़ पहल गर्ने छु ।
४- दशैको टिकाको दिन पब्लिक स्कुलहरुमा छुट्टी गराउन पहल गर्ने तथा पब्लिक स्कुलको पाठ्यक्रममा नेपाली भाषालाई एेच्छिक भाषाको रुपमा राखिदिन अनुरोध गर्ने ।
५:- ७५ देशका राष्ट्रीय समितीसंग एकआपसमा समन्वय गरी भाईचाराको सम्बन्ध स्थापित गर्ने, सागठानिक अनुभव , सागठानिक भ्रमणको आवत जावत एवं आबस्यक प्रशिक्षण लिने दिने संस्कृतिको स्थापना गर्ने ।
६-प्रवासी नेपाली बिद्धत बर्गलाई एनआरएनमा आकर्षण गर्ने तथा सक्रियरुपमा आबद्धगराउन उपाय खोज्ने ।
७- बिदेशको नागरिकता लिएका प्रवासि नेपालीहरुको लागी नेपालजादा लाग्ने भिसा शुल्कलाई निशुल्क गराउन एनआरएन आईसिसिसंग समन्वयगरी पहल गर्ने ।
८- प्रत्यक्ष संचार बिकासको मेरुदण्ड हो त्यसैले NRN world Telivision को स्थापना गर्न पहल गर्ने,
जसको Head Quarter अमेरिकामा हुनेछ ।
ज्ञात रहोस बिदेशमा नेपालिहरुको जनसंख्या ५५ लाखको हाराहारिमा भएको पाईन्छ ।
९-कलेज पढ्ने नेपालि बिद्धार्थीहरुलाई पनी NRN मान्ने प्रावधानको ब्यबस्था गर्न पहल गर्ने ।
१०- भाषा संस्कृतिको बिकासको लागि आबस्यक पहल गर्ने ।११-स्थानीय संधसंस्थाहरसंग समन्वय गरि समाजका आबस्यकताहरु लाई परिपुर्ती गर्दै जाने ।
१२- युवाबर्गको आकर्षण एवं उपस्थितिमुलक कार्यहरु गर्ने ।
१३- संगठनको बृहतबिस्तारको लागी सदस्यता शुल्क शुलभ हुनु अतिआबस्यक छ । संस्थाको लागि १५००० सदस्य बनाएर २२५,००० डलर जन्मा गर्ने अवधारण भन्दा ५०,००० सदस्य बनाएर २५०,००० डलर जम्मा गर्ने अबधारणा वैज्ञानिक हुनआउँछ त्यसैले सदस्यताशुल्क धटाउन पहल गर्ने ।
१४- प्रत्यक्ष निर्वाचन प्रणालिलाई बार्सीक साधारण सभामामै पारित गरेर लागुगर्न पहल गर्ने ।
१५- एनआरएनए Nonprofit and nonpolitical organization हो त्यसैले अमेरिकास्थित गैरआवासिय नेपालि समाजको रायसुझाव र सल्लाहा नै मेरा लागि मुलमन्त्र हुनेछन । त्यसैले सारासमाजको आव्हान नै मेरालागी दिशानिर्देश हुनेछ ।
अन्तमा माथि उल्लेखित हरेक बुदागत प्रतिबद्धताको मेरो आफ्नो बिचारको ब्याख्या फेसबुकमा अलि लामोहुनेहुँदा कुनै अख़बार मार्फ़त यहॉहरुलाई प्रस्तुत गर्ने प्रण गर्दछु ।

धन्यबाद ।
जेदु पोखरेल
अध्यक्ष -एनआरएन मेरिल्याण्ड ।
तथा – उम्मेदवार
उपाध्यक्ष – एनआरएन अमेरिका ।
२९ मई २०१७ मेमोरियल डे को दिन ।

सिड्नीमा बहु धार्मिक र अद्ध्यात्मिक अगुवाहरूको प्रेरणादायी कार्यक्रममा आध्यात्मिक गुरु आचार्य राजन शर्मा

सिड्नीमा बहु धार्मिक र अद्ध्यात्मिक अगुवाहरूको प्रेरणादायी ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । हरेक सम्प्रदायको साझा भाषा शान्ति हो भने ‘म मात्र ठुलो हो’ भन्ने भावना हरेकले कसम खाएर त्यागौं भन्दै सामुहिक अभियान शुरु गरिएको थियो ।

हिन्दु, मुश्लिम , क्रिश्चियन ,बुद्दिस्ट , शिख लगायत ‘ब्रम्ह कुमारी’ ‘हरे कृष्ण ‘र आनन्द मार्ग सम्प्रदायका अगुवाहरूले एकै मन्चमा उभिएर विभेद अन्त्य गर्ने प्रतिज्ञा गर्दा माहोल रोचक बनेको थियो ।

“जब पर्खाल लगाईन्छ , धेरै कुरा वाहिरै पर्छ्न् तसर्थ यो विश्वका लागि साम्प्रदयीक भन्दा विभेद रहित मानवको जरूरि छ” भन्दै अध्यात्म र सकारात्मक सोचका अभियन्ता आचार्य राजन शर्माले शुरु गर्नु भएको प्रेरणा दायी प्रवचन बाट समारोह शुरु भएको थियो । उहांले प्रस्तुत गरेको हांस्य योग , मन स्थिर बनाउंने योग मुद्रा तथा कुण्डलिनी ध्यानमा सहभागीहरू कहिले पेट मिचि मिचि हांसेका थिए त कहिले ध्यानकलामा मस्त बनेका देखिन्थे l

सोहि अवसरमा विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज, (जीसपी एस् एस् ) को औपचारिक उदघाटन सम्प्नन भएको थियो । सबै अध्यात्मिक अगुवाहरूले मन्चमा ‘जिसपिएसएस’ को पोस्टर उचालेर शान्ति प्रार्थना गर्नु भएको थियो । सो (जिएस पि एस एस)को ‘आर्ट अफ ह्यापिनेस ” अभियान मार्फत आध्यात्मिक गुरु आचार्य राजन शर्माले विश्वका १४ देशको १६ शहरमा समापन सकारात्मक कार्यशाला , योग, ध्यान र विभिन्न शिवरका गतिविधीमा आधाति ‘व्रित्तचित्र ‘प्रस्तुत गरिएको थियो ।

सो अवसरमा मुख्य अतिथि न्यु साउथ वेल्सका महावाणिज्यदुत दीपक खड्काले एउटा नेपालीले विश्वमानव समुदाय लाई सकारात्मक बाटोमा गोलबन्द गराउंने अभियान थाल्नु नेपाली र विश्व मानव समुदायकै गौरव भएको चर्चा गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनु भयो । उहांले सबै सम्प्रदायको विभेद रहित संकल्पले मानव समुदायको लागि अंमुल्य सहयोग पुग्न सक्ने बताउंनु भयो ।

सो अवसरमा ब्र्म्हकुमारी को तर्फ बाट सिस्टर पार्कर , हरे कृष्ण को तर्फ बाट तिर्थ गौरन्ङ्ग , आनन्द मार्गको तर्फ बाट आचार्य सुचिदानन्द ले जि एस पि एस एस’को शान्ति र सकारात्मक अभियानमा साथ दिने बताउंदै सर्व धर्म समन्वय आजको आवश्यकता भएको जोड दिएका थिए ।

यस्तै संस्थाका महासचिव विदुर प्रसाद सापकोटाले ‘जिएस पि एस् एस् ‘ले विश्वभरका सकारात्मक सोच र अध्यात्मिक साधक साधिका लाई उहांहरूले मानव सेवामा साथदिनु भएकोमा आभार प्रकट गर्दै “आर्ट अफ ह्यापिनेश ‘अभियान मार्फत विश्वका विभिन्न मुलुकमा यस्ता जीवन परिवर्तनकालागि सन्चालन भई रहेका कार्यक्रम लाई सन्थागत नाम दीएको मात्र हो- उल्लेख गर्नु भयो । सम्यक जीवनको बाटोमा लाग्न सबैलाई सहयोग र प्रेरणा दिनु र साम्प्रदायिक भेदभाव हटाउंन पहल गर्नुनै संस्था को उद्देश्य रहेको बताउनु भयो ।

यस्तै संस्थाका कोषाध्यक्ष चुरामणि वेलवासे ले आपसमा सद्भभाव आजको विश्वको आवश्यकता रहेको बताउंदै हरेकलाई ब्यवहारिक साधना मा लाग्न र लगाउंन आफुहरूले प्रेरणा दिने उद्देश्यकासाथ आचार्य राजन शर्माले एक नेपाली भएर पनि विश्वलाई पुर्याउंनु भएको सकारात्मक सोच र योग कलाको अभियानलाई कदर गर्दै शुभ चिन्तकहरूको आग्रहमा यो विश्व सन्जालको औपचारिक समुद्द्घाटन गरिएको बताउंनु भयो ।

संस्थाको सह सचिव महेश्वर शर्माले सुन्दर काव्यात्मक प्रस्तुतिका साथ कार्यक्रम सन्चालन गर्नु भएको थियो । संस्थाकि अस्ट्रेलियली सदश्य सिन्डी ले यस पुर्व सबैलाई स्वागत गरेर कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा ,नेप्लीज पेन्सस कम्युनिटीको’ तर्फ बाट लक्ष्मण श्रेष्ठ , चाईनिज समुदयको तर्फ बाट ली को उपस्थिती रहेको थियो । शङ्ख र घण्टा ध्वनी, अस्ट्रेलियली प्रसिद्द गायिका ‘जुली गिती रोजरको ‘सुन्दर ‘हाङ ‘ प्रस्तुति र सबै धार्मिक नेताहरूको सामुहिक प्रार्थना बाट कार्यक्रम भएको थियो ।

: ब्लड डोनर्स अफ अमेरिकाको क्यालिफेर्निया च्याप्टर बिस्तार !:::

मे २८,२०१७,लस एञ्जलस, क्यालिफोर्निया ।
ब्लड डोनर्स अफ अमेरिका(BDA) एक गैर नाफामूलक , गैर धर्मिक तथा गैर राजनीतिक परोपकरी ५०१(क्)३ सामाजिक संस्था हो। (BDA is Non-profit, non-religious, and non-political 501(c)3 Charitable organization) बिशुध्द मानवसेवाको भावनाबाट प्रेरित भै रक्तदान र रक्तदान शिक्षाको माध्यमबाट समाजमा योगदान पुर-याउने उद्धेश्यले स्थापित यस संस्थाले अमेरिकाका ५० वटै राज्यमा आफ्नो पहूँच बिस्तार गर्ने लक्ष राखेको र हाल सम्म क्यालिफोर्निया लगायत अमेरिका का २८ राज्यहरुमा आफ्नो च्याप्टर बिस्तार भैसकेको छ ।

संस्थाका क्यालिफोर्निया च्याप्टरका संयोजक श्री एकदेब शर्माको संयोजकत्वमा आज लस एञ्जलसमा बसेको समाजसेवीहरूको एक भेलाले क्यालिफोर्निया च्याप्टरको बिस्तार गरेको छ । च्याप्टरको आगामी कार्यक्रमको बारेमा सोधिएको एक प्रश्नको उत्तरमा संयोजक श्री एकदेब शर्मा भन्नुहुन्छ- “स्थानीय अन्य सामाजिक संघ संस्थाहरूसंग समन्वय गर्दै क्यालिफोर्नियाका बिभिन्न शहरहरुमा रक्तदान कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिने र यस अभियानमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरी मावबसेवा कार्यमा सहभागी हुनकालागी सम्पूर्ण क्यालिफोर्नियाबासी नेपालीहरूमा आह्वान गर्दछु।” संस्थाको कार्यकरी सदस्य शारदा श्रेष्ठकोको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रक्रममा NRNA ICC सदस्य दिल श्रेष्ठले रक्तदानको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

बिस्तारित उक्त समितिमा निम्नानुसारका सदस्यहरु रहनु भएको छ ।

१- एकदेव शर्मा – संयोजक
२- कृष्ण कोइराला
३- चिरन्जिबी गौतम
४- उत्तम जङ्ग थापा
५- उपेन्द्र न्यौपाने
६- लक्ष्मण अधिकारी
७- ज्ञानेन्द्र गुरुङ्ग
८- मनिता योगी
९- लक्ष्मण नेपाल
१०- झमक निरौला
११- कर्ण चन्द
१२- शीला आले
१३- गोपाल अधिकारी
१४- टिका आङ्गदम्बे
१५- थलबीर वली
१६- बाबु आचार्य
१७- हेम बहादुर ठकुल्ला

न्युजर्सी एन्टा चौथों सम्मेलन सफलता पूर्वक सम्पन्न ,नयाँ कार्य समितिको सभापतिमा विजय सिंह निर्वाचित

‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ l

न्युजर्सी एन्टा चौथों सम्मेलन सफलता पूर्वक सम्पन्न ,नयाँ कार्य समितिको सभापतिमा विजय सिंह निर्वाचित

‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यकारी समितिको समेत गठन गरेको छ l

आगामी दुई बर्षको लागि नया कार्य समितिको सभापतिमा विजय सिंह , वरिष्ठ उपाध्यक्षमा डा. सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सह सचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण निर्वाचित भएका छन् l

यसै गरि प्रवक्तामा अपरजिता झा तथा सदस्यहरुमा ओम गोइत , खुस्बु मिश्र, मोहन यादव, रतनेश झा ,अर्चना कायस्थ् लगायतका सदस्य हरु निर्वाचित भएका छन् l  सम्मेलनको मुख्य नारा मधेसका लागि शान्ति र समृद्धि भन्ने रहेको थियो भने सम्मेलनमा विभिन्न राज्यहरुमा बसोबास गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता रहेको थियो l

सो सम्मेलनमा आपसी सहयोग ,आफ्नो भाषा, संस्कृति, रिती रिवाजको संरक्षण र सम्वर्धन गर्ने जस्ता बिषयमा गहन छलफल भएको थियो l आफु बिदेशमा रहेता पनि आफ्नो देश / मातृभुमीको को लागि सहयोग र विकास गर्ने बिषयमा वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखेका थिए l

उदघाटन कार्यक्रममा नेपालका लागी पूर्व राजदूत स्कोट डेलेसी ,कोरियन एडभोकेन्सीका मैनेजिंग डायरेक्टर जे. डी. किम, एलाइन्स फर पिस विलडिगं का पूर्व सभापति चार्ल्स दामवाच, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. उपेन्द्र कर्ण, डा. नविन सिंह,ललित झा लगायत अन्य अतिथिहरुले मन्तव्य राखेका थिए l

एन्टाका सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन सचिव अरविन्द सिंहले गरेका थिए l सम्मेलनमा विभिन्न सांस्कृतिक साँझ भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको थियो l सम्मेलनको आयोजना न्युयोर्क शाखाले गरेको थियो । सम्मेलनमा समाज सेवा लगायत अन्य बिभिन्न क्षेत्रमा काम गरेका ख्याति प्राप्त  विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...