Wednesday, January 3, 2018

कोरिया जाने सपना बुनेर लाइनमा बसेका यी युवा भन्छन “बिदेशिनु रहर होइन बाध्यता हो” [भिडियो कुराकानी]

पिएनपिखबर: बर्षेनी लाखौ नेपाली युवाहरु बिदेशमा आफ्नो श्रम बेच्न बाध्य छन्। कतिपय रहरले विदेश पलायन भएका हुन्छन भने अधिकांश चाही बाध्यताले गर्दा बिदेशिन बाध्य भएका हुन्छन । युवाहरु खाडी मुलुकको साथै केहि युरोपेली मुलुक अनि कोरिया तर्फ बढी आकर्षित भएको पाइन्छ।

नेपाली युवाहरु खासगरी जब घरको चुलो बल्न छाड्छ, श्रीमतीलाई बर्षदिनको एकपल्ट नि सारि किनिदिन सकिदैन, छोराछोरिहरु हुर्किदै गएपछि उनिहरुको आवश्यकता पुर्ति गर्न नसकेपछि, अनि उनिहरुको मिठो भबिष्यको लागि आफ्नो वर्तमानलाइ तिलान्जली दिएर भएपनि घर परिवार अनि भएभरको जाय-जेथा बन्दकिमा राखेर पनि बिदेशिन बाध्य छन।

रोजगारीको प्रमुख गन्तब्य बन्दै गएको दक्षिण कोरिया जान तयारि गरिरहेका केहि युवाहरुसँग गरिएको कुराकानीमा उनीहरुको भित्रि मनले एकै कुरा बोलिरहेको थियो- आफ्नो घर,आफ्नो आगन, आफन्त, देश छाडेर विदेशिन आखिर कसलाई पो रहर हुन्छ र? नेपालमा अस्थिर सरकार, लगानीको राम्रो वातावरण नहुनु, व्यावहारिक शिक्षाको व्यवस्था नहुनु नै युवाहरु बिदेशिन बाध्य हुनुपर्ने प्रमुख कारण रहेको उनीहरुको ठम्याई छ ।

मिहेनती नेपाली युवाहरु बिदेशमा आफ्नो परिश्रम खर्च गर्नुपर्दा नराम्रो लागेतापनि नेपालमा त्यहि परिश्रम गर्दा उचित पारिश्रमिक नपाउने गुनासो गर्छन। विदेश जान तयार रहेका यी युवाहरु नेपालमा स्थीर सरकारको चाहना राख्छन। युवाहरुले बिदेशमा रहेका लाखौ नेपाली युवालाई स्वदेश फर्काउन अबको सरकारले छिट्टै काम गर्नुपर्ने माग समेत गरे।

हेर्नुस बिदेशिन तयार रहेका युवाहरुसँग गरिएको कुराकानी:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts