Wednesday, May 24, 2017

युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आउन ४ दिन बाँकी रहंदा यसको लागि आबस्यक सम्पूर्ण तयारी सकिएको छ।

मे २३, डालस, टेक्सास। युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आउन ४ दिन बाँकी रहंदा यसको लागि आबस्यक सम्पूर्ण तयारी सकिएको छ। खेलकुदमा युबाहरुको सक्रियता र हौसला बढाउन नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का डालस आइपुग्नु भएको छ। चर्चित लोक गायक हेमन्त राना पनि डालस आइपुग्नु भएको छ भने नन्दिता केसी, सोनी राजभण्डारी, नगमा श्रेष्ठ, सुबेच्छा भडेल एक दुइ दिन भित्र आउंदै हुनुहुन्छ। डालस नजिकै रहेको कोपेल सिटिमा अबस्थित फोर पोइन्ट्स बाइ शेराटन सम्मेलन हुने स्थल हो भने खेलकुद अर्भिंग वरिपरि रहेका बिभिन्न स्थलमा आयोजना हुँदैछन। कार्यक्रमको सम्पूर्ण कार्यतालिका प्रकाशित भैसकेको छ। डालस वरपर र अमेरिका भरि नै अत्यन्त चासोको साथमा हेरिएको यो सम्मेलन नजिकिंदै गर्दा यो सम्मेलन प्रति झन् चासो, आकर्षण र व्यग्रता बढेको छ। युवा लक्षित, समुदाय लक्षित, मनोरन्जनात्मक कार्यक्रमहरु संचालन हुँदैछन ।

मे २७ शनिबार
यो सम्मेलनको पहिलो दिन हो । दिउसो करिब ११ बजेदेखि उद्घाटन समारोह शुरु हुनेछ। उद्घाटन समारोहका संयोजक प्रमेश श्रेष्ठका अनुसार उक्त अबसरमा बिभिन्न झाँकीहरु प्रस्तुत गरिनुको साथै हाम्रो परम्परागत नाच समेत प्रस्तुत गरिनेछ। प्रमुख अतिथि र बिशेष अतिथिलाई खादा ओढाएर युएनएका अध्यक्ष पासांग लामाले स्वागत गर्नुहुनेछ। उद्घाटन समारोहमा बिशेष अतिथिको रुपमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का रहनु हुनेछ। खेलकुदका सम्पूर्ण संयोजनअन्य साथीहरुको सहयोगमा राम भण्डारीले गरिरहनु भएको छ । भब्य उद्घाटन समारोह पछि बिभिन्न फोरमहरु संचालन गरिनेछ। सामाजिक संस्थाहरुसंगको अन्तरक्रियात्मक फोरम पत्रकार केदार तिम्सिनाले गर्नु हुनेछ। लायन्स फोरम पनि त्यहाँ संचालन हुनेछ । फेसन सेमिनार रायन कार्कीको संयोजकत्वमा हुनेछ। त्यस्तै UNCON को स्वयंसेवी फोरम बटुक बिस्टको नेतृत्वमा संचालन गरिनेछ। उद्घाटन समारोह पछिको मुख्य कार्यक्रम युएनए दोश्रो सम्मेलन आयोजक समितिका मुख्य संयोजक बिएन पन्तले गर्नु हुनेछ

त्यस दिन हुने अर्को कार्यक्रम युवा फोरम हो। युबाहरुलाई उत्साहित पारे उद्देश्यले नै युएनएको स्थापना भएको परिप्रेक्षमा समाजमा उदाहरणको रुपमा अगाडी आएका युबाहरु द्वारा त्यो फोरम संचालन गरिनेछ। एमआइटी पढ्न प्रस्ताव गरिएका अर्पण काफ्ले सहित मोडेल सोनी राजभण्डारी र स्वेता राजभण्डारी उक्त फोरमका आकर्षण हुनुहुन्छ। त्यसपछि ट्यालेन्ट शो हुनेछ । त्यसपछि सांस्कृतिक प्रस्तुति र्याम्प शोको साथमा संचालन हुनेछन। अन्त्यमा डिजे प्रशान्त र डिजे मोमोले तपाईंलाइ भरपुर मनोरंजन प्रदान गर्दै त्यो दिनको कार्यक्रम इतिश्री हुनेछ। यी सबै कार्यक्रमहरु रायन कार्की, अर्जुन सुबेदी, आइषा ओझा, रोधन पोख्रेल, श्रद्धा छेत्री, बिनिषा पोख्रेल, आयुस रिमाल, श्रद्दा श्रेष्ठ, जुनिर ढकाल, डिजे मास्टर पी, डिजे बिपिन थकाली, डिजे सुशान्तको नेतृत्व र सहभागितामा हुनेछन।
मे २८, आइतबार। सम्मेलनको यो अन्तिम दिन हो। यो दिनभर पनि धेरै कार्यक्रमहरु हुँदैछन्। युनाइटेड नेवा युएसए, युनाइटेड शेर्पा एसोसिएसन, डालस एभरेस्ट लायन्स क्लबको रक्तदान कार्यक्रम, सकारात्मक सोंचको शक्ति बिषयमा कार्यशाला, प्राकृतिक ध्यान र मानिसको मेकानिज्म जस्ताको तस्तै जस्ता फोरमहरु संचालन हुँदैछन। पूर्ण जानकारी युएनए कन्भेन्सन डट ओआरजी मा गएर हेर्न सकिन्छ। आइतबार यी सबै जानकारीमुलक र जिबनोपयोगी कर्यक्रम पश्चात लोकप्रिय लोक गायक हेमन्त रानाको साथमा बृहद सांस्कृतिक कार्यक्रम हुनेछ। त्यसपछि सदा झैं डिजे नाइट सम्पन्न हुनेछ। दुइ दिनका यी घनिभूत कार्यक्रम सहित युएनएको सम्मेलन सम्पति हुनेछ। यसबाट नेपाली युवा र नेपाली समाजमा नयाँ उर्जा सिर्जना हुने आशा आयोजकले ब्यक्त गरेका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...