Friday, January 26, 2018

खेलकुद राज्यमन्त्रीद्वारा पिपरा गोल्डकप प्रतियोगिता उद्घाटन

कलैया, १२ माघ : युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार करैयामाई गाउँपालिका–७ पिपरास्थित सिर्जनशील युवा क्लबद्वारा आयोजित दोस्रो पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले खेलकुदबाट व्यक्तिको मानसिक स्वास्थ्यको विकास हुनाका साथै यसबाट मुलुकको पहिचान बढाउने भएकाले खेलकुदको विकासमा सबैले ध्यान दिन जरुरी छ भन्नुभयो ।

उहाँले २ नं प्रदेश हरेक क्षेत्रमा पछाडि परेकाले वर्तमान सरकारले यस प्रदेशको विकासका लागि ठोस नीति ल्याउने कुरा बताउनुभयो ।

आयोजक क्लबका अध्यक्ष वृजमोहन चौधरीको सभापतित्वमा भएको समारोहमा विधायक ज्वाला साह, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले खेलकुदको महत्वबारे प्रकाश पार्नुभयो ।

आगामी माघ २० गतेसम्म हुने उक्त प्रतियोगितामा रौतहट, वीरगञ्ज, हेटौँडा, लहान, महोत्तरी, आर्मी क्लबसमेत गरी नौवटा समूहले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद पुरस्कार जित्ने भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...