Sunday, April 22, 2018

अभिनेत्री/मोडेल अनु शाह अभिनित “यो जुनीलाई” को म्युजिक भिडियो सार्वजनिक।

चर्चित अभिनेत्री/मोडेल अनु शाह  र कमल सिंहको जोडदार अभिनय रहेको म्युजिक भिडियो “यो जुनीलाई” YouTube मार्फत सार्बजनिक गरिएको छ। एक तर्फी मायाको कथा बोकेको उक्त गीतमा गायक अशोक अर्यालको  स्वर रहेको छ ।

गत बर्ष ‘अशोका’ एल्बम बजारमा ल्याएका गाएक अर्यालको उक्त नयाँ गीतमा राजु अर्यालको शब्द र लय रहेको छ ।

 

सलीना म्युजिकको प्रस्तुति रहेको उक्त भिडिओको निर्देशन बिक्रम चौहानले  गरेका छन् भने  छायांकन प्रकाश खड्काले  गरेका छन । संगीत सम्योजन केशव बडूको रहेको उक्त गितको भिडियोलाई  मिलन बिकले  सम्पादन  गरेका छन।

गायक अर्यालको सुमधुर स्वर र आकर्षक दृश्यहरु रहेको उक्त भिडियोले दर्शक श्रोताहरुको मन जित्ने विश्वास गरिएको छ।

यस्तो छ ‘यो जुनीलाई’ को म्युजिक भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...