Saturday, March 31, 2018
अमेरिकामा चलचित्र महोत्सवको तयारी तिव्र
ICDR Welcomes European Union Recommendations on Social inclusion in Nepal

March 31, 2018; Washington, D.C:
International Commission for Dalit Rights (ICDR), a global advocacy and policy organization, welcomes European Union Election Observation Mission’s (EUEOM) recommendations on the quota system for the promotion of Proportional Representation (PR) of Women, Dalits and other marginalized populations of Nepal.
The Constitution of Nepal secures the principles of proportional inclusion and participation to promote social equality and inclusion. However, the existing quota system, for a group that is already over-represented, violates the Constitutional obligations and breaches international legal frameworks.
The ICDR stands together with, and endorses the recommendations offered by the EUEOM to review the impact of the quota system on the ethnic, caste and gender composition of the House of Representatives and Provincial Assemblies to ensure the affirmative constitutional framework applies only to groups that are the subjected of socio-political exclusion.
The current compositions of the House of Representatives and Provincial Assemblies violate the Constitution and the spirit of the PR system for women, Dalits, Ethnic/Indigenous, Madhesi, Muslim, Tharu, Khas-Arya and other marginalized groups and backward regions. Political parties and the government ignored the Constitution and international framework, while formulating election-related policies and enforcing the constitutional provisions in the last elections.
Political parties have selected a very small number of candidates from women, Dalit and other marginalized groups in the federal and provincial elections; however, a single ruling group that is already well-represented got an overwhelming majority of representations at all levels of governance.
The ICDR urges the Government of Nepal to promote PR of Dalits and other marginalized populations at all levels of governance. The ICDR believes that promotion of the PR system enables the nation’s prosperity, diversity, social and cultural harmony, unity, security and sovereignty.
तुलसी साहित्य पुरस्कार राज र खानलाई

बज्जिका भाषा र साहित्यको पुरानो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । समाजसेवी धर्मनाथप्रसाद जयसवालद्वारा स्थापित तुलसी साहित्य पुरस्कार २०७३ र २०७४ दुईजना युवाकविलाई प्रदान गर्ने निर्णय गरिएको छ । बज्जिकार्पण साहित्यिक पत्रिकाको एक वर्षमा प्रकाशित सम्पूर्ण अङ्कमा प्रकाशित कवितामध्ये उत्कृष्ट कविताका कविलाई सम्मानपत्रका साथै पाँच हजार एक रुपैयाको तुलसी साहित्य पुरस्कार प्रदान गरिन्छ । २०७३ सालको तुलसी साहित्य पुरस्कार युवाकवि संजय महतो राज र २०७४ सालको तुलसी साहित्य पुरस्कार युवाकवि रेहान खानलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रिकाका प्रधान सम्पादक सञ्जय मित्र र पुरस्कार संस्थापक जयसवालको संयुक्त निर्णयले दुई वर्षको पुरस्कार एकैचोटि प्रदान गरिने भएको हो ।
आधा दशकभन्दा बढी समयदेखि बज्जिका भाषा र साहित्यको क्षेत्रमा सक्रिय राजका कविता, गीत तथा नाटक–एकांकी प्रकाशित छन्् । राजद्वारा लिखित नाटक बारम्बार प्रदर्शन पनि भइरहेको छ । बज्जिका भाषामा पहिलो गीति एल्बमसमेत निकाल्ने गायक तथा गीतकार, नाटककार र कवि तथा अभिनेता एवं निर्देशकसमेत रहेका बहुमुखी प्रतिभाका धनी राज रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियाका बासिन्दा हुन् । स्नातक अध्ययनरत कवि राजको नेपाली र बज्जिका भाषामा विभिन्न विधाका रचना प्रकाशित छन् । आफ्नो मातृभाषाको रीति तथा संस्कृतिमा लगाव रहेकोले बज्जिका साहित्यमा रुचि जागेको बताउने राजलाई प्राप्त हुने पहिलो औपचारिक पुरस्कार यही हो । पुरस्कार प्राप्त हुने निर्णयले आफूलाई खुसी तुल्याएको राजले बताएका छन् ।

सर्लाहीको पर्सा गाउँका युवा सर्जक रेहान खानको नेपाली भाषामा एउटा कविता सङ्ग्रह प्रकाशित छ । नेपाली भाषामा लेखिएका खानका कविताहरु राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइरहेका छन् । बज्जिकार्पण र गोरखापत्र दैनिकमा खानका दर्जनभन्दा बढी बज्जिका कविताहरु प्रकाशित छन् । नवयुवा पुस्ताका चर्चित कवि खान बज्जिका भाषालाई आफ्नो मातृभाषा बताउँदै मातृभाषा सबैलाई प्यारो हुने भएकोले मातृभाषाको सेवा गर्न बज्जिकामा कविता लेख्न थालेको बताउँछन् । बज्जिका भाषाको साहित्यसेवा गरेर पहिलो पुरस्कारको रुपमा तुलसी साहित्य पुरस्कार प्राप्त हुन लागेको सुनेर आफूलाई निकै खुसी लागेको खान बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं वरिष्ठ समाजसेवी जयसवालले पुरस्कारको अक्षय कोषमा डेढ लाख रुपैया जम्मा गरेका छन् । अक्षय कोषको ब्याजले नै पुरस्कार, सम्मानपत्र तथा वितरणको व्यवस्थापन गरिन्छ । केही समयमा पुरस्कारको रकम तथा अक्षय कोषमा थप वृद्धि गर्ने पनि जयसवालले जानकारी गराएका छन् ।
ट्रेन्डिंग न १ मा रहेको भीटेनको नयाँ गित यूटुबबाट हटेपछि भीटेन संकटमा(भिडियो सहित)
पछिल्लो समय भिडियो साइट युट्युबले धेरैलाई अवसर मात्र दिएको छैन विश्वभर छाउने मौका पनि दिएको छ । यहाँबाट धेरै चर्चित कलाकारको रुपमा देश तथा विदेशमा परिचित र कार्यक्रम गर्न व्यस्त छन् । यस्तै हिपहप शैलीबाट युट्युबमा परिचित भिटेन यतिबेला युवापुस्ताका माझ लोकप्रिय छन् ।
उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ आदि–आदि । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन। तर उनको गितमा पनि अश्लिल शब्दहरु प्रसस्तै पहिल्छ जसले उनलाई आलोचनाको पात्र बनाउने गर्दछ
हालसालै उनले ल्याएको नयाँ गीत ‘सिमसिमे पानीमा’ रातारात युट्युबको ट्रेडिङमा आयो। तर गीत युट्युबबाट हटाइयो। किन हटाइयो भिटेनको उक्त गीत थाहा पाउन तलको भिडियो रिपोर्ट हेर्नुस्
सरकारी विदा व्यस्थापन र आर्थिक विकास

सरकारी विदा र आर्थिक विकास
हालसालै नवगठित के.पी.ओली नेतृत्वको नेपाल सरकारले राजनैतिक हिसावले चुनौतिपूर्ण कदम चालेको छ I सरकारले सार्वजनिक विदालाई कूल १०४ बाट ८९ वटामा झारेको छ जसमा ६७ वटा विदा सार्वजानिक कर्मचारीहरुलाई लागू हुने तथा २२ वटा विभिन्न धर्मावलम्बी तथा जातजातिलाई लागू हुनेछ I यो स्वागतयोग्य कदमबाट सरकारी कर्मचारीहरुलाई २२ दिन थप कम गर्नुपर्नेछ जसबाट नेपाली नागरिकहरुले अव २२ दिन बढी सेवा लिन पाउनेछन, व्यापार-व्यवसायका सरकारी काम-कार्य हुने दिन बढ्नेछन्, अनि हाम्रो जस्तो विपन्न देशको ढुकुटीमा २२ दिन बढीको राजस्व जम्मा हुनेछ I आर्थिकरूपले पक्कै पनि देश र जनतालाई फाइदा हुने यो कदम राजनीतिक, धार्मिक, तथा सांस्कृतिक हिसावले केही आलोचित बनेको छ I यसको विश्लेषण हुन जरुरी छ I
अन्तर्राष्ट्रिय चलन
अमेरिकासंग नेपालको तुलना गर्न मिल्दैन तर पनि अमेरिकाबाट सिक्ने हो भने यहाँको चलन हेर्न जरुरि छ I अमेरिकामा जम्मा १० वटा मात्र राष्ट्रिय (संघिय) विदा छन् जसमा एउटा मात्र धार्मिक विदा छ “क्रिसमस” र एउटा मात्र सांस्कृतिक विदा छ “थ्याङ्क्स – गिभिंग” I त्यसमा पनि ७ वटा मात्र सबै ५० राज्यमा मनाइञ्छ I हरेक राज्यमा आफ्नो स्थानीय इतिहास र संस्कृति अनुसारका थप विदाहरु छन् I यहाँ पनि “कोलम्बस दिवस”, “क्रिसमस”, र “मार्टिन लुथर किङ्ग दिवस” विवाद-रहित छैनन् I विदाको सवालमा नेपाल अमेरिका भन्दा ४ कुराले मूलत: भिन्न छ – (१) नेपालमा यहाँभन्दा धेरै बढी आदिवासी-जातजातिहरु छन् जसको आफ्नै संस्कृति छ र चाडपर्वहरु पनि I (२) नेपालको इतिहास अमेरिकाको भन्दा धेरै पूरानो छ र धेरै विदाहरु (हिन्दु धर्मका) सांस्कृतिक र धार्मिक छन् जो लिच्छवि, मल्ल, शाह, राना, पंचायत हुदै अहिलेसम्म कायम छन् I (३) नेपालमा संघियता शिशु अवस्थामा छ र प्रदेशहरु अमेरिकाका राज्यजस्तो अधिकारसम्पन्न र अधिकार प्रयोग गरी विदा थप-घत गर्न सक्ने स्थितिमा अहिले छैनन् I यी तीनवटै कुराहरुले गर्दा नेपालमा अमेरिकामा जस्तो विदा थोरै बनाउन सजिलो छैन I नेपालको अहिले पनि “राजाको काम कहिले जाला घाम” मनस्थिति बोकेको अधिकांश कर्मचारीतन्त्रको विरोध “निष्क्रिय विनाश” अर्को ठूलो चुनौती छ I यी चुनौतिको व्यस्थापन गरी विदा व्यस्थापनलाई अमेरिकाको जस्तो समग्र “कर्मचारीतन्त्रको सुधार र चुस्तीकरण” को एउटा पाटो बनाई लग्न अहिलेको सरकारले जरुरी छ I
विदाको व्यस्थापन
नेपालको ८९ हेरिकन नेपालकै छिमेकी भारतमा पनि धेरै कम राष्ट्रिय विदा छ – जम्मा २४ दिन I जसमा धार्मिक विदा २१ वटा छन् (हिन्दु – १२, मुस्लिम – ४, क्रिश्चियन – २, जैन – १, बौद्ध – १, शिख – १) र गैर-धार्मिक ३ वटा विदा छन् (गान्धि जयन्ति, गणत्रन्त्र दिवस, स्वतन्त्रता दिवस) I नेपालको जस्तो विभिन्न जातजाति विशेषको सांस्कृतिक/धार्मिक विदाहरु “राष्ट्रिय विदा” मा छैनन् I त्यस्ता विदाहरु त्यस्ता जातजाति बाहुल्य भएको राज्यहरुमा राज्य सरकारले विदा दिने गरेको छ – जस्तो कि सिक्किम र लड़ाखमा “लोह्सार”, उडिसामा “राजा पर्व” I हाम्रो देशको तराई भेगमा खूब मनाइने “छट पर्व” पनि केवल विहार, , उत्तर प्रदेश, र झारखण्डमा मात्र मनाइञ्छ I यसवाट हामीले केही सिक्न सकिन्छ I भारतसंग पनि नेपालको विदाको सवालमा केहि फरक परिवेस छ – (१) नेपालमा (भारतको स्वन्तत्रता दिवस सरह, नेपाल कसैको उपनिवेश नभएनि) लोकतन्त्र/प्रजातन्त्र/गणत्रन्त्र दिवस ३ वटा छन् २००७ सालको, २०४६ सालको , र २०६३ सालको I (२) नेपालमा प्रदेश सरकार माथि अघिनै भने झैँ संरचना बनिसकेको छैन र आफ्नो अधिकार प्रयोग गरी विदा कटौती र थपघट गर्ने स्थितिमा छैन I (३) नेपालको कर्मचारीतन्त्र भारतको भन्दा सुधारको हिसावले पछि छ I ब्रिटिश सरकारबाट दीक्षित भारतको कर्मचारीतन्त्र मजबूत छ I साथै विगत १५ वर्ष जतिको पूर्ण कार्यकालको सरकार संगैको राजनीतिक स्थायित्वले कर्मचारीतन्त्रलाई सुधार भाको छ I यति हुँदा-हुदैपनि भारत संसारकै धेरै सरकारी विदा दिने देशमा पर्छ भने नेपालको के हालत होला?
धार्मिक-सांस्कृतिक-राजनीतिक विरोध
यो कदमको देश-विदेशबाट विभिन्न समूह, तप्का-तहबाट बिरोध भयो I सरकारलाई राजनीतिक हिसावले तत्काल फैदा भन्दा पनि घाटा हुने स्थिति देखिएको छ I तर यो कदम समग्रमा सहि छ I देशको दूरगामी हीतको लागी ठिक छ I आदिवासी जनजाति महासंघ (आफूसंग परामर्श नलिएको भनेर) देखि सिक्षित वर्गबाट समेत हिन्दु धर्मका केहि विदाहरु कटौती भए भनेर विरोध भयो I सरकारलाई “क्रिस्चियन धर्म” को दलाल तथा “युरोपियन युनियनको एजेन्ट” भन्ने सम्म आरोप लगाइयो I नेपालमा नाकाबन्दी हुँदा, मानव-अधिकारको हनन हुँदा, इत्यादि त्यहि “युरोपियन युनियन” को सहयोग गुहार्न हामी नहिच्किचाउने अनि धर्मको कुरासंग जोडी त्यहि “इ.यू” लाई गाली गर्ने ? विरोध गर्ने कर्मचारी, संघ, समूह हरुको आ-आफ्नो स्वार्थ छ I हामीलाई आर्थिक विकास पनि चाहिने अनि त्यत्रो १०० भन्दा बढी विदा पनि चाहिने? यी दुईतै कसरी सम्भव छ? हो, धर्मको नाममा अनुचित प्रचार-प्रसार/लोभ-लालच देखाई धर्म परिवर्तन गर्ने-गराउनेलाई कारवाही हुनुपर्छ तर त्यस्ता केहि घटना र पात्रले गर्दा पूरै धर्मको विरोध गर्नु मूर्खता हो I अहिलेको कृष्णअस्तामी, राम-नवमी, र जनै-पूर्णिमा जस्ता विदा कटाए पनि दशैँ, तिहार, होली, विभिन्न जात्रा, छट, इत्यादीले गर्दा हिन्दु धर्मका विदाहरु नै अरु धर्मका सबै जोड्दा भन्दा बढी छन् I क्रिस्चियनको एउटा मात्र विदा छन् – “क्रिसमस”, मुस्लिमहरुको १-२ वटा, बौद्धहरुको एउटा “बुद्ध जयन्ति”, इत्यादि I यो देश अरु धर्मावलम्बीको – इशु, इस्लाम, बौद्ध – पनि देश हो भनेर हामीलाई एउटा विदा दिन पनि गाह्रो? यो एउटा लोकतान्त्रिक देश/समाजको बिभिन्न्न धर्मप्रति समावेसी, सहिस्नु, अनि सम्मानजनक व्यवहार हो जसले देश र लोकतन्त्रलाई अझ बलियो बनाउछ I यसमा सबैजनामा संवेदनशील संतुलनता हुनुपर्छ I आवेशको प्रतिक्रिया भन्दा विवेकको प्रयोग गर्नुपर्छ I आफ्नो मात्र भन्दा अरुको ठाउँमा उभिएर सोच्नुपर्छ I अनिमात्र विदा व्यवस्थापन सम्भव छ I
अन्तमा
सरकारले कटौती गर्न लागेका केहि विदाहरु भने काट्नुहुन्न – राष्ट्रिय एकता दिवस, सहिद दिवस, र प्रजातन्त्र दिवस I “राजनैतिक ठिक” हुने आजको जमानामा भाषामा सम्वेदंसिलता र सन्तुलन हुनुपर्छ नै तर सत्य सत्य हो I इतिहास मेटाएर मेटिन्न I पृथ्वीनारायण शाह नभएको भए आज नेपाल हुन्न थियो,अनि हामी नेपाली हुन्न थियौं I उनका कमि-कमजोरी र केहि युद्धकालको माहौलमा भएका केहि गम्भीर घटनाहरुका वावजुद उनि यो देशका “राष्ट्र-निर्माता” हुन्, यसमा दुइमत छैन I बरु उनको सम्मानमा दिवस मनाउदै गर्दा उनि बाट भएका गल्तिहरुको सत्यतालाई पनि हामीले “आत्मग्यात” गर्नुपर्छ I दोश्रो, चार सहिद नेपालीहरुलाई प्रजातन्त्र/लोकतन्त्रको अधिकार दिलाउन बलिदान गर्ने पहिला सहिद हुन् I उनीहरुको सम्मान भनेको आज सम्म नेपाली जनताको “स्वतन्त्रता, मतदानको अधिकार” को लागि ज्यान दिने सबै “प्रजातन्त्र/लोकतन्त्रका सहिद-सेनानी” को सम्मान हो I अन्तमा २००७ साल भनेको लोकतन्त्रको आमा हो I त्यो क्रान्ति नेपालको लोकतन्त्रको “जननी” हो I त्यसलाई बिर्सन हुन्न I त्यसको सम्मान भनेको नेपाली जनताको “स्वतन्त्रता, मतदान” को हकको लागि भएका सबै क्रान्तिहरुको सम्मान हो I तसर्थ राष्ट्रिय एकता दिवस, सहिद दिवस, र प्रजातन्त्र दिवस चाहिं कायम हुनुपर्छ I
संस्कृतिमन्त्री रबिन्द्रले गरे मोबाइल एप सार्वजनिक

नेपालको ललितकलाको बिकासका लागि मोबाइल एप सार्वजनिक चैत १७ । ललिलतकलाको सम्र्बद्धन, प्रबन्धन र बिकासका लागि नेपाल फाईन आर्ट (Nepal Fine Arts ) मोबाइल एप आज सार्वजनिक गरिएको छ ।संस्कृति, पर्यटन तथा उड्यन मन्त्री रबिन्द्र अधिकारीले मोबाइल एपसार्वजनिक गर्दै नेपालको ललितकलाको विकास हुने बताउनु भयो । उँहाले उक्त एफ मार्फत ललितकला अन्तराष्ट्रमा पुग्न सफल भएको बताउदै विदेशीले स्वदेशीकलाको बारेमा सजिलै जानकार हुने भएकाले खुसी ब्यक्त गर्नु भयो ।

प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष माधव बरालले ललिलतकलाको बिकासका लागि सहयोग गर्न हरदम तयार रहेको र (Nepal Fine Arts ) एपमार्फत नेपालको कला जगतको बिकास हुनेमा विश्वस्त रहेको बताउनु भयो । उक्त नेपाल फाईन आर्ट (Nepal Fine Arts ) एपमा एप कला प्रर्दशनी, नेपाल भरका आर्ट कलेजहरु, ग्यालरीहरु, नेपालका सम्पूर्ण कलाकारहरुको ब्यक्तिगत विबरण लगाएत ललितकला सम्बन्धि सम्पूर्ण जानकारी रहेको एपका संस्थापक

नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका प्राज्ञ नगेन सिहंले जानकारी दिनुभयो । प्राज्ञ नगेन सिहंले ललितकलालाई डायमण्ड युगमा पु¥याउनका लागि एपको
निर्माण गरेको बताउनुभयो । प्रेस चौतारी नेपाल, कास्कीको सहयोगमा (Nepal Fine Arts ) एप सार्वजनिक गरिएको हो ।

कस्तो अचम्म ! एकै परिवारका ३ दाजुबहिनी लोक गायन र मोडलिङमा जम्दै [हेर्नुहोस् भिडियो]

पिएनपिखबर। पहिल्लो समय नेपाल गीत संङ्गीतको बजारमा निकै आशा लाग्दा भएका छन् गायक विशाल रायमाझि र गायिका सर्मिला रायमाझी । त्यस्तै नव मोडलको रुपमा चम्किदै छिन् उनकी बहिनी एलिना रायमाझी। कलाकारिता क्षेत्रमा एकै घरका तिन व्यक्ति यसरी होमिएका छन् की उनीहरु यसै क्षेत्रमा लागेर केहि योगदान दिने सोचमा छन् ।
अर्घाखाचीबाट माध्यामिक तहको अध्ययन सकाएर मोडल एलिना रायमाझी अभिनय गर्ने सोचका साथ काठमाडौँ बसाई सरेकी थिइन्। उनीसँगै उनको दिदि र दाई पनि कलाकार बन्छु भनेर नै काठमाडौँ छिरेका थिए।
आकर्षक जिउडाल नृत्यमा अब्बल एलिना आईटम डान्स मार्फत कलाकारीता क्षेत्रमा डेब्यू गरेकि हुन । स्थानिय स्तरमा निर्माण भएका करिब १ दर्जन म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छिन एलिनाले । सानै देखि नृत्य गर्न मनपराउने उनको आफनै चाहनाले आज एलिनालाई नेपाली सांगेतिक क्षेत्रको नशा चढाएको मात्र छैन, दिन रात नभनि संघर्ष गर्न बाध्य पनि बनाएको छ । अर्घाखाँचीमा आयोजना भएको आकार नृत्य प्रतियोगीताको महिला तर्फ प्रथम स्थान प्राप्त गरे देखि संर्घषको यात्रा सूरु भएको उनि बताउछिन । मलाई मेरी जेठी दिदि र आमाको ठुलो सहयोग छ यो क्षेत्रमा उनले भनिन् ।
तिज नजिकीदै जादा उनले आफनै दिदिको गीत नक्कले भिनाजुबाट पनि राम्रै भ्यूअर पाएकि थिइन् । यो गीत सार्वजनिक भएको २ घण्टामा करिब ७५ हजारले हेरेका थिए ।
सूरुवाति दिनमा आईटम गीत गरेकि एलिनाले आफुलाई त्यो ईच्छाले भन्दा पनि समयले गराएको बताउछिन । छिटो विश्वास गर्ने , छिटो रिसाउने ,कसैको भावनामा चोट नपुगोस चाहने र काममा लगनशिल छिन उनि । आफना् जिन्दगीका सबै भन्दा बढि समय आमाबुवालाई दिएर अधिकत्म सुख सुविधा दिने एलिनाको सपना छ ।
हेर्नुहोस् एकै परिवारका तिन कलाकारसँगको रमाइलो कुराकानी :
रंगशाला आफ्नो ठाउँमा बनाईदिन धुर्मुसलाई चौतर्फी फोन, यसरी जुट्दै छ सहयोग (भिडियो)

येस्तो पो नेपाली कला,खैरेनीटार महोत्सबमा आमाहरुको रमाइलो रतौली(भिडियो सहित)
अमितबावु रोकायाको मार्मिक शब्द सिर्जनामा विष्णु माझिको “जोगी” हेर्नुहोस भिडियो सहित

रोटिको कारण पति पत्नीको डिभोर्स !! हेर्नुहोस यस्तो छ कारण !!

विवाहित जोडीको सम्बन्ध विच्छेद हुनका लागि कुनै गम्भीर कारण नै चाहिन्छ भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ ।
कहिलेकाहीँ यस्ता उटपट्याङ कारणले गर्दा लोग्नेस्वास्नीको डिभोर्स हुँदो रहेछ, सुन्दैमा अचम्म परिन्छ ।
भारतको महाराष्ट्रस्थित पूणे सहरमा एकजना महिलाले आफ्नो लोग्नेसँग सम्बन्ध विच्छेदको माग गरी अदालतमा मुद्दा हालेकी छिन् । उनले सम्बन्ध विच्छेद माग गर्नुको कारण सुन्दै साँच्चीकै हाँसो उठ्छ ।
ती महिलाको दाबी अनुसार उनका लोग्नेको अचम्मको रोटीप्रेमका कारण डिभोर्स माग्नुपरेको छ । समाचार अनुसार ती महिलाका लोग्नेले सधै आफ्नी पत्नीलाई २० सेन्टिमिटर व्यास भएका रोटी तयार पार्न आदेश दिन्थे । यदि रोटीको आकार त्यसभन्दा तलमाथि भएमा उनले पत्नीलाई गालीगलौज गर्ने तयार कुटपिट गर्ने गर्दथे ।
गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” हेर्नुहोस भिडियो सहित

बस मैले एउटा संस्था खोजीरहेछु !

अमेरिकामा ५०१c मा दर्ता भएका नेपाली सामाजिक संस्थाहरू १०१ भन्दा बढि भएर पनि दुखको वेलामा साथ, सहयोग र सल्लाह दिने एउटा भएनन!
हुन त गुगल र युट्युव मा खोजी गरे पछि धेरै समस्या समाधान वा उत्तर हरू निस्कन सक्छन । तर पनि second opening को लागि आफ्नै देश, माटो, रगतको बोली खोज्दो रहेछ, बिश्वास लाग्दो रहेछ !
Legal advice नभए पनि नेपाली माथी नै बिश्वास लाग्दो रहेछ ।
नेपालीहरूको आफ्नै एउटा website जसमा सबै forums अटाउन सकेस !
1. Lawer’s forum
2. Doctors forum
3. Professor forum
4. Business forum
5. IT forum
6. Scientists forum
7. … …
हामीहरू आ आफ्नो स्वार्थको लागि हजारौ संस्थाहरू दर्ता गरे पनि पद, भाषण र खादा लाए पनि भोली एउटा नेपाली लाई समस्या परेको बेलामा खोजी गर्ने सुझाव, सल्लाह, छलफल गर्ने website खै ???
हरेक संस्थाका नेतृत्वहरू लाई सहयोग र साथ दिने सदस्यहरू सधै हाजिर गराउछन र हामीहरू हाजिर हुन्छौ। तर एउटा नेपाली आजको बैज्ञानिक युगमा सानो सुझाव वा सल्लाह को लागि को संग गुहार माग्न जाने ?
के सबै नेपाली बिद्वत वर्गहरूले आफ्नो phd बाकस मै बन्द गर्न वा भित्तामा सजाउन त पक्कै लिनु भएको छैन होला ।बेला मौकामा आफ्नो इच्छा अनुसार सामाजिक संजालमा उदाउने मात्र रहर त पक्कै छैन होला ।
एउटा जिवन त अनपढ र गरिवले पनि बाचेकै छ र परिबार पनि पालेकै हुन्छ । आफ्नो घर परिवारको घेरा बाट माथी उठ्नु हुनेछ ।
पक्कै पनि वहाहरू बिध्वता र धन हुने हरूको मन फुर्यो भने पक्कै शंभव हुनेछ !
बास्तवमा हाम्रा संस्थाहरूको खराव नियत , चरित्र र क्रियाकलाप देखेर होला वहाहरू अलग रहनु भएको होला। तर केहि गर्न भने वहा हरू पनि पक्कै चाहना राख्नुहुन्छ ।
एउटा नेपालीको website जसले हामी लाई परेका समस्याहरूमा घर मै बसेर खोज्न, हेर्न र संम्बन्धित expertise हरूको सुझाव सल्लाह लिन सकियोस ! आफ्ना अनुभव, दुख, सुख र सुझाव सल्लाह आदान प्रदान गर्न सकियोस ।
यी संस्थाहहरूको भिडमा बस मैले एउटा मानिस र सामाजिक संस्था खोजीरहेछु !
अफ्रिका टोगोमा छ महिना देखि अलपत्र छ नेपालीको उद्दार

अमेरिका लग्ने भनेर दलाल द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका ६ जना नेपालीहरु महेश्वर आचार्य , कमल बहादुर धर्ती , मीन बहादुर श्रीस पुन , अशोक पौडेल , जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा आज घर फर्केका छन ।
उनिहरु गत हप्ता नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापा सङ्ग सम्पर्कमा आई उद्दार र घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए । उनिहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनिहरुलाई गत छ महिना देखि पश्चिमि अफ़्रिकि मुलुक टोगोमा राखिएको थियो ।
थापाले उनीहरुको उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार , परराष्ट्र मन्त्री , ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई , बिष्णु गौतम र दुतावास परिवार , एनआरएनए सचिब डि बि क्षेत्री ,एनआरएनए कि वैदेशिक रोजगार अधिकृत स्वेच्छा घिमिरे , एनआरएनए सचिबालय काठमाडौं , एनआरएनए नाइजेरिया परिवार र कान्तिपुर का पत्रकार देबेन्द्र भट्टराईलाई हार्दिक आभार ब्यक्त गरेका छन ।
उनिहरु भोलि बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन ।
डिसीमा ८ महिनाकी गर्भवती महिलालाई जबर्जस्ती छुँदा नग्न पुरुष लाई ३ बर्ष कारागार

अमेरिकाका राजधानी वाशिंगटन डिसीको उत्तर पश्चिममा गत बर्ष ८ महिनाकी गर्भवती महिलालाई जबर्जस्ती छुँदा नग्न पुरुष लाई ३ बर्ष कारागार को सजाय सुनाइएको छ । उक्त घटना अमेरिकन कर अदालत को अगाडी घटेको सरकारले जनाएको छ ।
माइकल विलिएम्स नामक गरेका उक्त पुरुषलाई गत मार्च ३० तारिख शुक्रबार अदालतले फैसला सुनाएको हो भने उनलाई तृतीय श्रेणीको यौन दुर्व्यबहारको आरोप लगाईएको छ । साथै उनलाई थप ३ बर्ष निरीक्षणमा राखिने छ भने १० बर्ष सम्म आरोपीलाई यौन दोषी को रुपमा दर्ता गराउनु पर्ने छ ।
गत बर्ष मे ५ तारिख को दिन उक्त महिलाले २४ बर्षिय पूर्ण रुपमा नग्न अवस्थामा वाशिंटन डिसी स्थित उत्तर पश्चिममा उक्त घटना गतेको संघीय सरकारलका अनुसार एनबिसी ४ ले लेखेको छ । उनि भाग्ने कोसिस गर्दा उक्त पुरुषले समति जबर्जस्ती तानेको र फुटपाथमा तल लगेको उक्त महिलाले बताएकी थिइन् ।
टप मोडल बेल्जियम सिनियर २०१६’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली युवती योगिता थापा

योगिता थापा,२९ देखि ४० वर्ष उमेर समूह अन्तर्गत ‘टप मोडल बेल्जियम सिनियर २०१६’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली युवती हुन्। बेल्जियममा लामो समयदेखि बसोबास गर्दै आइरहेकी योगिता थापाले नयाँ दिल्लीबाट फेसन डिजाइन र मलेसियाबाट ब्युटी कोर्समा स्नातक गरेकी छिन्।
उनले युरोपमै छायांकन गरिएको गायक ओमविक्रम विष्टको ‘आवाज देऊ..’, र गायिका दिव्य ज्योति विष्टको ‘नआऊ नजरमा…’बोलको गीतसगैं अन्य एक दर्जन बढि गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन्। नेपाली चलचित्रकी अभिनेत्री बन्ने मनसाय बनाएकी योगिताले बेल्जियमकै कलाकार डिजे रोक्सले तयार गरेको म्युजिक भिडियोमा पनि उनी देखिएकी छिन्। व्यवसाय र मोडलिङ बाहेक योगिताको अर्को रुचि सामाजिक सेवा हो।
बेल्जियम स्थित कलाकारहरुको संस्थामा आवद्ध उनी लुम्विनी कपिलवस्तु अभियानमा पनिसंलग्न छिन्। साथै, गैर आवासीय नेपाली संघ वेल्जियमको उपाध्यक्षको पदमा निर्वाचित पनि भएकी छिन्।
मदन भण्डारी संग्रहालय: ढुंगेसाँघुदेखि दासढुंगासम्म

– सुमन घिमिरे
उर्लाबारी, मोरङ, १७ चैत । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसाधरणका लागि खुला गरिनेछ । दश वर्षअघि ‘मदन भण्डारी स्मृति कक्ष’ बाट निर्माण शुरु गरिएको संग्रहालय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीनतले छ भने जसमा १६ कक्ष छन् ।
संग्रहालय प्रवेशद्वारमा नेता भण्डारीको तस्वीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उहाँ सवार दुर्घटनामा परेको बा अ च ८७९३ नंको जीप राखिएको छ । संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उहाँको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिएको छ । नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ ।
विसं २०१७ को फौजी काण्ड, जननिर्वचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह, त्यसपछि उत्पन्न भएको क्रान्तिलाई जननेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गर्नुभएको संग्रहालयमा चित्रण गरिएको छ । संग्रहालयमा पार्टी एकीकरण कक्षका दुई वटा सिसाका सोकेस छन् जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा नेकपा (माले) गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत प्रदर्शन गरिएको छ । संग्रहालयमा जनवर्गीय संगठनको पुनर्गठन तथा निर्माण एवं विभिन्न आन्दोलनको परिचालनदेखि लिएर पञ्चायतमा भएको हस्तक्षेप तथा यसका उपलब्धिसँग सम्बन्धित सामग्रीलाई राखिएको छ ।
संग्रहालयमा सिरहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो । दोस्रो तलामा सोकेसभित्र जननेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुंँगी, ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडावर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ ।
संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतिकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकल राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौँ–नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ । संग्रहालयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेल्नुभएको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उहाँले लिएको अडानसम्बन्धी सामग्री राखिएका छन् ।
संग्रहालयमा दासढुंगा दुर्घटनापूर्व पोखराको सभागृह, दासढुंगाको गाडी गुड्ने सडक तथा गाडीको चित्रांकन, सडकदेखि त्रिशूली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँ, त्रिशूलीको भेलमाथि हेलिकप्टरसहितको टोलीले नेता भण्डारीको खोजी, दुर्घटनाग्रस्त गाडी त्रिशूलीबाट क्रेनको सहाराले निकाल्दै गरेको अवस्था, नेता जीवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशूलीको बगरमा जननेता भण्डारीको शव, त्यसताका रेडियो नेपाल र नेपाल टेलिभिजनको घटनाबारेको समाचारको अंश, दशरंथ रंगशालाको श्रद्धाञ्जलि सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्वीर राखिएको छ ।
संग्रहालयको सो कक्षमा मधुर आवाजमा शोक धून पनि सुन्न सकिनेछ । संग्रहालयमा नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई राखिएको छ । सबै आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्वीरसहितका प्रतिवेदन रहेका छन् । संग्रहालयको दोस्रो तलामा १४० जनासम्म अटाउन सकिने सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट जननेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जवज)को पाठशाला राखिनेछ ।
सभाकष नजिकै अर्को कक्षमा पुस्तकालय रहनेछ । उक्त पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन समग्री प्राप्त गर्न सक्नेछन् र त्यसलाई इ–लाइब्रेरीका रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको छ ।
संग्रहालयको अवलोकन गरेपछि भुईं तल्ला ओर्लिएपछि दासढुंगा दुर्घटना हुँदा नेता भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख आश्रित चढेको दुर्घटनाग्रस्त जीप राखिएको छ । दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र नेता भण्डारीको पूर्णकदको शालिक, पुष्पबाटिका, बालोद्यान पनि निर्माण गरिएको छ । नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले बताउनुभयो ।
असिना पानीका कारण पर्वतमा करोडौंको क्षति
फलेवास, पर्वत, १७ चैत : केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ ।
जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चलिरहेको छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र नाङलीवाङमा परेको असिनाले रु दुई करोड भन्दा बढी मूल्य बराबरको तरकारी तथा गहुँबाली नष्ट भएको गाउँपालिकाले जनाएको छ ।
उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको पकेट क्षेत्र हो । यो गाउँपालिकाका सयौं कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित छन् ।
यता फलेवास नगरपालिका– ९ भँगरा, वडा नं ८ ठानामौला, वडा नं २ थापाठाना, वडा नं ३ शंकरपोखरी र वडा नं ४ मुडिकुवामा परेको असिनापानीले गहुँ, भर्खरै उम्रिएको मकैलगायत कृषकले व्यावसायिक रुपमा लगाएको तरकारीबाली नष्ट गरेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।
हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन् । कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन् ।
जिल्लाको मोदी, महाशिला, पैंँयू र कुश्मा नगरपालिकामा पनि असिनाले तकारी र अन्नबालीमा सामान्य क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पर्वतमा मगलबारदेखि लगातार रुपमा पानीसँगै असिना पनि परिरहेको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले जिल्लाका अधिकांश भागमा परेको असिनाले ठूलो क्षति पु¥याएको जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँदै उनीहरुलाई आवश्यक राहत प्रदान गर्नका लागि स्थानीय तहसँग पहल गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
विशेषगरी गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले ठूलो क्षति बनाएको छ भने व्यावसायिक रुपमा तरकारीखेती गरेकालाई धेरै नोक्सानी परेको छ । जिल्लामा कृषि बीमा कार्यक्रममा धेरै कृषक नआइसकेकाले उनीहरुको राहतका लागि सम्बन्धित स्थानीय तहले ध्यान दिनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।
गाउँमा उत्पादित दूध बजारसम्म ल्याउन नसकेको गुनासो
काठमाडौँ, १७ चैत : ग्रामीण क्षेत्रका किसानबाट उत्पादित दूधलाई बजारसम्म ल्याउन नसकेको गुनासो गरेका छन् ।
डेरी उद्योग संघको नवौँ वार्षिक साधारण सभाका अवसरमा शुक्रबार साँझ यहाँ आयोजित कार्यक्रमका वक्ताले निजी क्षेत्रले ग्रामीण क्षेत्रमा उत्पादित दूधलाई बेवास्था गरेको बताएका हुन् ।
भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ का सचिव डा वंशी शर्माले दूधको उत्पादन र बजारीकरणलाई प्रदेशले कडा नियम बनाएर अनुगमन गर्ने बताउनुभयो । “दूधको ७० प्रतिशत माग पूरा गर्ने भैँसीपालन व्यवसायलाई विशेष प्राथमिकता दिनुपर्छ,”– उहाँले भन्नुभयो ।
सोही मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले दूधको आयातलाई प्रतिस्थापन गरेर स्वदेशमा उत्पादित दूधलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले महँगो भाडा र कच्ची बाटोका कारण निजी क्षेत्रले गाउँका किसानबाट उत्पादित दूधलाई बजारसम्म नल्याएको गुनासो गर्नुभयो ।
पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले पशुमा हुने खोरेत रोगको उपचार गरी गाईभैँसीको नयाँ बच्चालाई उत्पादन गर्न सके नेपाल दूधमा आत्मानिर्भर बन्ने बताउनुभयो । “मुलुकको कूल ग्रार्हस्थ उत्पादनलाई बढावा दिनलाई दूधको उत्पादन बढाउनुपर्छ,”– पौडेलले भन्नुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त, दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक ईश्वरी अधिकारी, केन्द्रीय पशुपक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले संघले दूधलाई किसानको गोठदेखि उपभोक्ताको ओठसम्म पु¥याएको भन्दै संघलाई विशेष सहयोग गर्न सरकारसंग आग्रह गर्नुभयो ।
नेपालमा रु १५ अर्बभन्दा बढी लगानी रहेको दूध उद्योगमा १५ हजारभन्दा बढी युवाले रोजगारी पाउनुका साथै यसबाट पाँचलाख किसान लाभान्वित भएको अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिनुभयो ।
राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
संघको नवौँ साधारणसभाबाट अरनिको राजभण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
संघको उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, महासचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा पुष्पराज बस्नेत हुनुभएको छ भने सदस्यहरुमा रामप्रसाद ट्यात, पूर्णबहादुर थापा, सन्तोषलाल श्रेष्ठ, रामचन्द्र उप्रेती र कुलप्रसाद घिमिरे हुनुहुन्छ ।
परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित
राजविराज, १७ चैत : माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले जानकारी दिनुभयो । परीक्षामा मर्यादा विपरित कार्य गरी लापर्वाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कुलबाट जीवन यादवलाई निष्कासन गरिएको जिशिअ पाण्डेले बताउनुभयो ।
यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ । यसवर्ष सप्तरीमा नियमित तर्फ आठ हजार ५१४ र एक्ज्याम्टेडतर्फ एक हजार १३ गरी कूल नौ हजार ५९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन् ।
७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १२२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।
निरक्षरता उन्मूलन अभियानमा सक्रियतापूर्वक लाग्न प्रमको निर्देशन
काठमाडौँ, १७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका जनप्रतिनिधिलाई निरक्षरता उन्मूलन अभियानमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरक्षर र भर्ना नभएका बालबालिका नहुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आगामी वैशाख ५ गते बालबालिका भर्ना अभियान सञ्चालन गरिनेछ, त्यो दिन म पनि एक जना बालिका भर्ना गर्न लिएर जानेछु, यस अभियानमा सबै जनप्रतिनिधि लाग्नुपर्छ ।” दुई वर्षभित्र विद्यालय नजाने बालबालिका रहन नहुने भन्दै प्रधानमन्त्री ओलीले ३६ हजारभन्दा बढी स्थानीय जनप्रतिनिधिले एक÷एक जना बालबालिका भर्ना गर्न लगे अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
जनताका आधारभूत आवश्यकता पूरा गर्ने सरकारको प्रतिबद्धता सुनाउँदै उहाँले भन्नुभयो, “अब कोही भोकै मर्दैनन, शीत लहरले कोही पनि मर्दैनन् ।” प्रधानमन्त्री ओलीले स्वच्छ र विकासमुखी परिवर्तन स्थानीय तहबाट गर्न सकिने बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिलाई विकास र सामाजिक सद्भावमा कुठराघात गर्ने तत्वप्रति सजग रहन आग्रह गर्दै उहाँले भन्नुभयो, “नेपाली मनलाई विभाजित गर्ने प्रयास भएको छ, रुवाण्डा बनाउने प्रयास गरिएको छ त्योप्रति जनता सजग हुनुपर्छ, विद्वेष फैलाउने प्रयास सरकारलाई सैह्य छैन ।”
स्थानीय तहलाई कृषि, पर्यटन, पूर्वाधार र स्थिरताका पक्षमा काम गर्न निर्देशन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनअघिका विचार र विवादको मन्थनलाई निर्वाचनपछि निरन्तरता नदिइकन जनताको सेवकका रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
देशको अर्थतन्त्र समुद्रको पिँधमा रहेको र त्यसलाई जमिनको सतहमा ल्याएर समृद्ध मुलुक निर्माण अभियानमा लाग्नुपर्ने बताउँदै उहाँले ३६ प्रतिशतको निरपेक्ष गरिबीको न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
राजनीतिक परिवर्तनसहित स्थापित संरचनामा ५१ प्रतिशत युवाको नेतृत्व, ४० प्रतिशतमा महिलाको हिस्सा र सबै वर्ग क्षेत्रको प्रतिनिधित्वसहित सामाजिक मनोविज्ञान पनि समावेश भएको भन्दै प्रधानमन्त्री ओलीले यसको जगमा विकास गर्नुपर्छ भन्नुभयो ।
संघीयताको तीनै तहमा सन्तुलन मिलाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, “सबै सरकार (७६१ वटा) का नेतृत्व कर्ताले आफूलाई सरकारभन्दा पनि सेवक हुँ भन्ने ठान्नुपर्छ ।”
कार्यक्रममा सहभागी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले जनआकांक्षालाई सम्बोधन गर्न चुक्न नहुने बताउनुभयो ।
‘समृद्ध नेपालको आधार ः सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराका साथ आजदेखि शुरु भएको राष्ट्रिय अधिवेशनमा सातै प्रदेशका ४६० गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थिति छ । तीन दिनसम्म चल्ने यस अधिवेशनमा स्थानीय तहलाई समृद्ध र जनमुखी बनाउने विषयका पाँच वटा प्रतिवेदनमा छलफल हुने र नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।
Friday, March 30, 2018
राष्ट्रपति ट्रम्पको ट्वीट्सले विश्व कै सर्वाधिक धनी एमाजोनका जेफ बेजोस लाई $ १०.७ अर्ब डलर घाटा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्वीटर मार्फत ट्वीटस्को कारण विश्व कै सर्वाधिक धनि एमाजोनका प्रमुख जेफ बेजोस लाई १०.७ अर्ब डलर घाटा लागेको छ । सदा झैँ राष्ट्रपति ट्रम्पले एमाजोनलाई लक्षित गर्दै लेखेको उक्त शब्दहरुले ठुलो सुनामी ल्याई दिएको छ ।
विश्व मै अन्य प्रतिस्प्रद्धामा रहेका हजारौ लाखौ खुद्रा बिक्रेतालाई व्यापार बन्द समेत गराउने स्थितिमा पुर्याउने एमाजोनका प्रमुख ले उनको कूल सम्पति भारी नोक्सान बेहर्नु परेको छ । गत मार्च २९ तारिख राष्ट्रपति ट्रम्पले “मैले चुनाव अघि नै एमाजोन बारे मेरो धारणा राखेको लेखेका छन् । साथै एमाजोनलाई इंगित गरे उनीहरु स्थानीय तथा राज्य कर कम तिर्ने या नतिर्ने भनि लेखेका थिए । यसको साथै उनले हुलाक पद्दतिलाई समान पुर्याउने केटा जस्तै प्रयोग गर्ने र आश्चर्यजनक रुपमा हजारौ खुद्रा बिक्रेताहरु व्यापारबाट बाहिरिएका बारेमा लेखेका थिए ।
गत बुधबार बिहान देखि एमाजोन को अंश (शेयर)करिव ९ प्रतिसत झर्न गै करिव $ १०.७ अर्ब डलर खुद घाटा बेजोसले बेहर्नु परेको छ । केही समय अगाडी उनि ब्रम्हाण्ड कै सर्वाधिक धनि व्यक्ति भएका थिए ।
बेजोस एमाजोनमा कुल १०७.७ अर्ब डलर दाउ रहेको छ। एमाजोनको घाटा भएको खुद सम्पत्ति राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति भन्दा पनि ज्यादा हुन्छ । एक अनुमान अनुसार राष्ट्रपतिको कूल अनुमानित सम्पत्ति $ ३.१ अर्ब डलर रहेको छ भनि याहू न्युजले लेखेको छ ।
यो भन्दा अगाडी पनि राष्ट्रपति ट्रम्पले कर तिर्ने खुद्रा बिक्रेतालाई एमाजोनले ठुलो धक्का लगाएको लेखेका थिए । यसको साथै वाशिंगटन पोस्टमा स्वामित्व भएकोमा समेत आक्रमण गरेका थिए । वास्तवमा अन्य भौतिक रुपमा स्थापित खुद्रा बिक्रेता संग प्रतिस्प्रद्धा गर्दै एमाजोनले बिक्रीकर झन्डै ४५ वटा राज्य डिसी सहित बाट संकलन गर्छ ।
साउथ डकोटा मा भौतिक रुपमा एमाजोन उपस्थिति छैन ।
भर्जिनियामा नेपाली नया बर्ष २०७५ मनाइने

डिसी क्षेत्रको भर्जिनिया नेपाली नया बर्ष २०७५ मनाइने भएको छ । आगामी अप्रिल १३ तारिख शुक्रबार लोकप्रिय डिजे सोलक्रिस रहेको उक्त नयाँ बर्ष साँझमा नेपाली गीत तथा नृत्य सहित को आयोजना गरिने भएको जानकारी आयोजक डाईमण्ड एण्ड ग्रुपले ईनेप्लिज लाई बताएका छन् ।
भर्जिनिया को गेन्सभिल स्थित टेस्ट अफ इन्डिया नामक चमेना गृहमा आयोजना हुने उक्त उत्सवमा को द्वार ९ बजे खुल्ने छ । पूर्व रुपमा पनि नाम दाखिला गर्न सकिने छ भने बिस्तृत जानकारी को लागि डाईमण्ड थापा तथा कृष्ण दाहाललाई सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।
कार्यक्रमको लागि योगदान स्वरुप $ २० डलर राखिएको छ भने अन्य पेय पदार्थ जौ मदिरा एक सिसि खरिदमा एक रिकापी मम सित्तै पाइने समेत खुलाशा गरिएको छ ।
कार्यक्रममा सबैलाई यसै बाट निम्तो गरिएको छ ।
खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास

भीमदत्तनगर, १६ चैत : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताउनुभएको छ ।
महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताउनुभयो ।
“अब नेपाली क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ”, महेन्द्रनगर युनाइटेड टोलीको समेत प्रशिक्षक रहनुभएका दासले भन्नुभयो, “क्रिकेटमा चुनौती धेरै छन्, तिनको सामना गरेर अगाडि बढ्नुको विकल्प छैन ।”
कैलालीको धनगढीमा शनिबारदेखि सञ्चालन हुने धनगढी प्रिमियर लिग ९डिपिएल०मा आफ्नो टोलीलाई सहभागी गराउनुअघि प्रशिक्षक दासले नेपालमा निजी क्षेत्रको लगानीमा क्रिकेट प्रतियोगिता आयोजना हुनु सुखद पक्ष भएको बताउनुभयो । उहाँले डिपिएलजस्तै अन्य प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
क्रिकेटमा नेपालले हालै एकदिवसीय मान्यता प्राप्त गरेकाले आगामी दिनमा खेलाडीलाई बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर आफ्नो क्षमता प्रदर्शनको मौका दिनुपर्ने प्रशिक्षक दासको भनाइ थियो ।
“अब घरेलु प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनतर्फ लाग्नुुपर्छ, क्रिकेटमा सरकारी र निजी क्षेत्रले लगानी बढाउनुपर्छ”, उहाँले भन्नभयो । धनगढी प्रिमियर लिग ९डिपिएल०का लागि महेन्द्रनगर युनाइटेडले दुईजना भारतीय खेलाडीसमेत अनुबन्ध गरेको छ ।
महेन्द्रनगर युनाइटेडले भारतीय खेलाडी पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सबाट इण्डियन प्रिमियर लिग ९आइपीएल० खेलिसकेका छन् भने मेहराले दिल्लीबाटै रणजी ट्रफी खेलिसकेका छन् ।
महेन्द्रनगर युनाइटेड टोलीको कप्तानमा विनोद भण्डारी तथा अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेको महेन्द्रनगर युनाइटेडका सञ्चालक दिनेश मल्लले जानकारी दिनुभयो । रासस
नेता खुम बहादुर खड्काको मृत्युको रहस्य खुल्यो, यस्तो खतरनाक रोग लागेको रहेछ

यस्तो पो दोहोरी, दोहोरी ब्याटलका जोडी प्रकाश सपुत र प्रितीको बेजोड दोहोरी घम्साघम्सी(भिडियो सहित)
तनहुँ क्षेत्रको सास्कृतिक बिबिधताको संरक्षण गरी आर्थिक तथा सामाजिक बिकासको लागि उधोग ,ब्यापार कृषि शिक्षा पर्यटन र खेलकुद क्षेत्रलाई प्रवद्र्धनमा टेवा पुर्याउनुका साथमा बिभिन्न जातजाती धर्म बर्ग र समुदायको सद्भाब एबम बन्धुत्व भावनाका साथै मानबताको सेवामा समर्पित गराउन अभिप्रेरित गरी क्षेत्र ,जिल्लाको सम्मुन्नतीमा संगठीत रुपले अघी बढाउने मुल उदेस्यको साथ यही मिति २०७४ साल चैत ८ गते देखि दसौ खैरेनीटार महोत्सब चलीरहेको छ.
महोत्सबको सातौ दिनमा पछिल्लो समय दोहोरी ब्याटलबाट बहुचर्चित बनेका कलाकारहरु प्रकाश सपुर र प्रिती आलेको दोहोरीलाई दर्शकले मन पराएका थिए l यसैकारण होला ग्रामिण भेगबाट आएका दर्शकहरु पनि समयको प्रभा नगरी उनिहरुको दोहोरी सुन्नको लागि अन्तिमसम्म बसेका थिए l प्रिती आलेलाई पछिल्लो समय दोहोरीकी रानी पनि भन्ने गरिन्छ यता प्रकाश सपुत पनि प्रतक्ष्य दोहोरीमा अब्बल मानिनछन्.
हेर्नुहोस प्रकाश सपुत र प्रिती आलेको रमाइलो दोहोरी घम्साघम्सी
अल बिदा खुमबहादुर खड्का, गिरीजा देखी शेरबहादुर सम्मलाई थर्काउने पावरफूल नेता थिए खड्का (भिडियो)

चितवनको कालिकामा उद्योगी व्यवसायीको अन्तरक्रिया, मूल्य सूची राख्न व्यवसायीलाई नगर प्रमुखको आग्रह

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १६ चैत्र ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित खोलेसिमल बजार व्यवस्थापन समितिको आयोजनामा कालिका नगरपालिका स्तरीय व्यापारी÷व्यवसायीहरुको बजार व्यवस्थापन र करको विषयमा आज अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले चितवनका सम्पूर्ण स्थानीय तहभन्दा यस नगरपालिकामा करको दर १५ देखि ४० प्रतिशतसम्म कम निर्धारण गरिएको बताए ।
स्थानीय व्यवसायी मैत्री कर लगाउनुपर्ने पक्षमा आफु रहेको भन्दै सबै व्यवसायीहरुले देखिने गरी अनिवार्य रुपमा मूल्य सूची राख्नुपर्ने समेत उनले बताए । बजारमा मूल्य सूची नहुँदा सामानको मूल्यमा एकरुपता नभएकोले समस्या भएको समेत उनले बताए । यहि चैत्र मसान्तसम्म सबै उद्योगी व्यवसायीहरुले नगरपालिकाका वडाहरुमा व्यवसाय दर्ता गराउन समेत उनले अनुरोध गरेका थिए । नगर प्रमुख श्रेष्ठले नगरभित्रको फोहोरको समस्या समाधान गर्न समेत आफु लागिरहेको र छिट्टै समस्या समाधान गरिने समेत उनको भनाइ थियो । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको समन्वयमा नगर स्तरीय उद्योग वाणिज्य संघ गठन गर्न पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले घर बहालको समस्या, व्यवसाय हरेक हप्ता बन्द गर्ने विषयमा तथा नगर स्तरीय उद्योग गठन गर्ने सन्दर्भमा आ–आफ्नो भनाइ व्यक्त गरेका थिए । कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, ३ का वडा अध्यक्ष टिकाराज रिजाल, ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिका अध्यक्ष हरि प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सह–सचिव भिमराज कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा खोलेसिमल बजार, पदमपुर, क्लवचोक, लाहुरेचोक, जुटपानी, शक्तिखोर क्षेत्रका व्यवसायीहरुको सहभागीता रहेको थियो । सोही अवसरमा लाहुरेचोक बजार व्यवस्थापन समितिका प्रतिनिधि प्रकाश रिजाल, चितवन ट्रेक्टर व्यवसायी संघका अध्यक्ष जनार्दन दाहाल, चितवन कागती उत्पादक संघका जिल्ला सचिव सि.पि. अधिकारी, पूर्वी चितवन निर्माण व्यवसायी संघका अध्यक्ष उत्तम घिमिरे, मौरी व्यवसायी संघका सदस्य रामध्वज डल्लाकोटी, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, समितिका उपाध्यक्ष नर बहादुर जि.सी. लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
एनआरएनएको आर्थिक स्थायित्व समिती गठन

गैर आबासिय नेपाली संघको अन्तरास्ट्रिय कार्य समितीको आर्थिक स्थायित्व समिती गठन भएको छ । संघका कोषाध्यक्ष हिक्मत थापाको अध्यक्षतामा गठित समितीका सह – अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया/ओसियाना ) , सुनिल कार्की ( अफ्रिका) , सुरेश चन्द्र पोखरेल ( अमेरिका) , अम्बीर जोशी ( एसिया/ प्रशान्त ) चिनियाँ दुवाल ( युरोप ) र क्रान्ति सिंह ( मध्य पुर्ब ) हुनुहुन्छ ।
साथै सदस्यहरुमा गुणराज पौडेल ( स्विजरलेन्ड), कुबेर कार्की ( पोर्चुगल), दीपेन्द्र चुडाल ( डेनमार्क ),लक्षमण कार्की (स्पेन), गोबिन्द आचार्य (रसीया ), रमेश सापकोटा ( बेल्जियम ) , दिनेश घिमिरे ( युके) , चिन्तामणि उप्रेती , किस्मत भन्डारी र बिध्या भुषण कार्की ( क्यानडा) ,कृष्णजिबि पन्त , भक्त थापा , कर्ण चन्द र श्यामलाल श्रेष्ठ ( अमेरिका ) , नारायण पासवान र नमराज लामिछाने ( सउदी अरब ) , केबी हमाल र पुर्ण पोखरिया ( कतार ) ,लोकेन्द्र बहादुर बम ( युएई ), शेर बहादुर राउत ( बहराइन ),धरम कुमार गुरुङ ( हङकङ ) ,ज्ञानेन्द्र बहादुर सिंह ( मलेसिया ), संजय चेतानी र ध्रुब राज न्यौपाने ( चिन ) , लाल बहादुर रावल ( जापान) , इश्वर बहादुर धामी( कोरिया ) , शैलेश मैनाली , राजन सिटौला र पुर्ण नाथ घिमिरे ( अस्ट्रेलिया ) रहनु भएको छ ।
त्यसैगरि सल्लाहकारमा प्रकाश पुन ( हङकङ ) , रतन झा ( अमेरिका ) , नरेन्द्र भाट ( कतार ) , गङगाधर गौतम ( बेल्जियम ) र निरज श्रेष्ठ ( अस्ट्रेलिया ) रहनु भएको छ ।
यसरी गरिन्छ चिठ्ठाको नाममा ठगि, गिरोह नै पक्राउ !

कास्की चैत्र १६, इमो, भाइबर र फेसबुकमार्फत तपाईलाई चिठ्ठा परेको छ भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जनालाई ४ न. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले सयुक्त रुपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।
राजु श्रेष्ठले रक्षा श्रेष्ठलाई किन “सक्की गो नि त भने ?(भिडियो सहित)

काठमाडौं । मोडल तथा नायक राजु श्रेष्ठले मोडल रक्षा श्रेष्ठलाई सक्कि गो नि त भनेका छन् । गायक रमेश कुमार श्रेष्ठको स्वरमा रहेको नयाँ आधुनिक गीतको बोल नै त्यस्तो भएपछि राजुले रक्षालाई त्यसो भनेका हुन् । कृष्ण कुमार रार्इको शब्द तथा संगीतमा तयार पारिएको उक्त गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।

केही चलचित्रका साथै म्युजिक भिडियोमा समेत व्यस्तता बढाएका राजु श्रेष्ठको साथमा रक्षा र बिवेक सिवाकोटीले पनि अभिनय गरेको सक्कि गो नि बोलको यो गीत हाल चर्चामा छ । गीतको भिडियोलाई निश्चल के.सी.को निर्देशनमा मुकेश हुमागाईंले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले सम्पादन गरेको छन् ।

मालती डिजिटल प्रा.लि.को प्रस्तुति रहेको गीतको भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको हो ।
बाँकी भिडियोमा हेर्नुहोस् :
यस्तो अन्दबिस्वास भएको समाज !! जहाँ रजश्वला हुँदा महिलालाई गाउँ निकाला गरिन्छ

सुन्दैमा अमानवीय अपराध ठहर हुने रुढीग्रस्त अन्धविश्वास हाम्रो छिमेकी मुलुक भारतमा कायमै छ । भारतको आन्ध्रप्रदेशस्थित एउटा गाउँमा महिलाहरुलाई सुत्केरी भएको तीन महिना र रजश्वला भएको समयमा गाउँ निकाला गरिन्छ ।
अनन्तपुर जिल्लाको रोला मण्डलस्थित गन्ताहल्लागोट्टी गाउँमा यो प्रथा कायम छ ।
गाउँमा १२० घर छन् । कादुगोल्ला समुदायका मानिस यो गाउँमा बस्दछन् । यो समुदायमा महिलाहरु नर्कसमान जीवन बाँच्न बाध्य छन्, खासगरी रजश्वला र सुत्केरीको समयमा ।
रजश्वला भएको पाँच दिनसम्म तथा बच्चा जन्माएको सुरुका तीन महिनासम्म महिलाहरु उक्त गाउँमा बस्न पाउँदैनन् ।
स्कुल जाने छात्राहरु पनि यो नियमबाट अछूतो छैनन् । उनीहरु पनि रजश्वलाको समयमा गाउँबाहिर रहेको झुपडीहरुमा बस्नुपर्दछ । त्यहाँबाट स्कुल जान आउनको लागि उनीहरु दैनिक २० किलोमिटर दूरी हिँड्नुपर्दछ ।
निर्वाचन पर्यवेक्षण समिति(इओसी) को प्रेस विज्ञप्ती



छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु !! कस्तो निर्दहि बाबु आमा ?

छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उन की कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।
सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।
खैरेनीटारमा प्रकाश सपुत र प्रिती आलेको लाईभ ब्याटल दोहोरी, किन जोस देखाईन प्रितीले ? (भिडियो)

तनह्ुँको खैरेनीटार महोत्सवमा लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आलेले ब्याटल दोहोरी गाएका छन् । पछिल्लो पटक निकै चर्चामा आएको गीत जसले केही समय आलोचना पनि खेप्नु पर्यो । उक्त ब्याटल दोहोरीलाई पुनः सेन्सर गरेर बजारमा ल्याईएको थियो । महोत्सवमा उक्त गीतका गायक तथा गायीका प्रकाश र प्रितीले दोहोरी गाए । पछिल्लो समय नेपाली लोक संगीत प्रेमीहरुको रोजाईमा पर्ने कलाकारहरुमा प्रकाश र प्रिती पनि पर्ने गर्छन् । लाईभ दोहोरी गाउनमा अब्बल यी कलाकारहरुले महोत्सवमा आफ्ना थुप्रै प्रस्तुती राखे भने दर्शकलाई ब्याटल दोहोरी र लाईभ दोहोरी मार्फत पनि मनोरञ्जन दिए ।
एसईई दिन आएकी केटीलाई प्रहरीले गरे बलत्कार पछि हत्या, चिन्नुहोस् को हो त्यो प्रहरी ? (भिडियो)

Thursday, March 29, 2018
अमेरिका आएको ३-६ महिना भित्र के पुरै अमेरिका कप्लक्क खान सकिन्छ र ?

विजय थापा ,भनिन्छ ,जति बुझ्यो त्यति नै बुझ्न गाह्रो हुन्छ । त्यसमा पनि अमेरिकाको त कुरै गरेर साध्य नै छैन ? यति बिशाल छ फेद र टुप्पा बुझ्न नै दशकौ बिताउनु पर्ने हुन्छ । त्यतिले सामान्य जानकारी हासिल गर्न सकिने मात्र हुन्छ ।
अमेरिकामा जति गहिराई गयो त्यतिनै अझ गहिरो जानु पर्ने हुन्छ । दशकौ सम्म अमेरिकामा बसेर सामान्य कुराहरुमा हामी अल्मलिएका हुन्छौ । अमेरिका बुझ्न अध्ययन जस्तै हुन्छ ।
बुझेर नसक्नु को छ अमेरिका । तर आश्चर्यको कुरा के छ भने अमेरिका आएको ३-६ महिना भित्र पुरै अमेरिका कप्लक्क खाएको जस्तो कुरा गर्ने नेपाली फेला पर्दछन । नया नया आउनेलाई कति छिटो अमेरिका बुझेको जस्तो पनि लाग्दछ । ३-६ महिना सम्म अमेरिका आएकाले अमेरिकाको आकाश देखि पाताल सम्म को कुरा सुनाउदा अल्बर्ट आइन्सटाईन र १३ बर्ष को उमेरमा बिश्व बुद्धिचाल बिजेता बबी फ़िशर भन्दा पनि विद्वान जस्तो पनि लाग्न सक्छ ।
नलाग्नु कसरी ? सवै कुरा फरर भने पछि अबुई जस्तो लाग्छ । नजान्ने भन्ने कुरा चाही हैन । कैयौ मानिस ,युवा युवती विलक्षण प्रतिभाका हुन्छन । जे कुरा पनि टपक्क टिप्ने ।
भनिन्छ आधा गाग्रो छचल्किन्छ । शायद यस्तै हो कि । अमेरिका आएको ३-६ महिना सम्म कसरी अमेरिकाको सबै ज्ञान हासिल गरेको भन्ने प्रश्न उब्जिन्छ । अमेरिकामा बिभिन्न राज्यहरुमा भर्खर अमेरिकामा आएर भारी बिसाएकाले यस्तो कुरा गर्दा ट्वाल्ल परिन्छ ।
सामाजिक संजालको चमत्कार तथा मार्क जुकरवर्गले अविष्कार गरि दिएको सामाजिक संजाल फेसबुक ( मुहार पुस्तिका ) को माध्यम बाट अथाह ज्ञान हासिल गर्न पनि सकिन्छ । तर छोटो समयमा बेली बिस्तार लगाएर सवै कुरा भन्न सक्नु नै ठूलो कला तथा बिशेषता मान्नै पर्छ ।
आफु अमेरिका आए पछि १ बर्ष भित्र एक नेपाली समुदाय कै एक सदस्यले चन्द्रमा सम्म को कुरा बताउदा म जिल्ल परे । यो युवाले कति जानेको जस्तो लाग्यो । आफु पनि नया भएकोले जे भने पनि होला भन्ने ठानियो । चर्चा परिचर्चा पनि चल्यो ।
तर बिस्तारै कुरा बुझ्दै जाँदा र अमेरिकाको बसाईको अवधि थप संगै अमेरिकाको केही कुराहरु बुझ्न पाउँदा हर्ष लागेको छ । अमेरिका आएका नेपाली समुदायले यस्ता मानिस पनि भेट्ने गर्छन । हरेक राज्यमा यस्ता कुरा गर्ने मानिस फेला पर्न सक्छन । कैयौ यस्ता कुराहरु दोचार्ने मानिस हुन्छन ।
मेधावी मानिसले छिटो टिप्न पनि सक्दछन । असम्भव भनेको हुदै हुदैन । हरेक कुरा सम्भव हुन्छ । तर बिचार गर्नु पर्ने कुरा भनेको के अमेरिका आएको ३-६ महिना मै आकाश देखि पाताल सम्म का कुराहरु जान्ने मानिस फेला पर्दछन त ?
आफू यस्ता मानिस संग ३ पटक भेट्ने मौका प्राप्त गरे । शायद तपाई पर्नु भएको छैन होला । न पर्नु नै राम्रो । यस्ता कुराहरु गर्ने अन्य मानिसको मुख बाट पनि सुनेको छु अमेरिकामा ।
साधारण सिद्दान्त भनेको झुठ नबोलौ । सामाजिक संजाल को युग भएकोले अरुले पनि थाहा पाउने छन् र जान्ने होलान भनि बोल्दा नियन्त्रण गरेर बोल्ने गरौ । यसैमा आफ्नो भलाई छ । सवैको कल्याण छ ।
३- ६ महिना भित्र नै आकाश देखि पाताल सम्म कप्लक्क खान सकिदैन । सवैको जौ होस् ।
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

