Thursday, November 30, 2017

‘ह्याप्पी न्यु ईयर’ पौष १४ गतेबाट देशभर प्रदर्शनमा…

अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको  निर्देशनमा बनेको हो

। फिल्ममा अभिनेता कुशल थापा, पुकार गौतम ,संध्या केसी,  इश्वर थापा, पदम शाक्य,सुजता केसी,मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

साहित्यकार कविताराम श्रेष्ठको निधनमा शोक मनाउंन श्रध्दाञ्जली शभा आयोजना

काठमान्डौको यस्तो ठाउँ जहाँ पाईन्छ रु १० को लुगा अनि सामान । (भिडियो सहीत )

Maryland, USA – Nepal-America Film Society (NAFS), a 501(c)(3) non-profit organization based in Maryland, proudly announces the 2nd Nepal-America International Film Festival (NAIFF). The film festival will take place from 18-20 May 2018, in the Washington DC metro area.
 
The festival will be organized in partnership with Nepali Diaspora organizations of America, film organizations, film festivals, and individuals from Nepal, America and across the world. The festival aims to establish a cultural platform for emerging and seasoned filmmakers to bring awareness to the diaspora community in the United States. We also welcome feedback and suggestions to make the 2nd Nepal-America International Film Festival a success.
We are offering different kinds of support opportunities and partnerships for film festival 2018. All the supports or donations are tax-deductible to the full extent of the law.
If you need any further information or have any questions, please feel free to contact us anytime. http://nafilmsociety.org
Nepal America Film Society, Inc.
Nepal America International Film Festival
[email protected]
[email protected]

डिसी क्षेत्रमा भूकम्प को आवाज र धक्का

डिसी क्षेत्रमा भूकम्प को आवाज र धक्का

अमेरिकाको डिसी क्षेत्रमा आज नोभेम्बर ३० तारिख बिहिबार साँझ भूकम्प गएको महसुस गरिएको छ l ४.१ म्याग्नीच्युट को भूकम्पको आवाज सुनिएको र डेलावेयरको डोभर नजिक रहेको बुझिएको छ l अमेरिकन भूगर्भ सर्वेक्षण अनुसार डोभर को ६ माइल पूर्व उत्तर पूर्व केन्द्र बिन्दु रहेको जनाएको छ l

आज साँझ बिहिबार ४ :४५ बजे उक्त भूकम्प को धक्का को महसुस गरिएको छ l हाल सम्म कुनै क्षति तथा दुर्घटना को कुनै जानकारी प्राप्त नभएको डब्लुटि ओपीमा समाचार छ l उक्त भूकम्पको धक्का को महसुस बाल्टिमोर,एन अरुणडेल काउन्टी ,मेरिल्याण्ड ,भर्जिनियाको फेयर फ्याक्स सम्म महसुस गरिएको डब्लुटिओपी लाई खबर गरेको समाचार छ l

विभिन्न पेशाका मानिसले आफुले महसुस गरेको बारेमा डब्लुटिओपी ले उल्लेख गरेको छ l कसैले काम गर्दा गर्दै आफ्नो डेस्क ३ सेकन्ड सम्म हल्लिएको र कसैले पछाडी हात्ती हिडेको जस्ता कुराहरु उल्लेख गरेका छन् l

हाल सम्म प्रहरी र आकस्मिक सेवाका अधिकारीहरुलाई कुनै पनि क्षति, हानी नोक्सानी भएको कुनै खबर प्राप्त नभएको उल्लेख गरेको छ l कोलोराडो भूकम्प सूचना केन्द्रका अधिकारीले मध्य एट लान्टिक क्षेत्रमा महसुस गरिएको र हल्का भूकम्प भएको जनाएका छन् l अहिले सम्म डिसी क्षेत्रमा कुनै पनि क्षति न भएको जानकारी समाचारमा छ l

डिसी क्षेत्रमा हत्तपत्त भूकम्प नआउने भएता पनि सन् २०११ मा ठुलो आवाज र ठुलो धक्काको महसुस गरिएको थियो l जसले गर्दा वाशिंगटन राष्ट्रिय गिर्जाघर तथा वाशिंगटन मोनु मेन्ट (स्मारक )भत्किएको कारण लाखौ डलर मर्मत गर्न खर्च भएको थियो l

बोष्टनमा पारिवारिक खुसीमा प्याब्फोनलाई सम्झने क्रम बढ्यो । छोराको पास्नीमा दिपेन्द्र अन्जनाले पनि दान दिए । प्याब्फोनको आर्थिक हैसियत १८ लाख डलर ।

बोष्टनमा पारिवारिक खुसीमा प्याब्फोनलाई सम्झने क्रम बढ्यो । छोराको पास्नीमा दिपेन्द्र अन्जनाले पनि दान दिए । प्याब्फोनको आर्थिक हैसियत १८ लाख डलर ।

पारिवारमा खुसी हुदा समाजलाई सम्झनिलाई ।
दिन पुगोस दिन पुगोस सामाजिक मनका धनिलाई ।।
हानी कहिल्यै नहोस प्रभु बोष्टनबासी दानिलाई ।
समाजका तारा भनौ, प्याब्फोन मन्मा राख्निलाई ।।

गत आइतबार नोभेम्बर २६, २०१७ मा हिमालय बिष्ट्रोमा रमाईलो अन्नप्राशन कार्यक्रम सम्पन्न भयो । शुभ : अन्नप्राशन, पोखरा भलाम का दिपेन्द्र पौडेल तथा अन्जना बस्तोला पौडेल का छोरा बाबु अदिप पौडल को थियो । बोष्टन नरऊड निबासी दिपेन्द्र अन्जना ले सबै इष्टमित्र साथी भाई तथा आफ्ना अभिबावक बाबा आमा बेदराज बास्तोला एवँ दुर्गा बास्तोला पोखरा फुलबारीबाट आएको बेलामा पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई सम्झे, खुसीमा त हो नि खुसि बाडने,हाल छोरा जन्मदा थोरै दान गर्ने मन लाग्यो, भोली सक्दा धेरै दान गर्ने दिन पनि आऊला भन्दै २०१ डलर बोष्टनमा नेपाली कम्युनिटि सेन्टर बनाऊन लागि परेको पशुपतिनाथबुद्द फाऊण्डेशन लाई दान गरेँ। छोरा जन्मेको खुसि र सानोबाबु छ महिना पुगेपछिको अन्नप्राशन कार्यक्रममा आफ्ना इष्टमित्र र पारिवारिक खुसिसगै आफ्नो समाज लाई सम्झने मन भयरै हो । आफुहरु बसेको शहर बोष्टनमा नेपाली कम्युनिटि सेन्टर बनाऊन नेपालीहरु लागिरहेकै भएर हो । यस्तै बेलामा त हो नि खुसि बाडने, समाजलाई सम्झने भन्ने बिचार आएरै हो । दिपेन्द्र अन्जनाले बताए ।अन्नप्राशनमा रकम बोलेपछि प्याब्फोनका बोर्ड अफ डाइरेक्टर पेशल रेग्मीले पौडेल परिवारलाई धन्याबाद दिएका थिए ।

अन्न प्राशन गर्दा दिपेन्द्र \ अन्जनाले आफ्ना ईष्टमित्र लाई मात्र सम्झेनन थोरैभएपनि नेपाली समाजलाई पनि सम्झने काम गरे । ऊहाहरु दुबै अत्यन्त सामाजिक मन र उदार भावना का धनि छन, त्यतिकै मिलनसार पनि । ऊहाहरुलाई लाई जान्नेलाई थाहा छ उहाहरुको मन, जति सितल स्वभाव, त्यति सहज छन ऊहाहरु । ब्यस्तताले सामाजिक मुभमेन्टमा यथेष्ट समय दिन नपाएपनि नेपाली समाजलाई सक्दो साथ दिने दिपेन्द्रको सोच छ । ऊहाहरु बोष्टन आएको धेरै भएको छैन । २०१६ मा मा मात्र बोष्टन आइ नरऊड बसोबास गर्न थालेका हुन ।त्यसभन्दा अगाडी ऊहाहरु न्यु योर्क तथा न्यु जर्सि बस्दथे । २०१६ मा तत्कालिन प्याब्फोनका महासचिव महेश्वर पन्त कहा सँयुक्त भैली धौसी हुदा पहिलो पटक ऊहाहरुले प्याब्फोनलाई दान गरेका थिए । त्यसैगरि दोश्रो पटक “ बोष्टन सप्ताह” हुदा प्याब्फोनलाई दान गरे । यसपटक उहाहरुको यो तेश्रो दान हो प्याब्फोनलाई । हामी कामना गर्छौ ऊहाहरुलाई सदा दिन पुगोस खान पुगोस,बाबु अदिपको आगमनले ऊहाहरुको घर हराभरा होस, सामाजिक मन जागिरहोस, सुकिर्ति बढिरहोस, अमेरिकामा जन्मेका बाबु अदिप पौडेल भाग्यमानी रहुन, सुस्वास्थ्य रहुन हाम्रो हार्दिक हार्दिक शुभकामाना ।

मान्छेले मान्छेलाई चिन्ने जान्ने मौका भनेको समाजलाई केहि गर्दानै हो । आएको १ बर्षको हाराहारीमा तिन पटक समाजलाई सम्झने दिपेन्द्र अन्जना लाई र ऊहाहरुजस्ता समाजका तारालाई समाजले चिन्नै पर्छ, प्याब्फोन कार्य समितिले सम्झनै पर्छ । ऊहाहरुजस्ता सहयोग कर्ता सबैलाई बेला बखत वान बाई वान गरेर प्याब्फोनले लेख्न पर्छ । प्याब्फोनलाई भैलीधौसी र सप्ताह गरेर हालसम्म १००० भन्दा बढिले दान गरिसकेको कुरा हामीले सँस्थाको वेबसाइडमा देख्न सक्छौ । ऊहाहरु सबै प्याब्फोनको धरोहर हुनुहुन्छ मुख्य दाता, बिधाता हुनुहुन्छ। समय आऊदा प्याब्फोनले ऊहाहरुलाई ऊचित तरिकाले सम्झने नै छ ।यसको अतिरिक्त पारिबारिक खुसीमा प्याब्फोनलाई सम्झनेको लिष्ट पनि तयार हुनुपर्छ भन्ने चर्चा छ । म आफु लेख्ने जिम्मेवारीमा हुदा धेरै को बारेमा लेखिसकेको छु । हाल लेख्ने जिम्मेवारी बाट अर्कै जिम्मेबारीमा सरे पनि समय हुदा लेखिरहेछु ।समयअभाव ले गर्दा भनौ यस बर्ष का केहि पारिबारिक खुसीमा प्याब्फोनलाई प्राप्त भएको दान को बारेमा लेख्ने इच्छा हुदा हुदै पनि लेख्न सकिन तैपनि उहाहरुलाई यो मन मष्तिस्कले सह्राइरहेछ । त्यस्ता लेख्न छुटाएका महानुभाबहरु जसलाई मैले अत्यन्तै ऊदाहरणिय रुपमा पाएको छु । बोष्टनको सामाजिक बृतमा परिचित ब्यक्तित्व आदरणिय जिबिएनसि का पुर्ब अध्यक्ष बिनोद ओली \ देबि ओली ले आफ्नो छोरा आयुष ओलीको ग्राजुएशनको खुसीमा १००१डलर , जिबिएनसिकै पुर्ब अध्यक्ष राम थापाकि छोरी एलिशा थापा एवँ एन आर एन अमेरिकाका सल्लाहकार बिजय शर्माको छोरा बिक्रान्त शर्मा बिचको बैबाहिक खुसीमा दुबैजनाबाट गरि १००१ डलर , समाजसेबी हरि कुमार श्रेष्ठ ले छोराको ब्रतबन्धको खुसीमा २०० डलर, समरभिल का समाजसेवी बिजेन्द्र प्रधानले छोरी सालोमी प्रधानको स्विटस सिक्टिनको खुसीमा ५०१ डलर दिनुभएको छ ऊहाहरुलाई मैले छुट्टाछुट्टै लेख्न मन हो जे होस ऊहाहरुपनि हाम्रो समाजका तारा हुनुहुन्छ । प्याब्फोनले समय आऊदा सम्बोदन गर्ने नै छ ।

पशुपतिनाथ बुद्द फाऊण्डेशन (प्याब्फोन) समरभिल क्षत्रिय सब कमिटिले निर्णय गरि प्याब्फोनको ८.८,२०१६ को साधारण सभाले पास गरेअनुरुप पारिवारिक खुसीहरु जन्म, पास्नी, बर्थ डे, ग्राजुएशन , ब्रतबन्ध, बिबहा, स्विटस सिक्टिन, नया जागिर, फाइल एप्रुफ ,बाबाआमाको अमेरिका आगमन , हाऊस वार्मिङ,जस्ता पारिवारिक खुसीमा प्याब्फोन लाई आत्मसाथ गर्ने,सम्झने वा सकेको दान गर्ने भन्ने निर्णय अनुरुप हालसम्म त्यसरी दान गर्नेहरुमा यम पौडेलले प्याब्फोनको फाइब ओ वान सि थ्री आएको खुसीमा, छोरी को बर्थ डे मनाएको खुसीमा र बाबा आमा अमेरिका आएको खुसीमा सकेको रकम दिइसकेका छन त्यसैगरी राम के सि ले छोरीको बर्थ डे को खुसीमा, हरि काफ्ले ले छोरा जन्मदाको खुसीमा, बिजय तामाङ ले छोरीको स्विट सिक्टिनको खुसीमा,अनिल पौडेलले छोराको पास्नीको खुसीमा, मुरारी बस्नेतले नया घर हाऊस वार्मिङको खुसीमा,ध्रुब घिमिरे ले छोरीको स्विटस सिक्टिनको खुसीमा, शर्मिला अर्यालले दाज्यु बैनि भेटदाको पारिवारिक खुसीमा, सरु बस्नेतले दाज्यु बैनी भेटदाको खुसीमा,दिपेन्द्र \ मन्दिरा सुबेदीले छोराको भात ख्वाई को खुसीमा , रञ्जन थापाले भाई सन्दिपमान सि बस्नेतको बिबहाको खुसीमा, बिनोद ओली \ देबि ओली ले आफ्नो छोराको ग्राजुएशनको खुसीमा, राम थापा तथा बिजय शर्माले आफ्ना छोरा छोरी बिचको बैबाहिक सम्बन्धको खुसीमा, हरि कुमार श्रेष्ठ ले छोराको ब्रतबन्धको खुसीमा, बिजेन्द्र प्रधानले छोरीको स्विटस सिक्टिनको खुसीमा पनि सक्दो दान गर्नुभएको बिबरण हामिकहा भएको छ । यो पनि प्याब्फोनको अर्को महत्वपुर्ण पाटो हुनगएको छ यसबाट पनि सँस्था ब्यापक हुदै गएको देखिन्छ , सबैको बिश्वास जितेको र मन मनमा बसेको देखिएको छ यसलाई प्याब्फोनले निरन्तरता दिनै पर्छ ।

स्मरणिय रहोस : बोष्टनमा पशुपतिनाथ र बुद्दको स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने ऊद्देश्यले २०१२ मा स्थापना भएको “ पशुपतिनाथ बुद्द फाऊण्डेशन “प्याब्फोन” लाई हालसम्म १००० भन्दा बढिले दान गरिसकेको स्थिति छ । गतबर्ष सम्म सँस्थाको मेडिया चिफको हैसियतले सँस्थाका गतिबिधि रिपोर्टिङ गर्ने क्रममा हालसम्मको भैली धौसी लगायतका कार्यक्रमबाट दान दिनेको सँख्या करिब ५०० को हाराहारीमा पुगेको थियो, जुन प्याब्फोनको वेवसाइडमा पनि देख्न सकिन्छ ।यस बर्ष अगष्टमा प्याब्फोन कै आयोजनामा नेपाली कम्युनिटि सेन्टर बनाऊने ऊद्देश्यले आयोजित “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सब” मा सप्ताह को वेव साईडले जनाएअनुसार ८८० जनाले दान गरिसकेको स्थिति छ । सप्ताहको बचत रकम (सप्ताह वेवसाईडमको आर्थिक बिबरणले जनाएअनुसार ) १५६१८८२ डलर र प्याब्फोनको वेवसाईडमा ऊल्लेख सँस्थाको भैली धौसी लगायत अन्य कार्यक्रम मार्फतको बचत रकम १९७७७९ डलर गर्दा कुल १७५९६६१ डलर भएकोले सँस्थाको अबको आर्थिक हैसियत १८ लाख डलर भन्दा बढि भएको देखिन्छ । आशा गरौ, यसलाई सदुपयोग गरि प्रपटि सर्च टास्क फोर्सले छिट्टै नेपाली कम्युनिटि सेन्टर को ब्यबस्था गर्नेछ । अक्टुबर २९, २०१७ को साधारण सभाले पनि यहि टास्क फोर्स कमिटिलाई नै ऊपयुक्त घर खोज्ने जिम्मेबारी दिएको छ । ग्रेटर बोष्टनबासी लगायत सम्पुर्ण नेपालीको लागी साह्रै खुसीको कुरा हो ।

11 of 37 Print all In new window नेपाली मुस्लिम चेली को आवाज ३ करोड नेपाली हरुको लागि भिडियो यसरी बोल्छ !!! हाम्रो जित भनेको तपाई को एक मात्र शेयर !!!!

नारीअधिकार , बालअधिकार प्राप्त र लागु गर्न कठीन र मुस्किल छ । दिनहुँ बालिकाहरु बलात्कार हुँदै मारिएका छन ,अनि राज्य कानमा तेल हालेर बसेको छ । अझै हामी पितृसत्तात्मक राज्य भित्रको लैङ्गिक विभेदमा छौ ।
एउटा नारी घरबाट बजार पुग्दा आफ्नो इज्जत र पहिचान गुमाएर घर अाइपुग्नु पर्ने र अझै परिवार समाजबाट तिरष्कृत हुनु पर्ने जुन अवस्था आज देखा परेको छ त्यो विडम्बनाको बिषय हो ।
बलात्कारको शिकार हुने जुन सुकै महिला पनि त्यो कसैको आमा,कसैको छोरी र कसैको बुहारी हो हाम्रा दाजुभाई किन त्यो अपराध र अपराधी विरुद्ध किन बोल्न सक्दैनन ?
के महिला प्रयोगको साधन मात्र हुन त ?
आमालाई जबसम्म हामीले बुझ्न सक्दैनौ तबसम्म नारी अस्तित्वको पक्षमा हामी लड्न सक्दैनौ । महिलाले गर्ने घरयासी कामलाई अनुत्पादक कामको रुपमा जसरी हेरिन्छ त्यो नितान्त गलत नजिर हो ।
बाकि भिडियोमा सुन्नु होला !!

जव सम्म भ्रष्ट नेताको आचरण सुध्रिदैन तव सम्म देशले मुहार फेर्नै सक्दैन – प्रकाश श्रेष्ठ

जव सम्म भ्रष्ट नेताको आचरण सुध्रिदैन तव सम्म देशले मुहार फेर्नै सक्दैन – प्रकाश श्रेष्ठ

राजनिती देशलाई डोराउने माध्यम हो । हरेक देशमा राजनितिक परिवर्तन भएका छन् ईतिहासका कालखण्डहरुमा । राजतन्त्र भएको मुलुक देखि प्रजातान्त्रिक खुल्ला वा मिश्रित अर्थतन्त्र भएका मुलुक साथै साम्यवादी मुलुक विश्वका अनेक देशमा अस्तित्वमा छन् र ती देश कुनै निकै सम्पन छन् त कुनै विपन्न छन् । ईतिहासलाई गहिरिएर हेर्ने हो भने कुनै समय त्यस्तो थियो प्राय हरेर मुलुकमा राजा रजौटाबाट राज्य संचालित थियो र जनताले चरम कष्ट बेहोरेका कारण ती जनताबाट बहिस्कृत भएर गए । अझै अहिले विकसित मानिने देशमा सकृय वा आलांकारिक राजा बनेर शासन गरेका छन् तर नेपालमा धेरै पुरानो राजसंस्था घोषितरुपमा उन्मुलन भएको छ । यद्दपी यदाकदा अझै यसको आवस्यकता ठान्ने र पुर्व राजालाई देवता सरह मान्नेको कमि छैन । अर्को तर्फ बहुदलीय प्रतिस्पर्धा रहेका एकात्मक केन्द्रीकृत वा संघिय राज्य प्रणाली भएका देशमा पनि विकास भएकै छ भने चीन जस्तो पुरानो कम्युनिस्ट राष्ट्र पछि आएर खुल्ला अर्थतन्त्र अवलम्बन गरेपछि चरम विकासको शिखरमा पुगेको छ । यसले के देखाउँछ भने कुनै पनि राजनितिक वादको आ-आफ्नै विशेषता, गुण वा अवगुण अवस्य छन् तर जनतालाई सेवासुविधा प्रभाकारी ढंगबाट दिनु पर्छ भन्ने राजनितीको बागडोर संहाल्नेको नियत असल हुने हो र नेता आफ्नै लागी हैन जनताको लागी समर्पित हुने हो भने जनताले अवस्य विकासको स्वाद चाख्न पाउँछन् अन्यथा मात्र परिवर्तनको लागी परिवर्तनको कुनै अर्थ छैन ।
वास्तवमा २००७ साल सम्म जनता दमित र शोषित थिए जसबाट उन्मुक्ती राजनैतिक परिवर्तन पछि पाए तर २०१७ सालमा पंचायत व्यनस्थाले जव शासन गर्यो व्यक्ती पुज्ने चाकडीवाद हावी भयो पंचायतनै विकासको लागी निर्विकल्प शासन हो भन्ने भ्रम जनतामा छर्ने काम भयो । राजा र राजतन्त्रको चाकडी गर्नेले गर्न सम्म मोजमस्ती गरे, अकुत सम्पत्ती कमाए । जनता आफु अन्यायमा पर्दा समेत बोल्न नपाउने अवस्था रह्यो । ” आफ्नो प्राण भन्दा प्यारा राजा छन् ” भन्ने शिक्षा दिने पाठ्यपुस्तक स्कुलहरुमा पढाउन थालियो, राजा विकासको निरिक्षण गर्न विकट ठाउँमा जाँदा रातरात आर्टिफिसियल विकासका काम देखाउन उराठ फाँटमा अरुनै ठाउँको बोटबिरुवा केही समयको लागी लगेर सारेर हरियाली देखाउँदै कृषिमा परिवर्तन भएको समेत नाटक मंचन गर्न भ्याए त्यतिबेलाका पंचहरुले । अर्थात् राजालाई समेत भ्रममा पारेर स्वार्थ लुटे, जनतालाई जवर्जस्ती जयजयकार गर्न लगाए । अति भईसके पछि २०४६ सालको जनआन्दोलनको सफलता पछि राजा संवैधानिक भएर बसे तर राजनैतिक दलहरुको खिचातानीले गर्दा खासै विकासले गति लिएन बरु सांसदनै किनबेच हुने, भारत भ्रमणमा जाँदा पटकै पिच्छे नदीनाला भारतलाई फाईदा हुने गरि संधीसंझौता गरेर दिने जस्ता काम तत्कालिन प्रधानमन्त्रीहरुबाट भए जसलाई जनताले टुलुटुलु हेर्ने बाहेक केही गर्न सक्ने अवस्था रहेन । सन् १९९१ मा त निजीकरणको नाममा व्यवस्थापन लापार्वाहीका कारण घाटामा चलिरहेका राष्ट्रीय गौरभका उद्योग धन्दा कौडीको मुल्यमा बेचेर नेताहरुले आफ्नो बैक व्यालेन्स ठन्नै बनाउन सफल भए र विकशित देशमा खासै प्रयोगमा नआएको विक्री करको बदलामा ” मुल्य अभिवृद्धि कर ( VAT ) समेत लागु गरियो जसबाट व्यापारी र उद्योगपतिलाई कर छल्न अझै सजिलो भयो र नेताहरुले उनीहरुसँग सौदाबाजी गर्न अझै बाटो खुल्यो ।
संवैधानिक राजतन्त्रबाट विकास हुँदैन, देशमा आमुल परिवर्तन आवस्यक छ भनि २०५२ सालबाट माओवादीको नाममा जनयुद्ध भयो १० बर्षको समय जनताले त्रासीपुर्ण तरिकाले विताए तर आमुल परिवर्तनमा हिडेको राजनैतिक दलले अन्तत हजारौको बलिदान र अरवौको विकासका संरचना ध्वस्त भएपछि २०६२/६३ को गणतन्त्र ल्याउने आन्दोलनमा अन्य पुराना दलसँग सरिक भएर शान्ती संझौतामा समेत हस्ताक्षर गरेर हतियार बिसायो अनि चुनावमा जितेर सत्ताको स्वाद लियो । यसपछि भने दश बर्ष सम्म जनताको हितका खातिर ज्यान दिएर लडेका र लड्न नेतृत्व गरेका नेताहरुले ती सारा कुरा बिर्सेर पुरानै सत्ता टिकाउने घिनलाग्दो खेलमा सरिक भए, घुमाउरो बाटो आउने धनमा गहिरो आँखा गाडे र रातरात अरवौको मालिक बन्न आफु पनि सफल भए र पुराना पार्टीका नेतालाई अझै भ्रष्ट बनाउन मद्दत पनि गरे किनकी जव साझेदार भएर जव जव सत्ता चलाए अरु दलका नेता झनै खुलमखुला भ्रष्ट बने र गणना गर्नै नसकिने सम्पत्तीका मालिक बनाए । विचरा दशौ बर्ष पानी पनि समयमा नखाई खुकुरीको धारमा युद्ध लड्नेहरु खाडीको तातो हावा खान बाध्य भएर देश छोडेर गए । टाठाबाठा युद्दकालीन समय र पछि पनि विकशित देशमा आएर देशको राजनैतिक अवस्था देखाएर पिआर र ग्रिनकार्ड लिन सफल भए । अहिले तिनै एनआरएन नामक संस्थाका नेता भएर नेपाल जाँदा तिनै त्रासबाट बच्न विदेशिएका हौ भन्ने नेताहरुसँग कुम जोडेर ” साझेदारी” मा विभिन्न अस्पताल, कलेज, मिडिया हाउस र अन्य कम्पनीमा लगानी गर्ने समेत बने ।
यसैले नेपालमा जे जति जनतालाई मोहरा बनाएर जनताको नाममा अंकित सम्पत्ती थुपारे र अझै थुपार्ने काममा लागेका छन् तिनको सामुल नष्ट नगरि देशमा कुनै पनि व्यवस्था र कानुन बने पनि जनताले विकासको स्वाद चाख्न पाउने छैनन् । जनता ढुक्क भए हुन्छ हरेक नेताका छोराछोरा, भाईभतिजा, सालासाली, भान्जाभान्जा, नातापाता सबै अमेरिका, बेलायत लगायत युरोपियन मुलुकमा पिआर र सिटिजनसिप लिएर बसेका छन् । तिनीहरुलाई नेपालमा कमाएको अवैध धन उपयोग गर्न विदेशमा व्यापार/व्यवसाय गर्न लगाएका छन् र नेपाल देखि त्यो कालो धन विदेशमा सेतो धन (वैध धन) मा परिणत गर्न सफल भएका छन् । यी नेपालका प्राय कुनै पनि नेताका छोराछोरी नेपाल बसेर उच्च शिक्षा लिएका छैनन् किनकी उनीहरुलाई नेपालको शिक्षा प्रति विश्वास पनि छैन र नेपाल बस्नु पनि छैन । अनि बुढेसकालमा रिटायर्ड लाईफ नेताहरुले सपरिवार विदेशमै विताउन चाहन्छन् ।
यसो नहुँदो त हजारौ मेगावाट जलविद्युत निकाल्न सकिने देशमा अहिले सम्म मुश्किलले ९०० मेगावाट जलविद्युत उत्पादन भएको छ । देशको प्रति व्यक्ती आए ८०० डलर बल्ल पुगेको छ । मानव विकास सुचांकमा नेपाल निकै तल छ । भ्रस्टचारीमुलुकको लिष्टमा नेपाल उच्च स्थानमा छ । ५० लाख भन्दा बढि युवा रोजीरोटाका लागी कष्टकर जीवन विदेशमा बिताएका छन् र तिनले आफ्ना परिवारलाई पठाएको रेमिटेन्स/ विप्रेषणको माध्यमबाट देशले राजस्व संकलन गर्ने मुख्य आधार पाएको छ । बर्सेनी व्यापार घाटा बढिरहेको छ, परम्परागत कृषिप्रणालीमा कुनै सुधार छैन । युवा शक्तीको अभावमा गाउँघरका उर्भरभुमि बाझै छन् र केही कृषिमा लागेका कृषकलाई पनि राज्यबाट कुनै खाले प्राविधिक, आर्थिक र बजारव्यवस्थापनको सहयोग छैन । शिक्षा, स्वास्थ्य, सडक लगायत क्षेत्र अस्तव्यस्त छ । यस्ता सयौ अस्तव्यस्त हुनुमा राजनैतिक दल ज़िम्मेवार हुनेकी नहुने ? वास्तवमा स्रोत र साधन त राज्यसँग छ उसले परिचालन गर्ने हो र निजी क्षेत्रलाई उचित नियमन गर्ने जिम्मा राज्यको हो ।
यसैकारण समयमै यी नेता र उच्च ओहोदामा रहेका पुर्व पदमा रहेका र वर्तमान पदमा रहेकाहरुको सम्पत्ती यथासक्दो चाडो छानविन गरि अवैध ठहरिएरो धन राज्य कोषमा तुरुन्त ल्याउन मिल्ने जवसम्म संयन्त्र र कानुन बनाएर लागु गरिदैन तव सम्म अव पनि जनताले जुनसुकै दल वा गठवन्धनलाई सत्तामा पुराए पनि अवस्था जिउकातिउ हुनेछ, कुनै परिवर्तनको आभाष मिल्ने छैन किनकी नानी देखि लागेको बानी छुट्ने छैन । अझै लाखौ, करौडौ दलका नेतालाई बुझाएर टिकट लिनेहरु, चुनावका लागी करौडौ खर्च गर्नेहरुले चुनाव जिते पछि आफ्नो लगानी उठाउन जस्तोसुकै कुकर्म गरेर पनि लगानी उपर गर्न खोज्ने छन् । तसर्थ यसरी नैतिकता बन्धक राखेर चुनावमा छलकपट गरेर भोट माग्ने नेतालाई सजग भएर भोट गरौ अझै पनि दोस्रो चरणको अझै धेरै सिटवाला प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । यसमा सानै पार्टी किन नहोस्, नियत ठिक लाग्ने नेता र पार्टीलाई भोट दिएर आफ्नो मतको सदुपयोग गरौ । र यदी ठुला भाषण दिने पुराना पार्टीलाई भोट दिने विचार आएमा दल हेरेर हैन व्यक्तीको ईमान्दारिता हेरेर भोट गरौ अनि भनौ की तिम्रा भ्रष्ट नेताको सम्पत्ती विकास निर्माणमा प्रयोग हुन्छ की विदेशी कम्पनीमा लगानी गर्न प्रयोग हुन्छ ? एकपटक सोधौ र जवाफ सुनौ अनि तिनीहरुको अनुहार पढौ, त्यसबाट थाहाँ हुनेछ ती नेताको ईमान्दारिता, नियत अनि भावी कार्ययोजना ।
 अत: अहिले जुन सामाजिक संजाल र मिडियमा आ-आफ्ना नेता र पार्टीको भजन गाउने गरिराखिएको छ नी त्यो गाउन सबैलाई छुट छ तर मात्र एउटा कुरामा निश्चिन्त बन्न सकिन्छ की उनीहरुले पहिला अवैध रुपमा कमाएको धन राष्ट्रीयकरण गरौ त्यो तर्फ आवाज बुलन्द पारौ र यदी कथमकदाचित त्यस्तो संभावना छैन भने पनि अव आउने दिनमा त्यस्तो अवैध धन्दाबाट कमाउन खोज्ने नेताको पर्दाफास गरेर सामाजिक रुपमै बहिस्कार गरौ । चुनाव जसले जिते पनि जनताले जित्नु पर्यो मात्र नेताले आफ्ना र आफ्ना सन्ततीको लागी जितेर भएन । तसर्थ मत दिदा अझै पनि विवेकको प्रयोग गरौ, दुईचार पैसाको लालचमा, झुट्टा आश्वासनमा ईमानलाई बन्धक नबनाउ !

रबि लामिछने लाइ ३ करोड नेपालीहरुको गित बाटै दुबई मा रहेका एक नेपाली युवाले सलाम ठोके !!

अष्टमीका आमा बुवा र परिवारलाई दिईएको वचन पुरा गर्न रबि लामिछ्ने आवुदावी जाने !!!  हार्दिक श्रद्धाञ्जली अष्टमि गुरुङ दिदी सलाम छ रबि दाइ लाइ मार्मिक भिडियो

सगुन का सह संस्थापक को आव्हान

सगुनले मिनि आइपीओ अन्तर्गत खुल्ला गरेको दोश्रो चरणको स्वमत्वि शेयर विक्री कार्यक्रम नोभेम्बर ३० तारिक देखि बन्द गर्दैछ । यसै सिलसिलामा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले विश्वभर रहेका नेपाली समुदायलाई सगुनको अभियानमा हातेमालो गर्न आह्वान गरेका छन् । सगुनको स्थापना विज्ञान र प्रविधिको क्षेत्रमा विश्वमा आएको तिब्र परिवर्तनमा सहभागि हुंदै सो परिवर्तनको नेतृत्वमा हामी पनि आउनुपर्छ भन्ने अठोटका साथ गरिएको र नेपालीहरुको इनोभेटिभ आइडियालाई संसारमा चिनाउदै हरेक नेपाली भाषिहरुलाई सम्बृद्ध बनाउने साझा प्लाटफर्म भएको कुरा सन्देषमा व्यक्त गरेका छन् ।

भिडियो सन्देश मार्फत गरिएको आह्वानमा सिटौलाले भनेका छन् –‘सगुनको स्थापना कुनै इमोन्सनल निर्णय थिएन बरु लामो समयको अध्ययन, अनुसन्धान कोसिस र भविष्यमा हुने परिवर्तन र चुनौतिलाई मध्यनजर गरेर अरु भन्दा फरक आइटी, सामाजिक सञ्जाल र सोसियल कमर्शको एकिकृत प्लाटफर्मकोरुपमा स्थापना गरिएको हो ।’

सन् २०१४ देखि शुरु गरेको सगुनले यसै वर्षको शुरुमा अमेरिकाको सेक्युरिटिज् एण्ड एक्सचेञ्ज कमिसनबाट जब्स एक्ट २०१२ अन्तर्गत मिनि आइपीओको अनुमति प्राप्त गरेको थियो र सोहि प्रावधान भित्र रहेर आफ्नो स्वामित्व शेयर विक्री खुल्ला गरेको छ । दोश्रो चरणको शेयर विक्री समयको अन्त्य तिर आइपुग्दा सिटौलाले सगुनको भिजन र अभियान सफल हुने कुरामा विश्वस्त रहेको जनाएका छन् ।

‘विश्वभरि छरिएर रहेका नेपालीहरुको सहभागिता, विश्वास, साथ र प्रेरणा प्राप्त भइरहेको; लगनशील तथा अनुभवि प्राविधिक समूह रहेको; विश्वमा स्थापित कम्पनीका अनुभवि विज्ञहरु सगुनको भिजन प्रति आकर्षित भएर आएका र आउने क्रम जारी रहेको; र सगुनले ल्याउन लागेको सोसियल स्मार्ट कार्डले विश्वको सोसियल मिडिया तथा इकमर्शको क्षेत्रमा नयाँ क्रान्ती ल्याउन सक्ने भएकोले सगुनको सफलतामा विश्वस्त छौं ।’ सिटौलाले सन्देशमा भनेका छन् ।

त्यसैगरि सगुनलाई विश्व बजारमा ल्याउन विश्वका धेरै जनसंख्या भएका देश मध्ये भारतमा प्राविधिक केन्द्र तथा कार्यालय स्थापना गरेको; नेपालमा समेत कार्यालय स्थापना गरिएको जनाएका छन् ।

भिडियो सन्देशमा सिटौलाले भनेका छन् – प्रत्येक नेपालीको पहिचान र सम्बृद्धिलाई उचो बनाउने यो अभियान एउटा नेपालीले शुरु गरेको हो र यो अभियानलाई सवै नेपालीको अभियान बनाऔ; भविष्यमा आउने परिवर्तनको कारण बनौँ; र सवैले हातेमालो गरौँ ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाको आह्वान सहितको भिडियो ः

सगुन सहसंस्थापकको अाव्ह्मान

सगुन सहसंस्थापकको अाव्ह्मान – (भिडियो)http://bit.ly/2kahDkl

Posted by Sagoon on Wednesday, November 29, 2017

 

नेजा द्वारा डिसीमा अन्तरक्रिया कार्यक्रम

डिसी, उत्तर अमेरिकामा रहेका नेपालीमूलका पत्रकारहरूको साझा संस्था, नेपाल अमेरिका पत्रकार संघ, नेजाले डिसेम्बर १ तारिख शुक्रबारका दिन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ अमेरिकाको भ्रमणमा रहेका नेपाल पत्रकार महॉसंघका पूर्व सभापति तारानाथ दाहालको उपस्थितीमा अपश्थितिमा नेजाले सो कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

भर्जिनिया स्थित ग्लोवल नेपाल मिडिया हाउसको कार्यालयमा वेलुकी ६:३० बजे आयोजित सो अन्तरक्रियामा विश्व प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता अभियानका एक अभियन्ता महॉसंघका पूर्व अध्यक्ष दाहालसँग पेशागत लगायत समसामयिक विषयमा अन्तर्क्रिया गरिने नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिनुभयो ।

नेजाका उपाध्यक्ष गुणराज लुईटेलले संयोजन गरेको कार्यक्रममा अध्यक्ष आचार्य, सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार योगेश उपाध्याय, संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरीश पोखरेल लगायत डिसी मेट्रो क्षेत्रमा रहेका पत्रकारहरूका साथै समुदायका प्रतिनिधीहरूको पनि उपश्थिती रहने कार्यक्रम संयोजक उपाध्यक्ष लुईटेलले वताउनुभयो ।

कार्यक्रम सूचना !

मिति : डिसेम्बर १, २०१७ शुक्रबार !
समय : साझ ६:३० बजे बाट ८:३० बजे !
स्थान : ग्लोबल नेपाल मिडिया हाउसको कार्यालय , 14102 Sully Field Circle, Suite # 300, Chantilly, VA 20151

एभरेष्ट प्रिमियर लिग

काठमाडौँ, मङ्सिर १४ गते । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ ।

खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स, विराटनगरको वारियर्स, भैरहवाको ग्लाडिएटर, पोखराको राइनोज र चितवनको टाइगर्स टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशि हो । यसअघि प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।

वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ ः अध्यक्ष दाहाल

चितवन, १४ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो–“अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।”

चितवन क्षेत्र नं ३ को झनझनेमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले– “निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताउनुभयो । अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उहाँले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताउनुभयो ।”

निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उहाँको दाबी थियो । निर्वाचनको समयमा काँग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”

उहाँले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गर्नुभयो । एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चांैडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उहाँले बताउनुभयो ।

चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उहाँले बताउनुभयो । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै उहाँले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताउनुभयो ।

निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उहाँले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताउनुभयो । जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल

काठमाडौँ, १४ मंसिर ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन कम्युनिष्टले लामो समयदेखि रगत, पसिना खर्चेको हुँदा आफूहरुको नेतृत्वमा बन्ने सरकारले एकतन्त्रीय शासन नगर्ने बताउनुभएको छ ।

साँखुमा आज आयोजित चुनावीसभामा उहाँले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि नै कम्युनिष्टको स्थापना भएको बताउनुभयो ।

नेता नेपालले कम्युनिष्ट पार्टीले निर्वाह गरेको भूमिका कारण नै संविधानसभाबाट संविधान जारी भएको र त्यसको कार्यान्वयनको वातावरण बनेको उल्लेख गर्दै मुलुकमा शान्ति, स्थायित्व कायम गरी नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताउनुभयो ।

वाम गठबन्धन निर्माण भएपछि मुलुकमा राजनीतिक स्थिरता नचाहने नेपाली काँग्रेसका केही नेताले अधिनायकवाद आउने भ्रम फैलाएको चर्चा गर्दै उहाँले त्यस्तो निराधार हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गर्नुभयो ।

नेता नेपालले उत्तर कोरियामा जस्तो एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव नरहेको चर्चागर्दै “हामीले बलियो प्रतिपक्ष दलको रचनात्मक सहयोगसहितको वाम सरकार गठनका लागि जनतालाई आह्वान गरेका हौँ,” भन्नुभयो ।

“देशमा विकास गर्न यसपटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नपर्छ”–उहाँले भन्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले यसअघि कागेश्वरी मनहरा–८ मा आयोजित घरदैलो तथा कोणसभा कार्यक्रममा सहभागी हुनुभएको थियो ।
–––

भोलि सार्वजनिक बिदा

काठमाडौँ, १४ मंसिर  ः सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा यही मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

आफूहरु देश टुक्रयाउन खोजेको होइनः संयोजक ठाकुर

गौशाला, १४ मंसिर  ः राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले आफूहरु देश टुक्रयाउन नखोजेको बताउनुभएको छ ।

महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका संयोजक ठाकुरले आज जलेश्वरमा आयोजित चुनावीसभामा भन्नुभयो –“आफूहरु देश टुक्रयाउन नखोजेर काठमाडौँलाई मधेशसँग सिधा जोड्न खोजेको हो ।”

काठमाडौँले मधेश र मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भने मात्र चाहेको हो, उहाँले भन्नुभयो –“त्यसका लागि काठमाडौँ र मधेशमा बस्ने सबै नेपालीका बीच प्रगाढ सम्बन्ध स्थापित गर्न राज्यलाई जिम्मेवार बनाउन खोजेको हो । ”

संयोजक ठाकुरले मधेश बिना पहाडको र पहाड बिना मधेशको परिकल्पना गर्नु कसैका लागि हितकर नहुने बताउँदै आफूहरु त्यही कुरा काठमाडौँमा बसेर मधेशी जनताको नाउँमा झूठो राजनीति गर्नेहरुलाई बुझाउन खोजेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल सबै नेपालीको साझा घर हो र यहाँ बस्ने एक÷एक व्यक्ति बराबरका हिस्सेदार रहेकाले यसलाई टुक्रयाउनुमा कसैको भलो नहुने भएकाले यसलाई अखण्ड राख्नु सबैको साझा दायित्व रहेको छ उहाँले भन्नुभयो ।

संयोजक ठाकुरले नेपालका हिमाल, पहाड र तराई मधेशमा बस्ने सबैले बराबरको हक, अधिकार, मान, सम्मान र पहिचान पाउनुपर्छ भन्दै राज्यले त्यो नदिएसम्म देशमा विभिन्न आन्दोलन चलिरहने स्पष्ट पार्नुभयो ।

मधेश र मधेशभित्र बसोबास गर्ने प्रत्येक जाति, वर्ग र समुदायको हक, अधिकार, मान, सम्मान, पहिचान र चौतर्फी विकासका लागि यस पटकको निर्वाचनमा राजपा नेपाललाई मतदान गर्न मतदाताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन–अध्यक्ष राणा

भक्तपुर, १४ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन खडा भएको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजना भएको लोकतान्त्रिक गठबन्धनको युवा भेलामा उहाँले भन्नुभयो –“मुलुकले वाम गठबन्धन सहन नसक्ने भएकाले पनि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो ।”

अध्यक्ष राणाले भन्नुभयो, “वाम गठबन्धन विजयी भएमा मुलुकमा एकदलीय अधिनायकवाद आउँछ, वाम गठबन्धनलाई मुलुकले थेग्न पनि सक्दैन, त्यसैले प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन खडा गर्नुपरेको हो ।”

विगतका वर्षमा नौ महिनामा सरकार ढाल्ने प्रवृत्तिको अन्त्य गरी देशलाई स्थिर सरकार दिन्छौँ भनेर आएकाले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनुपर्नेमा जोड दिदैं उहाँले राप्रपा (प्रजातान्त्रिक) ले प्रत्यक्ष उम्मेदवारतर्फ नेपाली काँग्रेसलाई सम्पूर्ण भोट दिने तर त्यसको बदलामा काँग्रेसले समानुपातिकको भोट सबै आफ्नो पार्टीलाई दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष राणाले भन्नुभयो, “काँग्रेस ठूलो पार्टी छ, आफँै राष्ट्रिय पार्टी हुन्छ तर हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बनाएर अस्तित्व जोगाउनका लागि काँग्रेसका सबैले समानुपातिकमा राप्रपा प्रजातान्त्रिकलाई भोट दिनुस्, हाम्रो यही शर्त छ ।”

कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह र सुरेन्द्र केसीले लोकतान्त्रिक गठबन्धनले देशव्यापी विजयी हासिल गर्दै सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेस भक्तपुरका अध्यक्ष दूर्लभ थापा, काँग्रेस नेता कृष्णलाल भँडेल, महिला संघकी अध्यक्ष सरु बानियाँ, क्षेत्र नं १ का उम्मेदवार बाबुराजा जोशी र क्षेत्र नं १ प्रदेशसभा सदस्य (क) का उम्मेदवार जीवन खत्रीले काँग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो ।

न्यु जर्सीमा रक्तदान कार्यक्रम हुने

वाम गठबन्धनलाई कलाकारको पनि साथ, “यो चितवनको ठाम, वामपन्थीलाई माया गर्ने गाम”–गायक हरि योञ्जन

शिशिर सिंखडा
भरतपुर, चितवन ।
“यो चितवनको ठाम, वामपन्थीलाई माया गर्ने गाम”
“चारैतिर वामै वाम, नाच छम छम”

जव राष्ट्रिय कलाकार गायक हरि योञ्जनले यो गीत गाउन शुरु गरे तव पूर्वी चितवनको कालिका नगरपालिकाको सिद्धि क्षेत्रका सयौं स्थानीयवासी सँगै गीत गाउँदै नाच्दै थिए । जव जव हरि योञ्जनले माइक्रोफोन समाउँदथे तव तव तालीको गडगडाहट शुरु भैहाल्थ्यो । गीत सँगसँगै गायक योञ्जनले देशको विकास र परिवर्तनको लागि वाम गठबन्धनले जित्छ हैन त ? भनेर प्रश्न समेत गर्दथे । सयौं दर्शकहरुले ठुलो स्वरमा भन्थे, चितवनमा वाम नबै ठाम ।

“यो सिद्धिको गाम, कम्युनिष्टलाई मनपराउने ठाम
चारैतिर वामै वाम, नाच छम छम
यो सिद्धिको गाम, यो चेपाङको गाम
कम्युनिष्टलाई मनपराउने ठाम
चारैतिर वामै वाम, नाच छम छम”

वाम गठबन्धन चितवनको क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार कृष्णभक्त पोखरेल र प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहाल सहित कार्यकताहरु मतदाता भेटघाट तथा घरदैलो गर्दै शक्तिखोर, चिसापनी हुँदै सिद्धिसम्म विभिन्न स्थानमा कोणसभा समेत गर्दै पुगेका सबैलाई जब गायक योञ्जनले सम्बोधन गरी गीत गाए तव के वृद्ध, के युवा सबैले ताली बजाउँदै नाच्न थाले र पैदल हिडाईको थकाई समेत बिर्साइ दिएका थिए ।  देशैभरीका जनताले अब वामपन्थीको सरकार आएको हेर्न आतुर रहेको भन्दै राष्ट्रिय कलाकार योञ्जनले –

“एउटै मुटु बनिसके प्रचण्ड र ओली
ओली अलि कडा छन् है चुनाव आयो भोली
वामपन्थीलाई सबैले भोट खसाउने अरे
दुई तिहाईको सरकारनी बनाउने अरे”
त्यस्तै उनले आफ्ना हितैषी साथी जनगायक खुशीराम पाख्रिनलाई सम्झदै –
“अहिंसाको लडाईमा, सन्देश छर्न जादैछौ आमा
धरोधर्म तिम्रो कसम, खादैछौ आमा”

गीत गाएर उम्मेदवार एवम् सबै दर्शकहरुलाई भावुक समेत बनाएका थिए । गायक योञ्जनलाई स्थानीय कलाकार गोविन्द बहादुर विश्वकर्माले पनि साथ दिए । सोही कार्यक्रममा गायक विश्वकर्माले –

“छरिएको केन्द्र र एमाले
प्रचण्ड र केपीले सम्हाले
जनता जागे है, जनता जागे है
वाम गठबन्धन जिताउन
गाउँ शहर लागे है
विपक्षी हटाएर, विपक्षी हटाएर
यही मंसिर महिनामा वामपन्थी सरकार”
सोही कार्यक्रममा स्थानीय गायिक अनिता वि.क.ले –
“वामरी म भरे गैहाल्छु
भोट हालौ सबैले चुनावमा रामरी”
भन्ने गीत समेत गाएकी थिइन् । त्यस्तै अर्का कलाकार रमेश योञ्जन पनि के कम, उनले पनि –
“हुर्केका छोरा क्रान्तिमा लाग्यो भनेर सम्झिनु
सम्झेर मुटु भक्कानो फुट्दा कठोर भईदिनु”

गीत गाएका थिए । गायक हरि योञ्जन मात्र होइन, राष्ट्रिय कलाकारहरु यतिखेर वामपन्थी गठबन्धनलाई विजयी गराई देशको विकास र आर्थिक समृद्धि तर्फ लम्कन अनुरोध गर्दै बद्रि पगेनी, मनोज गजुरेल, चेतन सापकोटा लगायतका कलाकारहरु वाम गठबन्धनका उम्मेदवार चितवन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालको क्षेत्रमा समेत खटिएका छन् ।

बुद्ध नेपालमा जन्मेका होइनन् भन्ने दलाई लामालाई चर्चित गायक धिरज राइको कडा चेतावनी [हेर्नुस भिडियो सहित]

केहि समय अघि भारतीय च्यानल जीटीभीले आफ्नो नयाँ सिरियल मार्फत गौतम बुद्ध भारतमा जन्मिएको भनेर प्रस्तुतु गरेको थियो ।सिरियलका निर्माता र कलाकारले भगवान बुद्धको जन्म भारतमा भएको अभिव्यक्त दिएका थिए । सिरियलका निर्माता र कलाकारले तथ्यलाई तोडमोड गर्दै बुद्धको जन्म भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिए पछि नेपालीहरू आक्रोसित भएका थिए । नेपाल केभुल टेलिभजन एसोसिएसनले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै १ घण्टाको लागि प्रशारण पनि काटेको थियो। पछि नेपालीहरुको बिरोध पश्चात टेलिभजनको वेबसाइटमा राखिएको सिरियलको प्रोमो पनि सच्चाएर बुद्ध नेपालमा नै जन्मिएको हो भनेर सच्चाइएको थियो ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ध्रुब सत्य कुरालाई मित्था बनाउन खोज्नु मुर्खता हो तर पनि घरिघरि यो कुरालाई लिएर तहल्का मच्चिरहन्छ । सबैलाई अवगत भएको कुरा हो कि कालोलाई कहिले सेतो भनेर प्रमाणित गर्न सकिदैन त्यस्तै बुद्ध नेपालमा जन्मिएका होइनन् भनेर प्रमाणित गर्न पनि असम्भव छ । हालसालै दलाई लामाले भारतीय नागरिकको अघि बसी नुनको सोझो गर्दै भने बुद्ध भारतमा जन्मिएका हुन् नेपालमा होइन भन्ने अभिव्यक्ति दिएका थिए । हुन त् उनले दिएको यो अभिव्यक्ति गलत थियो भनेर आफै पश्चताप गरि पछि माफी पनि मागिसकेका छन् ।

बिगत आठ बर्ष अघि देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा प्रमाणित गर्न नेपाली पप गाएक धिरज राईले एक अभियान नै सुरु गरेका छन्। उनले ‘बुद्ध ह्वाज बर्न इन नेपाल याण्ड अशोका पिलर इज इट्स प्रुफ ‘ बोलको गीतमार्फत पुरा देशभरि नै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश फैलाइरहेका छन् । अहिले दलाइ लामा आफैमा एक धर्मगुरुले बुद्ध भारतमा जन्मिएको हो भन्ने अभिव्यक्ति प्रकट गरीरहँदा धिरज लामाले आफ्नो भनाई र उनको गीत मार्फत यो कुरा प्रस्टाउने प्रयास गरेका छन्।

हेर्नुस भिडियो:

Wednesday, November 29, 2017

ANS -WELCOME TO THE 2017 GREATER MANASSAS CHRISTMAS PARADE ” A CHRISTMAS CAROLE ” 

स्वर्गीय प्रदिप राना मगरको पेरिसमा अन्तिम श्रद्धान्जली कार्यक्रम सम्पन्न

बिगत ७ बर्ष देखी फ्रान्स बस्दै आउनु भएका काठमान्डौ ललितपुर निवासी प्रदीप राना मगरको गत शुक्रबार २४/११/२०१७ करीब बिहानको ६:०० बजे उपचारकै क्रममा हस्पिटलमा निधन भएको थियो। उहाँ स्किन क्यान्सर बाट ग्रसित हुनु हुन्थ्यो।

एन आर एन ए फ्रान्सले स्वर्गिय प्रदिप राना मगरका आफन्तजनको अनुरोधलाई स्विकार्दै पार्थिब शरीर लाई नेपाल पठाइदिन अन्य संघ संस्था सँग मिलेर प्रशासनिक एवं आर्थिक सहयोगका कार्यहरु अगाडि बडाइरहेको छ। २८ नोवेम्बरका दिन एन आर एन ए फ्रान्स लगायत विभिन्न संघ-संस्थाका बर्तमान तथा भुतपुर्ब पधाधिकारीहरु लगायत पेरिसका झन्डै ६०/७० नेपालीहरुले पार्थिब शरीरलाई Cognac Jay १५ पेरिसको हस्पिटलमा अन्तिम श्रद्धान्जली अर्पण गरे।

उक्त श्रद्दान्जली सभामा उपस्थित सहभागीहरूले १ मिनेट मौनधाराण गरी श्रद्दान्जली अर्पण गरेका थिए भने एन आर एन ए फ्रान्सका अध्यक्षले फुलको गुच्छा चढाउंदै श्रद्धान्जली व्यक्त गर्नु हुंदै शोकसन्तब्द परिवारजन प्रति समावेदना ब्याक्त गर्दै स्वर्गीय प्रदिप राना मगरको पार्थीक शरिर नेपाल पठाउन आवश्यक आर्थिक सहयोग गर्न अपिल गर्नुका साथै सम्पूर्ण सहयोगी संघ-संस्था तथा माहानुभावहरूमा मृतकको परिवार र एन आर एन ए फ्रान्सको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

एन आर एन ए फ्रान्सका सचिब प्रविन सापकोटाको पहलबाट फ्रान्सेली एक संस्थाबाट पनि आर्थिक सहयोग भएको (लाग्ने खर्चमा लगभग ४०%) जानकारी भएको छ र सोही संस्थाले शबलाई नेपाल सम्म पुराउन सबै कागजी र प्रशासनिक कार्यहरुमा पनि सहयोग गर्ने भएको छ।

प्रदिप राना मगरको शब ५ डिसेम्बर मंगलवार बिहान ०७:४० मा पेरिस को CDG बिमानइस्थल बाट नेपाल पठाइने भएको छ। उहाँको शब ६ डिसेम्बर बुधवारका दिन ११:२५ मा काठमान्डौको बिमानइस्थल आईपुग्ने छ।

अष्टमी गुरूड्को हत्यारा बंगाली साइमन क़ाज़ीलाइ कड़ा भन्दा कड़ा सजायको माग गरौ र हामी सबै नेपाली एक भएर जुटौ भिडियो

यो आमा रुदै गर्दा हामी सारा नेपालीको मन रोएको छ , उहाको परिवारमा न्याय र आर्थिक अबस्था दुबै चाहिएको म प्रस्ट देखदैछु , छोरीको सहारा र भरमा बाचेका परिवार अहिले छोरीको हत्या भएको छ राक्षस पिशाच बंगाली मनुवा बाट मर्न बाध्य भइन् अस्टमी गुरूड .. त्यो पिशाचलाइ हामी सबै नेपाली जुटेर कड़ा भन्दा कड़ा सजाय दिनु पर्छ र हामी सबै मिलि पिडित परिवारलाइ धेरै थोरै आर्थिक सहयोग जुटाउन आग्रह गर्दछु ..तस्बीर / हामी सबै नेपालीको ढुकढुकी Rabi Lamichhane जी बाट लिइएको इशा गुरूड्ं

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले हरेक महिना वाशिङटन डि.सी. साहित्यिक सँगम गर्दै ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले हरेक महिना वाशिङटन डि.सी. साहित्यिक सँगम गर्दै

“वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने कार्य शुरुवात 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डि.सी. मा अब देखी हरेक महिना वाशिङटन डि.सी. साहित्यिक सँगम नामाकरण गरिएको बिशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ । संसार भर छरिएर रहेको यस संस्थाको सबैभन्दा बढी कृयाशिल अँग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले यस अघि पनि नियमित कार्यक्रम गर्दै अाइरहेको थियो तर अब देखी महिनाको एउटा नियमित कार्यक्रम र त्यसका अलावा अतिरिक्त कार्यक्रमहरु
पनि गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद खनालले बताउनुभयो ।

सोही बैठकको निर्णय बमोजिम अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति “वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने निर्णय गरेको र सो का लागि रचना सँकलन कार्य शुरु भैसकेको महासचिब भुप नारायण घर्ति मगरले जानकारी गराउनुभएको छ ।

पूर्ण विवरण तल प्रस्तुत छन : 

वाशिङटन डि.सी. साहित्यिक सँगम – सादर निमन्त्रणा !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको पूर्ण बैठकको निर्णय अनुसार वाशिङटन डि.सी. मा हरेक महिना आयोजना गरिने “वाशिङटन डिसी साहित्यिक सँगम” अन्तर्गत आगामी डिसेम्बर ३० तारिख शनिवार बिहान ११:३० बजे भर्जिनियाको को Manassas अबस्थित Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109) मा वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ ।

उक्त वाशिङटन डिसी साहित्यिक सँगमको पहिलो बिशेष साहित्यिक कार्यक्रममा अनेसासका आजिबन सदस्यहरु, बोर्ड अफ ट्रस्टीज, केन्द्र, च्याप्टरहरुमा आबद्ध सबै सहित वाशिङ्टन डिसी मेट्रो एरियामा बस्नुहुने इच्छुक सबै महानुभाबहरुलाई पनि कविता, गीत, गजल, मुक्तक, वा कुनै पनि प्रकारको साहित्यिक रचना सहित हार्दिक निमन्त्रणा गरिएको छ । रचना हुनेले सुनाउने गरी र रचना नहुनेले सुन्ने गरी आउनुहुन अनुरोध गरिन्छ ।
कृपया उक्त दिनका लागि आ आफ्ना काममा बिदा मिलाउन, क्यालेन्डर मार्क गर्न र सो दिन अर्को कार्यक्रम नजुधाइदिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
उक्त दिन बिबिध कविता, गजल, गीत, नाच, उखान टुक्का देखि हास्यब्यँगको बहार हुने छ । आउनुस सहभागी हुनुहोस । थप जानकारीका लागि वाशिङ्टन डिसी मेट्रो कमिटी महासचिब भुपनारायण घर्तिमगरको ५७१-२१७-६७८२ मा वा पदाधिकारी एबम सदस्यज्युहरु सँग संपर्क गर्न सक्नुहुनेछ ।

प्रबेश निशुल्क
Bull Run Library (Address: 8051 Ashton Ave, Manassas, VA 20109)

आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, 
वाशिङ्टन डिसी मेट्रो कमिटी समस्त परिवार

( नोट: उक्त दिन प्रस्तुत हुने र सम्पादक मण्डलले छानेका रचनाहरु केही समय भित्रै प्रकाशन हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको “वाशिङटन डिसीका कवि र कविता” नामक पुस्तकमा प्रकाशन गरिने छन )

“वाशिङटन डिसीका कवि र कविता” बारेको जरुरी सूचना !

अनेसास वाशिङटन डिसी मेट्रो कमिटीले आफु अन्तरगत रहेका आजिबन सदस्य, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु र वाशिङटन डिसी वरपर रहनुहुने कवि कवयित्रीहरुको तस्वीर सहितको एक पेज लामो संक्षिप्त परिचय र एक कविता वा तोकिएको रचना सहितको कृति “वाशिङटन डिसीका कवि र कविता” प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि सुदीपभद्र खनाल, नीरा शर्मा र दुर्गा रिजाल रहेको सम्पादक मण्डलले आफ्नो काम सुरु गरिसकेको छ । कृपया माथि उल्लेखित मापदण्ड भित्र रही समसामयिक बिषयमा लेखिएका कविता, गीत, गजल, मुक्तक, हाँस्यब्यङ्ग सहितका साहित्यिक रचना पठाउनुहुन सबन्धित सबैमा बिनम्र अनुरोध गरिन्छ । उक्त पुस्तक प्रकाशन भए पछि कृतिमा रचना समाबेश भएका सबै लेखकहरुलाई दुई दुई प्रति पुस्तक निशुल्क प्रदान गरिने भएकोले सबै लेखकज्यूहरुमा २० डलरका दरले पुस्तक प्रकाशनार्थ सहयोगका लागि आह्वान गर्ने निर्णय भएको ब्यहोरा पनि सादर अनुरोध छ ।

कृपया कृति प्रकाशित भए पछि त्यसको महत्व हुने भएकाले स्तरिय रचना पठाउनुहुन र रचना सँगै inls को नाममा २० डलरको चेक लेखी तल उल्लेखित महासचिब भूप नारायण घर्तिमगरको ठेगानामा हुलाक मार्फत वा वहाँ सहित संस्थाका कुनै पनि पदाधिकारी वा सदस्य हरुलाई प्रत्यक्ष दिन हुन पनि बिनम्र अनुरोध गरिन्छ । सँकलित सबै रचना सम्पादक मण्डललाई उपलब्ध गराइने र स्वीकार गर्ने नगर्ने, सम्पादन गर्ने अधिकार वहाँहरुमा निहित रहने छ । रचना डिसेम्बर ३० तारिख भित्र अाइपुग्नुपर्ने छ ।

रचना र २० डलरको चेक पठाउने ठेगाना :
Bhup Narayan Gharti Magar
8276 Humphrey Lane
Manassas VA 20109
अनुरोधक :
अनेसास वाशिङटन डिसी मेट्रो कमिटी अमेरिका
ईमेल : [email protected]

संपर्क गर्ने महानुभावहरुको नाम हेर्न यहां क्लिक गर्नुहोस

 

अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्नुहुने ब्यबसायी हरिराज खनालको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको हंस बाहिनी माध्यामिक बिद्यालय तनहु कोत्रेकमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्नुहुने ब्यबसायी हरिराज खनालको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको हंस बाहिनी माध्यामिक बिद्यालय तनहु कोत्रेकमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

डा. रामहरि सुबेदी, वशिङ्गटन डिसी, नोभेम्बर ११, २०१७ – अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्नुहुने ब्यबसायी हरिराज खनालको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको हंस बाहिनी माध्यामिक बिद्यालय तनहु कोत्रेकमा साईबर अपराध र सुरक्षा सम्बन्धी १ लिने तालिम सम्पन्न भएको छ ।

बिगत १० बर्ष देखि अमेरिकाको व्हिसकन्सिन राज्यमा हरिराज खनाल परिवारको साथ आफ्नो पेशा ब्याबसायी गर्दै आउनु भएको छ। साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा “आऔं, आँफु र आफ्नो गाउँलाई शिक्षित र सुरक्षित बनाऔं” भन्ने नाराका साथ अमेरिका र नेपालको बिभिन्न जिल्लाहरुमा स्थित स्कुलहरुमा पनि बिगत केहि बर्ष देखि साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षणहरु संञ्चालन हुँदै आईरहेको छ ।  कार्यक्रमबाट प्रभाबित भई हरिराज खनालले आफ्नै प्रायास र प्रायोजकमा  साईबर सेक्युरिटी ईन्टरन्यासलद्वारा ८ देखि १० सम्मका बिद्यार्थीहरुलाई कार्यक्रम संञ्चालन गरिएको थियो ।

24139150_384774588634380_256814763_o.jpg

पहिलो, दोश्रो र तेश्रो गरि ३ चरणमा तालिमको ब्यबस्था गरिएको थियो। प्रायोजक हरिराज खनालले आफ्नो स्कुलको शिक्षा यसै बिद्यालयबाट प्राप्त गर्नु भएको थियो । बिद्यार्थीहरु र शिक्षकहरु गरि करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा हरिराज खनालले अमेरिकाको व्हिसकन्सिन राज्यबाट बिद्यार्थीहरुलाई पठाउनु भएको शुभकामना संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा खनालले अहिले इन्टरनेट, फोन, सामाजिक संञ्जालबाट नयाँ पिंडीहरु जानी नजानी प्रयोग गरेको कारण नकरात्मक प्रभाब पर्नुका साथै त्यसको सिकार भएको र तालिम पछि सहभागि बिद्यार्थीहरु प्रभाबित हुने कुरा बताउनु भएको थियो ।

24116723_384768671968305_959149470_o.jpg

साईबर सेक्युरिटी ईन्टन्यासनलको तर्फबाट साईबर सेक्युरिटी प्रशिक्षक पुजा गुरुङ्गले साईबर अपराध कसरी घटछ र रोकथामका बिषयहरुमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने मुना भट्टद्वारा सहभागिहरुको नाम, फोटो, भिडियो पनि संकलन गरिएको थियो ।

24139238_384768685301637_820798394_o.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

24169604_384768351968337_417952094_o.jpg

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

सहभागीहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

24116705_384760978635741_1276172588_o.jpg
24116723_384768671968305_959149470_o.jpg
24138902_384768325301673_429312841_o.jpg
24138966_384768658634973_1131124487_o.jpg
24139028_384774591967713_1391613840_o.jpg
24139082_384774598634379_928433814_o.jpg
24139150_384774588634380_256814763_o.jpg
24139207_384760898635749_372024790_o.jpg
24139238_384768685301637_820798394_o.jpg
24139775_384768408634998_1919967894_o.jpg
24139802_384768565301649_21401489_o.jpg
24139807_384760858635753_64035602_o.jpg
24139849_384768301968342_124440452_o.jpg
24139854_384768541968318_364497143_o.jpg
24139942_384768558634983_1211215607_o.jpg
24139977_384760875302418_222103857_o.jpg
24140054_384760965302409_2048071378_o.jpg
24140068_384760945302411_1700884760_o.jpg
24140195_384768578634981_1508399696_o.jpg
24140202_384768308635008_732591859_o.jpg
24140263_384768315301674_372965234_o.jpg
24167117_384760871969085_1422305618_o.jpg
24167165_384768635301642_964744136_o.jpg
24167188_384768668634972_1038449464_o.jpg
24167476_384768341968338_547117586_o.jpg
24167512_384760981969074_102808460_o.jpg
24169350_384768368635002_771995381_o.jpg
24169465_384760895302416_554227367_o.jpg
24169538_384774605301045_764751911_o.jpg
24169598_384761021969070_1748388122_o.jpg
24169604_384768351968337_417952094_o.jpg
24169622_384768675301638_1910688086_o.jpg
24197206_384761005302405_627075147_o.jpg
24197276_384760948635744_317361066_o.jpg
24201156_384760865302419_60052540_o (1).jpg
24201156_384760865302419_60052540_o.jpg

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...