Sunday, November 5, 2017

ट्रम्प एसियाली देश भ्रमणमा ,टेक्सस चर्च नरसंहारमा २० जना भन्दा बढीको ज्यान गयो (ताजा ,UPDATED )

आज नोवेम्बर ५ तारिख अमेरिकाको टेक्सस राज्यको एक ईसाई मन्दिरमा एक बन्दुकधारीले बन्दुक चलाउदा २० जना भन्दा बढीको ज्यान गएको पछिल्लो जानकारी भएको प्रहरी अधिकारीले जनाएका छन् l बन्दुकधारी २६ बर्षिय डे विन केल्ली भएको भर्खर जानकारी प्राप्त भएको छ l उनि अमेरिकन वायु सेनाका पूर्व सदस्य रहेको बताईएको छ l उनलाई बेईमानी को आरोपमा २०१४ मा बर्खास्त परेको जनाएको छ l

मारिने हरुमा पादरीका १४ बर्षिय सुपुत्री पनि मारिएकी छिन् l उनले दक्षिण टेक्सस को बाप्टिस्ट ईसाई मन्दिर मा आएर नर संहार गरेका छन् l आईतबार प्रार्थना गर्न आएका मानिसलाई उनले गोलि प्रहार गरि आफ्नो गाडी लिएर हिडेका भाग्ने क्रममा उनि आफै गोलि हानेर मरेका हुन् या प्रहरी द्वारा मारिएका छन् अझ पत्ता नलागेको सीएनएन ले लेखेको छ l

टेक्सस नजिक को सन एन्टोनियो को दक्षिण पूर्व रहेको सानो समुदायमा घटना घटेको छ l प्रहरीका अनुसार कम्तिमा पनि १० -१५ जना अन्य घाइते भएका जनाएका छन् l

अघिल्लो समाचार :

मेरिकाको टेक्सस राज्य को सदरल्यान्ड स्प्रिङ्स् मा बन्दिकधारी द्वारा ईसाई मन्दिर मा अन्धा धुन्ध गोली चलाउदा कम्ति मा १५ जना लाई गोली प्रहार गरिएको प्रहरी ले जनाएको छ ।

आज त्यहा को स्थानिय समय ११ :३० बजे उक्त घटना घटेको छ । प्रहरी ले पछ्याउदै जादा बन्दुक धारी लाई मारेको समाचार सिविएस ले लेखेको छ । र संचार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरि रहेका छन । अझ सम्म पनि कति जना माथि गोली प्रहार गरिएको र कति जना घाईते भएका छन भन्ने यकिन नभएको संचार माध्यम ले लेखेका छन ।

घाइते हूनेहरूमा बालबालिका समेत रहेको सिविएस ले लेखेको छ ।

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...