Friday, April 27, 2018

गीतकार राम कुमार राईको के नै रहेछ र जिन्दगी (भिडियो सहित)

काठमाडौं । मान्छेका हरेक देखाईले केही न केही कुरा सिकाई रहेका हुन्छन् तर अझ भोगाईले भने मान्छेलाई परिपक्क बनाउँछ । भनिन्छ सामाजिक परिस्थिती आगो हो । आगोले पोल्छ अनि पोलेपछि प्रतिकृया निस्किन्छ । यही प्रतिकृया एउटा श्रृजना बन्न पनि सक्छ । यो एउटा उदाहरण हो अनि यसका एक प्रर्याय हुन् गीतकार रामकुमार राई ।

पुर्वी खोटाङ जिल्लाको तत्कालीन सप्तेश्वर गा.वि.स.मा बुवा राजकुमार राई तथा आमा पूर्ण लक्ष्मी राईको कोखबाट जन्म लिएका रामकुमारले त्यस्ता धेरै दशक बिताएका छैनन् जुन अनुमान हामी उनका श्रृजना हेरेर वा सुनेर लगाउँन सक्छौं । यसको मतलव उनको उमेरले ३५ औं वषन्त पनि पार गरेको छैन तर श्रृजनाहरुमा त्यो भन्दा बढी परि पक्कता भेटिन्छ । विज्ञान विषय लिएर आई ए सी सम्मको अध्ययन गरेका राईको साहित्य अध्ययन तथा लेखनको रुचिले एउटा गीतकार बनाएको छ ।

रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा रहेका रामकुमार राई जहाँ भएता पनि आफु जन्मिएको पहाडी भेगको ढुङ्गा माटोसँग जोडिएको उकाली ओरालीसँगको साईनो तोड्न नसक्ने बताउँछन् । गाउँघरमा घाँस दाउरा गर्दै साथी संगीहरुसँग रमाएको त्यो किशोरावस्था उनको मानस पटलमा घुमि रहन्छ । किशोरावस्थामा साहित्य अध्ययन तथा लेखनको वातावरण नभएता पनि त्यही यादहरुलाई सारथी बनाउँन पाउँन पाउँदा उनको रुचिले हाल गति लिई रहेको छ । उनले केही वर्ष अगाडीबाट साहित्य अध्ययनको आफ्नो रुचि पुरा गर्न मात्र थालेनन् लेखनलाई पनि सँग सँगै अगाडी बढाए । हालसम्ममा उनको दर्जनौं श्रृजनाहरु विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशन भई सकेका छन् भने जिवन भोगाईको वास्तविकतामा रहेर उनले कलम चलाएको एउटा गीत हालै सार्वजनिक भएको छ ।

रामकुमार राईले लेखेको “के नै रहेछ र जिन्दगी” बोलको गीतलाई युवा गायक तथा संगीतकार सन्तोष दुमीले मिठास पूर्ण लय भरेर सुरिलो स्वरमा गाएका छन् । उक्त गीतमा देवेश राईको एरेञ्ज रहेको छ भने भिडियोमा विशेष राई र सुभानी श्रेष्ठले कुशल अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकनमा सुन्दर खड्काले निर्देशन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

बाँकी हेर्न क्लिक गर्नुहोस् :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...