Thursday, March 31, 2016

एनआरएनए को क्षेत्रीय सम्मेलनको अमेरिकामा हुने

NRNA logo

मार्च ३०, २०१६ अमेरिका

हरेक दुई-दुई बर्षमा फरक फरक क्षेत्रमा हुने गैर-आवासिय नेपाली संघको क्षेत्रीय सम्मेलन यो पटक अमेरिकामा हुने भएको छ । एनआरएन आइसिसीको बैठकद्वारा अगस्ट २७-२८, २०१६ मा अमेरिकामा गर्ने निर्णय गरे पछि उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रिय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफल बनाउन बिभिन्न स्तरमा छलफल गर्नु भएको छ ।

एनआरएनले आफ्नो मिनी बिश्व सम्मेलनको रुपमा लिइने यस्ता सम्मेलनमा अध्यक्षले नै अध्यक्षता गर्ने गरिएको छ भने बिश्वभरिबाट एनआरएनहरुको सहभागीताहुने गर्दछ । हरेक क्षेत्रको गतिबिधी, केही नितीगत कुरा र संस्थागत अरु कुरा पनि हुने गर्दछन क्षेत्रीय सम्मेलनमा ।

क्षेत्रीय संयोजक लामाले कार्यक्रम गरिने ठाउँं न्यूजर्सी या न्युयोर्कमा गर्ने सहमति भैसकेको र होटलको टुङो लाग्ने बितिक्कै सबैलाई जानकारी गराइने बताउनु भएको छ । तर पनि सम्पूर्ण एनआरएनहरुलाई आगामी अगस्ट २७ र २८, २०१६ मा कार्यक्रममा सहभागी हुन आ-आफ्नो तयारी गर्न अनुरोध गर्नु भएको छ ।

तेसैगरी क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफलताका लागि गरिने बिभिन्न तयारी सुरु गरिएको र छिट्टै अन्तिम स्वरुप आउने बताउनु भएको छ । कार्यक्रमको स्वरुप बारे छोटो जानकारी दिंदै उपसंयोजक शेर्पाले भन्नु भयो अरु क्षेत्रीय सम्मेलन जस्तै नै हो तर केही नयाँ दिन सकिन्छ कि भन्ने प्रयासमा छौं ।

कार्यक्रमबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले कार्यक्रम अमेरिकामा गर्ने निर्णय प्रति आइसिसी लाई धन्यवाद दिंदै यो अहोभाग्य लाई सफल बनाउन आफ्नो टिमले पूर्ण रुपमा लागि पर्ने बताउनु भयो । उपयुक्त ठाउँ कुन हुन्छ भनेर धेरै छलफल पनि गरिएको हो तर सबै भन्दा राम्रो न्युयोर्क र आसपास नै हुने देखिएकोले सोही अनुरुप तयारी गरिदै गरिएको बताउनु भएको छ ।

आगामी हप्ता एनआरएन क्यानाडा गतिबिधीबारे बिशेष हुनेछ । कार्यक्रमको बाँकी अप्डेट नियमित रुपमा गर्ने जानकारी गराउँदै धन्यवाद सहित

कृष्ण के.सी

रिजनल मिडिया कोअर्डिनेटर

उत्तर अमेरिका

डिसीमा हुने आनी छोइङको प्रस्तुतिले आयोजक तथा दर्शक उत्साहित

aani-gayikaa

आयोजक स्वयम उत्साहित भएका छन् भने लामो समय देखि यस भेकमा रहेका नेपाली समुदाय पनि आनीको कार्यक्रम हेर्न लालायित छ l दर्शक धैर्यताको साथ कार्यक्रम छिट्टै आई दिए हुन्छ भनि प्रतिक्षा गरि रहेका छन् l

डिसीमा हुने आनी छोइङको प्रस्तुतिले आयोजक तथा दर्शक उत्साहित

aani-gayikaa

प्रख्यात गायिका आनी छोइङको संगीत प्रस्तुति हुन् केवल दुई दिन बाकि मात्र रहेको छ l वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा कार्यक्रम हुने छ l

आयोजक स्वयम उत्साहित भएका छन् भने लामो समय देखि यस भेकमा रहेका नेपाली समुदाय पनि आनीको कार्यक्रम हेर्न लालायित छ l दर्शक धैर्यताको साथ कार्यक्रम छिट्टै आई दिए हुन्छ भनि प्रतिक्षा गरि रहेका छन् l

आयोजकका स्वयम् सेवकहरु निकै उत्प्रेरित रहेका छन भने कार्यक्रममा कमि कमजोरीलाई निस्तेज बनाउदै अहोरात्र खटिई रहेको बुझिएको छ l आफु र परिवार सहित स्थान धमाधम आरक्षण गर्ने क्रम निरन्तर बढी रहेको र अन्य राज्यहरुबाट पनि आनी छोइङ्गको मन्त्रमुग्ध स्वर सुन्न आउने भएको आयोजकको तर्फबाट सुरेश सापकोटाले बताए l

सापकोटाले अगाडी भने कार्यक्रमको मूल द्वार ६ बजे साँझ खोलिने छ भन्दै कार्यक्रम ठिक ७ बजे सुरु हुने बताए l सबै दर्शकलाई ७ बजे भन्दा अगाडी भित्र पस्नु हुन् आग्रह गर्दै यसै बाट संदेश दिन चाहेको बताए l

सुमधुर स्वरकि धनि आनी छोइङ डोल्माले हिमाली बौद्ध मन्त्र ,भजन तथा आध्यात्मिक गीत सुनाउने छिन् l आनीका अन्य लोकप्रिय गितहरु भगवान म कहाँ जाउ ,भगवान तिम्रो ,ईक्षा मेरो आदि पनि गीत रहेका छन् तर फुलको आँखामा फूलै संसार अत्यन्तै लोकप्रिय मानिन्छ l

नेपालीहरुको अति मन पर्ने खाजा तथा खाना स्वरुप मम तथा अन्य खाद्य सामग्रीहरु पनि कार्यक्रममा स-शुल्क उपलब्ध गराईने भएको जानकारी सापकोटाले दिएका छन् l

ANI-poster-DC-768x987

सच्चा मन

43724b76-5445-4da8-aea6-699202277fc4

सच्चा मनमा
सम्झौता हुदैन
त्यहाँ विश्वास हुन्छ
शंका हुदैन
फरकतामा बुझाई हुन्छ
तुलना हुदैन
ईज्जत हुन्छ ईर्ष्या हुदैन

त्यहाँ मान हुन्छ अपमान हुदैन
हाँसो हुन्छ हेला हुदैन
समस्या हुन्छ दुख हुदैन
धैर्यता हुन्छ धोका हुदैन

यथार्थ हुन्छ बहाना हुदैन
तर्क हुन्छ झगडा हुदैन
त्याग हुन्छ स्वार्थ हुदैन
बराबरी हुन्छ विभेद हुदैन
आँट हुन्छ कमजोर हुदैन
प्रेम हुन्छ घृणा हुदैन।

 

वाशिंगटन डिसीमा आनी छोइङको सांगीतिक प्रस्तुति अप्रिल २ तारिखमा हुने

डिसी महानगर क्षेत्रका सम्पूर्ण नेपाली समुदायहरु ,

न्यानो अभिबादन !

युनिसेफकी सद्भाव दूत तथा सुमधुर स्वरकि धनि आनी छोइङको सांगीतिक प्रस्तुति आगामी अप्रिल २ तारिख शनिबार वाशिंगटन डिसीमा भब्यताको साथ हुने भएकोले यस क्षेत्र वरपर बसोबास गर्नु हुने सबैमा यो सुवर्ण अवसर न गुमाउनु हुन् आयोजक बिशेष अनुरोध गर्दछ l

आफु ,परिवार र साथीभाई सबैलाई जानकारी दिई वहालाई हौसला प्रदान गर्न हामि अनुरोध गर्दछ l आनी छोइङ्ग गत मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउनु भएको थियो l वहालाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहास मै प्रथम पटक नेपाली गायिकाको आनीले गाउनु भएको थियो l

कार्यक्रम वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा कार्यक्रम हुने छ l

बिस्तृत जानकारी यस प्रकार छ :

ANI-poster-DC-768x987

कृपा भित्रको सपनिमाको प्रोमो सार्बजनिक

12922219_1107140726015988_1804084976_o (1)

सरगम सञ्चार नेपालको प्रस्तुति रहेको गिती संग्रह्र कृपा भित्रको सपनिमा बोलको गीत को म्यूजिक भिडियो तयार भएको छ । जस्को प्रोमो सार्बजनिक भएको छ ।
म्यूजिक भिडियोमा समून्द्र कार्की मंगली घिमिरे,र मनिषा श्रेष्ठको अभिनय देख्न सकिन्छ । सन्तोष न्यौपाने ले निर्देशन गरेको भिडियो अमेरिका छायांकन गरिएको हो । यो गीत लाई किशन रेग्मी लेखेका हुन । गीतमा मोहन मन्जीलको स्वर र संगीत रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

काठमाडौंमा आफ्नै छोराबाट मारिए गुण्डा !

alisa5_1459279863

फाइल तस्वीर

काठमाडौं, १८ चैत । राजधानीमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१ गागल फेंदी बस्ने २८ वर्षीय अर्जुन लामालाई बाबुको हत्याको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । अर्जुनले आफ्ना ५३ वर्षीय बाबु गुण्डा लामालाई घरमा खाना खाने विषयमा विवाद हुँदा भारी बोक्ने नाम्लोले हिर्काउँदा आँगनमा लडेर गम्भिर घाईते भएकोले पिपुल्स लाईफ केयर अस्पताल साँखु पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी मकवानपुर हाँडीखोला–६ घर भई ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठी बस्ने ५५ वर्षीय जयबहादुर घिसिङ बुधबार मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कतारमा कलाकारहरूले सांगीतिक धमाका दिने

alisa5_1459279863

दोहा । पर्वत युवा सेवा समाज, कतारले आउँदो १ अप्रिल २०१६ का दिनमा हुने सांगीतिक कार्यक्रम पर्वत सांगीतिक धमाकाको लागि कलाकार दोहामा आई पगेका छन् । धमकामा सम्पूर्ण दोहाबासीबासीहरुलाई नचाउने गायक तथा गायिकाहरुले बताए । प्रवाशको ठाउँमा रहेता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक संस्था पर्वत युवा सेवा समाज, कतार निकै चर्चामा आएको संस्था हो । जस्ले बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ । विगतमा समाजले कतारमा सामाजिक कार्यक्रम सहित सहकार्यमा सांगीतिक कार्यक्रम समेत सम्पन्न गरेको थियो । सांगीतिक धमाका कतारको नज्मास्थित सालिमार रेस्टुरेन्टमा १ अप्रिल २०१६ को दिन बिहान १० बजे देखि सुरु हुनेछ । नितान्त नेपाली गीत संगीत र आफ्नै गाउँठाउँका चर्चित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको उपस्थिति रहेको कार्यक्रममा उपस्थिति हुने छन् । कार्यक्रममा कलाकार सावित्री जोशी, जमुना राना तथा कल्पना काफ्लेले पनि आफ्ना प्रस्तुति दिने छन् ।

नायिकासँग ५० लाख मागेर यसरी गरियो बेइज्जती

alisa5_1459279863

ब्वायफ्रेन्डका कारण बलिउड अभिनेत्री अलीसा खानलाई घरमा कैद हुनु परेको समाचार बाहिरिएको छ । त्यति मात्रै होइन उनले सामाजिक बेइज्जती पनि बेहोर्नु परेको छ । गाजियाबादमा रहेका एक्स ब्वायफ्रेन्डले विभिन्न धम्की दिएर हैरान भएपछि अभिनेत्री अलीसा घरबाट बाहिर नआएकी हुन् । उनीलाई ती व्यक्तिले अश्लील धम्की पनि दिने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । धम्की आएपछि अलीसाले प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले अलीसाका पूर्व व्वायफ्रेन्डसलाई खोजी गरिरहेको छ । अलीसा गाजियाबाद बसाल्ने नवाब गाजीयाउद्दीनकी वंशज पनि हुन् । १८ मार्चमा अलीसाका एक्स ब्वायफ्रेन्डले ५० लाख रुपियाको माग गरेका थिए । पैसा नदिए अलीसासँगको पर्सनल भिडियो सोशल साइटबाट सार्वजनिक गर्ने धम्की दिएका थिए । त्यसपछि एक्स ब्वायफ्रेन्डले अलीसाको पर्सनल भिडियो ह्वाट्स एपमा हालिदिएका थिए । भिडियो सामाजिक सञ्जालहरूमा भाईरल बनेको थियो । एजेन्सी

सृष्टि ध्वंश बाहेक के मिल्छ आणविक बमको प्रयोगले ?

Prem Bahadur Shahiखिर बम केका लागि निर्माण गरिन्छ, त्यसलाई कहाँ प्रयोग गर्ने ? यस प्रश्नको उत्तर पक्कै पनि सजिलो छैन । यो प्रश्नको ठोस उत्तर कसैले दिन्छु भन्छ भने उसको त्यो मूर्खता मात्र हो । जब तरबारबाट बन्दुक र बारुदको युग सुरु भयो । त्यसपछि संसारमा विनाशकारी आणविक बमहरु बनाउने प्रतिस्पर्धा चल्यो । अहिले विश्वमा आणविक बमको संख्या २४ हजार नाघेको सर्वजनिक भएको छ । न्युयोर्कस्थित अमेरिकी थिंक ट्यांक इन्टिच्यूट फर साइन्स एण्ड इन्टरनेशनल सेक्युरिटीका अनुसार २०१५ सम्म भारतसँग ७५ देखि १२५ न्युक्लियर बम बनाउनका लागि प्रयाप्त प्लूटोनियम उपलब्ध छ । त्यसबाट उसले ११० देखि १७५ हतियार बनाउन सक्छ । आगामी सन् २०२० सम्म पाकिस्तानसँग करिब २ सय परमाणु हतियार हुने आँकलन गरिएको । इन्फोग्राफिकको आँकडा अनुसार रुससँग ५ हजार भन्दा बढी आणविक हतियार रहेको छ भने अमेरिकासँग पनि सोही परिमाणमा आणविक हतियार रहेको छ । फ्रान्ससँग करिब ३ सयको संख्यामा आणविक हतियार रहेको रहेको छ । चीनसँग करिव २ सय ५०, बेलायतसँग २ सय २५, पाकिस्तानसँग १ सयदेखि १ सय २०, इजरायलसँग ८० आणविक हतियार रहेको थिंक ट्यांकले जनाएको छ । उत्तर कोरियाले २००६, २००९ र २०१३ देखि केही महिनाको फरकमा विभिन्न किसिममा आणविक बमको परिक्षण गरिरहेको छ । उसँग कति आणविक हतियार छन, भन्ने अहिलेसम्म खुल्न सकेको छैन । अहिले आएर परमाणु हतियारको मामिलामा विश्व चिन्ताको विषय बन्ने गरेको छ । विश्वमा युरोनियमको सञ्चय १६ सय टन पुगिसकेको छ । जुन ६० हजार बम बनाउन पर्याप्त हुन्छ । अहिले विश्वलाई आणविक बम मुक्त बनाउनुपर्ने आवाजको उठान भइरहेको छ । कतिपयले देशले आफू सुरक्षित रहनका लागि आणविक हतियार अनिवार्य भएको बताउँदै आएका छन । यद्यपि उनीहरु आणविक हतियार नभएपछि असुरक्षित भएको महशुस गर्दछन । उनीहरु आफ्नो कामप्रति जति गर्व गर्दछन त्यति नै त्रसित हुने गरेका छन । यतिसम्म कि उनीहरु आफ्नै देश ध्वस्त पार्न पनि काफी हुन्छ । विश्वमा ठुलठूला राष्ट्रहरुले निर्माण गरेका आणविक बमको प्रयोग कसले किन गरे ? भन्ने विभिन्न आ–आफ्नै बुझाइँ छन । इतिहासकारको भनाईलाई आधार मान्ने हो भने, स्न १९४५ मा अर्थात विश्वयुद्धका समयमा पहिलो पटक निर्माण र प्रयोग भएको मानिन्छ । सन् १९४५ को जुलाई १६ को विहान अमेरिकाले एक विशाल परियोजना अर्थात लगभग अपत्यारिलो विध्वंसात्मक शक्तिशाली विस्फोटकको निर्माण गरिरहेको खुलासा गरेको थियो । त्यसपछि विश्वका देशहरुको ध्यान अमेरिमा ग¥यो । परियोजना निर्माणका लागि रुसवेल्टले २ अर्व डलर बजेट खर्च गरेका थिए । यो मावन इतिहासकै सवैभन्दा अप्रत्यारिलो र डरलाग्दो कुरा थियो । त्यसलाई शान्तिपूर्णरुपमा कहाँ प्रयोग गर्ने भन्नेमा अमेरिका दुई धुव्रमा थियो ।
यतिसम्म की परियोजना सञ्चालक र देशका प्रमुख जिम्मेवारी समालिरहेका ब्यक्तिबीच निकै विवाद भएको थियो । राष्ट्रपति ह्यारी टेयुम्यानले पहिलो बम प्रयोग जापान भनेका थिए भने परियोजना निर्माणका रुसवेल्टले जर्मनमा प्रयोग गर्ने भनेका थिए । अन्ततः राष्ट्रपतिको निर्णयलाई नै आत्मसाथ गरियो । सन् १९४५ अगस्ट ६ विहान सवा ८ वजे विश्वमा पहिलो आणविक बम जापानमा खसालिएको थियो । रापट्रपति ट्युम्यानको प्रत्यक्ष एकल निर्देशनमा त्यो काम गरियो र अमेरिकाले आगामी दिनमा विश्वलाई कब्जा लिने एक क्रुर निर्णय भएको भनाई सार्वजनिक गर्यो । आफू राष्ट्रपति भएको चार महिनामै ह्यारीले जापानको हिरोसिमा र अर्को दोस्रो आणबिक बम नागासाकीमा खसालियो । आणविक वमले संसारमा कहिल्यै नभएको संख्यामा मानिसहरुको मृत्यु भयो । दुवै ठाउँमा खसालिएको आणविक बमले आगोको मुस्लो उठ्यो । विकिरणको मारमा साढे दुई किलोमिटर क्षेत्रका भवनहरु परेका थिए । जमिनको तापक्रम झन्डै ४ हजार डिग्री सेन्टीग्रेट पुगेको थियो । मानिस, जीवजन्तु र वनस्पति त जल्ने नै भए धातु पनि पग्लिएको थियो । सो घटनाको अहिलेसम्म मर्ने मानिसहरुको तथ्याङकको कसैसँग एकरुपता छैन । दुईवटै सहरमा करिव २ लाख ८० हजार भन्दा बढी मासिनको मृत्यु भएको जापान सरकारको दावी रहने गरेको छ । त्यसपछि आणविक बमको प्रत्येक्ष मारमा जर्मन, अस्टे«लिया पनि पर्यो उनीहरुको देशमा जापान जस्तो धेरै संख्यामा नागरिकहरुले ज्यान गुमाउनु त परेन तर आणविक बमले के कति क्षेति गर्दोरहेछ भन्नेमा आफूहरुले भोगको पीडा कहिल्यै भन्न सक्दैनन् । त्यपछि ट्युम्यानले भित्रभित्र अन्य देशका कुन–कुन स्थानमा प्रयोग गर्ने भनेर योजना बुनिरहेका थिए । युद्धमा होमिएका देशले तत्काल आफूहरुले ठुला–ठुला हातहतियार निर्माण गरी अन्य देशहरु आफ्नो कब्जामा लिन चाहन्थे । त्यसै अनुरुप उनीहरुको वीच आणविक बम निर्माण गर्न प्रतिस्पर्धा चलिरहेको छ । आहिले आफ्नो देशलाई कसरी सुरक्षित राख्न सकिन्छ वा बाहिरी हस्तक्षेपका विरुद्ध प्रतिकार गर्न ठुल–ठूला आर्ण्विक बमहरुको निर्माण गर्ने गरिएका छन । यसले विश्वलाई एक मिनेट मै ध्वास्त बनाउन सकिन्छ भन्ने थाहा छ तर त्यसले आफुलाई पनि सो ध्वास्तसँगै समाप्त हुन्छु भन्ने बारेमा कहिल्यै सोच्ने समेत गरेका छैनन् । यही अवस्था कायम रह्यो भने एक न एक दिन विश्व आणविक बमका करण सखाप हुनेछ । यसरी विभिन्न देशहरुमा रहेको आणिविक हतियारलाई हेर्दा भोलिका दिनहरु निकै चुनौतिपूर्ण रहेका छन् । जुनवेला मानिसहरु अरु देशको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्था आउँछ त्यसवेला ती हातहतियार प्रयोग गर्नेछन र त्यसपछि यो श्रृष्टिबाट सवै सखाप हुने छन । त्यसैले जुन देशमा आणुहरु सञ्चय छन, ती देशहरुको पहिचान सहित निर्माण गरिएका आणविक बमहरु निक्रिय गरी विश्वलाई आणविक बम मुक्त बनाउन सवै एक भएर लाग्नु पर्दछ ।

पूर्ब भौतिक योजना मन्त्री राजेन्द्र श्रेस्ठसंग खेम भट्टचनले गरेको कुराकानी

DSC03568-800x600

Wednesday, March 30, 2016

‘मान्छे सानी सानी’ तर, मोडलको नामैले होश जाने (भिडियोसहित)

यस गीतमा मोडलिङ गर्ने मोडलको नाम सुन्दै दर्शकको होश जाने । हो, कमल भुषाल चञ्चलले गाएको यो ‘मान्छे सानी सानी’ गीतमा नेपाली सांगीतिक क्षेत्रमा ‘हट एण्ड सेक्सी’ गायिकाको उपमा पाएकी ज्योति मगर र ‘पोर्नस्टार बन्छु’ भनेर चर्चामा आएकी अर्चना पनेरुलाई एकैसाथ देख्न सकिन्छ । हट भएकै कारण ज्योतिले ‘बोल्यो कि पोल्यो’ भन्छन् उनका फ्यानहरु । अर्चनाको कुरै छाडौं, सन्नी लियोन नै बन्ने सपना बोकेकी अर्चना पछिल्लो समय नेपाली मिडियाले ‘गसिप लाइन’ मा बिकाउ बनाइरहेका छन् । यसैबो मौका छोपेर लोक गायक कमलले यी दुई तातो मोडललाई आफ्नो गीतमा पस्केको हुन सक्छ । सेक्सी गायिका ज्योति र अर्चनासँगै यस गीतमा करिश्मा ढकाल र कमल नै पनि नाचेका छन् । यस गीतको शब्दरचना र संगीत पनि उनै कमलले गरेका हुन् । (स्क्रिन नेपालको सहयोगमा)

हेर्नुस् भिडियोः –

न्यूयोर्कमा नेपाल झल्कने परेड हुने

IMG_1495

न्यूयोर्कमा नेपाल झल्कने परेड हुने

IMG_1495

न्यूयोर्क, संसारकै ब्यापारिक राजधानि मानिने न्यूयोर्कको म्यानहटन शहरमा पहिलो पटक नेपाल झल्कने परेड हुने भएको छ ।

आगामी गणतन्त्र दिवस अर्थात् मे २२ को दिन पारेर संसारका सयौं देशका लाखौं मानिसहरुको चहल पहल हुने म्यानहटनमा नेपाल झल्कने परेड हुने भएको हो ।

नगरविकासको जग्गा बिक्रीको छानबिन गर्न उच्चस्तरीय समिति गठन

कञ्चनपुर, १८ चैत । सहरी विकास मन्त्रालयले महेन्द्रनगर नगरविकास समितिको प्रक्रिया नपु¥याएर बिक्री वा लिजमा दिइएको जग्गाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

राजनीतिक दलको सर्वदलीय निर्णयपछि मन्त्रालयका सिनियर इन्जिनियर सुरज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । नगरविकास समिति बोर्डको निर्णय विपरीत जग्गा लिजमा लिएको जनाउँदै सब्जीमन्डी लगायतका क्षेत्रमा भौतिक संरचना निर्माण हुन थालेपछि दलले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए ।

नगरविकास समितिका सदस्य देवराज मिश्रले सर्वदलीय निर्णयअनुसार समिति गठन गरिएको बताउनुभयो । प्रक्रिया नपुर्‍याएर जग्गा बिक्री गरिएको वा लिजमा दिइएको बारे छानबिन गर्न सर्वदलीय निर्णयबाट समिति गठनको माग गरिएको थियो ।
यसअघि मन्त्रालयका इन्जिनियर नवीन देवकोटाको संयोजकत्वमा गत वर्ष छानबिन समिति गठन गरिएको थियो । समितिले गत मङ्सिरमा सुझावसहितका प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । नगरविकास समितिलाई उपलब्ध गराएको प्रतिवेदनको प्रतिलिपिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयलाई समेत बोधार्थ दिइएको छ । प्रतिवेदनमा अध्यक्षको टिप्पणीका आधारमा जग्गा लिजमा दिएर प्रक्रिया मिचिएको उल्लेख छ ।

सांसदहरुले प्रक्रिया मिचेर बेचिएको वा लिजमा दिइका जग्गाको छानबिन हुनपर्ने माग राख्दै मन्त्रालयमा उजुरी दिएपछि गत भदौदेखि समितिका कामकाज रोकिएका छन् । समितिका कामकाज रोकिएको मौका छोपेर सब्जीमन्डी, पुरानो बसपार्क लगायतका क्षेत्रमा जग्गा कब्जा गरी धमाधम संरचना निर्माण गरिँदै आएका छन् । “समितिको कामकाज रोक्का गरी हातखुट्टा बाँधिएका छन्”, समितिका सदस्य मिश्रले भन्नुभयो, “छानबिन समितिले छानबिन गरेपछि मात्रै यसमा केही गर्न सकिन्छ ।” समितिका कामकाज रोक्का गरिएका कारण विभिन्न स्थानमा निर्माण गरिएका संरचनालाई रोक्न नसकिएको उहाँको भनाइ रहेको छ ।

न्यूयोर्कमा नेपाल झल्कने परेड हुने

IMG_1495

न्यूयोर्क, संसारकै ब्यापारिक राजधानि मानिने न्यूयोर्कको म्यानहटन शहरमा पहिलो पटक नेपाल झल्कने परेड हुने भएको छ । आगामी गणतन्त्र दिवस अर्थात् मे २२ को दिन पारेर संसारका सयौं देशका लाखौं मानिसहरुको चहल पहल हुने म्यानहटनमा नेपाल झल्कने परेड हुने भएको हो ।

अमेरिकामा रहेका तिन ठुला संस्था नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र फिप्नाको अगुवाई र न्यूयार्कमा रहेको नेपाली कन्सुलेटको सहयोगमा हुन लागेको परेड म्यानहटनको ब्रोडवेमा गरिन लागेको जनाइएको छ । आयोजक संस्था जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार न्यूयोर्कमा संसारका पर्यटक आउने र न्यूयोर्कमा नेपालको पर्यटन सम्बन्धी प्रचार र झांकीले पर्यटकलाई नेपाल प्रति थप जानकारी हुने उद्धेश्य रहेको बताउनुभयो ।

भुकम्प पश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन मद्धत पुग्ने समेत बिष्टको भनाई छ । आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु आफुहरुको उद्धेश्य रहेको बताएका छन् । फिप्पानका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुसंग सहकार्य गरे कार्यक्रमलाई भब्य पार्ने योजनामा आफुहरु रहेको बताएका छन् ।

आयोजकहरुले कार्यक्रमको खाका र अतिथिको बारेमा जानकारि दिन न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । न्यूयोर्कमा पहिलो पटक नेपाल चिनाउने परेड हुन लागेकोमा अमेरिकामा रहेका अधिकांश नेपाली हौसिएका छन् ।

सुन्तला उत्पादनबाट पर्वतमा १५ करोड भित्रियो

orange-farm-khotang-640x480फलेवास (पर्वत), १८ चैत । यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट रु १५ करोड आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको हो । जिल्लामा कुल ६९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा कृषकले बोटबाटै राम्रो मूल्य पाएका कारण सुन्तलाको बजारीकरणमा समस्या नपरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार यस वर्ष बोटमै ४० देखि १०० रुपैयाँ प्रतिकेजीसम्म सुन्तला बिक्री भएको थियो । किसानले सुरुमा बोटबाटै ४० रुपैयाँमा बिक्री गरेका थिए भने अन्तिम समयसम्म उत्तरी पर्वतको बाँसखर्कका किसानले १०० रुपैयाँसम्ममा बिक्री गरेका थिए । गत वर्ष भने किसानले ३० देखि ६० रुपैयाँ प्रतिकेजीसम्म सुन्तलाको मूल्य पाएका थिए । अघिल्लो वर्ष पर्वतमा सुन्तला बिक्रीबाट १० करोड आम्दानी भएको थियो । जिल्लामा यस वर्ष झन्डै २०० हेक्टर क्षेत्रफलमा नयाँ सुन्तलाका बिरुवा रोपिएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको बाँसखर्क, शालिजा, देउपुर, पाङराङ, धाइरिङ लगायतका गाविसमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । प्रतिकिसान १० लाखदेखि न्यूनतम ५० हजार रुपैयाँसम्म किसानले सुन्तला खेतीबाट आम्दानी गर्दै आइरहेका छन् ।

पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काँकरभिट्टा, बुटवल लगायतका सहरमा निर्यात हँुदै आएको छ । किासनको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको पाङराङका सुन्तला व्यवसायी तारालाल कुँवरले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादन पाँच प्रतिशत वृद्धि भएको थियो । जिल्लाको पाङराङ, बाच्छा, कुर्घा, देउपुर, हुवास लगायतका स्थानमा कात्तिकको पहिलो सातादेखि नै सुन्तला बिक्री भए पनि उत्तरी पर्वतको बाँसखर्कमा भने फागुनको अन्तिम साता मात्रै बिक्री गरेर सकिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

बालकलाई ब्रेन ट्युमर, सहयोगका लागि आग्रह

Picकाँकडभिट्टा (झापा), १८ चैत । ब्रेन ट्युमरको शल्यक्रिया गर्न उपचार खर्चको अभावमा यहाँका एक बालक जीवनमरणको दोसाँधमा रहेका छन् ।

ब्रेन ट्युमरबाट पीडित शान्तिनगर–१ अमरबस्तीका १२ वर्षीय विश्वराज केरुङलाई बचाई सहयोग गरी दिन उनका बुबा लक्ष्मीप्रसाद केरुङले सबैसँग आग्रह गरेका छन् । उनका अनुसार तीन महिनाअघि सामान्य उल्टी भएपछि नजिकैको क्लिनिकमा देखाइएको र पछि टाउको दुख्ने समस्या थपिएकाले बिर्तामोडका केही अस्पतालमा देखाइएको थियो ।

बिर्तामोडको एक अस्पतालले विराटनगरस्थित न्युरो अस्पतालमा देखाउन सुझाव दिएपछि त्यहाँ जाँच गर्दा ब्रेनट्युमर पत्ता लागेको विश्वराजका बाबुको भनाइ छ । सामान्य खेती किसानी गर्दै आएका केरुङ परिवारले हालसम्म उपचारमा एक लाख ५० हजारभन्दा बढी खर्च भइसकेको र काठमाडौँस्थित टिचिङ अस्पतालले उपचारमा ६ लाख खर्च लाग्ने बताएपछि उपचारमा समस्या आएको हो ।

छोराको उपचार खर्च जुटाउन अहिले लक्ष्मीप्रसाद सहयोग खोज्दै विभिन्न ठाउँमा पुगिरहेका छन् । गणेश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालक मिहेनती र जेहेन्दार रहेको विद्यालयले जनाएको छ । बालकको उपचारमा छिमेकी चन्द्र धमाला र कुलप्रसाद रिजाल पनि लागि परेका छन् । अस्पतालले पनि जति चाँडो छिटो शल्यक्रिया गर्नुपर्ने बताएपछि रकम जुटाउन लागिपरेको चन्द्र धमाला बताउँछन् । उपचारका लागि यतिका रकम आवश्यक परेपछि देश तथा विदेशमा रहेका दाजुभाइसँग सहयोग गरिदिन अनुरोध गरिएको धमालाले बताउनुभयो ।

सहयोगका लागि नेपाल बैङ्क लिमिटेड शाखा बुधवारेमा लक्ष्मीप्रसाद केरुङको नाममा खोलिएको खाता नं. १२५०००००७००८ मा स्वेच्छिक रकम जम्मा गरी सहयोग गर्न सकिने धमालाले बताउनुभयो ।

कृषिलाई व्यावसायिक बनाउन जोड

परवानीपुर (बारा), १८ चैत । कृषि क्षेत्रलाई देश विकासको सशक्त मेरुदण्डका रुपमा विकास गर्नका लागि कृषि अनुसन्धान कार्यलाई विशेष प्राथमिकता दिनुपर्नेमा कृषि वैज्ञानिक तथा प्राविधिकले जोड दिएका छन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा बुधबार यहाँ आयोजित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका कार्यालयहरुको मध्यमाञ्चलस्तरीय दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा उहाँहरुले जलवायु परिवर्तन भइरहेको अहिलेको अवस्थामा पनि कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि कृषि अनुसन्धानमा विशेष प्राथमिकता दिनु जरुरी रहेको औँल्याउनु भयो ।

उहाँहरुले पर्याप्त बजेट र आवश्यकताअनुसार विशेषज्ञ तथा प्राविधिक जनशक्तिको पदपूर्ति नहुदाँ कृषि तथा पशुपक्षीको अनुसन्धान कामकारबाही प्रभावित भइरहेकामा पनि जोड दिनुभयो । सो अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् पशु तथा मत्स्य अनुसन्धान कार्यक्रमका निर्देशक डा सीताराम अर्यालले अन्तर्राष्ट्रियस्तरमा परिवर्तित प्रविधिअनुसार नेपाली किसानलाई पनि प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै परम्परागत कृषिलाई व्यावसायिक बनाउन कृषिका लागि क्षमता अभिवृद्धि गर्ने कार्यमा सम्बन्धित कृषि वैज्ञानिक तथा प्राविधिकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक कैलाशप्रसाद भुडेरले केन्द्रको अनुसन्धान कार्यलाई बढी प्रभावकारी बनाउनका लागि विद्यमान बजेट र विशेषज्ञ तथा प्राविधिक जनशक्तिलाई नै अधिकतम सदुपयोग गरिएको छ भन्दै अहिलेको प्रतिकूल परिस्थितिमा पनि यस केन्द्रका विशेषज्ञ तथा प्राविधिक जनशक्तिले कृषि अनुसन्धानका लागि देखाएको उत्साह र कर्तव्यलाई केन्द्रले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, कृषि अनुसन्धान केन्द्र बेलाचापी, राष्ट्रिय तेलवाली अनुसन्धान कार्यक्रम नवलपुर, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुर, राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरबाट सम्पादित कार्यको प्रगति विवरण, कार्य गर्दा आइपर्ने समस्या, चुनौती र त्यसको निराकरणका लागि अवलम्बन गरिएको प्रयासका विषयमा सम्बन्धित कार्यालयका प्रमुख तथा वरिष्ठ वैज्ञानिकले जानकारी गराउनुभयो ।

एक महिनापछि बेवारिसे शव उठे

रुपन्देही तिलोत्तमा, १८ चैत । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक महिनादेखि थुप्रिएका शव बुधबार बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ ।

अञ्चल अस्पताल बुटवलमा फागुन १५ देखि १२ वटा शव जम्मा हुँदा अस्पताल परिसरमा दुर्गन्ध फैलिएको थियो भने नयाँ शव राख्नका लागि समस्या देखिएको अस्पतालले जनाएको थियो । बुटवल उपमहानगरपालिका कार्यकारी अधिकृत धुव्रबहादुर खड्काले एक महिनादेखि थुप्रिएका शव बुधबार व्यवस्थापन गरिएको बताउनुभयो ।

उहाँले अस्थायी रुपमा ठाउँ खोजी गरेर व्यस्थापन गरिएको र स्थायी घाटका लागि जग्गाको खोजी भइरहेको बताउनुभयो । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ६ वटा शव राख्ने फ्रिज (मर्चरी च्याम्बर) रहेका छन् त्यहाँ ठाउँ अभावमा मुर्दाघरमा खुला रुपमा राख्न अस्पताल बाध्य भएको थियो । बुटवल उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शवहरु बुटवल–४ मैनाबगरमा गाड्ने गरे पनि हाल ठाउँ अभाव भएको भन्दै शवहरु उठाउन सकेको थिएन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तत्काल शव व्यवस्थापन गर्नका लागि निर्देशन दिनुभएको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रवक्ता लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा ३३ दिनदेखि रहेका बेवारिसे १२ शवमध्ये बुधबार ११ शव उठेका छन् भने एक पुरुषको शव बाँकी रहेको छ । अस्पतालमा गत आर्थिक वर्षमा १०१ शव नगरपालिकाले व्यवस्थापन गरेको थियो भने यस आर्थिक वर्षमा २८ वटा शव व्यवस्थापन गरेको छ ।

पेनसेलभ्यानियाकि एक महिलाले ट्याक्सी चालकलाई यसरि चक्मा दिई सुईकुच्चा ठोकिन

jfk_taxi_new

पेनसेल भ्यानिया डेनभर कि एक ४४ बर्षिय महिलाले न्यु योर्कको ट्याक्सी चालकलाई चक्मा दिई सुईकुच्चा ठोकेकी छिन l ति महिलाले ट्याक्सी भाडामा लिई न्युयोर्क बाट १ सय १५ माइल टाडा उनको घर पेनसेल भ्यानियामा ल्याएकी थिइन् l न्युयोर्कबाट पेनसेल भ्यानिया डेनभरमा पुग्दा ६ सय डलरको रकम भाडा उठेको थियो l र चालकले त्यति पैसा दाबि गरे पछि एक छिनमा आउछु भनि भित्र पसेकी महिला नफर्के पछि चालकले प्रहरीलाई जानकारी गराएका थिए l

केली ए बोयर नाम गरेकी उक्त महिलाले चालक संग मोल मोलाई गरि झन्डै अढाई घण्टाको यात्रा गरि घर पुगेकी थिइन् तर त्यो पैसा नदिई हराएकी थिइन् l १५ मिनेट सम्म चालक रहमान अतिकुरले प्रतिक्षा गर्दा पनि उनि नाआए पछि ढोका ढकढकाएको र घन्टी बजाउदा पनि नआए पछि प्रहरीलाई खबर गरेका थिए l

उक्त महिलाले लामो अपराधिक ईतिहास भएकोले सेवाको चोरीको मुद्धा लगाईएको खबर युएस न्युजमा खबर छ l

इङ्ल्याण्ड टी-२० वश्विकपको फाइनलमा

30032016103844england-finale-1000x0काठमाडौँ, १८ चैत । न्युजल्यिान्डलाई ७ वकिेटले पराजति र्गदै इङ्ल्याण्ड भारतमा जारी टी-२० वश्विकपको फाइनलमा पुगेको छ ।
पहलिे ब्याटङि गरेको न्युजल्यिान्डले दएिको १ सय ५४ रनको लक्ष्य इङ्ल्याण्डले तीन वकिेटको क्षतमिा १७ बल बाँकी छँदै पूरा गरेको हो ।

इङ्ल्याण्डका लाग जेसन रोयले ७८ रनको योगदान गरे । जोस बटलरले ३२ र जोय रुटले २७ रनको योगदान दएि । न्युजल्यिान्डका लाग इस सोधीले २ वकिेट लएि । इङ्ल्याण्डका लाग बेन स्ट्रोकले तीन वकिेट लएि ।

फाइनल पुग्ने र्अको टमिको टुङ्गो लगाउन दोस्रो सेमफिाइलन आज भारत र वेस्टइन्डजिका बीच हुनेछ ।

न्युयोर्कमा “नेपाल डे परेड” हुने‏

यही मे २२, २०१६ मा प्रथम पटक न्यु योर्कमा “नेपाल डे परेड” आयोजना हुदै गरेको जानकारी यहाँहरु समक्ष राख्न पाउँदा गरौवान्वित भएको महशुस भएको छ ! प्रवासको कर्म भूमिमा हुने यस ऐतिहासिक परेडले नेपाल र नेपालीको उच्च प्रतिष्ठा कायम गर्ने छ भन्ने हाम्रो विश्वास रहेको छ ! यस ऐतिहासिक परेडलाई साँचो अर्थमा ऐतिहासिक बनाउन यहाँहरुको अहम् भूमिका रहनेमा कुनै दुई मत हामी राख्दैनौ l

त्यसैले यस नेपाल डे परेडलाई सम्पूर्ण रुपमा नेपाल र नेपालीहरुको परेडको रुपमा स्थापित गर्न यहाँहरुको तर्फबाट हुन सक्ने ऐतिहासिक योगदानलाई हामी सम्मान गर्दै यस परेडलाई नेपाली डायस्पोरामा मात्र सिमित नराखेर हाम्रो मातृभुमि नेपालसम्म पुर्याउन कर्मठ भूमिका यहाँहरुको रहने भएकोले परेडको आयोजककोतर्फबाट यहाँहरु सम्पूर्ण पत्रकार एवं संचारकर्मी मित्रहरुहरुलाई तपशिल अनुसारको “पत्रकार भेटघाट कार्यक्रम” मा सहभागी भइ दिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ l

कार्यक्रम: नेपाल डे परेड सम्बन्धि पत्रकार भेटघाट

मिति: अप्रिल ३, २०१६

समय: दिउँसो ४:३० देखि ६:०० बजेसम्म

स्थान: मुस्तांग थकाली किचेन

ज्याक्सन हाईटस्

धन्यवाद सहित आयोजकको तर्फबाट,

आनन्द विष्ट / लुईसाङ वाईवा तामाङ / संजय थापा

प्रथम नेपाल डे परेड २०१६, न्युयोर्क

मार्च ३०, २०१६

डिसीमा कर्ण शाक्य शाक्य संग अन्तरक्रिया

OIuGhpWg

डिसी महानगर क्षेत्रको भर्जिनियामा कर्ण शाक्य शाक्य संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ l डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायको पहलमा भर्जिनियाको फेयर फ्याक्समा कार्यक्रम हुनेछ l

कर्ण शाक्य नेपाली पर्यावरणविद ,संरक्षणकर्ता ,होटल व्यवसायी ,लेखक तथा समाज-सेवी हुनु हुन्छ l शाक्य शैक्षीक योग्यता अनुसार वन अधिकारी भै काम गरि सक्नु भएको छ भने वहाले वन्य जीव-जंतु अधिकृत भै सेवा प्रदान गर्नु भएको छ l नेपालमा पहिलो राष्ट्रिय निकुञ्ज स्थापित गराउने पथ प्रदर्शकको रुपमा वहालाई चिनिन्छ l

आगामी शनिबार अप्रिल २ तारिख ३ बजे ४०३१ युनिभर्सिटी ड्राइव फेयरफ्याक्स भर्जिनियामा कार्यक्रम राखिएको छ l  बिस्तृत जानकारीको लागि निम्न व्यक्तिहरु संग सम्पर्क गर्न सक्नु हुने छ l

on April 2nd 3.00 pm @ 4031 university Drive Fairfax VA For further details contact:

1. Rup Karki. 571-420-0315
2. Tanka Dahal. 703-717-2559
3. Prem Raja Mahat 410-916-4237
4. Padam Raj Regmi 703-317-7724
5. Dadi Dhungana. 571-438-5499
6. Medini Adhikari. 703-830-7156
7. Ram Bashyal. 571-344-5504
8. Keshab Baral. 571-216-8951
9. Ramsharan Humagaiai 484-744-6608
10. Laxmi Kant Goudel 703-220-8782
11. Kedar Prasad Timsina. 571-340-5419
12. Sagar Kandell. 571-309-8897
13. Pawan Barakoti Khanal. 571-232-9431
14. Rakesh Tuladharhar. 571-201-6576
15. Krishna P Sharma 703-889-0792

नेपालको भूकम्पग्रस्त बिद्यालयको पुन:निर्माणका लागि डिसीमा सांस्कृतिक कार्यक्रम गरिने

FotoFlexer_Photo

डिसी महानगरी क्षेत्रको भर्जिनियामा नेपालका भत्किएका विध्यालयलाई सहयोग गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। आगामी अप्रील २३ तारिख शनिबार नेपालबाट आएका राष्ट्रिय कलाकारहरुले एक भव्य कार्यक्रमका वीच प्रदर्शन गर्ने भएका छन्।

भुकम्पबाट भत्किएका विध्यालयहरुको पुन:निर्माणका लागि सहयोग जुटाउने अभिप्रायले यो कार्यक्रम गरिन लागेको हो कार्यक्रममा नायक राजेश हमालको विशेष प्रस्तुती रहनेछ भने लोकप्रिय गायक राजेश पायल राईले भरपुर मनोरन्जन दिने छन्।

त्यसैगरी नायिका केकी अधिकारी, हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको समेत विशेष प्रस्तुती समेत रहने भएको जानकारी गैर आवासीय नेपाली संघ अमेरिका भर्जिनिया शाखाका सचिब कृष्ण भण्डारीले बताएका छन् l

मिति तय भएता पनि कार्यक्रम स्थलको जानकारीको साथै अन्य जानकारी शिघ्र संचार माध्यम द्वारा जानकारी गराईने भएको छ l ‘घाँसी नेपाल’ले आयोजना गर्ने यस कार्यक्रमलाई एनआरएन भर्जिनिया च्याप्टर लगायत नेपाली अमेरिकन कम्युनिटी र भर्जिनिया डिसी क्षेत्रमा सक्रियरुपमा क्रियाशिल सबै संघसंस्थाहरुको संयोजन र सहकार्य रहने बताईएको छ।

नेताहरूको भरोसा नगर्न कालीबाबाको सल्लाह

कालीबाबा काठमाडौंमा 1

देवर्षि । १७ चैत्र, काठमाडौं । बहुप्रसिद्धि कमाउनु भएका कालीबाबा मङ्गलवार भारतको दिल्लीबाट काठमाडौं आउनु भएको छ । हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि विभिन्न अनुष्ठानलगायतका अभियान सञ्चालन गरी समय समयमा चर्चामा आउने गर्नु भएको कालीबाबा आकस्मिक रूपमा काठमाडौं आउनुको पछाडि कुनै विशेष रहस्य हुनसक्ने लख पनि मान्छेहरूले काटेका छन् ।

कालीबाबा काठमाडौंमा 2

आफ्नो यो भ्रमणको मुख्यकारण काठमाडौंको गागलफेदिमा निर्माण हुन लागेको कालिका मन्दिर एवम् आश्रमको लागि भूमिपूजा रहेको बाबाले न्यूज टिमलाई बताउनु भयो । जुन कार्य मङ्गलवार नै सम्पन्न भएको बताइएको छ ।

त्यस्तै पूर्वसेनापति गरुण सम्शेर राणा विरामी रहनु भएकोमा उहाँलाई भेट्नु पनि उहाँको आगमनको अर्को कारण रहेको बाबाले पत्रकारहरूसँगको भेटमा बताउनु भयो । साथै पशुपतिनाथको दर्शन, हिन्दूराष्ट्र स्थापना अभियानको पनि केही काम भएको र सर्वसाधारण भक्तजनसँगको भेटघाट पनि भ्रमणको उद्देश्य रहेको उहाँको भनाइ थियो ।

कालीबाबा काठमाडौंमा 3

काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा भएको पत्रकार भेटघाटमा पत्रकारहरूबाट राजतन्त्रको स्थापनाको बारेमा सोधिएको प्रश्नको उत्तरमा बाबाले राजालाई स्थापना गर्ने जनताले हो, जोगी सन्यासीले त धर्मलाई स्थापना गर्ने हो र आफ्नो हिन्दूराष्ट्र स्थापनाको विषयमा दृढ विश्वास रहेको बताउनु भएको थियो ।

राजनीतिक क्षेत्रका नेताहरूको विश्वास नभएको र उनीहरूबाट देशको हितको पक्षमा काम नहुने अभिव्यक्ति दिँदै अब देश बचाउन, धर्म बचाउन जनता नै जाग्न पर्ने र त्यसको लागि जनता एकजुट हुनपर्ने बेला आएको तर्फ बाबाको जोड थियो ।

पत्रकार भेटघाटको संयोजनकारी भूमिका निर्वाह गर्नु भएका छायाचन्द्र भण्डारीका अनुसार बाबा बिहीवार मध्यान्ह दिल्ली प्रस्थान गर्नु हुनेछ ।

धर्मनिरपेक्षताको नाममा आएको डलर तर्फ लक्षित गर्दै बाबाले भन्नु भयो ‘हेर्नुहोला नेताहरूले कुकर्म गरी आर्जन गरेको पैसाले कुनै पनि काम नदिने र अलपत्र पर्ने छ’ । धर्मनिरपेक्षताका पक्षधरहरू गलिसकेका छन् तर पनि उनीहरूको कुनै विश्वास छैन त्यसैले हिन्दूराष्ट्र स्थापना गर्न धार्मिक क्षेत्र एकजुट हुन जरुरी छ, बाबाको भनाइ थियो ।

दर्शन भेट्को लागि राजनीतिक व्यक्तिहरू कति आए भन्ने प्रश्नमा ‘यो आफ्नो राजनीतिक भेट्घाट नभएर जोगीनीतिको भेटघाट भएको हुनाले राजनीतिक क्षेत्रका र अन्य सबैतिरका भक्तजनसँग आफ्नो भेट्घाट भएको बाबाको भनाइ थियो । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, राप्रपाका सहअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेपाल सरकारका वर्तमान राज्यमन्त्री कुन्तीकुमारी शाही लगायतका राजनीतिक व्यक्तित्त्वहरूले भेट् गरेको स्रोतले बताएको छ । भने नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले पनि बाबालाई भेट् गरेको बुझिएको छ । साथै विश्व हिन्दू महासंघका कार्यवाहक सभापति संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक दीपक सुवेदीलगायतका धार्मिक प्रतिनिधिहरूसँग विशेष भेटघाट भएको बुझिएको छ । यो भ्रमणमा बाबाले सञ्चारक्षेत्रका प्रतिनिधिलाई विशेष महत्त्वको साथमा भेट दिएर आफ्नो धारणा

राख्नु भएको पत्रकार समेत रहेका बाबाका अनन्यभक्त छायाचन्द्र भण्डारीले न्यूजटिमलाई बताएका छन् ।

युवा कवि भुपिनको ” सुप्लाको हवाईजहाज” लोकार्पण हुँदै

image2

अहिलेको युगमा कविता, साहित्य, संगित जस्ता विधाहरु , समाजमा चेतनाको विकास र परिवर्तनको बाहक बन्दै गएको सबैले महशुष गरिदै आईएको छ । यसै सन्दर्भलाई जोड्ने हो भने अहिलेका शक्तिशाली युवा कवि तथा निबन्धकार भुपिन खड्कालाई पनि यस किसिमको समाज रुपान्तर र समाजमा रहेका अनेक विकृति र विसंगतीहरुलाई सबैले बुझ्ने भाषामा साहित्यिक सृजना मार्फत व्यक्त गर्ने सशक्त व्यक्तीको रुपमा हेर्ने गरिन्छ । उनको जन्म नारायणस्थान -३, बलेवा बाग्लुङमा आज भन्दा करिव ४२ बर्ष पहिला भएको थियो । उनले स्कुल जीवन देखिनै साहित्यको फाँटमा कलम चलाउन शुरु गरेतापनि खासगरी उनले क्याम्पस जीवनको शुरुवात जव पृथ्वी नारायण क्याम्पस पोखरामा आई.एस.सी. पढ्दा देखि भने बढि सकृय रुपमा साहित्यिक सृजना र लेखनमा लागेका थिए । उनको पहिलो कविता संग्रह ” क्षेती ग्रस्त पृथ्वी र मौन सडक ” भन्ने थियो र यो वि.सं. २०५३ मा पोखराबाट प्रकाशित भएको थियो । त्यसै बर्ष राष्ट्रियस्तरको ” राष्ट्रिय कविता सम्मेलन” मा ” नदीहरु मान्छे जस्ता हुँदैनन्” भन्ने कविता प्रस्तुत गरेर प्रथम पुरस्कार हात पार्न सफल भएका थिए । पोखरेली कविहरु शरुभक्त श्रेष्ठ , रमेश श्रेष्ठ , तिर्थ श्रेष्ठ लगायत थुप्रै कविहरुको संगतमा उनले पोखरामा थुप्रै साहित्यिक कार्यक्रमहरु संचालन गरेका थिए । अन्नपूर्ण कविता पदयात्रा जस्ता कार्यक्रमहरु संचालन गरि ग्रामिण भेगमा सर्वसाधारणहरुलाई चेतनामुलक कविताहरु पदयात्रामा सहभागी कविहरुले सुनाउने गरेको पनि त्यतीवेला देखि नै देखिन्छ ।

image1
उनले अध्यायनको शिलशिलामा पनि कविताको रथ अगाडी बढाईनै रहे र थुप्रै कविता संग्रह सम्बन्धी कृतीहरु प्रकाशित पनि भएर थुप्रै राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित पनि भए । उनका कविता कृतीहरु दर्जनौ प्रकाशित भएका छन् र राष्ट्रियस्तरको कान्तिपुर, गोरखापत्र जस्ता दैनिक न्युजपेपरहरुमा पनि समय-समयमा कविताहरु र निबन्धहरु प्रकाशित भईरहेको पाईन्छ । उनको वि. स. २०६६ मा प्रकाशित भएको कविता कृती ” हजार बर्षको निद्रा” लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले समेत उत्कृष्ट कृतीमा छनौट गरि उनलाई पुरस्कृत गरेको थियो । साथै उनको वि.स. २०६९ मा प्रकाशित भएको निबन्ध कृती ” चौविस रिल” ले उत्तम शान्ती पुरस्कार समेत प्राप्त गरेको थियो र उक्त निबन्ध कृती अत्यान्तै लोकप्रिय पनि बन्यो । हाल भरतपुरमा कर्मथलो बनाएका कवि भुपिनले सप्त गण्डकी क्याम्पस भरतपुरमा प्राध्यापन गर्दछन् साथै भरत नेराघेराका एफ.एम. रेडियोबाट साहित्यिक कार्यक्रमहरु पनि संचालन गर्दछन् । यसको अतिरिक्त साहित्य सम्बन्धी कार्यक्रममा व्यस्त रहने उनी र उनी जस्तै कवि, साहित्यकारहरु मिलेर “अक्षर समुह” चितवन स्थापना गरेर मोफसलको साहित्यलाई संशक्तरुपमा अगाडी बढाईरहेका छन् । त्यस्तै पछिल्लो समय कवितालाई पनि थिएटर/ हलहरुमा गएर सशुल्क सुन्न सकिन्छ भन्ने मान्यतालाई विकास गर्दै ” टिकटमा कविता” सुनाउने कार्यक्रमलाई विकास र विस्तार गर्दै लगेको र यसले व्यापक सफलता पाएको छ । यस किसिमको अभियानले सार्थकता पाए सँगै अहिले नेपालभरि यस किसिमको चलननै चलेको छ ।
यसरी विशेषगरी कविताको क्षेत्रमा सशक्त कलम चलाउने कवि भुपिनको आगामी दिन अर्थात् यही चैत्र २० गते शिल्पी थिएटर काठमाण्डौमा लोकार्पण हुन गईरहेको कविता कृती ” सुप्लाको हवाई जहाज” निकै नै चर्चामा आएको छ । उक्त कार्यक्रममा कवि, साहित्यकारहरुको बाक्लो उपस्थिती रहने कुरा पनि जानकारीमा आएको छ । उनको यस कार्यक्रमको सफलताको कामना गर्दै आगामी दिनहरुमा पनि गाउँका शोषित , पिडित र दमनमा परेका आमनागरिकका बारे कविता र अन्य सृजनाहरु लेखेर साथै साहित्यिक गतिविधी संचालन गरेर थप योगदानहरु पुर्याउन सफल होउन भनि हार्दिक शुभकामना समेत ब्यक्त गरिन्छ ।
( प्रस्तुती-प्रकाश श्रेष्ठ , बाल्टिमोर, अमेरिका )

बाल यौन दुराचारी जर्मन नागरिक पक्राउ

पोखरा, १७ चैत । बाल यौन दुराचारी एक जर्मन नागरिकलाई पोखराको लेकसाइडस्थित एक होटलबाट आज पक्राउ गरिएको छ ।

विगत केही महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक कर्निलियस स्किलिङ भोन कन्सट्याटले विभिन्न प्रलोभनमा पारी बालकलाई यौन दुराचार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा कारबाही थालेर होटलबाट पीडित बालकको उद्धार गरी अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तले नेपालमा आई विभिन्न ठाउँमा बालकलाई प्रलोभनमा पारी अनैतिक क्रियाकलापमा संलग्न गराउँदै आएको प्रहरीको भनाइ छ । बाल यौन दुराचार गरेको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

युवालाई विदेशिन रोक्ने चलचित्र ‘राहदानी’

rahadani-1काठमाडौँ, १७ चैत । नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य सम्पत्ति हुन् ।

त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘राहदानी’को कथावस्तुको उठान डब्बु क्षेत्रीले यसै सेरोफेरोबाट गर्नुभएको छ । जहाँ एउटा किसानले ऋण गरेर किनेको जर्सी गाई मर्छ । चलचित्रमा त्यही गाईको मृत्युले निम्त्याएको पिरोलोले सो परिवारलाई दुर्दशामा पुर्‍याएको कथा छ ।

रङ्ग पत्रकार क्षेत्रीले पहिलोपटक निर्देशन गरेको यही चलचित्र हेर्न गत चैत ११ गते हलसम्म पुग्नुभएका कृषिमन्त्री हरिबोल गजुरेल प्रतिक्रिया दिने क्रममा भक्कानिएर रुनुभएको थियो । गरिब किसानले किनेको गाई मरेको कथाले आफ्नो हृदय छोएको उहाँले बताउनुभयो ।

मूलतः रोजगारीका लागि खाडीमुलुक जाने नेपाली युवाको वास्तविक कथालाई चलचित्रले पस्किएको छ ।
कथा यस्तो छ– घरमा भएको सामान्य गाईको दूध बेचेर जीविका चलाउने परिवारमा जन्मिएको राजबहादुर क्षेत्रीलाई जर्सी गाई किनेर धेरै दूध उत्पादन गर्ने सोच आउँछ र महँगो ऋणमा गाई किन्छ । गाई अचानक मरेपछि ऋण तिर्न अरु उपाय नभएर अकस्मात् दलालमार्फत राज विदेशिन्छन् ।

आफ्नो अध्ययन छोडेर बाध्यताले विदेश गएको राज ठगिएको, दुर्घटनामा परेर निधन भएको र त्यसपछि परिवारको विचल्लीमा परेको कथाले दर्शकलाई आँसु झार्न बाध्य गराउँछ । छोराको लास नेपालसम्म ल्याउनु उनीहरुले कस्तो दुःख भोगे चलचित्रले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।

लक्ष्मीप्रसाद ढकालले निर्माण गरेको चलचित्रको कथा निर्देशन क्षेत्री स्वयमले गर्नुभएको हो । क्षेत्रीका अनुसार उहाँले उहाँकै पारिवारिक सेरोफेरोमा घटेका सत्य घटनालाई कथाको माध्यम बनाउनुभएको हो ।

हचुवामा विदेशिएर दुःख पाएका आफ्नै नातेदारकोे कथाले छोएको त्यसमा पनि एक आफन्त विदेशमा बित्दा लास ल्याउन आफैँले धेरै कठिनाइ भोगेकाले व्यावसायिकताभन्दा माथि उठेर जनचेतनाका लागि चलचित्र बनाएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सीप नसिकी जथाभावी वैदेशिक रोजगारीमा जाँदा जोखिम काममा परेर दैनिक पाँचदेखि १५ युवाको विमानस्थलमा लास आइरहेको छ, म यो चलचित्रमार्फत युवालाई सन्देश दिन चाहन्छु, विदेश सोचेजस्तो सजिलो छैन भनेर ।”

‘राहदानी’ हेरेपछि धेरै युवाले अबदेखि विदेश जान्न भनेर राहदानी च्यातेको दृष्टान्त दिँदै क्षेत्रीले भन्नुभयो “अबदेखि विदेश गएर ठगिँदै नेपाली रुन नपरोस्, यही रोजगारी सिर्जना गरौँ ।”

‘डकुड्रामा’ शैलीको उक्त चलचित्रमा मुख्यपात्र ‘राज’को भूमिकामा रहेका अशोक रिजालले जीवन्त अभिनय गर्नुभएको छ । त्यस्तै, दयाहाङ राई, नवीन लम्साल, रुपा खनाल, विनिता घिमिरे, सिर्जना सुब्बा आदि कलाकारको अभिनयसमेत प्रशङ्सायोग्य नै छ ।

पर्दामा सहरीया युवा विद्यार्थीको भूमिकामा रहेर गाउँलेलाई सक्दो सहयोग गरेका कलाकार लम्साल चलचित्र खेलेको प्रभाव वास्तविक जीवनमा लागू गर्न आफू लालायित रहेको बताउनुहुन्छ ।

गत सोमबार चलचित्र घरमा भेटिएका उहाँले भन्नुभयो, “सहरीया स्वार्थी हुन्छन्, गाउँलेलाई सहयोग गर्दैनन् भन्ने छ, तर यो चलचित्रमा मेरो भूमिकाले त्यसको खण्डन गरेको छ, अब म वास्तविक जीवनमा पनि विदेशमा दुःख पाएकालाई सहयोग गर्न चाहन्छु ।’’

चलचित्र हेर्न हलसम्म पुगेका केही दर्शकले भने चलचित्रको कथा उत्कृष्ट भए पनि निर्देशन त्यसअनुरुप हुन नसकेको प्रतिक्रिया दिए ।

दुईवटा परीक्षा केन्द्रको जिम्मा महिलालाई

slcइलाम, १७ चैत । भोलिदेखि सुरू हुने प्रवेशिका परीक्षामा इलाममा दुईजना महिलालाई केन्द्राध्यक्ष नियुक्त भएका छन् ।

जिल्लामा ३१ वटा केन्द्रमा २९ जना पुरूष केन्द्राध्यक्ष र दुई महिलालाई नियुक्ति दिइएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।

सदरमुकामस्थित आदर्श उच्च माविको ‘ग’ केन्द्रमा हेमलता उप्रेती र चुलाचुलीस्थित जनता उच्चमाविको ‘ख’ केन्द्रमा सरस्वती शिवालाई केन्द्राध्यक्षको रूपमा नियुक्ति दिइएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो ।

‘‘गतवर्ष पनि महिलाले सञ्चालन गरेको केन्द्रमा परीक्षा राम्रो भएको पाइयो, त्यसलाई निरन्तरता दिन यसपालि दुई केन्द्रको जिम्मा पनि महिला शिक्षकलाई नै दिएका हौंँ’’–उहाँले भन्नुभयो ।

केन्द्राध्यक्षको जिम्मेवारीमा कम महिला सहभागिता हुनु महिलालाई बन्देज लगाए जस्तै भएको बताउँदै केन्द्राध्यक्ष उप्रेतीले भन्नुभयो, “जिम्मेवारी पाए महिलाले पनि परीक्षा सञ्चालन गर्न सक्छन् ।” आदर्श ‘ग’ केन्द्रमा सहायक केन्द्राध्यक्षको रूपमा निमावि शिक्षक झुमा काफ्लेलाई नियुक्ति दिइएको छ ।

दुई केन्द्रमा महिलालाई केन्द्राध्यक्षको जिम्मेवारी दिएपछि ती केन्द्रमा सहायक केन्द्राध्यक्ष र निरीक्षक पनि महिला नै राखिने केन्द्राध्यक्ष उप्रेतीले बताउनुभयो ।

यसवर्षको एसएससी परीक्षामा इलामबाट नियमित र एक्जाम्टेडतर्फ गरी छ हजार ९८३ जना विद्यार्थी सामेल हुने भएका छन् ।

सरकारको काम कछुवाको गतिजस्तै: प्रवक्ता शर्मा

dinanathभक्तपुर, १७ चैत । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले वर्तमान सरकारको काम कछुवाको गतिजस्तै अगाडि बढेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षातकार कार्यक्रममा उहाँले वर्तमान सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै सरकारले जनताको हितमा काम गर्न नसकेको धारणा राख्नु भयो ।

उहाँले काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तनको विषय हल्लामात्र भएको बताउँदै यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शीर्ष नेता लागिपरेको बताउनुभयो ।

मधेस आन्दोलनका जायज मागका सम्बोधन नगरे स्थानीय निकायको निर्वाचन असफल हुने भन्दै उहाँले सङ्घीयता र सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको टिप्पणी गर्नुभयो ।

प्रवक्ता शर्माले सरकारले कालो बजारीलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै नेपाल आयल निगम र सरोकारवालाले नै इन्धनको अभाव सिर्जना गरेको र सरकार मुकदर्शक मात्र बनेको बताउनुभयो ।

साहित्यिक क्षेत्रमा महिला अग्रसरता जरुरी: मन्त्री मानवी

shanta-manabiकाठमाडौँ, १७ चैत । पशुपछी विकासमन्त्री शान्ता मानवीले मुलुकको नेतृत्वदायी स्थानमा महिलालाई पु¥याउन साहित्यमार्फत दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

प्रगतिशील महिला लेखक सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री मानवीले साहित्यिक क्षेत्रमा पनि महिलाको सङ्ख्यात्मक वृद्धि हुनुपर्ने बताउनुभयो ।
उहाँले आगामी तीन वर्षभित्र नेपाललाई मासुजन्य खाद्यवस्तु, अन्डा र दूधमा आत्मनिर्भर बनाउने प्रतबद्धता मन्त्रालयले गरिसकेको जनाउदै त्यस अभियानमा सघाउन लेखकहरुलाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का सांसद तथा साहित्यकार गौरा प्रसाईंले आफूले राजनीतिमा लाग्दाको तत्कालीन अवस्था र राज्यले हेर्ने दृष्टिकोणबारे चर्चा गर्दै महिला स्वयम् जुझारु नभएसम्म आफ्ना अधिकार प्राप्त गर्न नसक्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष यशोदा अधिकारीले महिलाले लेखनमार्फत कुनै समस्याको उजागर गर्नेमात्र नभई समाधानका उपाय पनि देखाउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार बाबा बस्नेत, र डा फणिन्द्र निरौलाले लेखनका क्षेत्रमा महिलाहरु अग्रसर गराउन सङ्घले सफलता प्राप्त गरोस् भनी शुभकामना दिनुभएको थियो ।

नहरमा पानी छाड्न माग

विराटनगर, १७ चैत । सुनसरी–मोरङ सिँचाइ योजना जलउपभोक्ता केन्द्रीय समितिले चतराको मूलनहरमा पानी छाड्न माग गरेका छन् ।

चैतेधान रोपाइँको समयमा सुनसरी–मोरङ सिँचाइ कार्यालय विराटनगरले पानी सञ्चालन नगर्ने भएकाले पानी सञ्चालनको माग राखेको समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

समितिका अध्यक्ष रामप्रसाद मेहताले हिउँदेबाली मकै, सूर्यमुखी, तरकारीबाली लगाइसकेपछि चैतेधानको रोपाइँको समयमा नहरमा पानी नछोडेपछि किसानमर्कामा परेको बताउनु भयो ।

सुनसरी–मोरङ सिँचाइ योजनाबाट यी दुई जिल्लाका ५८ हजार हेक्टर जग्गामा सिँचाइ हुने गर्दछन् ।

प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने: प्रचण्ड

prachanda-babu1काठमाडौँ, १७ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अहिले जारी भएको संविधान पूर्ण हो र केही पनि होइन भन्ने दुवै धार गलत भएको बताउनुभएको छ ।

आज यहाँ मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “यो संविधान सम्पूर्ण हो भन्ने अति दक्षिण र केही होइन भन्ने सङ्कीर्ण सोंच हुन् ।”

उहाँले प्राप्त उपलब्धिको रक्षा, प्रयोग र संस्थागत गर्दै बाँकी अधिकार सङ्घर्षबाटै प्राप्तिको दिशातर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादीले आदर्शको कुरा गर्दा नीति छोड्ने नीतिको कुरा गर्दा आदर्श छोड्ने कमजोरीबाट बच्न आवश्यक रहेको धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले जातीय आन्दोलनलाई वर्गीय उत्पीडनबाट अलग गरेर हुने आन्दोलन साम्प्रदायिक दङ्गामा बदलिने गरेको टिप्पणी गर्नुभयो ।  भेलामा देशभरिका मगर नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नगरपालिका भवन शिलान्यास

12472699_811166418989061_7281048360245027593_nभद्रपुर, १७ चैत । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विकास निर्माणका लागि राजनीतिक दलबीच साझा धारणा बन्नुपर्ने बताउनुभएको छ ।

झापाको भद्रपुर नगरपालिका–६ स्थित पशुहाट लाग्ने स्थानमा नगरपालिकाको नवनिर्मित भवनको आज शिलान्यास गर्दै उहाँले समाजलाई समृद्ध बनाउन र सद्भाव कायम राख्न राजनीतिक दलहरूबीच एकता हुनु पर्ने धारणा राख्नुभयो ।

ठेक्का लिएर समयावधिमा काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीलाई क्षतिपूर्ति भराउने कानुन आवश्यक रहेको बताउँदै नेता सिटौलाले विकासलाई निजी स्वार्थबाट होइन साझा स्वार्थबाट हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

अढाइ तले उक्त भवन रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा निर्माण गर्न लक्ष्य राखिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानीय विकास अधिकारी खेमराज ओझा, पूर्व सांसद पुष्पराज पोखरेललगायतले बोल्नुभएको थियो ।

पाँचवर्षे विकास रणनीति ल्याउन निर्देशन

INDIA-NEPAL-DIPLOMACYरत्ननगर (चितवन), १७ चैत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले देश विकासका निम्ति पूर्वाधार निर्माण अपरिहार्य भएको बताउनुभएको छ ।

चितवनको रत्ननगरमा आजदेखि सुरु निर्माण व्यवसायीको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ साधारणसभाको दोस्रो सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवलाई पाँचवर्षे विकास रणनीति ल्याउन निर्देशन दिइएको उहाँको भनाइ थियो ।

नेपालका धेरै नदीमा पुल आवश्यक भए पनि अझै बन्न नसकेको भन्दै उपप्रधानमन्त्री गच्छदारले आउँदो पाँच वर्षमा कति पुल निर्माण हुनेछ, भनेर कार्ययोजना बनाउन पनि मन्त्रालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।

चीन लैजाँदै गरेको सुनको माला बरामद

धुन्चे (रसुवा), १७ चैत । टिफीन बट्टामा लुकाइछिपाइ रसुवागढी नाकाबाट चीनतर्फ लैजाँदै गरेको सुनको माला आज अपराह्न धुन्चेमा बरामद भएको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार सुनको माला बनाई लैजान लागेको अवस्थामा जाँचको क्रममा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले दुई थान माला बरामद गरेको हो ।

ती सामग्रीको नेपाल प्रहरीबाट बरामदी मुचुल्का खडा गरी कानुनी प्रक्रियाका लागि भन्सार कार्यालय टिमुरेमा पठाइएको प्रमुख विष्टले बताउनुभयो । तारा जस्तो सुनको डल्लो मालाको बीचमा र अन्य ठाउँमा मुगासमेत जडित भएको पाइ्एकाले छानबिन गर्न भन्सार कार्यालय पठाइएको उहाँको भनाइ छ ।

दुई थान भरूवा बन्दुक बरामद

इलाम, १७ चैत । इलामको नामसालिङबाट प्रहरीले आज दिउँसो दुई थान भरूवा बन्दुक फेला पारेको छ ।

नामसालिङ–८ स्थित नामसालिङ सामुदायिक वनबाट बेवारिसे अवस्थामा एकनाले दुई थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । भरूवा बन्दुक कसले र किन राखेको भन्ने बारेमा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

संविधान कार्यान्वयनका लागि रचनात्मक भूमिका खेल्नुस्: प्रधानमन्त्री

Kp-Oli_1-1काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि रचनात्मक भूमिका खेलिदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको १८औँ वार्षिकोत्सव तथा चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक सङ्घर्ष टुङ्ग्याएर मुलुक आर्थिक क्रान्तिको दिशामा अघि बढेको सन्दर्भमा सञ्चारमाध्यमसँग सहयोगका लागि आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– “संविधानले राजनीतिक, सामाजिक, आर्थिक सबै अधिकारलाई समेटेको छ । अब हामी विकासको गतिमा अघि बढ्नुपर्छ । अबको एजेन्डा आर्थिक नै हो । यसमा सञ्चार जगत्ले सकारात्मक भूमिका खेलिदेओस् ।”

प्रेसको स्वतन्त्रता र रक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले देशको राष्ट्रिय आवश्यकताप्रति जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू अप्ठ्यारो अवस्थामा प्रधानमन्त्री भएको भएपनि भारतसँगको सम्बन्ध सुधार्न र चिनियाँ लगानी भित्र्याउन महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई राष्ट्रियस्वरुप दिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सरकारमा सहभागी हुन आह्वान गर्नुभयो ।

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै संविधानमा देखिएका असमझदारीलाई वार्ता र संवादका माध्यमबाट सल्टाउनुपर्ने बताउनुभयो ।

वार्ता र सहमतिबाटै समाधान निस्कन्छ: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विद्यमान राजनीतिक समस्या वार्ता, संवाद र सहमतिबाटै समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो – “वार्ताबाटै समस्याको निकास निकाल्न सकिन्छ । प्रदेश सीमाङ्कनलगायतका विषयलाई वार्ताबाटै सहमति गर्न म तयार छु । अब, नेपालमा नवनिर्माणको कामलाई अघि बढाउन सबै मिलेर जानुपर्छ ।”

उपप्रधानमन्त्रीद्वय भीम रावल र चित्रबहादुर केसीले संविधानका विषयमा दलहरुबीच देखिएका असमझदारीलाई वार्ताबाटै समाधान गर्न सकिने बताउनुभयो ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानका लागि प्रमुख राजनीतिक दल गम्भीर हुनुपर्ने बताउनुभयो । कार्यक्रमलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले पनि सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा क्लबले रु एक लाख राशिको स्व गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल र देशान्तर साप्ताहिकका सम्पादक कवीर राणालाई प्रदान गरेको थियो ।

उक्त पुरस्कारको रकम लुइँटेलले समता शिक्षा सदन र भट्टराईले क्यान्सर केयर सोसाइटीलाई सहयोग स्वरुप प्रदान गर्नुभयो ।

त्यस्तै नगद रु ५० हजार राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टका सम्पादक चूडामणि भट्टराई र नेपाल टेलिभिजनका समाचार सम्पादक राजु सिलवाललाई प्रदान गरिएको छ ।

त्यसैगरी, क्लबका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता नारायणप्रसाद न्यौपाने, गोरखापत्र संस्थानका लक्की चौधरी, रेडियो नेपालका खगेन्द्र खत्रीलगायत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

सरकारको छ महिनाको समीक्षा हुन्छ: अध्यक्ष थापा

हेटौँडा, १७ चैत । राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधान, परराष्ट्र, स्थानीय विकासमन्त्री कमल थापाले आफ्नो पार्टीले सरकारलाई अप्ठ्यारो बनाउने कुनै कार्य नगर्ने बताउनुभएको छ ।

आज यहाँ राप्रपा नेपालको हेटौँडा नगर परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले वीरगन्जमा भोलिदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्य समिति बैठकमा वर्तमान सरकारको छ महिनाको अवधिको समीक्षा गरिने बताउनुभयो ।

उहाँले सरकार नाकाबन्दीबाट सिर्जित नेपाल–भारत सम्बन्धलाई सामान्यीकरण गर्न सफल भएको, आगामी दुई वर्षभित्र विद्युत् कटौती अन्त्य गर्ने, जनसहभागितामा सौर्य बत्ती जडान गर्ने देशव्यापी कार्यक्रम ल्याइएको, चीनसँग पारवहन तथा यातायात सम्झौतालगायत महत्वपूर्ण सम्झौता गर्न सफल भएको र यसबाट आउँदा दिनमा पूर्वाधार एवम् आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो ।

सो अवसरमा सांसद गणेश थापा तथा केन्द्रीय सदस्यद्वय दीपकबहादुर सिंह र मधु अधिकारीले पार्टी गतिविधिबारे प्रकाश पार्नुभएको थियो । परिषद्ले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

अमेरिकाको बाल्टिमोरमा निशुल्क योगा शिबिर सम्पन्न, अब हरेक आईतबार योगा गर्न पाईने

prakash-nepal-800x531

नेपाल अमेरिका कलाकार संघ र बानाको संयुक्त आयोजनामा अमेरिकाको बाल्टिमोरमा निशुल्क योगा शिविर सम्पन्न भएको छ । आईतबार बिहान ८ बजेदेखि शुरु भएर झन्डै २ घण्टा शिविर चलेको थियो। शिविरको संचालन योगा प्रशिक्षक श्रुती दाहालले गर्नु भएको थियो।

शिबिरमा बाल्टिमोर बिशिष्ठ व्यक्तिहरुको सहभागिता थियो। सहभागीहरुले पहिलो दिनको अभ्यासबाट आफुहरु आकर्षित भएको बताएका थिए। योगा शिबिर अब हरेक हप्ताको आईतबार संचालन हुने भएको छ। शिविरको संचालन योगा प्रशिक्षक श्रुती दाहालले गर्नु हुनेछ । प्रशिक्षक दाहालले नेपालमा लामो समयसम्म योगा अभ्यास गर्नुका साथै योग गुरु रामदेवबाट प्रशिक्षीत प्रशिक्षक हुनुहुन्छ।

उहाँ नेपाली नायिका ऋचा घिमिरेकी आमा हुनुहुन्छ। योगा कक्षा माउन्ट एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो भएको स्थानमा नै संचालन हुनेछ । यहि स्थानमा नेपाली भाषा कक्षा र नृत्य कक्षा समेत हुने गर्दछ।

 

राष्ट्रसंघमा आनी छोइङले गाए गीत

prakash-nepal-800x531

न्युयोर्क- चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले नेपाली कलाकारहरुको प्रतिनिधित्व गदै पहिलो पटक संयुक्त राष्ट्रसंघमा आफनो गीत संगीत प्रस्तुत गरेकी थिइन । राष्ट्रसंघको विशेष निम्तोमा आनी छोइङले अन्तराष्ट्रिय खुसी दिवसको दिन विश्वका राष्ट्र प्रमुखहरुको उपस्थितिमा एक घण्टा आफनो चर्चित गीत संगीत प्रस्तुती गरेकी थिइन । युनिसेफको नेपालस्थित एम्बसडार समेत रहेकी गायिका आनीको साथमा नेपालबाट संगीतकार न्युबज्राचार्य, बद्याबादक गोपाल रसाइली र रमण महर्जन आएका थिए ।
राष्ट्रसंघको कार्यक्रमपछि आनीले गत शनिबार न्युयोर्कको नेपाली समुदाय माझ जिमिनको आयोजनामा दर्जनौ गीतहरु गाएकी थिइन । कार्यक्रममा नेपाली लगायत विभिन्न मुलुकका नागरिकहरुको उपस्थिति रहेका थिए । उनको गीत र संगीतले उपस्थित सवैलाई आनन्दीत तुल्याएका थिए । भुकम्पले भत्केको विद्यालय निर्माणमा सहयोग गर्नका लागी आनी छोइङको कन्सर्ट आयोजना गरेको जिमिनको डाइरेक्टर सेकी शेर्पाले बताए ।

एभरेष्ट टाइम्स बाट

अमेरिकी संसदमा गोली चल्यो

काठमाण्डौं,चैत १६ गते । अमेरिकी संसद भवन प्रवेश गर्न खोज्ने एक वृद्धलाई प्रहरीले गोली हानेको छ ।
गोली बोकोर संसद भवनको आगन्तुक कक्षमा पस्न खोज्ने ६६ बर्षिय ल्यारी डसनलाई गोली चलाइएको हो । यस क्रममा एक जना महिला घाइते भएकी छन । संसद भवनमा मेटल डिकेक्टरमा जानु अघि ल्यारीले पेस्तोल हातमा लिएका थिए । यसपछि नै प्रहरीले गोली चलाएको हो । प्रहरीले ल्यारीले गत साल पनि यसैगरि संसद वैठकमा हंगामा मच्चाएको बताएको छ ।

बेलायती राजकुमार ह्यारी आज स्वदेश फर्कदै

तिमीले त हैन तिम्रा भाकाहरूले (कभर – श्रीया कोईराला)

 

prakash-nepal-800x531

Tuesday, March 29, 2016

देशभरका निर्माण व्यवसायी रत्ननगरमा

रत्ननगर (चितवन), १७ चैत । भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् ।

‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरु यहाँ भेला भएका हुन् । आजदेखि यहाँ दुईदिने केन्द्रीय साधारणसभा हुन लागेकाले व्यवसायीहरु मङ्गलबार नै आइपुगेको निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिनुभयो ।

सोमबार आएको हावाहुरीले टेन्ट पूरै उडाएको भएपनि पुनर्निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भोलिसम्म दुई दिन चल्ने साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहभागिता रहने आयोजकले जनाएका छन् ।

महासङ्घको १८औँ साधारणसभासँगै सोही अवसरमा रजत जयन्ती शुभारम्भसहित सम्मान तथा पुरस्कार वितरण समारोह पनि हुने आयोजकले बताए । अहिले रत्ननगरका विभिन्न क्षेत्र व्यवसायीले सिङ्गारेका छन् । साधारणसभा चितवन घोषणापत्र जारी गर्दै १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी सङ्घ चितवनका द्वितीय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिनुभयो ।

गत वैशाख १२ र २९ गते गएको भूकम्पबाट परेको असर, नाकाबन्दीले पारेको प्रभाव तथा पुनर्निर्माण कार्यमा निर्माण व्यवसायीको भूमिकाका विषयमा साधारणसभा केन्द्रित हुने कँडेलले जानकारी दिनुभयो । महासङ्घ स्थापना भएको २५औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा वर्षभरि गरिने कार्यक्रमको समेत शुभारम्भ गरिने जनाइएको छ । कार्यक्रममा मुलुकको निर्माण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न २७ विधामा सम्मान तथा एकजनालाई महासङ्घ गौरव सम्मान पुरस्कार प्रदान गरिनेछ ।

साधारणसभामा देशभरिबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार २०० भन्दा बढी सहभागी हुने जनाइएको छ । देशभरि १२ हजार ५०० भन्दा बढी निर्माण व्यवसायी महासङ्घमा आबद्ध रहेका छन् । साधारणसभा सफल पार्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

एसएलसीमा सेनिटरी प्याड !

Sanitary-Napkinफलेवास (पर्वत), १७ चैत । एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।

परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो । प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ ।

परीक्षा हाताभित्रै महिनावारी भएपनि परीक्षा नरोकियोस् र तुरुन्त शौचालय गएर सफा गर्ने र सेनिटरी प्याडको प्रयोग गरी पुनः परीक्षामै सहभागी होऊन् र परीक्षा प्रभावित नहोस् भनेर सबै परीक्षा केन्द्रमा पुग्ने गरी सेनिटरी प्याड प्रदान गरिएको इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र छात्रामैत्री बनाउनका लागि पनि उक्त वस्तु प्रदान गरिएको हो । हरेक केन्द्रमा पुग्ने गरी ९७ प्याकेट प्याड र साबुन जिल्ला शिक्षा अधिकारी रमेश पौडेललाई इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।

शिक्षा कार्यालयले हरेक परीक्षा केन्द्रलाई छात्रा र अपाङ्गमैत्री बनाइएको पनि जनाएको छ । महिनावारी भएका छात्राले ढुक्कसाथ परीक्षा दिने वातावरण मिलाउन साबुनपानीसहितको पक्की शौचालय, उमेरअनुसारका फर्निचरको व्यवस्था मिलाइएको जिशिअ पौडेलले बताउनुभयो । त्यससंँगै अपाङ्गताको प्रकृति हेरी त्यस्ता परीक्षार्थीलाई छुट्टै व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यस वर्ष पर्वतबाट एसएलसी परीक्षामा चार हजार ३०० परीक्षार्थी सहभागी हुने भएका छन् ।

भिरबाट लडेर मृत्यु

उर्लाबारी (मोरङ), १७ चैत । मोरङको रमितेखोलामा मङ्गलबार साँझ भिरबाट लडेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

रमितेखोला–९ स्थित शिरिषे पाखाको भिरबाट लडेर सोही गाविसको वडा नम्बर–२ मा बस्ने ४० वर्षीय शुक्र राईको मृत्यु भएको हो । मृतक राईको शवलाई शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा राखिएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

मिर्गाैला परीक्षण गर्न सवैलाई आग्रह

kidney-300x216काठमाडौँ, १७ चैत । राष्ट्रिय मिर्र्गाैला उपचार केन्द्रले ठूलो धनराशि खर्च भएर पनि अशक्त जीवन व्यतित गर्नुपर्ने बाध्यताबाट जोगिन बर्सेनि मिर्गाैलाको परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

हरेक वर्ष रु १०० खर्च गरेर पिसाब र रगतको परीक्षण गरेमा मिर्गाैला रोगबाट जोगिन सकिन्छ । रासस प्रतिनिधिसँग कुराकानी गर्दै केन्द्रका प्रमुख सम्पर्क अधिकृत विमल न्यौपानेले रोगीले पाँचवटा चरणसम्म मिर्गाैलाको परीक्षण नगराई हेलचेक्र्याइँ गरेको अवस्थामा मात्र मिर्गाैला फेल हुने जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो–“हरेक व्यक्तिले वर्षमा एकपटक पिसाबमा प्रोटिनको मात्रा तथा रगतमा क्रेटी–९ नामक तत्वको परीक्षण गर्नुृपर्छ । रु सय तिरेपछि हरेक अस्पताल तथा क्लिनिकमा यो परीक्षण गर्न सकिन्छ । रक्तचाप तथा मधुमेह भएका मानिसमा मिर्गौला फेल हुने वा हृदयाघात हुने सम्भावना बढी हुने भएकाले बिरामी सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

हाल सिद्धार्थ वनस्थलीस्थित केन्द्रको मुख्य भवनमा ६००, तनहुँमा ३५, चितवनमा १५ र विराटनगरमा १२ जना बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । चितवनमा सोलारबाट डायलाइसिस गर्ने एसियाकै नमुना स्वास्थ्य केन्द्र रहेको छ । २०५२ सालमा स्थापित केन्द्रले सरकारको सहयोगमा मिर्गाैलाबाट पीडित विपन्न वर्गका नागरिकलाई दुई वर्षसम्मका लागि डायलाइसिस गर्न प्रत्येक पटकका लागि रु दुई हजार ५०० का दरले रु पाँच लाख २० हजारको सेवा उपलब्ध गराउने गर्दै आएको छ ।

त्यस्तै, उमेरले ७५ वर्ष नाघेका ज्येष्ठ नागरिक, एचआइभी पोजिटिभ भएका बिरामी र हेपाटाइटिस–बी र सीका बिरामीलाई निःशुल्क डायलाइसिसको सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रमुख सम्पर्क अधिकृत न्यौपानेले वर्षमा लगभग ३०० बिरामी आउने सो केन्द्रमा वार्षिक ५० हजार सेसन डायलाइसिस हुने जानकारी पनि दिनुभयो । मिर्गाैला बिग्रेपछि मानिसले खाएको खाना र पानी बाहिर फाल्न सक्दैन र शरीरभित्र जम्मा भएर बसेका ती पदार्थलाई डायलाइसिसको माध्यमबाट फाल्न बिरामीले प्रत्येक हप्ता दुईपटक डायलाइसिस गर्नुपर्ने उहाँले बताउनुभयो ।

काँचो आरु र अमेरिकाबासी हाम्रो सपना

prakash nepal

“उनि रुखमा छाडेर काँचो आरु टिप्दै थिईन| मलाई उत्सुकता भो, यो काँचो आरु किन टिपिरा’ होलिन, हेरी रहें| उनले आरु निसंकोच टिप्दै रहिन्| मैले भने “यो आरु काँचो छ, किन टिपेरा नोक्सान गर्नु भाको ? तल झर्नोस |” उनि सुनेको नसुनै गरिन | आरुको फांचो पुगे पछी झरिन र आफ्नो बाटो लाग्न थालिन | मैले उनलाई रोकेर भने “ए बैनी, एकछिन पख्नुस त | भन्नोस् त बैनी किन तपाइले यी काँचो आरु टिप्नु भो ?” उनले मेरो मुखमा हेरिन र आँखा भरि आँशु टलपल पार्दै भनिन “के खाएर बाचौं त हजुर | घरमा खाने कुरा केहि छैन | दुइ दिन कि भोकी छु|” म छक्क परें र सोधे “तपाइको घर कहाँ ?” उनले घरतिर आँखा सोझ्याएर इशारा गरिन, नजिकै थियो-एउटा स्याउलाले बारेको झुप्रो| मैले भने “हिड्नोस जाउँ तपाइको घरतिर | उनि असजिलो मानिन| उनको भावले बुझिन्थ्यो यो मान्छे मेरो घरमा नआए हुन्थ्यो | तै पनि बिस्तारै अघि लागिन, म उनको पछी पछी | घरमा पुगे पछी मा उनको घर भित्र एसो टाउको छिराएर हेर्न मात्रै के लागेको थिएँ, उनले मलाई झम्टिदै भित्र जाने बाटो छेकिन् र अत्तालिए जस्तो गरेर भनिन “यहाँ मान्छे छ भित्र – तपाई नाउनुस”| म झन् छक्क परें | अनि भनें “के म मान्छे होइन र? मान्छे ले मान्छे हेर्न हुन्न र ?” अनि म भित्र पसें | एउटा दुइ दिनको बच्चा थियो- ओढ्ने थिएन, नांगै थियो | थाहा भो उनि दुइ दिनकी सुत्केरी रैछन | दुई दिनकी सुत्केरी, २ दिनको भोक, प्राण धान्न काँचो आरु | मैले केहि सोच्न सकिन | बाहिर आएर थचक्क बसें | एकछिन पछी मेरो झोलामा भएको चाउ चाउका २-४ पोका दिएँ|”

यो अत्यन्त काल्पनिक लाग्ने र कुनै चलचित्रको कथा जस्तो लाग्ने दृश्य काल्पनिक भने होइन | यो एउटा नेपालको चित्र हो र अधिकांश

नेपालीहरुको प्रतिनिधि चित्र हो | जब बिष्णु गौतमले यी कुराहरु दर्शकको माझमा भन्दै थिए, हामी दर्शक सबैका आँखा रसाएका थिए | हल भित्र सन्नाटा छाएको थियो | यस्तै दुख पाएका मानिसहरुको र बालबालिकाहरुको सहयोग गर्न अगाढी बढेका बिष्णु गौतमको आफ्नो कहानी भने अझै दुखदायी छ |

आज भन्दा केहि बर्ष पहिले बिष्णु गौतमका छोरा कुमार गौतम सडक दुर्घटनामा मरे | त्यो घाउ ओबाउन नपाउदै अमेरिकामा रहेका अर्का छोरा बलराम नौ महिना पछी सडक दुर्घटना मै मरे | यसरी होनहार छोराहरु एकै बर्ष भित्र गुमाउनुको पीडाले घर शोकाकुल हुनु स्वाभाविक थियो | घर परिवार धेरै समय पिडा पिडामा बाँचे | यो पीडाले एउटा बितृष्णा जन्मायो बिष्णु गौतममा | अनि एकदिन सोचे – अब सबै परिवार बाच्नुको कुनै अर्थ रहेन | यो पीडाले सबैको जिन्दगीलाइ रात दिन तड्पाउनु भन्दा एकै चोटी खत्तम गर्नु कम पिडा दायक पो हो कि भन्ने सोचे | यो आम आत्महत्याको प्लान थियो | बिष्णु गौतमले सोचे – हो यही प्लान ठिक छ, हामी सबै परिवारले मुक्ति पाउने बाटो यही हो |

अन्तत: मन मनै प्लान भो – देवघाट जाने निहुमा खोलामा गाडी हुल्ने | गाडी देवघाट तिर हुइकिदै थियो | सबै करिब करिब मौन थिए

| त्यही मौनतालाई चिर्दै बिष्णु गौतमकी धर्म पत्नीले भनिन “हामीले यी दुइ छोराहरुको सम्झनामा गरिब गुरुवाहरुको भलाई गर्ने काम गर्नु पर्छ कि क्या हो हजुर, यसले हाम्रा छोराहरुलाई सधै अमर बनाउछ |” अचानक आएको यो कुराले बिष्णु गौतमको मुटु हल्लियो| अचानक गाडी रोके र भने “एकछिन आराम गरम” |

यस पछी सबै कुरा परिबर्तन भयो, आम आत्महत्याको प्रयास परिबर्तन भयो – अनि नया जीवनको सुरुवात भयो | बिष्णु गौतमलाई लाग्यो, हो त नि, आत्महत्या कायरपन हो भन्ने जान्दा जान्दै पनि अंगालेको यो कुरा भन्दा त लक्ष्मीले भनेको कुरा कति बिजयी हो |

कति जोडदार हो | हो, यही घटनाको उपज हो आजको लक्ष्मी प्रतिस्थान | लक्ष्मी प्रतिस्थानलाई (बिष्णु गौतम) मैले फेसबुक बाहेक अन्त कतै भेटेको थिएन त पनि यसका सम्पूर्ण गतिबिधिहरु बडो रुची पुर्बक हेरी रहन्थे | लक्ष्मी प्रतिष्ठानका कामहरु निकै राम्रा लाग्थे | बिशेस गरि चेपांगका बच्चाहरुको शिक्षा दिक्षा बस्ने, बासको बन्दो बस्त, एक सरो आंग ढाक्ने कपडा आदि इत्यादि | अत्यन्त बिपन्न परिवारहरुको मुखमा माढ लगाइदिने काममा जुटेका बिष्णु गौतमलाई थाहा छ जब सम्म परिवारको खानाको जोहो हुन्न, तब सम्म बच्चा स्कूल जान सक्दैनन् | पाच बर्षको उमेर देखि मजदूरी गर्न बाध्य यी बच्चाहरुकोलागि स्कूल त धेरै परको कुरा हो | तर बिष्णु गौतमको लक्ष्मी प्रतिस्थानले पहल गर्यो, सारा संसारबाट यो पुण्य काममा हातेमालो भयो र यो सम्भव भयो | अहिले लक्ष्मी प्रतिष्ठान शिक्षा, स्वस्थ, सीप बिकाश लगाएतका कामहरुमा लागेको छ | करिब २०० जना बिद्यार्थीहरुको शिक्षाकोलागि शैक्षिक अभिभावक पनि खोज्दै छ |

गएको हफ्ता बिष्णु गौतमसंग अमेरिकाको राजधानी वाशिंगटन डी.सी. मा डी.सी. बासी नेपालीहरुको भेट भयो | हामीले पनि हातेमालोमा साथ् दिएर अलिकन भए पनि यो पुण्य काममा सहयोग भो भन्ने लागेको छ | चेपांग बास्तिमा ८०-९० वोटा घर बनाइदिने लक्ष्य बोकेर हिडेका बिष्णु गौतमजीलाइ हामी बिदेशमा बसेर आफ्नो गास कटाएर नेपालकोलागि केहि गरौ भन्ने हाम्रो भावनालाई बिष्णु गौतम टेवा बनेका छन् | हाम्रो यो कामनालाई बोकेर सधै अगाडी बढोस लक्ष्मी प्रतिष्ठान|

पाटन दरबारमा पर्यटक आगमनमा वृद्धि

ललितपुर, १६ चैत । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार अवलोकन गर्न बाह्य एवम् आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ ।

गत वैशाख १२ गतेको भूकम्पले दरबारस्थित विभिन्न संरचना ध्वस्त भएपछि पर्यटक आउन छाडेका थिए । अङ्ग्रेजी महिना मार्चको सुरुदेखि नै पर्यटकको उल्लेखनीय वृद्धि भएको पाटन सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँका अनुसार दैनिक ५० जनाको हाराहारीमा बाह्य पर्यटक सङ्ग्रहालय, कृष्ण मन्दिर, भीमसेन मन्दिरलगायत अवलोकन गर्न आउने गरेको बताउनुभयो ।

यसैगरी, आन्तरिक पर्यटकको समेत वृद्धि कायम रहेको उहाँको भनाइ छ । पर्यटक आगमनसँगै सङ्ग्रहालयको आम्दानी पनि वृद्धि भएको उहाँले बताउनुभयो । त्यहाँ आउने बाह्य पर्यटकले प्रतिव्यक्ति रु ४०० रुपैयाँ शुल्क बुझाउनुपर्ने उहाँको भनाइ छ ।

यसैगरी, आन्तरिक पर्यटकका लागि रु तीस रुपैयाँ शुल्क बुझाउनुपर्दछ । भूकम्पले सम्पदा सूचीमा परेको संरचना ध्वस्त बनाएपछि लामो समयको अन्तरालमा दरबार क्षेत्रको अवलोकन गर्न बढेको पर्यटकको आगमनले सकारात्मक सन्देश गएको उहाँले उल्लेख गर्नुभयो । भूकम्पले दरबार क्षेत्रमा रहेको विश्वनाथ तथा चारनारायण मन्दिर पूर्णरुपमा ध्वस्त भएको थियो ।

महिलाले सूचनाप्रविधि जान्नु आवश्यक

काठमाडौँ, १७ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल गल्र्स इन आइसिटी (इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्निक्स) डे २०१६’को अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरेको छ ।

महिलालाई सूचना तथा सञ्चार प्रविधिबारे जानकारी दिन मङ्गलबार यहाँ आयोजित अन्तरक्रियामा सहभागीले प्रविधिको प्रयोगमा महिला पछि परेकाले रोजगारीको अवसरबाट समेत वञ्चित हुनु परेको बताउनुभयो । सरकारी निकायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उहाँहरुले यसका लागि दुर्गम क्षेत्रलगायत सबै क्षेत्रका महिलालाई सञ्चार प्रविधि जानकार बनाउनुपर्ने औँल्याउनुभयो ।

सूचना तथा प्रविधि सङ्घ, नेपालका अध्यक्ष दामोदर पौडेलले महिलालाई सीप सिकाउँदै काम गर्न सजिलो छ भन्ने आत्मबल बढाउनुपर्ने बताउनुभयो । दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारी सुनिता पाण्डेले प्रविधि नजान्ने महिलालाई लक्षित गरेर दिवस मनाएको जानकारी दिँदै महिलाको सूचना प्रविधिमा पहुँच नभएसम्म लैङ्गिक समानता असम्भव रहेको बताउनुभयो ।

सूचना प्रविधि (आइटी) विद्यार्थी विद्या श्रेष्ठले सूचना प्रविधिसम्बन्धी कलेजमा छात्राको सङ्ख्या बढाउनुपर्नेमा जोड दिँदै उनीहरुलाई दिइने छात्रवृत्तिसमेत बढाउनुपर्ने बताउनुभयो ।

सिरहामा ७० परीक्षार्थी एसएलसी दिनबाट वञ्चित

slcलहान, १७ चैत । बिहीबारदेखि सुुरु हुने यस वर्षको एसएलसी परीक्षामा सिरहाबाट ७० जना परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

बीचमा विद्यालय छाड्ने, कम उमेर भएका, वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका, परीक्षा फर्म नभरेको, फर्ममा त्रुटि देखिएका र समयमा राजस्व नबुझाएका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा सिरहाबाट १३ हजार २३५ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार सिरहाबाट यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ नौ हजार ६६५ र एक्जाम्टेडतर्फ तीन हजार ५७० जना सहभागी हुनेछन् । व्यवस्थित र मर्यादित रुपमा परीक्षा सञ्चालनका लागि सिरहामा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिशिअ महतोले बताउनुभयो ।

मिस लिटिल आइडल विजेतालाई छात्रवृत्ति

काठमाडौँ, १७ चैत । बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने र विजेतालाई उनीहरु पढिरहेको विद्यालयमा छात्रवृत्तिको अवसरसहित ‘मिस लिटिल आइडल’ प्रतियोगिता हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँको सहकार्यमा एक्सन इन्टरनेसनल प्रालिले यही वैशाख १ गते आयोजना गर्न लागेको उक्त प्रतियोगितामा विजेतालाई एक वर्ष छात्रवृत्ति प्रदान गरिने मङ्गलबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीमा रहेको प्रतिभालाई उक्त प्रतियोगितामार्फत उजागर गर्नका लागि प्याब्सनले सहकार्य गर्न लागेको बताउनुभयो । बालबालिकामा निहित प्रतिभा प्रस्फुटन गराउने, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भूमिका निर्वाह, गुणस्तरीय अध्ययन एवम् सिर्जनात्मक कार्यमा लाग्न उक्त प्रतियोगिताले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतियोगितामा शीर्ष उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई नगर पुरस्कार, ताजसहित सम्बन्धित विद्यालयमा पूर्ण छात्रवृत्ति र टप टेनमा परेकालाई सम्बन्धित विद्यालयमा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था हुने बताइएको छ । सन् २००९ देखि एक्सन इन्टरनेसनलले आयोजना गर्दै आएको उक्त प्रतियोगितामा यस वर्ष प्याब्सनले सहकार्य गरेको हो । प्रतियोगितामा ९ देखि १३ वर्षसम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

जलवायुको विषय कार्ययोजनामा समेटिनुपर्ने

नेपालगन्ज, १७ चैत । स्थानीय तहको योजना तर्जुमा गरिँदा जलवायु अनुकूलताको विषयलाई पनि कार्ययोजनामा समेट्नुपर्नेमा जोड दिइएको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन समानुकूलन नमूना कार्यक्रमअन्तर्गत मङ्गलबार यहाँ आयोजित छदिने ‘जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना तर्जुमा’ विषयक तालिमका सहभागी वक्ताले जलवायुले पार्ने प्रतिकूल प्रभाव कम गर्न सरोकारवाला निकाय गम्भीर हुन जरुरी भएको धारणा राख्नुभयो ।

सामूहिक अभियानका मुख्य प्रशिक्षक दीपक श्रेष्ठका अनुसार समुदायमा जागरण, कार्यगत एकरुपता, जनवकालत र स्थानीय तहमा स्रोतव्यक्ति तयार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । तालिम अवधिभर सहभागीलाई जलवायु परिवर्तनको अवधारणा, जलवायुले पारेका असर, समाधानका लागि भएका प्रयास, अनुगमन, मूल्याङ्कन तथा स्थलगत अभ्यास सिकाइनेछ ।

बाँके जिल्लास्थित वन, पशु, कृषि, वनस्पति, खानेपानी, स्वास्थ्य, शिक्षा, महिला विकास कार्यालय, स्थानिय निकाय, पत्रकार र स्थानीय सञ्जालका गरी २८ जनाको तालिममा सहभागिता रहेको छ ।

तालिम शुभारम्भ समारोहमा स्थानीय विकास अधिकारी जीवलाल भुसालले मानवीय व्यवहारका कारण सङ्कटमा पर्दै गएको जलवायुलाई समुदाय अनुकूल बनाउन योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अनुदान कोटाका शिक्षक छानबिनको दायरामा

काँकडभिट्टा (झापा), १७ चैत । जिल्ला शिक्षा कार्यालय झापाले अनुदान कोटाअन्तर्गत उच्च माध्यमिक तहमा नियुक्त भएका सबै शिक्षकका विषयमा छानबिन सुरु गरेको छ ।

अनुदान कोटाका शिक्षकको नियुक्ति र अध्यापनका विषयमा चौतर्फी गुनासो आएपछि कार्यालयले छानबिन सुरु गरेको हो । अनुदान कोटामा नियुक्ति लिएका शिक्षकको विषयमा पटक–पटक प्रश्न उठेपछि छानबिन थालिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताउनुभयो ।

शिक्षक अनुदान कोटामार्फत जिल्लामा १२४ जना शिक्षक नियुक्त गरिएका छन् । “एक साताभित्र टुङ्ग्याउने गरी छानबिन थालिएको छ”, जिशिअ लुइँटेलले भन्नुभयो–“नियुक्ति प्रक्रिया गलत र नियमित उपस्थिति नभेटिए नियमानुसार कारबाही हुन्छ ।”

सरकारले विज्ञान सङ्काय पढाउने उच्च माविलाई तीनवटाका दरले र अरू सङ्काय पढाउने उच्च माविलाई दुईवटाका दरले अनुदान कोटामा शिक्षक उपलब्ध गराउँदै आएको छ । झापामा सञ्चालित ६२ वटा उच्च माविले यो सुविधा प्राप्त गरेका छन् । तीमध्ये तीनवटा विद्यालयका शिक्षकले तोकिएको जिम्मेवारी पूरा नगरी तलब मात्रै बुझेको पाइएपछि कार्यालयले केही दिनअघि उनीहरूको नियुक्ति बदर गरेको थियो ।

नियुक्ति बदर गरिएकामा भद्रपुर उच्च माविका चैतन्यप्रसाद खरेल, सागर दाहाल र अरनिको उच्च मावि महेशपुरकी सिर्जना शर्मा छन् । खरेल नेपाली, दाहाल लेखा र शर्मा अङ्ग्रेजी विषयका शिक्षक हुन् । शिक्षा विभागले अनुदान कोटामा शिक्षक नियुक्ति गर्ने प्रावधानअनुसार उनीहरूले नियुक्ति लिएका थिए । खेताला शिक्षक राखेको पाइएपछि उनीहरूको नियुक्ति बदर गरिएको जिशिअ लुइँटेलले बताउनुभयो ।

झुन्डिएको अवस्थामा प्रहरी मृत भेटिए

उर्लाबारी (मोरङ), १७ चैत । विराटनगर–१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी मङ्गलबार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी गण मुकाम रानी दरबन्दी भएका माझी सिआरभीकै ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मोरङको लखन्तरी घर भएका माझी बिहान १०ः३० बजे सबै प्रहरी खाना खाएर ड्युटीमा गएपछि प्रहरी जवान माझी चुकुल लगाएर ब्यारेकभित्र पसेका थिए । पछि खोजी गर्दा ब्यारेक भित्रको पङ्खाको सिलिङमा डोरी लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कास्कीबाट एसएलसी परीक्षामा छात्रा बढी

slcपोखरा, १७ चैत । यही चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा कास्कीमा छात्रभन्दा छात्राको सङ्ख्या बढी देखिएको छ ।

सो परीक्षामा छात्रातर्पm पाँच हजार ३८१ छन् भने छात्रतर्पm पाँच हजार २१५ रहेको जिल्ला शिक्षा कार्यालय कास्कीका परीक्षाशाखा प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । जिल्लाबाट १२९ जना छात्रछात्रा अयोग्य ठहरिएकाले यो वर्षको एसएससी परीक्षामा सामेल हुन नपाउने पनि कार्यालयले जनाएको छ ।

वर्षमा ७० प्रतिशत हाजिरी नपुग्नु, बीचैमा कक्षा छोड्नु र बसाइँसराइका कारण ती विद्यार्थी परीक्षा दिनबाट अयोग्य ठहरिएको परीक्षाशाखा प्रमुख पोखरेलले बताउनुभयो । परीक्षामा नियमिततर्पm १० हजार ४६७, एक्जाम्टेडतर्पm एक हजार २०३, बालसुधार गृहतर्पm १२, प्राविधिकतर्पm ५५ र कारागारबाट तीनजना छात्रछात्रा सामेल हुन पाउनेछन् ।

त्यस्तै, सो परीक्षामा १२ सुस्तः श्रवण (बहिरा) र ११ जना दृष्टिविहीन छात्रछात्राले पनि परीक्षा दिनेछन् । १६१ संस्थागत र ११६ सामुदायिक विद्यालयका छात्रछात्रा सम्मिलित हुने सो परीक्षाका लागि जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा ३० वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा सञ्चालनका लागि ३० केन्द्राध्यक्ष, ५५ सहायक केन्द्राध्यक्ष र ५६५ जना निरीक्षकको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । एसएलसी परीक्षाका लागि सबै प्रश्नपत्र प्रहरी कार्यालय र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याइसकिएको कार्यालयका शाखा अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो ।

धम्की दिनेप्रति कारबाहीको माग

काठमाडौँ, १७ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का सुनसरी अध्यक्ष जनकऋषि राईलाई आएको धम्कीप्रति नेपाल पत्रकार महासङघले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्णाङ्क साप्ताहिकमा प्रकाशित ‘भगवान्को पनि नागरिकता’ नामको समाचारको विषयलाई लिएर आएको धम्की अत्यन्तै निन्दनीय रहेको भन्दै महासङ्घले विज्ञप्तिमार्फत निन्दा एवम् भत्सर्ना गरेको छ ।

महासङ्घले मङ्गलबार यहाँ प्रेस विज्ञप्ति जारी गर्दै पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर ‘गड एन्जल’का अनुयायीले राईलाई धम्की दिएको भन्दै तिनीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसमक्ष जोड्दार माग गरेको छ ।

प्रकाशित विषयमा कुनै कुरा चित्त नबुझेमा कानुनी उपचार खोज्नुको बदला समाचार लेख्ने पत्रकारमाथि धम्की दिनु अत्यन्त निन्दनीय रहेकाले दोषी व्यक्तिलाई कानुनी प्रक्रिया अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...