Friday, December 8, 2017

रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जिते

काठमाडौं, २२ मंसिर। स्पेनिस रियल मडि्रडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।लगातार दोस्रो पटक यस उपाधि जितेका रोनाल्डोले प्रतिस्पर्धी क्लव बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरीसमेत गरेका छन् ।

 

३२ वर्षीय स्ट्राइकर रोनाल्डोको अहम् प्रदर्शनले अघिल्लो सिजन रियल मडि्रडले घरेलु लिग ला लिगा साथै युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यसक्रममा उनले ४२ गोल गरेका थिए । बालोन डि’ओर अवार्ड फ्रान्सेली फुटबल संघले हरेक वर्ष प्रदान गर्छ । सन् २०१६ अघिसम्म फिफा र फ्रान्सेली फुटबलले संयुक्त रुपमा यस अवार्ड प्रदान गर्थे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...