Monday, July 31, 2017

शिब परियार को कन्सर्ट पहिलो पटक अमेरिका मा !

शिब परियार संगीत पारखी हरु को लागि नौलो नाम होइन आधुनिक पुस्ता देखि सुगम संगीत लाई मन पराउने कुनै पनि वर्ग को लागि शिब सबैलाई मन पर्ने गाएक हुन् ! गित संगीत को विधा लाई गहिरो अधॆन गरि सकेका शिब पछिल्लो समयमा निक्कै चर्चित नाम हो उनले गएका दर्जनौ गित हरु निक्कै हिट भएका छन् ! उनै हिट गाएक शिब को कन्सर्ट पहिलो पटक अमेरिका मा हुन लागेको हो ! सान फ्रान्सिस्को सहर क्यालिफोर्निया मा पहिलो पटक स्टेज तताउन मेसो भने स्थानिय आयोजक नेपाल प्रडक्सन हाउस ले गरेको छ ! उक्त कार्येक्रम Saturday, August 12 at 6 पम Michaan Theater 2700 Saratoga St, Alameda, California 94501 मा हुन लागिरहेको कुरा कर्येक्रमका संयोजक कौशल राना र ध्रुब कुँवर ले जानकारी गराउनु भयो शिब लाई साथ दिन नाईका रेजिना उप्रेती , चर्चित मोडेल पार्वती राई र चर्चित मोडेल शंकर बि सी पनि अमेरिका आउने भएका छन् आफैमा चर्चा मा रहेका कलाकार हरुलाई पहिलो पटक अमेरिका मा पस्कन पाउदा निक्कै खुसि लागेको कुरा आयोजक कौशल राना ले जानकारी गराउनु गर्नु भयो !

उल्लेख्य मात्रामा दर्सक हरुको उपस्थिति हुने आनुमन गरिएको सो कार्येक्रममा इस्थानिये कलाकार हरुको प्रस्तुति हुने भएको छ ! नेपाली रेस्टुरेन्ट को मिठो परिकार को साथ मा अन्त्य मा डिजे एस बाबु लेपनि सबैलाई नचाउने छन् ! नेपाली कार्येक्रम हरुको महत्तो लाई बुझेर बे एरिया का संघ सस्था बेक्ती बिसेस सबैलाई कार्येक्रम मा आफुले सक्ने ठाउँ बाट सहयोग गरिदिनु हुन आयोजक हरुले आनुरोध पनि गर्नु भएको छ !

नासा तथा आन्मा सयुक्त सम्मेलनमा बाल तथा खुला कविता प्रतियोगितामा सहभागिता हुने

आन्वाको निशुल्क स्वास्थ्य शिबिर मेरिल्याण्ड र भर्जिनियामा हुदै

आन्वाको निशुल्क स्वास्थ्य शिबिर मेरिल्याण्ड र भर्जिनियामा हुदै

अमेरिका नेपाल महिला संघ (आन्वा )को आयोजनामा मेरिल्याण्ड तथा भर्जिनियामा निशुल्क स्वास्थ्य शिबिर हरेक महिना हुने भएको छ l सन् २००५ मा स्थापना भएको आन्वाले मेरिल्याण्ड राज्यमा सन् २००७ देखि नै स्वास्थ्य शिविर संचालन गर्दै आई रहेको छ l तर भर्जिनियामा गत जुलाई १५ तारिखको दिन देखि खुला स्वास्थ्य शिविर संचालनमा आएको छ l

आन्वा कि पूर्व अध्यक्ष तथा निशुल्क स्वास्थ्य शिबिर कि संयोजक बिष्णु कुमारी थापाले गत जुलाई १५ तारिख देखि भर्जिनियाबासि नेपाली समुदायले समेत लाभ उठाउन भन्ने हेतुले संचालनमा ल्याइएको बताईन l

मेरिल्याण्डमा पहिला देखि नै संचालनमा रहेको बताउदै यो आन्वा को दिर्घकालिन योजना रहेकोले मेरिल्याण्ड तथा भर्जिनिया का सवै नेपाली समुदायले फाइदा उठाउनु हुने छन् भन्ने आफुलाई विश्वास लागेको बताइन l

निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण हुनुको साथै रगत परिक्षणमा मधुमेय ,रक्तचाप,इकोग्राम(मुटु धड्कन जाच )आदि ईत्यादी निशुल्क हुने छ l बिशेष गरि बिमा नभएका ,बृद्ध ,नेपाल बाट भ्रमण तथा भेटघाटमा अमेरिका आएका बुवाआमा आदिले समेतलाई यसले समेट्ने जानकारी गराईएको छ l

मेरिल्याण्डमा हरेक महिनाको अन्तिम आइतवार १२ बजे देखि ४ बजे सम्म तथा भर्जिनियामा हरेक महिनाको दोश्रो शनिबार बिहान १० बजे देखि २ बजे सम्म नेपाली मूलका लामो समय देखि अमेरिकामा चिकित्सक पेशामा रहेका चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिने छ l

भर्जिनिया को रेस्टन शहरमा संचालनमा रहेको उक्त स्वास्थ्य शिविर को स्थान ,स्वास्थ्य परिक्षण जाच कक्ष मिसन रिबिल्ड नेपाल द्वारा उपलब्ध गरीएकोमा आन्वा संस्था डा मदन उप्रेती प्रति आभार व्यक्त गर्दछ l

आगामी अगस्त १२ तारिख भर्जिनिया को रेस्टन शहरमा निम्न ठेगानामा हुने छ l 12359 Sunrise Valley Dr, Suite 320,Reston, VA 20191 l यसै गरि मेरिल्याण्डमा निम्न ठेगानामा हुने छ l 15300 New Hampshire Ave,Silver Spring, MD 20905 l

यसै गरि अग्रिम रुपमा नाम लेखाउन तथा बिरामी को लागि समय लिन को लागि आरएन (स्वास्थ्य परिचारिका )मंजु सग्रौला लाई यस संख्यामा सम्पर्क गर्न सकिने छ Tel # 202 341 8696 या सुनिता श्रेष्ठ (आरएन -स्वास्थ्य परिचारिका) l #: 240 350 7414 या स्वयम सेवक मिना प्रधान संग सम्पर्क # 443 465 9365 संग बिस्तृत जानकारी लिन सक्नु हुने छ l

केहि जानकारी लिन ईक्षा भए मंजु संग्रौलालाई आफ्नो नाम तथा सम्पर्क छोडे सम्पर्क तु गरिने छ l यो आधारभूत स्वास्थ्य शिविर भएकोले आकस्मिक सेवाको लागि ९११ मा सम्पर्क गर्न सक्नु हुनेछ l

बिस्तृत जानकारी चाहिएमा यहाँ थिच्नु होला !

http://bit.ly/2uSelDT

 

आइफा अवार्ड शो मा नेपाली चेली, समिक्षा

भर्जिनिया, भारतिय चलचित्र उद्योगमा चर्चित मानिने फिल्म अवार्ड शो आईफा अवार्ड शोमा भर्जिनियामा वस्दै आएकी नेपाली चेली शमिक्षा आचार्यले आफ्नो प्रस्तुती दिएकी छिन् । न्युयोर्कको मेट लाईभ स्टुडियोमा भर्खरै सम्पन्न १८ औं आईफा अवार्ड शोमा चर्चित भारतीय कलाकार अलिभाटसँग आफ्नो नृत्य प्रस्तुत गरेकी हुन । सलमान खान, शैफअलि खान, साहिद कपुर, कटरिना कैफ, करण जोहर, शुसान्त सिंह राजपुत लगायतका भारतीय चर्चित कलाकारहरुले होष्ट गरेको उक्त शोमा आचार्यले आफ्नो नृत्य प्रस्तुत गर्ने दुर्लभ अवसर पाएकी हुन् । यसका लागि भर्जिनिया र न्युजर्सीका अडिसनबाट छानिएर उक्त शोमा मौका पाएकी हुन् ।

आईफा अवार्ड शोमा आफ्नो प्रस्तुतिपछि उनले यसरी खुशि व्यक्त गरिन, म आफुलाई भाग्यमानी ठान्छु कि वलिउडका चर्चित कलाकारसँग मैले नृत्य गर्ने मौका पाए । मेरो खुसीको सिमानै छैन ।” प्रख्यात कलाकारहरुसँग उनले नृत्य प्रस्तुत गर्नुअघि झण्डै १४ घण्टाको दरले दुईहप्तासम्म उनीहरुसँग अभ्यास गर्नु परेको उनले वताईन ।

उनको यो सफलता नेपालीहरुको गौरवको विषय वनेको छ । यस वहुचर्चित अवार्ड शोको कोरियोग्राफी संजय शेट्ठीले गरेका हुन् । लण्डनबाट शुरु भएको आईफा अवार्ड शो एशिया, अर्फिका, युरोप र उत्तर अमेरिकामा आयोजना हुने गर्दछ । यसअघि दुई पटक अमेरिकाको भागमा परिसकेको उक्त शोलाई यस पटक पनि अमेरिकामा आयोजना गरिएको हो ।

भर्जिनिया स्थित भर्जिनिया टेकमा इन्जिनियरिड अध्ययन गरिरहेकी समिक्षाले नृत्य आफ्नो सोखको विषय भएको वताउदै यसलाई भविश्यमा पेशाको रुपमा पनि लिने लक्ष्य रहेको वताउछिन । मल्टिट्यालेन्ट समिक्षाले तृत्यसँगसँगै गीत गाउन र कविता लेखनमा दख्खल राख्छिन् ।

 

” तीज महोत्सब अमेरिका २०७४ ” : सबैलाई चुल्हे निम्तो !

” तीज महोत्सब अमेरिका २०७४ ” : सबैलाई चुल्हे निम्तो !

अाफ्ना मौलिक लोक सँस्कृतिको रक्षा गरौं भन्ने मुल नाराका साथ अमेरिकामा यसपालिको तीज महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ । गत बर्ष झैँ नेपाली राजदुताबास अमेरिका , अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका (IAFAmerica.com) , सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस (sannnurses.org), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, र दुर्गा मन्दिर परिवारको संयुक्त आयोजनामा हुने “तीज महोत्सब अमेरिका २०७४” कार्यक्रम अगस्त २० तारिख आईतवार दुर्गा मन्दिर फेयरफ्याक्समा गरिने छ ।

उक्त दिन वाशिङटन डिसी मेट्रो एरियामा अर्को कुनै कार्यक्रम नजुधाईदिन र आ आफ्ना काममा बिदा मिलाउँदै गर्न सम्बध्द सबैमा हामीले गत दुई महिना देखिनै आग्रह गरि आएकै छौं र फेरी पनि आग्रह गरिएको छ । उक्त दिन दिउँसो १२ बजे देखी तीजको नाच गान सहितको बिशेष महोत्सब हुनेछ जहाँ चेलीबेटिलाई तीजका पोशाक देखी आबश्यक सामग्रीहरु सम्म किनमेलको मेला पनि आयोजना गरिएको छ । आउनुस दुर्गा मन्दिरमा पूजा गरौं पुण्य कमाउँ, तीजको नाचगान प्रतियोगिता देखी अप्रतियोगी नाच गान सम्म सहभागी बनौँ, अनि मेला पनि भरौँ । सो अबसरमा आयोजकहरुका तर्फबाट आमन्त्रित र उपस्थित हुनुहुने सबै सबैलाई निशुल्क तीजको दर खुवाउने कार्यक्रम छ । यस पटकको तीज महोत्सब झनै बिशेष र आकर्शक हुनेछ । हरेक हरेकलाई गाउने, नाच्ने, प्रतियोगितामा भाग लिन वा अप्रतियोगी रुपमा सामेल हुन पाउने ब्यबस्था गरिएको छ ।

– तीज महोत्सब संसार भर लाइभ प्रशारण गरिने छ भने नेपाली अधिकाँश टेलिभिजनहरुबाट पनि प्रशारण गरिने छ ।
– सबै आमन्त्रितहरुलाई सके सम्म नेपाली पहिरनमा अाइदिनका लागि अनुरोध गर्दै सबै भन्दा आकर्शक नेपाली पोशाकमा आउने एक जना पुरुष र एक जना महिलालाई हामी पुरस्कार दिने ब्यबस्था गर्दैछौं ।

– बिज्ञ हरुको टिमले मुल्याङ्कन गरी राम्रो गाउने र नाच्ने दुबै तर्फ पुरस्कार दिने ब्यबस्था गरिँदैछ ।
– हामी बिना भेदभाब सबै सबैलाई नाच गानको अबसर दिने छौं ।
– सन २००८ देखिको हाम्रो यो लोक संस्कृतीको जगेर्नाको निरन्तर अभियान हो । आउनुस तपाईं पनि सहभागी हुनुस् सबै सबैलाई हाम्रो हार्दिक स्वागत छ ।
आयोजक:

* नेपाली राजदुताबास, अमेरिका
* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, अमेरिका
* दुर्गा मन्दिर फेयरफ्याक्स, भर्जिनिया, अमेरिका

संपर्क :गर्ने महानुभाबहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

Sukha ra dukha cover of ANUPRASTHA (Acoustic cover)

लाहुरेको अर्को नाम एनआरएनए ।

लाहुरे भन्नासाथ मलाया,हंकहं,वृटिश,इंनडिया,र सिंगापुरको लाहुरे भन्ने वुझिन्थ्यो । लाहुर भन्ने ठाउँ अचेल पाकिस्तानमा परेको छ । जुन ठाउँ पंजावको राजाधानी पनि थियो । लाहोर सुन्दर नगरि पनि हो । त्यसैले लाहुरे भन्दा असाध्य राम्रो, लोभ लाग्दो अंगढंग चट्ट मिलेको लाई पनि भन्ने चलन छ । उसरी त लाहुरी असल जातको भैंसीलाई पनि भनिन्छ । तर लाहुरे भनेको चाँही पहिला पहिला भारतको लाहुर भन्ने सुन्दर नगरिमा धेरै काम पाउने हुनाले त्यहाँ गई काम गरी पैसा लिएर आउने लाई भनिन्थ्यो । पछी गएर भारतीय पल्टनमा नोकरी गरेको जवानलाई पनि लाहुरे नै भन्न थालियो ।

त्यस पछि त भारतीय लाहुरे, हङकङको लाहुरे, वर्माको लाहुरे, आसामको लाहुरे, गुहाटीको लाहुरे, हुँदा हुँदै युरोपको लाहुरे, जर्मनको लाहुरे, अनि अमेरिकाको लाहुरे । हेर्दा हेर्दै संसारमा फैलिएका नेपालीहरु संसारकै लाहुरेलाई २००३ अक्टोवर ११ मा लाहुरेका सफल तथा सक्षम अगुवा उपेन्द्र महतो, जिवा लामिछाने, देवान हिराचन, रामप्रताप थापा, लगायतकाले विधिबत न्वारान गरी एनआरएन नामाकरणका साथ संघको स्थापन गरे । धन्य छ ऊहाँहरूलाई हामी विदेशिएका सम्पूर्ण नेपालीहरुको सुन्दर नामाकरण गरिदिएकोमा, न्वारान गरिदिएकोमा ।

यसरी एनआरएनका अगुवाहरुको पहलमा संसारका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुलाई एउटै थलोमा उभ्याउने प्रयासले सफलताको शिखर एक पछि अर्को गर्दै चुम्दै गयो । झन्डै संसारकै मानव वस्तिहरुमै नेपालीहरु जसरी चियामा दुध मिल्छ, चियापत्तीमा पानी मिल्छ र चीयापत्ति, दुध तथा अदुवामा चिनी पनि मिलेर चीयाको मिठो स्वाद आउँछ त्यसरी नै नेपालीले अर्को देश, अर्को भाषा, अर्को लवज र अर्को भेष भुषालाई पनि आफ्नो अनुकुलमा ढालेर उनिहरुको समाजमा नेपाली भने पछि एउटा असल मित्र हो,एउटा असल चरित्र हो, एउटा असल छिमेकी हो,एउटा असल कामदार हो, एउटा असल व्यक्त्तित्व हो । भन्ने आफ्नो पहिचान जहाँ-जहाँ नेपाली गए त्यहाँ-त्यहाँ कायम गर्न सफल भए । त्यो नै नेपालीहरुको सफल पहिचान हो । नेपालको नाम जहाँ जहाँ नेपालीले पाइला टेकेका छन् त्यहाँ त्यहाँ हिमाल जस्तै उच्च र झर्ना जस्तै स्वच्छ पहाड जस्तै अटल बनाउँदै हिँडेका छन् । त्यो आँट सानों तीनों आँट होईन, त्यो पाईला चाने चुने पाईला होईन ! त्यो छाप चाने चुने छाप होईन । त्यो पाईला भनेको त दोस्रो विश्व युद्धमा वीर गोर्खालीको नाम्मा संसार हल्लाउने वीर योद्धाको रगतको पाईला हो । त्यो छाप भनेको त वीर गोर्खालीले टेकेको अरिहरूको रगतको छाप हो । नपत्याए भीक्टोरीया क्रस सँग सोध्नु होस् र अरीहरूका हल्लेका मुटुका धड्कनसँग सोध्नु होस् ? व्रिटिसलाई ढुंगा मुंडा र खुकुरीको भरमा लखेट्न सफल योद्धा को हो भनी सोद्धा रगतले लेखेको इतिहासले वताइदिन्छ !

त्यसको प्रत्यक्ष उदाहरण, जब नेपालमा महा-भुकम्प आयो संसारका देशले नेपाललाई एउटै आवाजमा सहयोगको हात बढायो, सहानु भुतिको भेल बगायो । यो नै नेपालीहरुको इमानदारिता,कर्तव्य परामण र अथक पारिश्रमको उपज हो । जसरी संसारका देशहरुले नेपाललाई जुन मायाले हेरे सहयोगको हात बढाए त्यसरी नै संसारमा छरिएर रहेका नेपालीहरुले एनआरएनको माध्यमबाट लाखौं लाखौं ,करौडौ अर्बौ उठाएर र नेपालमै गई आ-आफ्नो गक्षले भ्याएको सहयोग पनि गरे यो पनि एउटा अनुपम उदाहरण हो । जसरी संसारमा छरिएका नेपालीलाई एनआरएनले एउटै थलोमा उभ्भायो त्यसरी नै आफ्नो मातुमूमिमा पर्दा विदेशिएका दाजुभाइहरुले माया गर्दा रहेछन भन्ने विश्वास पनि मातृभूमिलाई दिलायो ।

हाम्रो छिमेकी मुलुकको गैर आवासिय संस्था (एनआरआई ) ले भारतलाई आर्थिक संकट परेको वेलामा आफ्नो मातूभुमीमा भकाभक लगानी गरेर ठूलो धनरासिको सहयोग पनि गरेका थिए । त्यसरी नै फिलिपिन्सको आप्रावासी साउथ कोरियाको आप्रावासी संघ संस्था लगायत धेरै देशका गैर आवासियहरुले धमाधम सहयोगहरु गरेको धेरै उदाहरण छन् । तर त्यहाँ उनिहरुको राज्यले गैर आवासिय संघहरुलाई आह्वान गरेर सहयोगको माग गरेका छन् । विदेशमा आफ्ना नागरिकलाई दु:ख पर्दा ती देशहरूले सहयोग पनि गरेका छन् । हाम्रा सफल अगुवा नेपालीहरुले पनि त्यही उदेश्यले गैर आवासिय नेपाली संघ गठन गरेका हुन् । यो साह्रै राम्रो कामको थालनि हाम्रा अगुवाहरूले गरेका हुन् ।

हामी नेपालीहरू विदेशीनु कुनै नौलो कुरा होइन,किनभने हाम्रो जस्तो सानो र गरिव मुलुकमा राजनीतिक खिचातानीका कारणले नै उधोग धन्दाहरू प्राय वन्द हुँदै गएका छन् । नेपालमा यसरी उधोग धन्दाहरू भकाभक खुल्नुको सट्टा एक पछी अर्को वन्द हुँदै जानु राम्रो लक्षण होईन । त्यसैले रोजगारिका अवसरहरू प्राय ठप्प हुँदै गएका छन् । हत्या हिंसा, महामारी अझै राम्रोसँग रोकिन सकेको छैन । त्यसैले देशमा आर्थिक संकट नपरेको पनि होइन ।

उक्त कारणले अहिले हाम्रो मुलुक नै रेमिटयान्सले चलेको छ । राणाकाल देखी नै विदेशमा लाहुरेको नाममा ब्रिटिश आरमी इन्डियन आरमी हङकङ आरमी भन्दै भकाभक नेपालीलाई विदेशमा काम गर्न जानु पर्ने चलन घटाऊनुको सट्टा देश चलाउने नेताहरुका अकमर्न्यताले झन झन बढदै गएको छ । स्वमं मन्त्री प्रधानमन्त्री देखी लिएर सचिव र पुलिसका ठूला ठूला अफिसरले छोरा पढाउन तथा जागिर खुवाउन विदेश पठाउने क्रम द्रुत गतिमा बढेकै छ । तै पनि विदेश वस्नेलाई भुपु नेपाली र विदेशी भन्नेको संख्या पनि बदेकै छ । आफ्ना नातापाता र छोराछोरी विदेश बसे भने नेपाली नै हुने र अरुले भने विदेशमा टेक्ना साथ भुपु नेपाली हुने यो कस्तो चलन हो ? त्यसरीनै नेपालबाट पाउनु पर्ने आफ्ना हक़ अधिकार झन-झन खोसिनु पर्ने ! नेपालमा कुनै महाशयको सोचले वास्तवमै हामी लाहुरेहरु एनआरएन त भयौ नेपाली चांही हुने हौ कि होइनौ भन्ने चिन्ता थपिएको हो ! यसै अहम प्रश्नलाई चीर्नका लागि एनआरएनए जन्मेको हो । एनआरएनएले यी तमाम प्रश्नको उत्तर मात्रै दिने होईन् । तमाम समस्याको समाधान पनि गर्नु ज़रूरी छ । जे होस हामी लाहुरे बाट बदलिएको एनआरएन चांही अवश्य भयौ । यही खुशीको कुरा छ । अव एक पटकको नेपाली सँधैको नेपाली र समान हक़ अधिकारको लागि एनआरएनए लागि पर्नु पर्छ ।

 

मेरो उम्मेदवारी र समर्थन

आदरणीय दाज्यु भाई तथा दिदि बहिनिज्यु हरु
हार्दिक नमस्कार !!!

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) को आगामी अधिवेसन नजिकिदै गइरहेको यहाँहरुमा सर्व बिदितै छ । आगामी सेप्टेम्बर ३ मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि मैले आफ्नो इच्छा अध्यक्ष पदमा सार्वजनिक गरेको थिए त्यसै अनुसार मैले यहाँहरु माँझ आफ्नो कार्य योजना र सहयोगका लागि अनुरोध पनि गरेको थिए ।संस्थामा रहनु भएका मित्रहरुको आग्रह , सुझाव र मेरै इच्छाले संस्थाको नेत्रित्व लिन अग्रशर भएको थिए ! मैले नासामा महासचिवका हैसियतले जति गरे त्यो यहाँहरुसमक्ष जग जाहेरै छ र आगामी दिनमा पनि गरिहने छु । यतिखेर हामीले संस्थाको गरिमालाई उच्च पार्दै सामाजिक क्रियाकलापमा हातेमालो र सबैको भावनालाई कदर गरि सबैलाई समेट्दै लैजानु पर्ने आवस्यकता महशुस गरेको छु ! हरेक सस्थामा सबैपक्षको उत्तिकै भुमिका हुन्छ । अत , मलाई अध्यक्षपदमा प्रस्ताव गर्ने सबैलाई पुन एक पटक धन्यवाद दिदै यस पटक म आफु वरिष्ठ उपाध्यक्ष पदमा रही मेरो समर्थन अध्यक्ष पदका अर्का प्रत्याशी मेरा प्रिय मित्र माधव ढकाल लाई रहने सबैलाई जानकारी गराउँदछु । साथीहरुले पनि यसै अनुरुप सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु । अन्त्यमा सम्पूर्ण मतदाताज्युहरुलाई आफ्नो अमुल्य मत प्रदान गरि विजय गराउनु हुन समेत हार्दिक अनुरोध गर्दछु !

शिव विष्ट
वर्तमान महासचिव
कार्यकारी उपाध्यक्ष पदका( EVP) उम्मेदवा

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको लागि भोटिङ खुल्ला

काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्समोडल नेपाल २०१७  प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङखुल्ला गरिएको छ l आफुलाई मन पर्ने प्रतियोगीहरुलाई भोट गरि प्रतियोगीहरुको हौसला बढाउन पनि सम्पूर्ण नेपालीसमुदाय प्रति आयोजक सस्थाले हार्दिक अनुरोध गरेको छ l

यस सौन्दर्य प्रतियोगितामा छनौट भएका मध्ये बाट भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्नप्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको  मोडल सङस नेपाल प्रालिका प्रबन्धनिर्देशक डेभिल सिंह राजपुत बताएका छन  l

सङस नेपाल प्रालिले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धिको सम्पूर्णप्रशिक्षण समेत प्रदान गरिएको छ  l यस प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने  सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट भएका  प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै आएको छ l  जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धिविषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशनक्लास  सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

 नेक्स्टसुपर टप्स मोडल नेपाल २०१७ को कोरियोग्राफी के. दिबश भट्टराइले गरेका छन l  भोटिङ तथा अन्य जानकारीकोलागि यो फस्बुक पेज ओपन गरेर हेर्नुहोला :

http://bit.ly/1PEl9Honextsupertopsmodel/

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको लागि भोटिङ खुल्ला

काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्समोडल नेपाल २०१७  प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङखुल्ला गरिएको छ l आफुलाई मन पर्ने प्रतियोगीहरुलाई भोट गरि प्रतियोगीहरुको हौसला बढाउन पनि सम्पूर्ण नेपालीसमुदाय प्रति आयोजक सस्थाले हार्दिक अनुरोध गरेको छ l

यस सौन्दर्य प्रतियोगितामा छनौट भएका मध्ये बाट भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्नप्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको  मोडल सङस नेपाल प्रालिका प्रबन्धनिर्देशक डेभिल सिंह राजपुत बताएका छन  l

सङस नेपाल प्रालिले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धिको सम्पूर्णप्रशिक्षण समेत प्रदान गरिएको छ  l यस प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने  सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट भएका  प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै आएको छ l  जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धिविषयमा प्रशिक्षण दिनेछन् ।

 प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशनक्लास  सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

 नेक्स्टसुपर टप्स मोडल नेपाल २०१७ को कोरियोग्राफी के. दिबश भट्टराइले गरेका छन l  भोटिङ तथा अन्य जानकारीकोलागि यो फेसबुक  पेज ओपन गरेर हेर्नुहोला :

http://bit.ly/1PEl9Honextsupertopsmodel/

एनआरएनए अमेरिका विवाद निरुपण गर्न हेमराज शर्माको नेतृत्वमा तीन सदस्य कार्यदल गठन

एनआरएनए अमेरिका विवाद निरुपण गर्न हेमराज शर्माको नेतृत्वमा तीन सदस्य कार्यदल गठन

पुरुषोत्तम ढकाल, लसएन्जलस, १६ साउन । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-१९ कार्यकालका लागि जारी निर्वाचनमा अध्यक्ष उम्मेदवार रहेका गौरीराज जोशी उम्मेदवारीका लागि विधानत योग्य नरहेको भन्दै निर्वाचन आयोगले उनको नाम प्रकाशित नगरेको कारण उत्पन्न विवाद समाधान गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा भर्खरै सम्पन्न भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा तीन सदस्य रहेको कार्यदल गठन गरेको छ ।

बैठकले संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको जारी निर्वाचनको विषयमा उत्पन्न विवाद समाधानको लागि गठन गरेको कार्यदलमा हेमराज शर्मा, दिल गुरुङ र विश्व आदर्श पण्डित रहनु भएको छ । महासचिव बद्रि केसीले बैठकस्थलबाट हामीलाई दिएको जानकारी अनुसार कार्यदलको अवधी एक साता तोकिएको छ र कार्यदलको प्रतिवेदनको आधारमा सचिवालयले संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको जारी निर्वाचनको विषयमा उत्पन्न विवादबारे निर्णय गर्नेछ ।

संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदको जारी निर्वाचनको विषयमा उत्पन्न विवादका कारण संघको अन्तराष्ट्रिय समन्वय परिषदको बैठक आइतवार साँझ सुरुभै सोमाबर बिहान २:०० बजे सम्म चलेको थियो ।

स्मरण रहोस संघको अमेरिकास्थित निर्वाचन आयोगले यस अघि अध्यक्ष प्रत्याशी गौरिराज जोशीलाई विधानत एक कार्यकाल काम गरेको खुल्ने प्रमाण प्रस्तुत गर्न भनेपछि संघका केन्द्रिय महासचिव बद्रि केसीले उनको योग्यता खुल्ने प्रमाणित पत्र निर्वाचन आयोगलाई उपलब्ध गराएका थिए तर लगत्तै अध्यक्ष शेष घलेले क्षेत्रीय संयोजक सोनाम लामाको आग्रहमा निर्वाचन आयोगलाई अर्को पत्र लेखी महासचिव केसीको पत्र बदर गरेका थिए । यद्यपि प्रमूख निर्वाचन आयुक्त बंदिता शर्मा दाहालले अध्यक्ष प्रत्याशी गौरिराज जोशीको एक कार्यकाल खुल्ने प्रमाण आफुले प्राप्त गरेको बताउदै २९ जुलाई, २०१७ प्रकाशित गरिने उम्मेदवारी नामावलीमा जोशीको नाम समावेस गरी प्रकाशित गर्ने इमेल प्रेषित गरेपनि हिंजो अवेर राती आयोगले प्रकाशित गरेको उम्मेदवार नामावलीमा जोशीको नाम प्रकाशित गरिएको थिएन ।

एनआरएनए अमेरिका विवाद निरुपण गर्न अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेको कार्यदलका संयोजक हेमराज शर्मा संघको विधान मस्यौदा समितिका संयोजक हुन् भने दिल गुरुङ संघको केन्द्रिय संरक्षक र अर्का सदस्य विश्व आदर्श पण्डित संघका केन्द्रिय सल्लाहकार हुन् ।

 

ट्राफिक प्रहरीले ल्यायो विशेष क्यामेरा जडित भ्यान, ट्राफिक नियम उल्लंघन गर्नेहरु कारबाहीमा पर्ने निश्चित ।

ट्राफिकको निगरानी अझ व्यापक बन्दै

ट्राफिक प्रहरीले ल्यायो विशेष क्यामेरा जडित भ्यान, ट्राफिक नियम उल्लंघन गर्नेहरु कारबाहीमा पर्ने निश्चित ।Correspondent: Manoz JoshiCamera : Kunal G. ShresthaVisual Editor: Karun Basnet

Posted by AP1TV on Thursday, July 27, 2017

दोहोरीमै इन्द्राको जवानी पोखिए पछि शिबहरीलाई तनाव.. (लाईभ दोहोरी)

यो दोहोरी भन्ने कुरानै अचम्मको छ । जवानी पोखिने देखी माया प्रेमका शब्दहरु मात्र होईन आफ्ना बियोगान्त शब्दहरुलाई पनि गायक गायीकाहरुले मिलाएर गाउने गर्दछन् । नेपाली संस्कृती झल्कने यस्ता गीत संगीतलाई पछिल्लो पुस्ताले अंगिकार गर्दै लगेपनि शब्द चयन र प्रस्तुतीमा भने केही फरक हुदै गएको देख्न सकिन्छ । बिगतमा जस्तो गाईने लोक गीत तथा दोहोरी गीतहरु जस्तो अहिलेको पुस्ताले गाउदैनन् । सिधै माया पिरतीका शब्दबाट गीता उठान गर्छन र अन्त्यमा रात बिताउने, बिहे गर्ने जस्ता शब्दमा गएर गीत सकिन्छ । कति पय गीतहरु बिछोडको कहानीलाई आधार बनाएर गाईएको हुन्छ । गीत जस्तो भएपनि हाम्रो मौलिक पहिचान बोकेको हुनु पर्छ भन्नेहरुले नै गीतको टुक्का वा शब्दलाई परिर्वतन गराएर बिकृतीजन्य शब्द प्रयोगमा ल्याउन थालेका छन् ।

यस दोहोरीमा पनि माया प्रेमकै भावमा गीत जादै गर्दा गीतले ब्वाईफ्रेन भए नभएको र पछि लाहुरेको पछि लाएको भन्ने कुरा सम्म गीत पुग्छ । जवानी ढल्कीएर पोखिसकीएको बताएकी इन्द्रालाई लाहुरेको पछि लाउनाले यस्तो भएको जवाफ गीतमार्फत शिबहरिले दिएका छन्।
हेरौ यो घम्साघम्सी दोहोरी ।

भरतपुर–१९ मा पुनः मतदान गराउन यथाशीघ्र मिति तोक्नुस्ः आयोग

काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको छ ।

आयोगको आजको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो । उक्त घटनापछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो । मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएका थिए । नेकपा(माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल र नेकपा(एमाले)का तर्फबाट देवी ज्ञवाली उक्त महानगरपालिका प्रमुखमा उम्मेदवार हुनुहुन्छ । रासस

सञ्चारसम्बन्धी समस्याको समाधानमा पहल गर्छु : मन्त्री बस्नेत

काठमाडौँ, १६ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रसम्बन्धी विद्यमान सबै समस्याको समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको “आगामी निर्वाचनमा सञ्चारकर्मीको भूमिका” विषयक छलफल कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक दिलाउन र सञ्चारनीतिको कार्यान्वयन गराउन आफू लागिपर्ने बताउँदै त्यसमा सञ्चार क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले समानुपातिक तथा लोककल्याणकारी विज्ञापन र क्निल फिड विज्ञापन नीतिका विषयमा उठेका सवालबारे आफूले अध्ययन गरिरहेको जानकारी दिदैं “पत्रकारलाई परेका पिर मर्काबारे सरकारी स्रोतसाधनले भ्याएसम्म समाधान गर्न म प्रतिबद्ध छु,” भन्नुभयो ।

नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थानीयलगायत सबै तहको निर्वाचनमा नेता प्रधानभन्दा नीति प्रधानको मुद्दा उठाइनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुुलुकमा अन्य निर्वाचन चलिरहेकै समयमा आगामी भदौको पहिलो साता महासङ्घको पनि महाधिवेशन भएकाले आम पत्रकारलाई चासो दिन आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले संविधान कार्यान्वयनका लागि भइरहेको विभिन्न तहको निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – अर्थमन्त्री

काठमाडौँ, १६ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रसम्बन्धी विद्यमान सबै समस्याको समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको “आगामी निर्वाचनमा सञ्चारकर्मीको भूमिका” विषयक छलफल कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक दिलाउन र सञ्चारनीतिको कार्यान्वयन गराउन आफू लागिपर्ने बताउँदै त्यसमा सञ्चार क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले समानुपातिक तथा लोककल्याणकारी विज्ञापन र क्निल फिड विज्ञापन नीतिका विषयमा उठेका सवालबारे आफूले अध्ययन गरिरहेको जानकारी दिदैं “पत्रकारलाई परेका पिर मर्काबारे सरकारी स्रोतसाधनले भ्याएसम्म समाधान गर्न म प्रतिबद्ध छु,” भन्नुभयो ।

नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थानीयलगायत सबै तहको निर्वाचनमा नेता प्रधानभन्दा नीति प्रधानको मुद्दा उठाइनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुुलुकमा अन्य निर्वाचन चलिरहेकै समयमा आगामी भदौको पहिलो साता महासङ्घको पनि महाधिवेशन भएकाले आम पत्रकारलाई चासो दिन आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले संविधान कार्यान्वयनका लागि भइरहेको विभिन्न तहको निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

आशा सार्कीको हेलिकोप्टरद्वारा उद्धार

दुनै(डोल्पा) १६ साउन । खुट्टा भाँचिएर रगत बगेका कारण गम्भिर अवस्थामा पुग्नुभएकी रुकुम जिल्ला गोतामकोट– ५ की आशा सार्कीलाई आज हेलीकोप्टरमार्फत उपचारका लगि सुर्खेत पु-याइएको छ ।
यही साउन १४गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दाँयाखुट्टामा ढुंगाले लागेर भाँच्चिएकाकारण गम्भिर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उहाँको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्ला बाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा अनुरोधपछि सुर्खेतबाट हेलिकप्टर आउन तयार भए पनि मौसममा सुधार नभएका कारण दुई दिनदेखि हेलिकप्टर डोल्पा आउन सकेको थिएन् ।

महिला आयोगलाई शक्तिशाली बनाउनुपर्ने सुझाव

‘ट्राफिक समस्या समाधानमा सहकार्यको खाँचो’

राजपासहितको चुनाव हुन्छ : अध्यक्ष दाहाल

नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु – वाणिज्यमन्त्री

इटहरी, १६ साउन । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।

पूर्वी नेपालमा उत्पादन हुने अदुवा, रुद्राक्ष, अलैँची, अदुवा, अकबरे चिया, कफी र दूध जस्ता वस्तुको प्रशोधन र स्तरवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

करदाताको सम्मान गर्ने परम्परा बसाल्न मन्त्रालयले नीति ल्याउन लागेको र करदाता सम्मान कार्ड वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी तुल्याउन योगदान पु¥याएका व्यक्तिहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत पदक

                      गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत पदक

गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभान्स )भिडन्त समुहमा उज्ज्वल ठकुरी द्वारा पहिलो चोटि सहभागि भएका थिए ।

उक्त अमेरिकन कराते महा संघ fद्वारा आयोजित उक्त खेलमा उज्ज्वल ठकुरी ले राष्ट्रिय बिजेता संग फाइनल खेल पराजित भै दोस्रो स्थानको साथसाथै रजत पदक हात पार्न सफल भएको छ ।

उज्ज्वल ठकुरीले नास्का र ईस्का अनी कुरोबुशी विश्व वर्ग दर्जा जस्ता करातेमा र एचके ली राष्ट्रिय ताइक्वान्दोमा १६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् l यसको साथै बिभिन्न क्षेत्र जस्मा “काता” भिडन्त ” ब्रेअकीङ् अनी स्पेसल प्रदर्शन पाउनुको साथ साथै आफुले नै निर्माण गरेको “फाङ् काता ” फाङ् खुकुरी काता ” फाङ् ब्रेअकिङ्मा” समेतमा स्वर्ण पदक हात पारी सकेको छन भने २ वटा गिनिस वर्ल्ड रेकर्ड्सको परीणामको पर्खाइमा छन् l

युएसएकेएफ राष्ट्रिय खेलमा उज्ज्वल ठकुरीको पहिलो भिडन्त थियो जस्मा रजत पदक हात पारेर नेपाल देश चिनाउन सफल भए ।

Sunday, July 30, 2017

न्यूयोर्क बाट एनआरएन अमेरिका का अध्यक्ष पदका उम्मेदवार गौरी जोशी/ प्रत्यक्ष प्रसारण :सच्ची मैनाली

मतभेद हामी सबैमा हुन्छ तर मनभेद चाहिं नगरे हुन्न र ?

९५% लाई मात्र हावी हुन दिएर हेरौं त जीवन कति सुखी हुन्छ | मतभेद हामी सबैमा हुन्छ तर मनभेद चाहिं नगरे हुन्न र ? अवश्य हुन्छ |

मतभेद हामी सबैमा हुन्छ तर मनभेद चाहिं नगरे हुन्न र ?

 

“People are amazing, people are awesome, people are beautiful.” यो मेरो धारणा हो अनि विश्वास पनि | म विश्वस्त छु यो संसारमा ९५% मान्छे असल छन्, ५% खराब होलान | कहिलेकाहीं ५%, ९५% माथि भारी पर्दछन | तर अन्त्यमा जित असलको नै भएको छ र सधैं हुन्छ पनि | त्यस्तै मेरो अर्को विश्वास छ यी ९५% असल मान्छेमा पनि ९५% असल गुणहरु हुन्छन अनि ५% कमसल गुणहरु हुन्छन |

त्यस्तै यस्मा पनि कहिलेकाहीं ५% कमसल गुणहरु हावी हुन्छन अनि सम्बन्धमा तिक्तता ल्याउंदछन तर समयसंगै असल गुणहरुनै हावी हुन्छन अनि तिक्तता क्रमश: मेटिदैजान्छ | यो ५% गुण किन बेला बेला भारी हुने होला ? हामी किन येति कम्जोर हुने होला ? यसलाई हावी नै हुन नदिए हुन्न र | सानातिना, झिना मसिना अवगुणहरुको तिक्तता किन ठुला ठुला असल गुणहरुको मिठास माथि भारी पर्न दिने ?

हामी त्यति पनि गर्न सक्दैनौ र ? कसैलाई सम्झिदाखेरि उसका गुणै गुण मात्र सम्झिए हुदैन र ? दोषमुक्त कोहि छैन भने दोषरहित त म पनि छैन नि | मेरा पनि अवगुण छन् जुन म सम्झिन्न भने अरुको किन सम्झनु ? बिर्सिदिए हुदैन र | म अरुलाइ उसका दोषले मापन गर्दछु भने अरुले पनि मलाई मेरा दोषले नै मापन गर्दछन, होइन त ? त्यसैले किन ५% लाई हावी हुन दिने ?

९५% लाई मात्र हावी हुन दिएर हेरौं त जीवन कति सुखी हुन्छ | मतभेद हामी सबैमा हुन्छ तर मनभेद चाहिं नगरे हुन्न र ? अवश्य हुन्छ | सबैले आफ्नो आफ्नो जिन्दगि बाटो आफैंले तय गर्ने हो | कहिले कसैसंग मिलेर कहिले कसैको पछि लगेर सबैले यो बाटो तय गर्नु पर्दछ | कहिले म कसैको पछि लाग्नु पर्ला भने कहिले कोहि मेरो पछि लाग्लान |

अनि सबैले गर्न्ने नै यहि हो भने मिलेर गरे गन्तब्य कति राम्रो हुने थियो होला ? यसैले गुण मात्र सम्झिउ दोष होइन, किन गर्ने भनेर नसोचौं कसरि गर्ने भनेर सोचौं, आफ्ना धारणाहरु मात्र नराखौं, अरुका धारणा पनि सुनौं | अनि हेरौं त जीवन कति सुखी हुन्छ |

एउटा पुरानो गीत छ, मलाई असाध्यै मन पर्छ – “Everything is beautiful in its’ own way like a starry summer night or a snow-covered winter’s day.

Everybody’s beautiful in their own way under God’s heaven the world’s gonna find a way.”

साचैं आफ्नो हिसाबले सबै असल छन् | त्यसैले असल गुणहरु मात्र सम्झिउ, कमसल होइन |

ईनास अमेरिका स-गौरव प्रस्तुत गर्दछ अन्जु पन्त सांगीतिक कार्यक्रम

ANWA FREE BASIC Medical CLINIC in Maryland & Virginia. (copy)

We have been running a free Clinic in Maryland since 2007 and now.We are pleased to inform to our Nepalese Community that we will be starting a

New free Clinic in Virginia on August 12, 2017.

Address:    In Maryland: 15300 New Hampshire Ave,

Silver Spring, MD 20905

In Virginia:  12359 Sunrise Valley Dr, Suite 320,

Reston, VA 20191

Clinic Date & Time:

In Maryland: Last Sunday of each month: From 12am to 4pm.

In Virginia: Second Saturday of each month: from 10 AM to 2 PM.

For patients appointments to call:

Manju Sangraula, RN, Tel # 202 341 8696

or

Sunita Shrestha, RN, Tel #: 240 350 7414

Meena Pradhan, volunteer Tel # 443 465 9365

 

one may leave message for RN Manju sangraula with name and phone number and calls will be returned ASAP.

This is Basic Free Medical Clinic. For emergency, please call 911.

 

डिसीमा “कलिउड नाइट २०१७”

केसीज डान्स सेन्टरका नृत्य निर्देशक नवीन केसीको अगुवाईमा आउँदो अक्टोबर १४, तदनुसार आश्विन २८ गते शनिवारका दिन “कलिउड नाइट २०१७” एनेनडेल स्थित नोभा कम्युनिटी कलेजको प्रेक्षालयमा सगौरव प्रस्तुत हुन गई रहेको छ |

नेपाली सिने जगतका चर्चित कलाकार तथा स्थानीय प्रतिभाशाली कलाकारहरुको आकर्षक प्रस्तुतीका साथै पहिलो पटक स्थानीय “सुपर मम”को पनि प्रस्तुती रहनेछ |

विशुद्ध नेपाली संस्कृति तथा नाचगान र गीतले भरिपूर्ण मनोरन्जनात्मक कार्यक्रम हेर्नकोलागी यो मिति आफ्नो पात्रोमा आजै तय गर्नु होला |साथै, स्थानीय अन्य सँस्थाहरुले यो दिन आफ्नो कार्यक्रम नजुधाएर हामीलाई सहयोग गरि कार्यक्रम सफल पार्नकोलागी सहयोग गर्न पनि अनुरोध गर्दछौं |

Show: Kollywood Night
Date: October 14, 2017 Saturday/आश्विन २८, २०१७
Venue: NOVA Community College, Annandale
Time: 6 pm
Presenter: KC’s Dance Center

रक्तदान तथा उत्कृष्ट निबन्धका लागि पुरस्कार वितरण सम्पन्न।

जुलाइ २९, काठमाडौं । भविष्यमा रगतको मागलाइ पूरा गर्न थप रक्तदाताको संख्या बढाउनका लागि काठमाडौं उपत्यकाका करिब ५ सय स्कूलका ७० हजार विद्यार्थीहरूमा रक्तदानबारे जानकारीमूलक पर्चा पढ्न लगाइ निबन्ध प्रतियोगिता गराइएको थियो । ६ सय ७० जना विद्यार्थीहरूले रक्तदानबारे निबन्ध लेखेका थिए ।
उत्कृष्ट हुनेहरू पुरस्कृत भएका थिए । शान्ति विद्या गृह मा वि की शिशिर वस्ताकोटीले प्रथम पुरस्कार ५० हजार, विद्या संस्कार स्कुलका ओजस्वी दास ले द्वितियले ३५ हजार पुरस्कार, अलवर्ट इङ्ग्लिस सेकेण्डरी स्कुलका श्यारोन सुनुवारले तृतिय पुरस्कार १५ हजार र सान्त्वना १० जना सृतिका शर्मा, इभान श्रेष्ठ, अक्षत लाभ, मोहित घिमिरे, अक्षता प्रधान, अञ्जना ठाकुर, श्रीया पराजुली, दिपेन श्रेष्ठ, सागर पाण्डे र आयुष शर्मालाई दुई/दुई हजार रूपैयाँ तथा प्रशंसा-पत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख-अतिथि पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सिंहले यस्तो कार्यक्रबाट भविष्यमा आवश्यक पर्ने रक्तदाता उत्पादन हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । वहॉले समाजमा यस्ता रचनात्मक कार्य गर्नुहुने सबैलाइ धन्यवाद भन्नुहुंदै समाज विकास गर्न आह्वान गर्नु भयो। सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रम काठमाडौं माउन्ट एभरेष्ट लायन्स क्लब र शिखर युवा क्लबको संयुक्त आयोजनामा घट्टेकुलो (काठमाडौं) भएको थियो ।
करिब ३ महिनाको अवधिमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा करिब ५ लाख रूपैयाँ खर्च भएको थियो । खर्चका लागि रक्तदाता अर्जुनप्रसाद मैनालीले ३ लाख पन्ध्र हजार रूपैयाँ र बाँकी रकम शिखर युवा क्लबले जुटाएको थियो । विश्व रक्तदान दिवस (जून १४) को सेरोफेरो पारेर कार्यक्रम गरिएको थियो ।
नेपालमा अहिले देशभरि एक दिनमा झन्डै एक हजार जना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको बताइन्छ । विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभूत माग पुग्छ ।

गौरी जोशी प्रचार अभियान तिब्र

अमेरिकाको पूर्वी क्षेत्रको चुनावी प्रचारमा आफ्नो टिमको उम्मेदवार सहित निस्किएका एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका सशक्त दावेदार गौरी जोशी प्रचार अभियानको क्रम मा शुक्रवार न्यू हाम्सायर र शनिवार बोष्टन आइ पुगेका छन् ,टेक्सासका व्यवसायी जोशीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका अन्य पदका उम्मेदवारहरु पनि यो अभियानमा सहभागी भएका छन् |

जोशीको उम्मेदवारीको बारे विभिन्न चर्चा चलिरहेका बेला निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नुपूर्व नै अध्यक्षका प्रवल दावेदारको रुपमा अगाडी देखिएका जोशी यसरी प्रचारमा निस्किएका हुन् | यो प्रचारका क्रममा जोशीले आफ्नो नेतृत्वको भिजन र उम्मेदवारीका बारे सदस्यहरुलाई अवगत गराउदै सदस्य तथा शुभेच्छुकहरुसंग अन्तरक्रिया समेत सम्पन्न गरेका छन् |

बोस्टनमा भएको कार्यक्रम मा बोल्दै जोशीले भने केही व्यक्ति विशेषले मेरो उम्मेदवारी रोक्न लागिपरेको अवगत नै छ | एनआरएन सबैको हो | यो साझा र सामुहिक भावनाले काम गर्ने,सबैले आफ्नो महसुस गर्न पाउनुपर्ने संस्था हो,त्यसकै लागि म लागेको छु र एनआरएनलाई मेरो हो भन्ने सबैले अपनत्व महसुस गर्न पाउनुपर्छ भन्ने मेरो अडान हो | त्यसैले हाम्रो र राम्रो एनआरएन,सामुहिक भावना सहितको साझा,एकताबद्ध र बलियो एनआरएन बनाउने अभियानका लागि म तपाईंहरुको शहरमा आएको हु | यो अभियानमा साथ दिनु हुन म एनआरएनका सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दछु |

बोष्टनमा भएको कार्यक्रमको संयोजन गरिरहनु भएकी जोशी समूहका तर्फबाट एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदकी उम्मेदवार तृष्णा शर्माले पनि गौरी जोशी र समुहका अन्य उम्मेदवारसंगको अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि सबैलाईधन्यवाद ज्ञापन गर्नु भयो, बोस्टनमा भएको एनआरएन अमेरिकाका अध्यक्षका प्रवल दाबेदार गौरी जोशीसंगको भेटघाट र छलफलका पछि आफुहरु उत्साहित रहेको बताउदै आफुहरु पूर्ण रुपमा जोशीजीलाई सहयोग गर्न तयार रहेकुरा समाजसेवी ध्रुब घिमिरे , माया कडायत , बिजय शर्मा लगाएत ले बताउनु भयो l

जोशीसंगै रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य सुन्दर गुरुङले जोशीको उम्मेदवारीको अन्यौल निर्वाचन प्रमूखको इमेलले अन्त्य गरिसकेको भन्दै अब जोशीलाई बाहिर राखेर एनआरएन अमेरिकाको चुनाव समेत हुन नसक्ने जिकिर गरे |

उक्त अबसरमा जिबिएन्सि का अधछ्या बिष्णु मणि आचार्य , एन आर एन का बिष्णु कार्की , एनडब्लुजीन कि रुकमिनी कार्की , राम थापा का साथै उम्मेद्वारहरु गौरी जोशी ,सन्जिब श्रेष्ठ , संजय थापा ,थल राज पन्त ,प्रिती सगर खत्री ,तृष्णा शर्मा ,खिम भट्ट लगाएतको उपस्थिति रहेको थियो l

पोखरामा प्रेम गित २ हेर्न रुझ्दै दर्शक हलसम्म (भिडियो)

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत २’ को इनिसियल बक्सअफिस कलेक्सन आक्रामक देखिएको छ। प्रदीप खड्का र अश्लेषा ठकुरी अभिनीत उक्त फिल्म हेर्न पोखराका हलमा दर्शकको घुइँचो लागेको छ। पोखराको मौसम उस्तै त परिवर्तन भैरहने त्यै माथी साउने झरिका वाबजुतपनी पोखराका सबै हल खचाखच भएका छन् ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको ‘प्रेमगीत २’ ले बर्मेली युवती नेपाल घुम्न आउने क्रममा एक युवकसँग गाँसिने प्रेम र त्यसपछि आइपर्ने अवरोध र प्राप्तिका लागि गरिने संघर्षलाई मूलकथाका रूपमा पस्केको छ। प्रस्तुत छ पोखरामा झरी पर्दा पनि प्रेम गित २ हेर्न देखिएको रौनक यस्तो थियो ।

गौरी जोशी अध्यक्ष पदको उम्मेदवार हुन पाऊने आदेश न्यायीक कमिटीले गरयो।

एनआरएन एनसीसी अफ युयसएको न्यायिक समितिले गौरी जोशी ऊजुरीकर्ता विरुद्ध निर्वाचन आयोग, एनआरएन एनसीसी अफ युयसए भएको विवादमा गौरी जोशी अध्यक्ष पदको लागि संस्थाको वाईलजको धारा ११० वमोजिम योग्यता पुगेका सदस्य भएको हुदा ऊन्को नाम तत्कालै अध्यक्ष पदको उम्मेदवारको सुचिमा राखी प्रकाशित गर्नु भनि जुलाई २९, २०१७ का दिन निर्वाचन आयोगको नाममा आदेश जारी गरेको छ।

न्यायिक कमिटीको आदेशमा एनआरएन एनसीसी अफ युयसएको अध्यक्ष पदको उम्मेदवार हुनका लागि यो संस्थाको वा आईसीसीको कार्यकारी सदस्यको हैसियतले एउटा अवधि काम गरेको हुनु पर्ने भन्ने प्रावधान अमेरीको कानुन र संस्थाको विधान प्रतिकुल रहेको समेत ठहर गरी गौरी जोशीसंग संस्थाको वाईलजले नतोकेको अतिरिक्त योग्यता नमाग्नु भन्ने पनि उल्लेख छ। यद्यपि जोशीले आफुले यो संस्थाको वाईलजमै नभएको अतिरिक्त योग्यता आफुसंग रहेको प्रमाण पेश गरेको र निर्वाचन आयोगले त्यस्लाई स्वीकार गरको अवस्थालाई पनि कमिटीले जानकारीमा लिएको छ।

त्यसैगरी रामबाबु पाण्डे उजुरीकर्ता विरुद्ध निर्वाचन आयोग भएको अर्को विवादमा आजै कमिटीले संस्थाको आजिवन सदस्य रहेका पाण्डेको नाम मतदाता नामावलीमा नभएको भन्दै निर्वाचन आयोगले निजको नाम क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदको उमेदवारी हुनबाट अयोग्य ठहरयाएको निर्णयलाई बदर गर्दै अविलम्व निज पाण्डेको नाम मतदाता नामावलीमा समावेश गरी अध्यक्ष पदको उम्मेदवारको सुचीमा राख्नु भन्ने आदेश गरेको छ।

कमिटीको आदेशको एक प्रति तपाईको जानकारीका लागि संलग्न गरिएको छ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...