Sunday, October 29, 2017

को हुन् ”पुर्खे बा” जसको स्वरमा प्रवासी नेपाली हरुका आखा रसाउछन : हेर्ने पर्ने भिडियो सहित !!

स्कटनेपाल, बुटवल
पछिल्लो समयमा सञ्चारमाध्यमकाे तिब्र वृद्धि र विकासले मानव जिवनलाई नयाँ उत्कर्षमा पुर्‍याएकाे छ भने सञ्चारका क्षेत्रमा अाबद्ध हुने सञ्चारकर्मी पनि दिनानुदिन बढिरहेका छन । यहि विचमा माेफसलकाे राजधानी बुटवलमा विगत लामाे समयदेखि रेडियो, टेलिभिजन र विभिन्न अनलाइनका माध्यमबाट सञ्चारका क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल सञ्चारकर्मी तथा नमस्ते बुटवल कार्यक्रमकि प्रस्ताेता हुन प्रेरणा केसि ।

 रूपन्देहीकाे सालझन्डिमा जन्मिएर विगत लामाे समयदेखि बुटवल लाई अाफ्नाे कर्म थलाे बनाउदै अाएकी केसि सानै उमेर देखिकाे सञ्चारका क्षेत्रमा प्रवेश गर्ने सपनालाई साकार पार्न लुम्बिनी एफएमबाट सञ्चारका क्षेत्रमा पाइला राख्न सफल भएकि थिइन । विगत १० वर्षदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा अाबद्ध हुदै अाएकि केसि अहिले बुद्ध टेलिभिजन र रेडियो समावेशीकि चर्चित प्रस्ताेताका रूपमा चिनिन सफल भएकि छन भने विभिन्न अनलाइन हरूमा पनि अाबद्ध छिन । लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका Scotnepal को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवलको दिनहु लोकप्रियता बढ्दै गइरहेको छ।

केसि भन्छिन् कसैकाे प्रतिभा अाेझेलमा नपराेस भन्ने मेराे इच्छा हाे । कलाकारहरूकाे हेरेक प्रतिभालाई देश विदेश का कुना काप्चा सम्म पुर्‍याउने मेराे प्रयत्न रहेको छ । विभिन्न विधनका कलाकारहरूलाई अामन्त्रण गरि सांगीतिक भलाकुसारी गर्ने कार्यक्रम नमस्ते बुटवल देश तथा विदेशका स्रोता तथा दर्सकले निकै रूचाइदिनु भएको छ अागामि दिनमा पनि यस्तै साथ, माया र सल्लाह सुझावकाे अपेक्षा गर्नेछु र कार्यक्रम लाई अझै परिस्कृत पार्दै लाने छु । कार्यक्रम शनिबार बाहेक प्रत्येक दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म रेडियो समावेशी र स्कट नेपालबाट प्रसारण हुने गर्दछ ।

बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा
नमस्ते बुटवल program अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीत मा
आज हामी संग हुनुहुन्छ लोकप्रिय चर्चित हास्य कलाकार संगै गायक पुरुषोतम ” पुर्खे बा ” संग रमाइलो कुराकानी हजुर सम्पुर्ण संग रहेर संगीतमय भलाक़ुसारि गर्न को लागी र मिठो मिठो संगीत संगै हामी संग उपस्थित हुनु भएको छ् … यहाँहरुको साथको अपेक्षा चाहन्छौ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...