Sunday, September 17, 2017

समयबजी खादै ईन्द्रे जात्रा सम्पन्न

सेक्टेम्बर १६, २०१७सेक्टेम्बर १६, २०१७कोलोराडो, अमेरीका
ईन्द्रेजात्राको उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदाय एकै ठाउमा भेलाभई समयवजी खाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै ईन्दे्रजात्रा मनाएका छन् ।कोलोराडो स्थित ईरि पार्कमा घर घरबाट समयबजी तयार पारेर ल्याई त्यसको प्रदर्शन गरी एक आपसमा भलाकुसारी गर्दै उनीहरुले आफ्नो परंपरागत संस्कृती मनाएका हुन् ।

नेवारी धर्मसात्र अनुसार समयवजी चिउरा, भटमास, मासु, अदुवा र रक्सीलाई पञ्चतत्व मानिन्छ । समारोहमा नेवारी पुरोहित बिरेन्द्रराज उपाध्ययलेसमयबजी खाई कार्यक्रमको सुरुवात गरेका थिए । समयवजी खानाले रोग ब्याधीले आक्रमण गर्न नसक्ने र आफुले आटेको कुरा पुग्ने तथा कतै साईतगर्दा यसलाई सगुनको रुपमा प्रयोग गरिने चलन रहेको स्थानीय भुषणलाल श्रेष्ठले बताएका छन् । त्यसैले नेवारी समुदायमा हरेक सुभकार्यमा समयवजी तयार परिन्छ ।

किम्बदन्ति अनुसार स्वर्गका राजा ईन्द्रका आमा बसुन्धरालाई पुजागर्न पारिजातको फुल चाहिने परिजातको फुल कृष्णले मत्र्यलोकमा ल्याएका हुनाले स्वर्गमा नपाईने । आमाको ईच्छा पुरागर्न ईन्द्र पृथ्विमा आई फुल टिप्नलाग्दा काठमाण्डौंको मरुटोलमा मालीले फेलापारी बाधेर राखे । ईन्द्रहराए पछि स्वर्गमा खेला बैला मच्चियो आकास भैरबलाई खोज्न पठाईयो । मरुटोलका मालीहरुले तन्त्र मन्त्र मार्फत आकास भैरव तथा ईन्द्रका वाहान अ‍ैरावत हात्तीलाई समेत बाधेर राखेको थाहापाए पछि ईन्द्रका आमा बसुन्धरा स्वयंआई यो मेरो छोरो स्वर्गको राजा ईन्द्र हो भनी उपत्यका बासीहरु संग बिभिन्न शर्तमा छोरा छुटाई लगेको बिश्वास गरिन्छ ।

ईन्द्रसंग भएको सर्त अनुसार उपत्यकालाई स्वर्गजस्तै बनाउनु पर्ने, पानी परिराख्नु पर्ने, सधै हराभरा बनाउनु पर्ने, अनिकाल पार्न नहुने र मरेका सबैलाई स्वर्गलानुपर्ने हरेक बर्ष नाच्न पृथ्वीमा आउन पर्ने लगायतका रहेको किम्वदन्ति रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...