Saturday, March 3, 2018

प्रेम बानियाले अष्ट्रेलियाकाे ब्रिसबिन शहरबाट जे देखाय आज तपाई अचम्म पर्नु हुने छ ! (भिडियो सहित)

प्रेम बानिया, 
क्या गाैरब लाग्छ विदेशमा यति मात्रै देख्दा पनि !!! अष्ट्रेलियाकाे ब्रिसबिन शहरमा जे देखियाे ! हरेक नेपालीहरुले हेर्ने पर्ने !!
जय स्वाभिमान !

संसारभर छरिएर रहनुभएका प्रिय स्वाभिमानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

करिब एक वर्षभन्दा लामो आन्तरिक (गहन) तयारी, विदेश/स्वदेशका सयौं विज्ञ तथा उत्सुक साथीहरुसँगको छलफल र विभिन्न देशहरुमा स्वतन्त्र समूहहरु निर्माणसँगै हामी स्वाभिमानी नेपालीहरुको विश्वव्यापी स्वतन्त्र अभियानको विशेष मोडमा छौं ।

स्वाभिमान अभियान 
हाम्रा समूहका नामहरु : स्वाभिमानी नागरिक समूह (स्थानको नाम)
नारा : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
अनि उदेश्य उही : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
वाद : नेपालीत्व, समृद्धि र स्वाभिमान

 नेपालको इतिहासमा समृद्धि र स्वाभिमानका खातिर (१) विदेशमा रहेका नेपाली स्वदेश फर्किन (फर्काउन) (२) तिनले विदेशमा आर्जन गरेको शिक्षा, सीप, दक्षता र योग्यता स्वदेशका लागि उपयोग गर्न (३) तिनले आर्जन गरेको सम्पत्ति लगानीका रुपमा स्वदेश भित्र्याउनका लागि थालिएको यो सवभन्दा महत्वकाँक्षी र इतिहासकै उत्पादक अभियान बन्नेछ यसका साथै (४) समृद्धी र स्वाभिमानका पक्षमा स्वदेशी अभियानहरु जाग्रृत हुनेछन् तर नेपालको सरकार, निजी क्षेत्र, मिडिया र नागरिकस्तरबाट भरपूर सहयोग अपरिहार्य छ । (रणनितीहरु सार्वजनिक हुने छैनन्)

हालका लागि तपाईंहरुको सहयोग अपेक्षित छ : 
जहाँ हुनुहुन्छ, विदेश वा स्वदेश । कम्तीमा सात, बढीमा जति पनि जनाको एउटा स्वाभिमानी नागरिक समूह बनाउनुहोस् र कम्तीमा हप्तामा एकपटक समूहमा देश, समृद्धि र स्वाभिमानका लागि के गर्न सकिन्छ ? एजेन्डा तय गर्दै छलफल गर्न सुरु गर्नुहोस् (हामी तपाईलाईं एजेन्डा वा विषयहरुबारे जानकारी दिँदै जान्छौं) अनि छलफलका विषयहरु, गतिबिधीहरुबारे सकेसम्म आफ्नै वेबसाईट अथवा मिडियालाई जानकारी गराएर वा कम्तीमा सामाजिक सञ्जालहरुबाट अरुहरुलाई जानकारी दिँदै जानुहोस् ताकि समाजमा समृद्धि र स्वाभिमानका प्रति सकारात्मक गतिबिधीहरुको तरंग फैलिंदै जाओस् ।

विदेशदेखि देशलाई जोड्ने र देशमै रहेका समूहरुबाट सकारात्मक कामहरु, सिर्जनात्मक प्रयासहरु र कहीँकतै अन्याय अत्याचार भए खबरदारी गर्दै जाऔं, स्वाभिमानी नागरिक समूहले कुनैपनि प्रकारका देश, समाजघातहरुलाई सहन नसक्ने स्वभाव बनाउनेछ ।

यो अभियान कुनैपनि राजनीतिक दल, धर्म, जात, क्षेत्र, भूगोल र वादहरुभन्दा माथिबाट उठ्नेछ ।

संसारका विभिन्न देशहरुमा स्वाभिमानी नागरिक समूहहरु बनिसकेका छन् । स्वदेशमा गाउँ, वस्ती, नगर, जिल्ला वा प्रदेशहरुमा यस्ता समूहहरु बनेर तिनले समाजलाई सकारात्मक दिशा दिनेगरी खबरदारी गर्न सुरु गर्नेछन् ।

र, क्रमश हामी हाम्रा खास कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।
[email protected]

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...