Sunday, September 17, 2017

औधोगिक ब्यापार मेला तथा सास्कृतिक महोत्सबका महारथीहरु

काठमाडौँ : औधोगिक शान्ति नेपाल सस्था ब्यापार मेला महोत्सबको लागि एक चिरपरिचित सस्था हो l देश भरका विभिन्न जिल्लामा गएर हजारौ बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकार देखि स्थानिय बासिन्दा सम्मलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै राष्ट्रिय तथा स्थानिय उत्पादनहरु लाइ प्रोत्साहन गर्दै उचित बजार ब्यबस्थापन गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था एक युवाहरुको सस्थागत समूह हो l यस सस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवाल अहिले औधोगिक ब्यापार, मेला महोत्सबका महाराथिका रुपमा मुलुकभर छाएका छन l बेरोजगारको चपेटामा परेको हाम्रो जस्तो विकाशील देशमा हजारौ बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्दै तथा देश भित्र भएका युवा शक्तिलाई विदेश पलायन हुन बाट रोक्दै मुलुक भित्रनै रोजगारको सिर्जनागारी उर्जाशील युवा जमातलाई सकारात्मक दिशा तर्फ अग्रसर गराउदै आएका यो समूह हजारौ बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकार तथा स्थानिय बासिन्दाहरुको प्रिय पात्रको रुपमा देशभर परिचित छन l

बिगत लामो समय देखि सामाजिक कार्य तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थामा धेरै साना ब्यापारीहरु समेत आबद्द भएर अहिले एक अर्कामा हातेमालो गर्दै मुलुक भित्रनै रोजगारीको सृजना गरि मुलुकलाई आर्थिक रुपमा पनि मजबुत बनाउन पनि सहयोग गर्दै आएका छन l त्यसको अलावा स्थानिय धार्मिक, सास्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रबर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाइ समेत बृदी गर्दै बेरोजगार युवा तथा स्थानिय बासिन्दा लगायतलाइ रोजगारी र देश भित्र भएको रमणीय, पर्यटकीय क्षेत्रलाइ समेत परिचित गराउदै आएका यो सस्था तथा सस्थामा आबद्द युवाहरु गायक, गायिका, हास्य कलाकार, तथा अन्य कलाकारका समेत प्रिय बनेका छन l सास्कृतिक मेला महोत्सवले गर्दा कलाकारहरु ले समेत रोजगारी पाउदै आएकोले गर्दा यो समूह अहिले सेलिब्रेटीको पनि सेलिब्रेटी बन्न पुगेको छ l तसर्थ पनि जानकारहरु भन्छन यो समूह यानेकि अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवाल मेला महोत्सबका हस्ती तथा महारथीहरु हुन जसले गर्दा हजारौको दैनिक गुजारा चलेको छ, रोजी रोटि जुटेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...