Wednesday, August 31, 2016

एटलान्ट़ामा दक्षिण एसियाली सार्बजनिक पुस्तकालयको समुद्घाटन

raja 3

अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा ” साउथ एसिएन पब्लिक लाइब्रेरी ” नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरियो | सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ l

यस बिशेष उद्घाटन समारोहमा सरकारी कर्मचारी,विशिष्ट व्यक्तित्वहरु र दक्षिण एसियाली मुलुकहरुको सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो | गत अगस्त २५ तारिख साझको समय पारेर परिचायत्मक कार्यक्रम गरि साँझ ६ बजेर ३० मिनेटमा फित्ता काटेर उद्घाटन गरिएको थियो l कार्यक्रम पश्च्यात मन्तव्यको कार्यक्रम राखिएको थियो l

raja 1

कार्यक्रमको सुरुवातमा सम्पूर्ण आगन्तुक महानुभाबहरुलाई डा सैबबा एर्कोट ले परिचय गराएका थिए भने स्वागत भाषण राजस्थान एसोसिएसन अफ जर्जिया का अध्यक्ष अशोक गोयलले गरेका थिए l

कार्यक्रममा बिभिन्न व्यक्तिहरुले पुस्तकालयलाई पुस्तकहरु दिने प्रतिबद्धता जाहेर गरेका थिए भने यसै गरि नेपाल पर्यटन बोर्डका नव नियुक्त सम्मानार्थ पर्यटन दुत राजा घले र नासाका पुर्ब सभापति डा राम चन्द्र बरालले मन्तब्य राख्नुको साथै सय/सय वटा किताब दिने प्रतिबद्दता जनाएका थिए l

उक्त परियोजनाको लागि राजा घलेलाई प्रमाण पंत्र सहित सम्मान गरेको थियो | यस परियोजनाका संस्थापक तथा ट्रस्टी राम जान बिरानीले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए l

raja 2 unnamed

Teej Brata Puja – Sunday, September 4, 2016

TeejPuja2016

अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा लोककृतिगंगा विशेष सम्मान २०१६ बाट सम्मानित

prakash 2

अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा एक्सन फर नेसन्स आइएनसीका अध्यक्ष प्रकाश थापा अमेरिकामा सम्मानित भएका छन् । नेपाली लोक, कला, संस्कृति र समाज सेवाको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि यस वर्षको लोककृतिगंगा विशेष सम्मान २०१६ बाट थापा सम्मानित भएका हुन् ।

गत साता अमेरिकाको न्यु योर्कमा आयोजित एक विशेष समारोह बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापालाई उक्त सम्मान गर्नुभएको हो ।

उनले अमेरिका वसाईको छोटो समयमै समाजसेवाको क्षेत्रमा उदाहरणीय कामहरु गरेका छन् । थापाले यसअघि पनि बिभिन्न प्रतिष्ठित संस्थाहरुबाट सम्मान पाईसकेका छन् । थापा सञ्चार उद्यमी, इभेन्ट म्यानेजर तथा व्यवसायीक व्यक्तित्व पनि हुन् ।

थापा एक्सन फर नेसन भन्ने संस्थाका अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा सभापति पनि हुन् l

न्युजर्सी एनआरएनए चौथो गल्फ प्रतियोगिता सफलता पुर्वक सम्पन्न

golf 1

अमेरिकाको न्युजर्सीमा भएको नवौ एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा गत अगस्त २६ तारिखमा भएको एनआरएनए चौथो गल्फ प्रतियोगिता सफलता पुर्वक सम्पन्न भयो l

उक्त प्रतियोगिताको लागि विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी भएका थिए l उक्त खेलमा खेलाडीहरुमा पुर्व सभामुख सुभाष चन्द्र नेम्बाङ्, राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि ), एनआरएनए अन्तर राष्ट्रियका उपाध्यक्ष कुमार पन्त लगायतको सहभागिता रहेको थियो l

golf 2बिजयी खेलाडीहरुलाई अमेरिकाका अध्यक्ष डा केशब पौडेलले नगद तथा पुरस्कार प्रदान गर्नुभएको थियो l बिभिन्न खेलहरुमा बिजयी हुनेहरुमा व्यक्तिगत तर्फ खेलमा प्रथम तेञ्जिङ्ग दोर्जे ,द्वितीय लाक्पा रिङ्ग्जि शेर्पा तथा छिरिङ्ग गोर्जे तृतीय भएका छन् l

यसै गरि प्वालको नजदिकमा आङ्ग छिरिङ्ग शेर्पामा बिजयी भए भने लामो दुरी फ्याक्नेमा छिरिङ्ग दोर्जे ,र चार जनाको खेलमा )लामो दुरी प्रहार गर्ने समुहमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )को समुह प्रथम स्थान हासिल गरेको थियो भने उक्त टोलीमा डा अर्जुन कुमार कार्की ,भवन भट्ट ,रबिन तथा तथा नारायण थापा रहेका थिए l

golf 3

उक्त खेलमा लोकनाथ तिवारी ,आरके शर्मा ,योगेन्द्र छेत्री तथा केमिका भण्डारी द्वितीय भएका थिए l यसै गरि लामो दुरी फ्याक्नेमा नारायण गुरुङ बिजयी भएका थिए l

उक्त गल्फ खेल एनआरएनए खेलकुद समितिका संयोजक तथा अन्तर राष्ट्रिय सदस्य नारायण गुरुङको संयोजनमा, केमिका भण्डारी, सन्जीब श्रेष्ठ, मोहन वाइबा, छेमाङ् तामांग, जेपी सापकोटा र अन्य सदस्यहरुको पहलमा आयोजना गरेका थिए l

golf 5golf 4

ईश्वरका साक्षात् प्रतिमूर्ति हुन् बाबु–आमा सन्दर्भ बाबुको मुख हेर्ने दिन

Deepak Subedi

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो÷यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता नयाँ पुस्तामा बढ्दो छ । हुनलाई यस्ता सवालहरूमा ज्येष्ठनागरिक अधिकारको विषय उठाएर काम गर्ने निकायहरू पनि छन् । तथापि आधुनिकताको नाममा शिक्षामा व्यवहारिकरण नहुनाले तथा माटो अनुसारको नभएर पराश्रित मानसिकतामा आधारित पराईको तर्जुमाको शिक्षा नीतिको सञ्चालन हुँदा यस्ता समस्याहरू निराकरण भन्दापनि उत्पादन बढी हुनेक्रम जारी छ । व्यवहारिक शिक्षा र पराविद्या पलाएन हुने र अपरा तथा आयातित अव्यवहारिक विद्यार्जनमा जोड गराइने हुँदा यी समस्या दिनानुदिन बढ्दै गएका छन् ।
भलै बाबु–आमाको लौकिक शिक्षा होस वा नहोस अथवा बाबु–आमा सांसारिक एवम् भौतिक रूपमा कुनै पनि अवस्थामा किन नहुन् यदि सन्ततीले आफ्ना बुबा–आमालाई ईश्वरको रूपमा श्रद्धा, आदर–सम्मान र सेवा गर्यो÷गर्छ भने बुबा–आमाको माध्यमबाट उसले ईश्वर साक्षातकार गर्नसक्छ । यसर्थमा बुबा–आमालाई ईश्वरका प्रतिमूर्ति मानिन्छ र सोही अनुरूप उहाँहरूप्रति व्यवहार गर्नुपर्छ । हाम्रा सनातन शास्त्रले पनि ‘मातृदेवो भवः पितृदेवोभवः’ भनेर हामीलाई मार्गदर्शन गरेका छन् । मातृदेवो भवः पितृदेवो भवः को धर्म, दर्शन, संस्कार, संस्कृति, परम्परा र सभ्यता बोकेको यो सनातन भूमिको मौलिकता नै हो । यो सभ्यताको आज विश्वले नै अनुकरण गरिरहेको छ । विश्वको माथ सगरमाथा रहेको यो सनातनभूमि, धर्मभूमि, योगभूमि, तपोभूमि, ज्ञानभूमि, देवभूमि, बुद्धभूमि, गुरुभूमि तीर्थमयी नेपाललाई ‘मातृदेवो भवः पितृदेवो भवः’को यो संस्कृतिको महत्त्वको सन्देशलाई विश्वभरी प्रवाहित गर्ने जिम्मेवारी रहेको छ ।
जसले आमा–बुवाप्रतिको कर्तव्यबोध गर्न सक्तैन उसको जीवन पशुसमान हो । कुनै पनि व्यक्ति, पुस्ता वा पीँढी मातापिताको आर्शिवादबाट बञ्चित हुनपुग्यो भने त्यसले आफ्नो अस्तित्त्व बचाउन सक्तैन, फलस्वरूप किंकर्तव्यविमूढ हुन पुग्दछ । मनोवैज्ञानिक विश्लेषणमा पनि कति यस्ता निस्कर्षहरू निस्किन्छन् कि बाबु–आमाप्रतिको दायित्त्वबाट च्युत हुनपुगेको सन्तानमा पछि गएर विभिन्न खालका मानसिक एवम् सामाजिक र व्यवहारिक तथा भौतिकसमेतका समस्याग्रस्त अवस्था सृजना भइरहेका छन् । पश्चिमी जगतका विद्वानहरूले पनि पूर्वीय वाङ्मयमा रहेको यो मातृ–पितृभक्ति तथा आदर–सम्मानको धर्म–दर्शन र संस्कृति व्यवहारिक, वैज्ञानिक, सामाजिक र मानवीयतापरक रहेको कुरालाई स्वीकार्दछन् ।
भौतिक व्यस्तताको नाममा आज विश्वका करोडौं बाबु–आमाहरू सन्ततीसुःखको न्यानो घामबाट बन्चित हुनेक्रम बढेर गएको छ, जुन मानवसभ्यताको लागि ठूलो चिन्ताको विषय बनेको छ । सन्तान भएर पनि आमा–बुबाहरू अपुततुल्य भइ बृद्धाश्रमको शरण लिनपर्ने बाध्यता सृजना हुँदैगएको छ, जुन कुरा हाम्रो धर्म तथा संस्कृतिपरक छैन । एकातिर मातृपितृको जिम्मेवारीबाट विमुख हुँदै गएको वर्तमान पुस्ताले गम्भीरताको साथमा सोँच्नपर्ने स्थिति आएको छ भने अर्कोतर्फ आधुनिकता तथा भौतिक विकासको नाममा आफ्नो धर्म, दर्शन, संस्कृति, परम्परा, संस्कार र सभ्यतामा खलल आउन नदिइकन तथा विपरित हुननदिइकन आफ्नो समाज तथा जीवन पद्धतिलाई कसरी समयानुकूल गराउने र कसरी विकासगतिलाई अवलम्बन गर्ने भन्ने विषयमा चिन्तनमनन् गरी उपयुक्त मार्ग तय गर्न अपरिहार्य देखिएको छ । सृष्टिको पनि आदिशक्ति माता भगवती र परमपिता हुनुहुन्छ, तीनै शाश्वत सनातन आदि माता पिताका प्रतिकका रूपमा हामीले आफ्ना यस जन्मका बाबुआमालाई साक्षात ईश्वरका रूपमा सेवा, सत्कार, आदर–सम्मान गर्नपर्ने कारणबाट मनसा वाचा कर्मणा च्युत हुनुहुन्न । यदि च्युत भईयो भने त्याहाँ भन्दा धिक्कार हुनपर्ने अर्को स्थान र अवस्था रहँदैन ।
कुनै पनि समयमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको समस्या, कठिनाई, दुःख चाहे त्यो आदिदैविक वा आदिभौतिक वा आध्यात्मिक कुनै किन नहोस पर्यो र निस्पट्ट भयो, कतैबाट पनि सो समस्याबाट मुक्तिमिल्ने कुनै उपाय भेटिएन–देखिएन, निकै नै आकुलव्याकुलता छायो, होसहवास उड्ने अवस्था भयो भने पनि यदि यस्तो समस्यामा पर्ने व्यक्तिले जीवनमा मातृ–पितृप्रतिको दायित्तवमा कर्तव्यबाट चुकेको छैन, प्राकृतिक रूपमा (विना चाप्लुसी) आमा–बुवाको सेवा, सत्कार, श्रद्धा र सद्भाव गरेको छ÷थियो भने सो सत्पुत्र÷पुत्रीलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा मातृपितृ आर्शिवाद मिल्दछ र कष्ट निवृति हुन्छ । जस्तै नाजुक अवस्थामा भए पनि आवश्यक स्रोत जुट्नै कर लाग्छ । कुनै रोगले ग्रस्त पार्दा पनि रोगमुक्ति हुन्छ, अकाल मृत्यु टर्छ, कथमकदाचित असाध्य रोगबाट ग्रसित भइ देहत्याग गर्नुनै पर्ने भएमा पनि मोक्षगति प्राप्त हुन्छ । यस प्रकारको शक्ति आमाबाबुको सेवा, भक्तिमा रहेको हुन्छ ।
पितासम्मान दिवस मूलतः मूलको सम्झनाको दिवस हो । उपर्युक्त चर्चाबाट पनि मातापिता देवतुल्यताको भावना आइसक्यो । यद्यपि कसैले पनि वर्षमा मात्र एक दिन आमा बाबुको सम्झना गर्ने र अरु दिन वास्ता नगर्ने भन्ने कदापि होइन । एउटा सन्देशात्मक विशेषतालाई महत्त्व दिएको हो यो बाबुको मुख हेर्ने त्यस्तै आमाको मुख हेर्ने दिनले । यो सांस्कृतिक विशेषता विस्तारै नेपालको गौरव बनेर विश्वभरी फैलिँदै गएको यथार्थलाई विश्वले स्वीकार गरेको छ । शुरुमा नेपालमा पनि नेवार समुदायमा रहेको यो संस्कृति विस्तारै सबै समुदाय हुँदै विश्वमा पुग्नु राम्रो संस्कृतिलाई सबैले स्वीकार गर्छन् भन्ने सकारात्मक तथ्यको प्रमाणित सन्देश हो ।
सृष्टिको स्रोत अखण्ड सत्ताको जुन धारा छ सो यो खण्डमय संसारमा पनि अविछिन्नरूपमा लागू भएको छ । त्यही धाराको आस्वादन र अनुभूति हामीले मातापिताबाट पाउनसक्छौ । भन्नाको तात्पर्य जसरी अखण्ड महात्माबाट सृष्टिको प्रक्रिया शुरु भयो त्यही प्रक्रिया तथा पद्धति यो अहिलेको खण्डमय संसारमा बाबुआमा, आफू हुँदै भावी सन्तती तर्फ उन्मुख हुन्छ, सिद्धान्त र पद्धति एउटै हो । आफ्ना बाबुआमामा ईश्वरी अंश देख्न र अनुभूति गर्नसक्ने सन्ततीले साक्षात् परब्रह्मपरमात्मासम्म पुग्ने मूलको धारोको मार्ग समात्नसक्छ र सो मार्गमार्फत अघि बढेमा साधनाको पुरुषार्थले आफ्नो जीवन कृतार्थ गराउनसक्छ भन्ने तात्त्विक मर्म जोडिएको छ यो पितासम्मान दिवससँग ।
समष्टिमा आमा–बाबुप्रति सन्तानबाट सधैं हुनपर्ने सेवा, सत्कार, सद्भाव, आदर–सम्मानको कर्तव्यबोध मातृ र पितृ दर्शन आमावश्याले दिँदै आएको छ । यी दिनमा गरिने मातृश्रद्धा तथा पितृश्रद्धाको भाव सदासर्वदा अक्षुण राख्नसक्नु सत्पुत्रपुत्रीहरूको दायित्त्व हो । सबै आमा–बुबाहरूमा आजको यस पावन पितृदर्शन आमावश्याको दिनको शुभअवसरमा सादर दण्डवत् । अस्तु ।।।

[email protected]

साभार : राजधानी दैनिक (२०७१)

धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न

d 1धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l 

धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न

d 1धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l

समाजका पुर्व अध्यक्ष बिमल आचार्यले तीज कार्यक्रम बिगत बर्षमा सुरुवात गरेका थिए भने यसलाई अहिलेका बर्तमान अध्यक्ष आरके धमलाले निरन्तरता दिएका छन् l र २०७३ को तिजलाई भव्यताका साथ मनाउन समाजका क्रियाशील पदाधिकारी सुमन मानन्धरको बिशेष पहलमा तिज सफलता पुर्वक मनाइएको छ l

d 9तीज कार्यक्रममा नाचगान ,पुरस्कार ,र दोश्रो पुस्ताका बालिकाहरुले समेत नृत्य प्रस्तुति गरेका थिए l यसै गरि धरान घर भै हाल भर्जिनियाको हर्नडनमा बस्दै आउनु भएकी अत्तर क्षेत्रीले तिजको कबिता बाचन गर्नु भएको थियो l अत्तर क्षेत्री अमेरिकामा बसोबास गरेता पनि बिगत केहि बर्ष देखि संबिधान धेरै पटक बन्न नसके पछि व्यंगात्मक कविता नेताहरुलाई बचन गरि सक्नु भएको छ l

कार्यक्रममा समाजका शुभ चिन्तक ,हितैसी ,समाजका पदाधिकारी ,डिसी महानगर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा दोश्रो पुस्ताका बालबालिकाले समेत तिज पर्वमा सहभागी भै नाचगान गरेका थिए l

d 3तिज कार्यक्रममा हाल डिसी बसोबास गर्नु हुने प्रख्यात गायक मधु क्षेत्रीको उपस्थिति रहेको थियो भने आयोजकको अनुरोधमा वहाको प्रशिद्ध गीत फुलै फूल मात्र पनि हैन रहेछ जीवन भन्ने गीत प्रस्तुत गरेका थिए l

तीजको लागि सहभागीहरुले आफैले घरमा बनाएर मिठा मिठा परिकारका खाने कुरा खुवाइएको थियो l नाचगान ,मनोरंजन गर्दै कार्यक्रममा खाने कुरा बनाउने हरुलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था पनि गरिएको थियो l कार्यक्रम हर्न डन को एक उद्यानमा आयोजना गरिएको थियो भने कार्यक्रम दिउसो देखि साँझ सम्म चलेको थियो l

d 10 d 7 d 6 d 4 d 2

एउटा कुरा भनुम् ‘तिमी मलाई मन पर्छ’

14203618_10154471639962485_1251423234_o

सुमधुर स्वरका धनि गायक सन्जिब पराजुली र टिका प्रसाईंको स्वरमा सजिएको निक्कै सुमधुर गीत ‘तिमी मलाई मन पर्छ’ हालै सार्वजनिक भएको छ। धेरै समय पछि यति मीठो गीत नेपाली सांगीतिक क्षेत्रमा आएको छ। यस गीतमा शब्द-सङ्गीत टिका प्रसाईंको र सङ्गीत-संयोजन गोपाल रसाइलीको रहेको छ।

म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन आइ भी एम प्रोडक्सन, अस्ट्रेलिया ले गरेको हो । भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ जसमा रस्ना प्रधान र विशाल भारतीको रोमान्स हेर्न सकिन्छ। यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।

 

 

केयर फर नेपालले लस एन्जलसमा भूकम्प पिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्ने

unnamed

अमेरिका, लस एन्जलस ३० अगस्ट / गत बर्ष नेपालमा भूकम्प गएको बेला सहयोग गर्ने उदेश्यले स्थापित केयर फर नेपाल नामक संस्थाले सेप्टेम्बर १७ मा आर्टेसियामा भूकम्प पिडितको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ 

भूकम्प पश्चात एक सय दश भन्दा बढी घरपरिवारलाई सहयोग गर्दै उनीहरुको अवस्थाको बारेमा संस्थाले निरन्तर अनुगमन र सहयोग गर्दै आइरहेको छ । फेब्रुवरीमा क्यालिफोर्नियाको एल सेगुन्डो शहरमा एकसय दशजना सहभागी बिच कार्यक्रम गर्दै २७००० डलर संकलन गर्न सफल भएको थियो ।

भूकम्प पिडितलाई तत्काल राहत प्रदान गर्ने, दोस्रो चरणमा परिवारका सदस्य गुमाएकाहरुको लागि बासको व्यवस्था गर्ने र तेस्रो चरणमा शिक्षामुलक कार्यक्रम गर्दै दैवीप्रकोपको समयमा पुर्याउनुपर्ने सतर्कताको बारेमा जानकारी दिने उद्देस्यसाथ रकम संकलन गरीरहेको छ । एक लाख डलर उठाउने लक्ष्य लिएकोमा चालिस हजार बिभिन्न कार्यक्रम मार्फत उठाई सकेका छन । 

पारदर्शिताका साथ गतिबिधि संचालन गर्दै आएको संस्थाले आफ्ना गतिविधिहरुको जानकारी दिने, नेपालको पुन:निर्माणको लागि यस क्षेत्रमा रहेको नेपाली संघ संस्था र समुदायसंग कसरी हातेमालो गर्दै जान सकिन्छ र सो अभियानमा कसरी आ-आफ्नो ठाउँबाट योगदान पुर्याउन सकिन्छ भनि यस कार्यक्रम गर्न लागेको आयोजक सुदिप गिरिले जानकारी दिए । 

स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा लाइभ ब्याण्ड प्रस्तुति, साना नानीहरुको प्रतिस्पर्धामा उत्क्रिस्ठ हुनेलाई गिफ्ट कार्डको व्यवस्था, क्यालिफोर्नियाका स्थानीय आर्टिस्टले नेपालको रास्ट्रीय चरा डाफे बनाउने, CAL Tech, UCLA बाट प्रोफेसर र निर्देशकहरु आउने, नेपालमा बन्न लागेको सामुदायिक भवनको डिजाइन कर्ता समेतको उपस्थिति रहने छ ।  

संकलित रकम पारदर्शितापुर्वक सदुपयोग गर्दै हातेमालो गर्दै नेपालको दुखमा साथ दिन सबैलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोध गरेका छन ।

कार्यरमको बारेमा थप जानकारी आबस्यक भएमा सुदिप गिरीलाई इमेल [email protected] अथवा  (424) 218-6414 मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेका छन 

Teej Brata Puja – Sunday, September 4, 2016

TeejPuja2016

मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न

manassas 1 - Copy

महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा  बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ l 

मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न

manassas 1 - Copy

महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ l

अमेरिका नेपाल सहयोगी समाजको एक परियोजना अमेरिका नेपाल शिक्षा सदन ,डिसी नेपाली समाज लगायत डिसी वरपरका संघ /संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको २०७३ को तीज अनुमान गरे भन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो l

unnamed (2) - Copy

स्वयम् सेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई मिठा मिठा भोजन खुवाईएको थियो l यता नाचगान चलि रहको थियो भने उता भान्सामा बोराका बोरा चामलको तयारी गरि रहेको दृश्य देखिन्थ्यो l भोजन गृहमा स्थान नअटेर बाहिर सवारी साधन राख्ने ठाउँमा खुवाउनु परेको थियो l

डिसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना काल देखि नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ l

unnamed (6) - Copy

बिगत बर्ष भन्दा यस पटक खचाखच भिड भएको कारण आधा भन्दा ज्यादा महिला,पुरुष तथा बालबालिकाहरु उभिएका थिए l कार्यक्रममा बस्नको लागि राखिएका कुर्सिहरु समेत हटाउनु परेको थियो l बिगत बर्ष भन्दा यस पटकको तिजमा अमेरिकामा जन्मेका र यहि हुर्केका दोश्रो पुस्ताका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए l

उक्त कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे ।

unnamed (13)
यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए l महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति गरेका थिए l

कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने अधिकांशले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको सामुदायिक भवन बनाउन अपरिहार्यता भएको आयोजकले बताएका छन l तिज कार्यक्रमलाई अझ व्यवस्थित बनाउन समुदाय गम्भीर हुनु पर्ने अवस्था देखिएकोले यस पटकको मानव सागर झैँ उर्लेको अवस्थालाई हेर्दा आगामी बर्षलाई अहिले देखि नै योजना बनाउनु पर्ने भएको आयोजकले बताए l

unnamed (11) - Copy unnamed (7) unnamed unnamed (9) - Copy - Copy unnamed (4) - Copy unnamed (3) - Copy unnamed (1) - Copy unnamed (10) - Copy - Copy unnamed (7) - Copy unnamed (17)

सिङ्गापूरमा शान्ति र अध्यात्मका विविध रोचक कार्यक्रम

bhimsen 1 - Copy

सिङ्गापूर , । सिङ्गापूरमा शान्ति र अध्यात्मका विविध रोचक कार्यक्रम गरिएका छन्। योग ,अध्यात्म र शान्ति प्रवर्तक भीमसेन सापकोटा (आचार्य राजन )ले सिङ्गापूरको विभिन्न स्थानमा नेपाली तथा गैर नेपाली समुदायका लागि सो शिविर सन्चालन गर्नु भएको हो ।

सकारात्मक सोच बढाउने योग , भावातित ध्यान, कुण्डलिनि जागरण लगायतका सधाना शिविरमा भाग लीई नेपाली समुदाय लाभान्वित बनेको छ । नेपाली समाज सिङापूरका अनुसार सिङ्गापूरको अल्वर्ट स्ट्रीट स्थित पार्क होटलमा , सो कार्यक्रम सम्पन्न भएको हो ।सहभागीहरूले जीवन सकारात्मक रुपले जिउन प्रकृतिसँग नजिक रहेर कसरी दिनचार्या विताउने , आयुर्वेद अनुसार का खानाहरू , रोग अनुसारका विभिन्न योग आसनहरू , हांस्य योग चिकित्साका बारेमा सामुहिक अभ्यास गरेको थियो । सिङ्गापूरमा गरिएको यो शिविर अत्यन्त रोचक र हामीले खोजे अनुसारकै भएको नेपाली समाजका तर्फबाट सुदिप बानियां प्रतिकृया दिनुहुन्छ ।

bhimsen 2 - Copy

“गुरू ले जुन सिकाउनु भयो त्यो विश्व मानव समुदायका लागि अती आवश्यक भएको र यसलाई विश्वका अनएे क्षेत्रमा पनि यसरि नै गरिनु पर्ने घनश्याम अर्यालको भनाई छ । सो अध्यात्मिक जागरण शिविरमा स्कुले विध्यार्थी देखि ,विभिन्न ब्यवसायका व्यक्तिहरूको चासो पुर्वक सहभागीता रहेको शुभद्रा गिरि बताउनु हुन्छ ।

यसैगरि बहुरास्ट्रिय समुदाय विच सिङ्गापुरकै लेवेण्डरमा , स्थानीय सिङापुरवासि विच चाइना टाउनमा र भारतीय तथा श्रीलङ्कन समुदाय विच ‘लिटल इन्डिया ‘सिटी स्क्यायर’मा विभिन्न उत्प्रेरणका कार्यशाला , ‘द माईण्ड पावर सोसाईटी’ का विभिन्न अध्यात्मिक जागरण कार्यक्रम सम्पन्न गरिएको छ ।

सकारात्मक जीवन र शान्ति प्रवर्द्दन गर्दै हिंड्नु भएका आचार्य राजनले सिङापुरमा अध्यात्मिक जागरणको तरङ्ग ल्याउनु भएको र ‘मृत्‍यु पछी स्वर्ग पाईन्छ भनेर बस्ने हैन यहि जीवनमा स्वर्गको अनुभुत गर्न सकिन्छ ‘भन्ने नविन चिन्तन प्रभाह भएको भारतीय योग शिक्षीका मोनिका बताउंछिन्। जीवन देखि निरास भएका, रोगले पिल्सिएका , ब्यस्तताले अाफै विच असन्तुस्ट रहेका , आत्म ज्ञानको खोजिमा अध्यात्मको सहाराले कसरी सफल हुन सकिन्छ भन्ने जीवन कला को सो अवसरमा अभ्यास गरिएको थियो । अद्यात्म प्रवर्त्तक तथा उत्प्रेरक वक्ता आचार्य राजन शर्मा नेपाल – फिजि सांन्सकृतिक राजदुत समेत हुनुहुन्छ ।

अस्ट्रेलिया निवासि गुरु आचार्यले ३ महिना अघि भारतमा दैनिक एक लाख मानिस विच ९ दिने ऐतिहासिक प्रवचन गरेर भारतीयहरूविच शान्ति प्रवर्द्दन गर्नु भएको थियो । उहांको आगामी दिनमा युरोपको शहर क्रोएसिया स्थित जग्रेभमा समेत यस्ता कार्यक्रम हुने तय गरिएका छन्न।

-जे देखिन्छ ति घटनाहरूमा के के राम्रा कुरा लुकेका छन्न त्यसको खोजी गर्ने
-म यो संसारको आस्थायी जीवन बांचिउरहेको छु भन्ने भावना हरेक काम गर्दा मनमा राख्ने
-जो भेटिन्छ त्यो व्यक्ति सँगको भेट अन्तिम पनि हुन सक्छ भन्दै उसलाई राम्रो व्यवहार गर्ने
-विहान उठे देखि नसुते सम्मका हरेक घटनाको आफु साक्षि र कर्ता मात्रा भएको भावना बिकास गर्ने
-हरेक दिन आफ्नो शरिरअनुसार योग , ध्यान , र साधना मा जुट्नु पर्ने
-हरेक समस्या आउंदा ‘यो पनि टरेर जान्छ ‘ भन्ने भावना सँग जोडीरहने
-विचार नबदले सम्म संसार जति बदलिए पनि शान्ति आउंदैन

लगायतका थुप्रै जीवनका सुत्रहरू सो अवसरमा योगगुरू आचार्य ले प्रस्तुत गर्दा सहभागीहरू रुचीपुर्वक अभ्यास गरिरहेका थिए ।

तस्विर सौजन्य : हाना ।

bhimsen 4 - Copy bhimsen 3 - Copy

गित

sakuntala

खान्न म त तालै को पानी
दिनै भरी पुतली नाचेंको
टि भी पनि हेर्दिन म त
भ्रस्टाचारी नेता ज्यु हासेंको

टाउको दुख्दा सिङ्गापुर पुग्छन हाम्रा नेता
सिटामोल नपाइ मर्छन गाउँमा जनता तेता
जुन पाटी का आए पनी नेता काला सेता
जनता को घट्ने होइनन पिर अनि ब्यथ्या
खान्न म त तालै को पानी
दिनै भरी पुतली नाचेंको
टि भी पनि हेर्दिन म त
भ्रस्टाचारी नेता ज्यु हासेंको

पालैपालो अर्म पर्म सत्ता चलाउछन
आफ्नै दुनो सोझाउछन बन्डा मिलाउछन
नेता हुन् कि गुण्डा हुन् खै थाहा नहुने देशमा
लौन हामी जनता सचेत कैले हुने यसमा
खान्न म त तालै को पानी
दिनै भरी पुतली नाचेंको
टि भी पनि हेर्दिन म त
भ्रस्टाचारी नेता ज्यु हासेंको

 

Tuesday, August 30, 2016

गायक लोप्चन सम्मानित

db pic 1 db pic 1

चितवन १४ भदौं । चितवन युवा समुह अन्र्तराष्ट्रिय समन्वय समिति चितवनले लोक गायक डिबी लोपचनलाई सम्मान गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा कुँवेतमा रहेको नेपाली लोक गीतको संरक्षणमा भूकिका खेलेको भन्दै समितिले गायक लोप्चनलाई सम्मान गरेको हो । तीजको अबसर पारेर रोजगारीको लागि विदेशमा रहेका व्यक्तिहरुका आफन्तहरु बीच भेटघाट तथा परिचयात्मक कार्यक्रममा समितिले लोप्चन सहित अन्य कलाकारहरुलाई सम्मना गरेको हो । भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिति बयोबृद्ध अन्नपूर्ण ढुंगाना र समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मान पत्र र दोसल्ला आढाएर सम्मान गरेका थिए । कार्यक्रममा कलाकारहरु सीता कँडेल,नेत्रजी पन्त,दशरत सापकोटा,गणेश रिजाल र पुजन घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

तीजको हार्दिक शुभकामना !

image1
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण  दिदिबहिनीहरुमा सुख, समृदि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय  शुभकामना व्यक्त गर्दछौं!

विमल नेपाल 

अध्यक्ष

विद्या गुरुङ  

संयोजक, महिला तथा बालबालिका समिति

शिव विष्ट 

महासचिव तथा सम्पूर्ण कार्य समिति परिवार

नेप्लिज एशोसियसन इन साउथइष्ट अमेरिका (नासा)

image2

डिसीमा पूर्व सभामुख सुभास चन्द्र नेमांग संग अन्तरक्रिया कार्यक्रम

14141497_1125613224192303_2295873567364664095_n

डिसीमा पूर्व सभामुख सुभास चन्द्र नेमांग संग अन्तरक्रिया कार्यक्रम सम्पन्न 

  IMG_3344
गैर आवासीय नेपाली संघले न्युजर्सीमा आयोजना गरेको नवौ क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथि भै पाल्नु भएका तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l
 
उक्त कार्यक्रममा आयोजकको तर्फ बाट समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारी ,मन्ट गोमेरी काउन्टी काउन्सिल का जिल्ला सदस्य टम हकरले बोल्नु भएको थियो l
IMG_3349 (1)
 
पूर्व सभामुख नेमांगले पहिलो संबिधान बनाउदा अघिको कुराको चर्चा गर्दै आफुले ८० प्रतिसत संबिधान बनेको आफुले पटक पटक चर्चा गरेको उल्लेख गर्नु भयो l
 
५ बर्ष ८ महिना लगाएर बनाएको संबिधानमा देशको नाम पनि परिवर्तन गर्ने बारेमा छलफल पनि गरेको बताउनु भयो l नेपालको नामलाई सगरमाथा नाम पनि राख्नु पर्छ भन्ने कुरामा पनि संबिधान लेखन कार्य अवधिमा छलफल गरिएको बताउनु भयो l
 
यसै गरि अनेक बिषय र के के बिषयमा छलफल गरिएन भन्दै झन्डा फेर्ने कुरामामा पनि छलफल गरेको बताउनु भयो l नेपालको संबिधान तपाईले बनाएको हो भन्दै सबैलाई धन्यवाद दिनु भयो l
IMG_3347
 
आफुले मन्तब्य ब्यक्त गर्दै अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की(बिद्या वारिधि ) र आफु न्युयोर्कमा भकुण्डो खेल हेर्न गएको प्रसंगको चर्चा गर्दै डेढ घण्टाको खेलमा गोल भएन भने त्यसको अर्थ हुदैन भन्दै हामीले पटक पटक संबिधान बनाउन सकेनौ l तर अन्त्यमा ५ बर्ष ८ महिना लगाएर संबिधान बनाएरै छोडेको कुरा उल्लेख गर्नु भयो l
 
म पनि यो संबिधानमा खुशी छैन भन्दै सबैको सबै खुशी छैनन भन्दै कांग्रेसले पनि सम्झौता गर्यो भन्दै एमाले ,एकीकृत नेकपा माओबादी तथा अन्य दलले पनि नया संबिधानलाई सम्झौता गरेको चर्चा गर्नु भयो l 
 
नेमांगले ९० प्रतिसतले संबिधान पारित गरेको उल्लेख गर्नु भयो l वहाले भारतीय महिलाले ३ हजार जनाले अंगिकृत नागरिकता पाएको उल्लेख गर्नु भयो l पूर्व सभामुख नेमांगले अहिले बनेको संबिधान लचिलो तथा सार्है समाबेशी भएको बिनातापुर्वक दाबी गर्नु भयो l
 
जसको परिणाम प्रधान न्यायाधिस महिला तथा सभामुख पनि महिला यसै समाबेशी संबिधान भएको कारण हो भन्नु भयो l र वहाले अगाडी मन्तब्य ब्यक्त गर्दै गैर आवासीय नेपाली संघको बारेमा संबिधानमा निरन्तर छलफल भएको जानकरी दिदै राम्रो स्थान दिएको बताउनु भयो l
 
अहिलेको संबिधानमा कार्यन्वयन गर्न अपरिहार्य छ भन्दै गैर आवासीय नेपालीलाई नेपाल संग जोड्नु पर्छ भन्दै संबिधान बिषयमा छलफल गर्नु पर्ने बताउनु भयो l सहभागीहरुले जिज्ञाशा राखेका थिए l

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...