Monday, March 19, 2018

बेगनासताल ड्याममा विश्राम कुर्चि निर्माण

चैत्र ५, लेखनाथ – बेगनास युवा क्लव र प्रस्तावित ड्याम साइड युवा क्लव पोखरा लेखनाथ ३१ ले बेगनासतालको ड्याममा विश्रामका लागि बेन्चहरु निर्माण गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै, प्रदेश नम्बर ४ कास्की निर्वाचन क्षेत्र नं । १ (क) का सांसद दिपक कोइरालाले युवाहरु सिर्जनशिल हुन्छन भन्ने बेगनासताल क्षेत्रका युवाहरुले कामबाट प्रमाणित गरेको उल्लेख गरे । सांसद कोइरालाले विभिन्न क्षेत्रमा युवाहरुको नेतृत्वमा भएका कामहरु परिणाममुखी भएको बताउँदै सरकारले समेत युवा लक्षित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नंं ३१ का वडाध्यक्ष कमल वहादुर थापाले बेगनासताल क्षेत्रमा सरसफाई लगायतका कार्यहरु संचालन गरेर युवाहरुले उदाहरणिय कार्य गरेको बताए । कार्यक्रममा बेगनास युवा क्लवका अध्यक्ष एवं कार्यक्रमका संयोजक राम वहादुर रानाभाटले युवाहरुले संचालन गर्ने अभियानमा राज्यको सहयोग हुनु पर्नेमा जोड दिए ।
प्रस्तावित ड्याम साइड युवा क्लवको अध्यक्ष कविर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथका पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी स्थानीय युवा सुर्वण आचार्य लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन सुवास खड्काले गरेका थिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई विश्रामका लागि लक्षित गरी छाना सहितका फलामका बेन्चहरु निर्माण गरिएको संयोजक रानाभाटले जानकारी दिए । बेन्च निर्माणका लागि झण्डै दुई लाख रुपैया खर्च भएको र स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको समेत रानाभाटले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...