Sunday, March 18, 2018

आधुनिकताको परिचय

जन्म र मृत्यु जीवनको शाश्वत सत्य हो, जन्मेपछि मर्नुपर्छ। जब अकालमा कसैको ज्यान जान्छ तब आफन्तलाई ठुलो पीड़ा हुन्छ। भर्खरै नेपालमा भएको विमान दुर्घटनाले कयौ परिवारमा ठुलो बज्रपात गरायो, यो अपुर्णीय क्षतिको पुर्ती त कतैबाट हुदैन तर यो दुर्घटनामा स्वर्गवास भएकाहरुको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शाक्ति मिलोस्। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ होस।

फ़ेसबुक,ट्विटर, इन्ट्राग्राम आदि इत्यादि सामाजिक संन्जालले संसारभरीका मान्छेलाइ निकै बाठो र जान्नेसुन्ने बनाएकोछ, हामी नेपाली पनि के कम? धेरै बाठो र जान्नेसुन्ने भैइसकेका छौ, यो राम्रो कुरा हो तर दु:ख लाग्दो कुरा विश्वविद्यालयका प्रमाणपत्र धेरैसंग छ, अंग्रेजी खैरेले भन्दा राम्रो बोल्नसक्छौ, संसारभरिका प्रख्यात टेलिभिजन च्यानल, वैज्ञानिक, आविष्कार ,कलाकार, गीतसंगीतकार, नेता, सबको बारेमा सार्है राम्रो ज्ञान छ हामीलाइ तैपनि हामी शिक्षित भने अझै हुनसकेनौ। के ठीक, के बेठीक, कुन सत्य र कुन झुठ त्यो छुट्टाउन सक्ने क्षमताको कहिले विकास हुने त्यस बारेमा कुनै दिन अनुसन्धान होला भन्ने आशा म गर्दछु। मेरो हिसाबमा शिक्षित त्यो व्यक्ति हो जो सत्य र असत्य छुट्टाउन सक्छ, ठीकबेठीक छुट्टाउन सक्छ, मलाई टीठ लाग्छ मेरो समाजका ती युवावर्ग देखेर जो पढेलेखेका छन तर शिक्षित छैनन् त्यसैले ती या त सामाजिक संजालमा ठट्टा गर्नमै व्यस्त छन या त संजाल मार्फत समाजमा भ्रम फैलाउनमै व्यस्त छन।

प्रसंग बांग्लादेश विमान दुर्घटना बारे, एउटा अनलाइन पत्रिकाले लेखिदिएछ, विमान दुर्घटना हुनुको कारण पाइलट स्त्रीलम्पट भएर अर्थात पाइलट अविद सुल्तान को पाइलट पृथुला रसिदलाइ प्रेमजालमा फसाउनमा मस्त थिए जसको कारण दुर्घटना हुनपुग्यो। पत्रकारले यसरी समाचार रचेको छ कि मानौ ऊ त्यही ककपिटमा बसेर सब निहाली रहेकोथियो। यस्तो गम्भिर विषयमा कलम चलाउने व्यक्ति के त्यो शिक्षित हो? र त्यो बकमफुसे गफलाइ आफ्नो फेसबुकमा पोष्ट गर्ने व्यक्तिहरु के तिनीहरु शिक्षित हुन? यो त एउटा उदाहरण मात्रै हो। यस्ता अनगिन्ती उदाहरण भेटिन्छन,”कहिले खबर आउछ, अमेरिकी राष्ट्रपति बाराक ओबामा पैसाको अभावमा प्राइभेट कम्पनीमा जागिर खोज्दै, कहिले आउछ साउदी अरबको कम्पनीमा बम बिस्फोट ५०० जना नेपालीको मृत्यु RIP लेखौ, के यो सब ठट्टा गर्ने विषय हो? अब यहा धेरैको मनमा उब्जिसकेछ, “यस बारे सरकारी निकायले केही गर्नु पर्यो”, समस्या नै यही हो हरेक कुरामा सरकारी निकायको मुख ताक्ने! हामी नेपालीको सहनशीलतालाई मान्नुपर्छ, “घर अगाडीको सडकमा भ्वागं परेकोहुन्छ तर हामी त्यही बाटो अगाडी बसेर सरकार र नेतालाई सराप्छौ तर एक बोरा गिट्टी हालेर समाधानको बाटो खोज्दैनौ।

” मेरो उदाहरणले धेरैको मुटुमा सुइरो घोचिसकोछ तर धैर्य गर्नुहोस र सोच्नुहोस देश विकास गर्न तपाईले व्यक्तिगत तबरबाट के गर्नु भएकोछ? जब आफुले केही गर्न सकेकोछैन भने किन अरुलाई दोष दिने, किन यो भएन र त्यो भएन भनेर गुनासो गर्ने? हुन त हामीलाई फ़ुर्सद नै कहा छ र? बुद्ध वाज वर्न इन नेपाल भनेर फेसबुक इभेन्ट ओपन गर्नुछ, रविना देसराजले बिकीनी लगाएको फोटोमा कमेन्ट गर्नुछ, सलमान खानले नेपालीलाई हेपेको छ त्यसको बिरोधमा साथीहरुसंग मिलेर के गर्ने बारेमा सल्लाह गर्नुछ। समय नै छैन हामी कसैसंग स्वस्थ समाज र विकासित देश बनाउने। यो ब्लग लेख्दालेख्दै कतिले के के पोष्ट गरिसकेहोलान, ल है म चाहि गए कमेन्ट र सेयर गर्न, तपाईहरु पनि एउटा नबिराई गर्नु होला कमेन्ट र पोष्ट, आधुनिकताको परिचय त दिनुपर्यो नि!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts