Thursday, August 31, 2017

तेम्बा नुर्बु लामा, भुवन आचार्य, शुशिल क्षेत्री र सुर्बण पोख्रेलले रबिना थापालाई समर्थन गर्ने

कृष्ण के सी/अगष्ट ३१, २०१७
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आगामी हप्ता अर्थात सेप्टेम्बर ५ र ६, २०१७ मा हुने भएको छ।

निर्वाचनको अन्तिममा आउँदा आपसी समर्थन लिने, दिने तथा ध्रुवीकरण तिब्र गतिमा चलेको छ। प्रतिमिनेट जसो फरक-फरक रुपमा भएको बैठकले नयाँ मोडमा पुर्याएको छ।

यसै बीच बरिष्ठ उपाध्क्षका उम्मेदवार तेम्बा नुर्बु लामा (शेर्पा), उपाध्यक्षका उम्मेदवार भुवन आचार्य, सदस्यका उम्मेदवारहरु शुशिल क्षेत्री र सुवर्ण पोख्रेलले अध्यक्ष उम्मेदवार रबिना थापालाई समर्थन गर्ने कुरा जनाउनु भएको छ। बिजयको उन्मुखमा पुग्नु भएकी रबिना थापाको टिम यो समर्थनसंगै झन् सशक्त भएको छ।

मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ बन्न सफल भए रोशन र सृजना पाण्डे

काठमाडौँ : क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ मा बिजेता रोशन पाण्डे र सृजना पाण्डे बिजेता बन्न सफल भएका छन l आफुहरु लाई अन्य प्रतिस्प्रधी भन्दा फरक,बिउटिफ़ुल ह्यान्डसम र बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिस्प्रधीहरुलाई पछि पार्दै रोशन पाण्डे र सृजना पाण्डेले उक्त ताज पहिरहन सफल भएका थिए l त्यस्तै मिस्टर तर्फ फर्स्ट रनरअप प्रकाश गौतम र सेकेन्ड रनरअप सुजन रेग्मी बन्न सफल भएका थिए भने मिस तर्फ फर्स्ट रनरअप सम्प्रदा लामिछाने र सेकेन्ड रनरअप सन्जु सुवाल भएका थिए l

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलले जानकारी गराईन l मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ को अन्तिम प्रतिश्प्रधामा निर्माता सुनिल रावल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, निर्देशक दिनेश राउत लेखक केदार भुसाल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए l


मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर निरुता स्याङ्ग्तानले गरेकी थिइन् भने क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजना गरेको थियो l क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलका अनुसार यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएकी छिन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ् उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा पनि उनि बताउछन ।मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ कार्यक्रमको संचालन यसोधा राइले गरेकी थिइन् l

अमेरिकामा रहेका झापालीहरूले नेपालका बाढी पिडितलाई सहयोग गर्ने “दशैँ-कार्यक्रम” को सुचना

प्रिय झापाली दाजुभाई तथा दिदी बैनीहरू,

तपाईहरुलाई थाहै छ, हामीले भर्खरै मेरिल्याण्ड मा  झापाली पिकनिक मनायौ. त्यस मा भाग लिनका लागी वासिङ्टन डि सि मेट्रो एरिया बाहेक न्यू योर्क्, लङ आइल्याण्ड , कनेक्टिकट्, बोस्टन आदी ठाउँ बाट भाग लिन आउनु भयो / यसरि झापा प्रती को माया, सद्भाब र एक्यबद्धता देखाउनु भयो,यस्का लागी आभार प्रकट गर्दछौ  / आज फेरीतपाईहरूको सहानुभूती र सहयोगको आवश्यकता परेको छ /

अहिले नेपाल को बिभिन्न ठाउँ लगायत झापा जिल्लामा अबिरल बर्षा  र बाढी – पहिरो ले गर्दा  ठूलो धन – जन को क्षति पुगेको सर्ब बिदितै छ /  यसै सन्दर्भ मा र ” दशै ” को अवसर पारेर हामीले एउटा साङितिक कार्यक्रमको आयोजना गर्न लागिरहेका छौ / यसमा भाग लिएर वा सहयोग गरेर 

” झापामा रहेका बाढी पिडित झापालीहरूलाई सहयोग गर्न का लागी ” अनुरोध गर्दछौ /

  Jhapali & D C Metro  Area’s Artists Present

    The Whisperings of Mechi

           मेचीका सुस्केराहरू

In support of the flood victims of Jhapa , Nepal

Artists : Guru Oli,  Manju Sangraula, Manisha U and Many more Artists of Washington DC Metro Area including Talent Show – KIDS

Date ; Saturday, September 23, 2017

Time : 2.00 pm to 5.00 pm

Venue :   Activity Center at Bohrer Park,

Address : 506 S. Frederick Ave,  Gaithersburg, 20877 Maryland , USA

Organize by : Nepal Sports  & Culture International ( 501( C) ( 3) non profit org )

“ Building the Nation through Sports & Spirit “

Thanking You,


Sita Pandey    

राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)

दिशा निर्देश कार्यक्रम विजयकुमारको उत्पादन हो । पहिले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रममा ५ वर्षअघि राजेशले पहिलोपटक आफूले एक वर्षभित्रै विहे गर्न लागेको घोषणा गरेका थिए । र, दिशानिर्देश कार्यक्रम अहिले एपी वान टेलिभिजनसम्म आइपुग्दा ५ वर्षपछि विजयकुमारले राजेशसँग अन्तर्वार्ता गरेका छन् । र, अन्तर्वार्ताको सुरुवातमै ५ वर्षअघि आफ्नो कार्यक्रममा पहिलोपटक गरेको बाचा पूरा भएकोमा विजयकुमारले राजेशलाई धन्यवाद दिए । अर्थात राजेशले विहे गरेको २–३ वर्ष भइसकेको छ ।

हेर्नुस् रोचक कुराकानीः

 

अमेरिकाका विभिन्न राज्यमा नेपाल महिला सेलिब्रेटीहरु वुमन इन्ट कन्सर्ट युएस टुर २०१७

अमेरिकाका विभिन्न राज्यमा नेपाल महिला सेलिब्रेटीहरु वुमन इन्ट कन्सर्ट युएस टुर २०१७ प्रस्तुत हुने भएका छन्। अमेरिकाका विभिन्न राज्यमा हुने वुमन इन्ट कन्सर्ट युएस टुर २०१७ मा महिलाहरुको सांगितीक समूह अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशी प्रस्तुत हुने छन्। आगामी सेप्टेम्बरदेखि अगष्ट २९ सम्म अमेरिका विभिन्न राज्यमा हुने यो कन्सर्टका लागि आयोजक भिन्तुना इन्टरनेशनलअन्र्तगतको थ्रीई इन्टरटेनमेन्टका निर्देशक रोशन पुरी तथा अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताबमोजिम अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीले १ महिनाभन्दा बढी समयसम्म अमेरिका बसेर सान फ्रान्सिस्को, लस एञ्लस, क्लेभेल्याण्ड, इन्डियाना पोलिस, डालास, होसटन, वासिङटन डिसी, रालिघ, न्युयोर्क, बोस्टनजस्ता अमेरिकी राज्यमा आप्mना प्रस्तुति प्रस्तुत गर्नेछन्।

राजनैतिक दल र आस्था राख्ने भन्दा राष्ट्र पहिला हुनु पर्ने कुरा मेरो प्राथमिकता :सबिन्द्र थापा , एनआरएन युएसए बोर्ड अफ डिरेक्टर उम्मेदवार

टेक्ससका व्यवसायी तथा समाजसेवी सबिन्द्र थापा भन्छन् ,आफु राजनीति जान्दिन तर समाज सेवा जान्दछु l त्यसैले सानो पद बाट आफ्नो उम्मेदवारी दिएको बताउदछन l उनि भन्छन मेरो उम्मेदवारी उम्मेदवार एनआरएन युएसए बोर्ड अफ डिरेक्टर पदको लागि हो l

यसैले चुनावी मैदानमा उत्रेको बताए l आफु काम गर्न को लागि आएको बताउदै अझ यस गरिमामय संस्था संग समुहमा काम गर्न ईक्षा रहेकोले सो उम्मेदवारी दिनु परेको हो l आफुले धेरै कुराहरु सामाजिक संजालमा राख्नु भन्दा नेतृत्व को साथै समितिका सवै साथीभाईहरुका प्राथमिकतामा परेका र समुदायले चाहेको कुरामा आफ्नो पूर्ण समर्थन रहने बताए l

अमेरिकामा बसोबास भएता पनि आप्रवासन अन्तर्गत एच वान बि ,स्थाई आवासीय पत्र ( ग्रिनकार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा अन्य सहयोग गर्दै आई रहेको छु बताए l आफु पदको लोभी नभएको र समाज सेवा गर्ने चाहना रहेकोले बोर्ड अफ डिरेक्टर पदमा दरखास्त दिएको स्पष्ट पारेका छन् l

ट्राबल एजेन्सी (यात्रा अभिकर्ता ) व्यवसायको मार्फत रोजगारी दिएको ,नेपाल र अमेरिका बिच सहि कारणको लागि पुल बन्ने प्रतिबद्धता जाहेर गरेका छन् l आफु एक उधमी भएकोले राजनैतिक दल र आस्था राख्ने भन्दा राष्ट्र पहिला हुनु पर्ने कुरा आफ्नो प्राथमिकतामा पर्छ भने l आफु डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्षमा पनि रहि काम गरेको र हाल यति च्याम्बर अफ कमर्स का निर्वाचित कार्यकारी सदस्य समेत रही काम गरेको अनुभव भएको उनि बताउद्छन l

आफू एनआरएन युएसए बोर्ड अफ डिरेक्टर को प्रत्यासी भएकोले सवै नेपाली समुदायलाई एक पटक मौका दिन आग्रह गरेका छन् l

 

संस्थालाई दिर्घ-कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु मेरो दायित्व हुनेछ : सतेन्द्र शाह,एनआरएन अमेरिकाको कोषाध्यक्षका उम्मेदवार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी २०१७-२०१९ को लागि हुने निर्वाचनको लागि सतेन्द्र शाहले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पछि आफु चुप लागेर नबसेको बताउद्छन l सम्पर्कमा रहेको र साथीभाई र एनआरएन अभियानमा लागेकाहरुले दिएको हौसला बाट आफु निकै उत्साहित भएको उनि बताउदछन l

आफु काम गर्न आएकोले र मेरो उम्मेदवारी काम प्रति समर्पण गर्ने आफ्नो लक्ष्य भएकोले आफुलाई यस पटक कोषाध्यक्ष पदमा काम गर्ने अवसर दिनु हुने छ भन्ने लागेको उनि बताउद्छन l

आफुले कार्यकारी समितिको सदस्य भै काम गरि सकेको हुनाले आफु संग अनुभव भएको बताए l पेशाले लेखापाल को जिम्मेबारी निर्वाह गरि रहेकोले कोषाध्यक्ष पदमा आफु योग्य भएको बताउद्छन l

श्रोत-बिकासलाई व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्नको लागि आफु उम्मेदवार भएको शाहले बताए l

शाहले आपतकालीन कोष, नेपाल सहायता कोष, नेपाल परियोजना र अमेरिका भित्र आयोजना गरिने परियोजनाको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गरिनुपर्छ भन्ने मान्यता राख्ने बताए l

उनि भन्छन कोषाध्यक्ष भनेको कोषको हिसाव राख्ने मात्र नभएर संस्थालाई दिर्घ-कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु समेत रहेकोले आफु त्यो सपना लिएर कोषाध्यक्षको लागि उम्मेदवार भएको कुरा स्पष्ट राखेका छन् l सवै लाई आफुलाई मत दिन समेत आग्रह गरेका छन् l

रामसी पोखरलेको अध्यक्षता आजको एनआरएनएको आवश्यकता

न्यूयोर्कः अन्योल भइरहेको एनआरएनए अमेरिकाको चुनाव विभिन्न मुद्दा मामिला पार गर्दै अघि बढेको अवस्थामा सक्षम उम्मेद्वारी गौरीराज जोशीले आफू मुद्दा मामिलाबाट टाढा बसेर संगठनलाई बलियो बनाउन सघाउने भएका छन् । आफूले चुनावमा प्रत्यक्ष भाग नलिएर बाहिरबाट सहयोग गर्ने जोशीले भनाइ छ ।

मुद्दा मामिलामा जेलिएको अवस्थामा सक्षम व्यवसायिक व्यक्तित्व जोशीले मुद्दा र उम्मेद्वारी फिर्ता लिएपछि अझै पनि एनआरएनएमा अन्योल छ ।एनआरएनएको चुनावमा सरल, सक्षम, कुशल नेतृत्वदायी भुमिका वहन गर्न सक्ने व्यक्तिका रुपमा रामसी पोखरेल आजको आवश्यकता भएको ठहर सहित अमेरिका स्थित नेपालीको चाहना अनुरुप रामसी पोखरलेले उम्मेद्वारी दिएका छन् ।

जोशीले चुनावमा भाग नलिने भएपछि हाल एनआरएनएमा देखिएको अन्योलतालाई चिर्दे सवल र सक्षम नेतृत्वका लागि अमेरिका स्थित बुद्धिजिवी तथा विभिन्न राजनीतिक पार्टीको भावना र मर्म अनुरुप रामसी पोखरेलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । उहाँ हाल एनआरएनए अमेरिकाको उपाध्यक्ष हुन् । एनआरएनको भावना बुझ्ने व्यक्तिको रुपमा उहाँ स्थापित भभई सक्नु भएको छ ।

उहाँमा एनआनएनएलाई नयाँ ढंग र शिराबाट संचालन गर्न सक्ने क्षमता छ भने सम्पूर्ण आप्रवासी नेपालीको साथ र सहयोग छ । सफल व्यवसायी अर्थात सामाजिक व्यक्तित्व पोखरेलले नेपाल र नेपालीलाई समृद्ध बनाउने सपना साचेका छन् । अमेरिकाभरि फैलिएका नेपालीलाई एउटै सुत्रमा बाध्न तथा नेपालको तिव्र आर्थिक विकासको लागि एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी भित्र्याउन उहाँले अध्यक्ष पदमा उम्मेद्वारी दिनु भएको हो ।

‘एनआरएन अमेरिकालाई साझा चौतारीको रुपमा विकास गर्दै सुन्दर र सुगन्धित बगैचाको रुपमा विकास गर्ने मेरो उद्देश्य छ,’ उहाँले भन्नुभयो ‘संस्थालाई कसरी दीगो र संस्थागत बनाउन सकिन्छ भन्ने मेरो सोच र योजना छ, संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउन म प्रतिवद्ध छु ।’

 

न्युयोर्कमा बन्ने साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिरको लागि रबिन बज्राचार्यले बुद्ध मुर्ति दान गर्ने घोषणा

न्युयोर्कमा बस्दै आएका समाज सेवी रबिन बज्राचार्यले न्युयोर्क महापुराण २०१७ मा बुद्धको मुर्ति दान दिने घोषणा गरेका छन् l उनले उक्त घोषणा रिजवुड नेपाली समाजको आयोजना गरेको सप्ताह महापुराणको अन्तिम दिन अगस्त २९ तारिख उक्त घोषणा गरेका हुन् l उनले नगद तथा धनादेश (चेक ) हस्तान्तरण नगरी सार्बजनिक रुपमा बुद्धको मुर्ति दिने घोषणा गरेका हुन् l

उनले आफनो जीवन संगिनी को साथमा उक्त घोषणा गरेका हुन् l रिजवुड नेपाली समाजको आयोजनामा बन्दै गरेको नेपाली मन्दिरलाई ४ फिटको तामाको बुध्द मुर्ति दान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् l

बज्राचार्यले उक्त अवसर दिएकोमा रिजवुड नेपाली समाजलाई आभार ब्यक्त गरेका छन्। मुर्ति लगाएत , मुर्ति नेपालबाट अमेरिकामा ढुवानी, मुर्तिमा बिघिवत रुपमा जिवन्यास गर्ने र बिधिवत रुपमा मन्दिर परिसर भित्र स्थापना गर्ने सम्पूर्ण खर्च समेत गरेर घटिमा $ १० हजार १ डलर दान गर्ने अवसर पाएर धन्य भएको मा हर्ष व्यक्त गरेका छन् l

उनले हजार मूर्ति स्थापना पश्चात मूर्तिको दर्शन दर्शण धर्म चित्त उत्पन्न गर्ने प्रेरणा धेरैलाई मिल्नेछ भन्नेमा आशावादि छु भन्दै ” सब्ब दानं धम्म दानं जिनाति” “दान मध्ये धर्म दान सर्वश्रेष्ठ हो” भनि सामाजिक संजाल (मुहार पुस्तिकामा )लेखेका छन् l

उनले ईनेप्लिज संग कुरा गर्दै उक्त मुर्तिको लागि आफुले खोज तलास गर्न थालेको बताएका छन् l बज्रचार्य आगामी हुने गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको लागि कोषाध्यक्षका प्रत्यासी पनि हुन् l

न्यूर्योकमा हरेक हप्ता नेपाली फिल्म लाग्ने

हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आईतवार गरि ४ वटा शो न्यूयोकमा प्रर्दशन गरिने भएको छ । न्यूर्योकमा छरीएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषिहरुलाई लक्षीत गरेर नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शनी गरिन लागेको हो । एनआरएनमा समेत सक्रिय सदस्य आयोजक तथा संञ्चालक एवं सफल ब्यवसायी पवन योन्जन र अन्य युवा साथीहरुको पहलमा उहाँले उक्त प्रदर्शन गर्न लाग्नुभएको हो ।

६५० जना दर्शक क्षमता रहेको हलमा गरिने उक्त ब्यवसायिक प्रदशनीमा नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ । पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवहरुले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले हामीलाई जानकारी गराउनुभयो

उद्योगधन्दामा विद्युत् महसुल बढ्दैन ः ऊर्जामन्त्री शाही

सूचना ! सूचना ! सूचना !

विश्वभर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय ! ग्लोबल नेपाल  टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता (Global Nepali Talent competition ) को आह्वान !
हामी सम्पूर्ण नेपाल तथा नेपालबाहिर बस्ने कला तथा संस्कृतिप्रेमीहरुको लागि ग्लोबल नेपाल  टेलिभिजनद्वारा विश्व नेपाली प्रतिभा प्रतियोगिता आह्वान गरिएको कुरा अवगत गराउन चाहन्छौं ।  देश तथा विदेशमा छरिएर रहनु भएका नेपालीहरुले यस प्रतियोगितामा भाग लिनको लागि यही आउँदो सेप्टेम्बर महिनाको अन्तिमसम्ममा आवेदन फारम भरिसक्नु पर्ने कुरा पनि यसै सूचनामार्फत जानकारी गराईन्छ ।
प्रत्येक श्रेणीबाट ग्लोबल ट्यालेन्ट प्रतियोगितामा प्रतियोगी बन्नको लागि निम्न वर्गहरुमार्फत भाग लिन सक्नु हुनेछ । विश्व नेपाली प्रतिभा निम्न श्रेणीमा हुँदैछ । प्रत्येक वर्गबाट प्रथम, द्वितीय र तृतीय हुनेले आकर्षक नगद पुरस्कारसहित प्रमाण पत्र पाउनु हुनेछ ।
१. नृत्य प्रतियोगिता (एकल)
२. नृत्य प्रतियोगिता (सामूहिक )
३. गायन प्रतियोगिता (एकल)
४. गायन तथा बाद्यवादन प्रतियोगिता (सामूहिक )
५.  बाद्यवादन प्रतियोगिता
६. विषयगत कला प्रतियोगिता
७.  खेलकूद प्रतियोगिता
८. मिस्टर मोडल प्रतियोगिता
९. मिस मोडल प्रतियोगिता
१०. मिसेस मोडल प्रतियोगिता
आवश्यक पूर्वाधार शर्तहरु
१. न्यूनतम ३ वर्षदेखि ७० वर्ष उमेर भित्रको हुनु पर्नेछ ।
२. नेपाल, तथा नेपालबाहिर संसारको जुनसुकै भूभागबाट पनि भाग लिन सक्नु हुनेछ ।
आयोजक : ग्लोबल नेपाल टिम, परिवार

महाकाली पुलले अर्थतन्त्र विकासमा मद्दत पुग्ने छ ः प्रम

NRN राष्ट्रिय निर्वाचन आयोगको निर्णयको स्वागत

एन आर एन अमेरिकाको लामो समय सम्म अन्योलमा रहेको निर्वाचन विवादले आज प्रकाशित निर्वाचन मिती घोषणा सङ्गै निकास पाएको छ। म मणी नेपाली व्व्यक्तिगत रुपमा र नेपाल विश्व सहयोग संघको संस्थापक अध्यक्षको हैसियतले आयोगको यो साहसिक् र ऐतिहासिक कदमको हार्दिक स्वागत गर्दछु। निर्वाचन गराउनु एक आँफैमा गहन जिम्वेवारी हो। स्वयम सेवक भएर गर्नु पर्ने काम भए पनि अपजसे काम हो। यो जिम्मेवेवारीमा सबैलाई खुशी पार्नु सकिँदैन नत एकलाई मात्र खुशी पार्न मनले दिन्छ र नैतीकताले मान्छ। निर्वाचन प्रकृयामा जो जतीले योगदान पुर्याउनु भयो हामी सबैले तपाईंहरुलाई धन्य्वाद दिनै पर्छ। काम गर्नेले नै भूल पनि गर्छ तर जानी जानी गरेको गल्ती रहेछ भने त्यसको हिसाव किताव गर्ने दैव छँदै छन। अब हुन सक्छ भने राष्ट्रिय एकताको बातावरण बनोस, छल कपट दण्डित होस् र नेपाली एकताको कडि बन्न सकोस एन आर एन। यही नै मेरो सपना हो र सबैको को सपना हुनु पर्छ यो। नेपाली आँफै कम्जोर छ, फुटे पछी झन कम्जोर हुन्छ। त्यसैले एकतालाई हुन्छ भनौँ, बिभाजनलाई नाइँ भनौँ ।

आउनोहोस् आफ्नो आत्मा साक्षी राखी निर्वाचनमा भाग लिऔँ। यस क्रममा निर्वाचन अघी नै जिती सकेका गौरी जोशिलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु, उनको कदमले मिश्रित प्रतिकृया पाए पनि सो कदमको मुल्य समयले दिने नै छ। सम्पूर्ण उम्मेदवार साथीहरुलाई हार्दिक शुभकामना र एन आर एन अमेरिकालाई बधाई।

मणी नेपाली पनेरु
संस्थापक अध्यक्ष
नेपाल विश्व सहयोग संघ (NAGC

निष्ठा र ईमान्दारीताकासाथ समर्पित हुनुस्– राष्ट्रपति

दशैँका लागि दुई हजार खसीच्याङग्रा ल्याइँदै

रौतहटलाई संकटग्रस्त घोषणा गराउने प्रचण्डको प्रतिबद्धता

रौतहट
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड देशमा बाढीबाट सबैभन्दा बढी प्रभावित रौतहट रहेकोले आफूले विभिन्न जिल्लाको स्थलगत भ्रमणमा पाएकाले संकटग्रस्त जिल्ला घोषणा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । रौतहटको गरुडामा आयोजित जनसभालाई विहीवार सम्बोधन गर्दै नेता प्रचन्डले बाढीबाट देशमा सबैभन्दा बढी जनधनको क्षति रौतहटमा भएको र बाढी पीडितको बेहाल भएको आफूले देखेकोले रौतहटलाई संकटग्रस्त जिल्ला घोषणा गरी पीडितलाई राहत दिलाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेता प्रचण्डले शाही राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको बताएका छन् । सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने पार्टीलाई सहयोग र विश्वास गर्न नेता प्रचण्डले सबैलाई आग्रह गरेका छन् ।
दाहालले संविधान संशोधनको प्रक्रिया टुंगो लगाएर २ नम्वर प्रदेशमा निर्वाचनको माहौल बनाएकोमा मधेशमा सबैभन्दो ठूलो पार्टी माओवादी केन्द्र हुने ठोकुवा समेत गरेका छन् । हरेक दिन हजारौँ मानिस पार्टीमा प्रवेश गरेको उदाहरणहरु दिँदै दाहालले जनताले आफूले पाएको अधिकारको संरक्षण गर्न पनि माओवादीलाई जिताउन आतुर रहेको दाबी गरेका छन् । क्षेत्रिय र साम्प्रदायिक पार्टीबाट जनताको हित, पहिचान स्थापित हुन नसक्ने तथा धर्मनिरपेक्षता, संघियता, गणतन्त्र, समानुपातिक समावेशी अधिकारको लागि लडाई लड्दा १३ सय मधेशी जनताको बलिदानीबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउनमा माओवादी केन्द्रको नेतृत्वदायी भुमिका रहेको देशै भरीका जनताहरु बुझीरहेको बताए । दाहालले मधेसवादी दलप्रति लक्षित गर्दै खुद्रा पसलेको संज्ञा दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री प्रभु साहले मधेसको हकमा माओवादीले गरेको संघर्षको परिणामले नै देशमा संघीयता, गणतन्त्र र समावेशी अधिकार आएको भन्दै अझै पनि बाँकी रहेको अधिकार र अपूरो संविधानलाई मधेसीको पक्षमा संशोधनको पहल माओवादीले नै गर्ने बताएका छन् । जिल्लालाई भौतिक विकासमा सम्पन्न बनाउन आफूले प्रयास गरिरहेको र यस अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् ।

विभिन्न केन्द्रीय तथा जिल्लास्तरका नेता कार्यकर्ता सहभागी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँजना माओवादीमा प्रवेश गरेका छन् । राजपा नेपालको जिला अध्यक्ष मण्डलका सदस्य शेख नुरुल होदा आफ्ना साढे दुई सय कार्यकर्ता तथा समर्थक सहित माओवादीमा प्रवेश गरेका छन् । यसै गरी नेकपा एमाले परित्याग गरी चर्चित महिला नेतृ देवकी नेपाल, परिवार दल परित्याग गरी नथुनी प्रसाद चौधरी लगायतकाले समर्थक र कार्यकर्तासहित माओवादीमा प्रवेश गरेका छन् ।

नेता प्रचण्डले साउन २१ गते सडकको छेउमा रहेको खाल्टोमा डुबी मृत्यु भएका चार बालिकाका अभिभावकलाई जनही दश हजार रुपैयाका दरले आर्थिक सहयोग उपलब्ध गराएका छन् । खाल्टोमा डुबी मर्ने दुई बालिकाका पिता राम एकबाल साहलाई चालीस हजार रुपैया हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री प्रचण्ड र सहरी विकास मन्त्री प्रभु साहले पार्टीको तर्फबाट सहयोग गरिएको र सरकारको तर्फबाट थप सहयोग गराउने बताएका छन् ।

Wednesday, August 30, 2017

वासिङ्गटन डीसी क्षेत्रका कविहरुले बाढी–पीडित सहयोगार्थ कविता वाचन गर्ने

अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्ने कविहरुको पहलमा बाढी–पीडित सहयोगार्थ कविता वाचन (कवि गोष्ठी )गर्ने भएका छन् l नेपालमा हालै गएको बाढी पहिरोको प्रकोपमा परि धेरै जनधनको विनाश तथा हालै अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आएको हुरिकेन हार्बी सहितको बर्षाको कारणले ठूलो क्षति पु¥याएकोमा दुख व्यक्त गरेका छन् l

यस्तो विपतको घडिमा दुवै देशका पीडितहरुको राहतका लागि सहयोग गर्ने हेतुले वासिङ्गटन डीसी क्षेत्रमा रहनु भएका कविहरुबाट ‘कविता वाचन’ (कविता गोष्ठी) कार्यक्रमको आयोजना गरिने भएको छ । सो कार्यक्रममा कविहरुका विविध प्रकारका कविता वाचन, रमाइला मुक्तकहरु, अभिनय कविताहरु, हाँस्य प्रधान कविताहरुको साथमा गीतहरुलाई समेत समावेश गरिने भएको छ l

उक्त कार्यक्रममा मेरिल्याण्ड सिल्भर स्प्रिन्ग्स स्थित घर–ए–कवाव चमेना गृह का संचालक तथा समाजसेवी लोक नाथ तिवारीले कार्यक्रममा सहभागी भई बाढी–पीडितहरुको राहतकोलागि चन्दा प्रदान गर्नुहुने कवि एवं श्रोताहरुलाई निःशुल्क अपरान्हको भोजनको व्यवस्था गर्नु भएको छ l

साथै कार्यक्रमबाट संकलित सहयोग रकम मध्ये आधा रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ मार्फत नेपालका बाढी पीडितहरुको राहतका लागि पठाइने छ भने आधा रकम अमेरिकाको ह्युस्टनमा विपतमा परेकाहरुको राहतको निमित्त उपयुक्त माध्यमबाट पठाइने जानकारी आयोजकले दिएका छन् l

आफ्ना कविता वाचन गर्न इच्छुक कवि तथा कवियत्रीहरुले आफ्नो नाम र कविताको शिर्षक आगामी सेप्टेबर ९ साँझ सम्ममा पठाउन समेत आग्रह गरेका छन् l

बिस्तृत जानकारी लिन को लागि तलको इमेल वा फोन नंम्वरमा उपलब्ध गराइ दिनु हुन समेत अनुरोध आयोजकले गरेका छन् l

कार्यक्रमः
मितिः आइतवार, सेप्टेम्बर १०, २०१७
समयः अपरान्ह १२M०० बजे
स्थानः Ghar-E-Kabab
944 Wayne Ave,
Silver Spring, MD 20910

बिस्तृत जानकारीलागि सम्पर्कः
गोपाल रेग्मीM 703-314-6945
प्रेम संग्रौलाM 202-320-6115
परशु तिमल्सिनाM 703-302-0338
प्रकाश नेपालM 703-864-4141

कविको नाम र कविताको शिर्षक उपलब्ध गराउने ठेगानाः
[email protected]

 

धन्यवाद

बाढी–पीडित सहयोगार्थ वासिङ्गटन डीसी क्षेत्रका कविहरुबाट कविता वाचन

मातृभूमि नेपालमा हालै गएको बाढी पहिरोको प्रकोपमा परि धेरै जनधनको विनाश हुनुका साथै लाखौँ मानिसहरु सर्वस्व गुमाएर औषधि, खाद्य सामाग्री लगायत लत्ता कपडाको अभावले संतप्त भएको कुरा हामी सवैलाई अवगत छ । त्यसै गरि अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आएको हुरिकेन हार्बी सहितको बर्षाको कारणले ठूलो क्षति पु¥याएको छ ।

पुरै शहरहरु डुवानमा परेका छन् । यस्तो संकटको क्षणमा हामी सबै आ–आफ्नो गक्ष अनुसार सहयोग गर्न तत्पर हुन्छौँ नै ।मातृभूमि नेपालमा हालै गएको बाढी पहिरोको प्रकोपमा परि धेरै जनधनको विनाश हुनुका साथै लाखौँ मानिसहरु सर्वस्व गुमाएर औषधि, खाद्य सामाग्री लगायत लत्ता कपडाको अभावले संतप्त भएको कुरा हामी सवैलाई अवगत छ ।

त्यसै गरि अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आएको हुरिकेन हार्बी सहितको बर्षाको कारणले ठूलो क्षति पु¥याएको छ । पुरै शहरहरु डुवानमा परेका छन् । यस्तो संकटको क्षणमा हामी सबै आ–आफ्नो गक्ष अनुसार सहयोग गर्न तत्पर हुन्छौँ नै ।

यो विपतको घडिमा दुवै देशका पीडितहरुको राहतकालागि सहयोग गर्ने हेतुले वासिङ्गटन डीसी क्षेत्रमा रहनुभएका कविहरुबाट ‘कविता वाचन’ (कविता गोष्ठी) कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहन्छौँ । सो कार्यक्रममा कविहरुका विविध प्रकारका कविता वाचन, रमाइला मुक्तकहरु, अभिनय कविताहरु, हाँस्य प्रधान कविताहरुको साथमा गीतहरु समेत समावेश हुनेछन् ।

घर–ए–कवावका तर्फबाट समाजसेवी लोक तिवारीले कार्यक्रममा सहभागीभई बाढी–पीडितहरुको राहतकोलागि चन्दा प्रदान गर्नुहुने कवि एवं श्रोताहरुलाई निःशुल्क अपरान्हको भोजनको व्यव्यस्था गर्नु भएको समेत जानकारी गराउँदछौँ । साथै यस कार्यक्रमबाट संकलित सहयोग रकम मध्ये आधा रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ मार्फत नेपालका बाढी पीडितहरुको राहतकालागि पठाइने छ भने आधा रकम अमेरिकाको ह्युस्टनमा विपतमा परेकाहरुको राहतको निमित्त उपयुक्त माध्यमबाट पठाइने समेत जानकारी गराउन चाहन्छौँ ।

आउनुहोस्, एउटा फरक प्रकारको साहित्यिक माहौलमा सहभागी हुंदै पीडितहरुलाई सहयोग गर्ने मानवीय पूण्य कार्यमा हातेमालाे गरौँ ।

आफ्ना कविता वाचन गर्न इच्छुक महानुभावहरुले आफ्नो नाम र कविताको शिर्षक यहि सेप्टेबर ९ साँझ सम्ममा तलको इमेल वा फोन नंम्वरमा उपलब्ध गराइदिनु हुन समेत अनुरोध गर्दछौँ ।

कार्यक्रमःमितिः

 

आइतवार, सेप्टेम्बर १०, २०१७समयः अपरान्ह १२:०० बजे

स्थानः Ghar-E-Kabab           

944 Wayne Ave,           

Silver Spring, MD 20910

 

बिस्तृत जानकारीलागि सम्पर्कः 

 

गोपाल रेग्मी   703-314-6945

प्रेम संग्रौला  202-320-6115

प्रशु तिमल्सिना 703-302-0338

प्रकाश नेपाल 703-864-4141

 

कविको नाम र कविताको शिर्षक उपलब्ध गराउने ठेगानाः[email protected]

 

धन्यवाद

एनआरएनएको केन्द्रिय नेतृत्वका लागि काँग्रेस निकट प्रवाशी नेपालीहरुको छुट्टै समूह मैदानमा

पुरुषोत्तम ढकाल, लसएन्जलस, १५ भदौ । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न काठमाडौँ विश्व शिखर सम्मेलनमा काँग्रेस निकट रहेका प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुले संघको २०१७-१९ कार्यकाल अन्तर्गतको केन्द्रिय नेतृत्वका लागि सम्पूर्ण पदमा उम्मेदवारी दिने भएका छन् । संघको नेतृत्वमा रहेकाहरुले आफ्नो लगानी शुरक्षित गर्दै व्यापारिक उद्धेश्य पूर्तिका लागि संघ उपयोग गर्दै आएको र विदेशमा बसोबास गरिरहेका नेपालीहरुको मुद्धाहरुमा संघ स्थापनाको १५ वर्ष पुग्दा सम्म कुनै नीति र योजना सार्वजनिक गर्न नसकेको भन्दै नेपाली काँग्रेस निकट प्रवाशी प्रजातन्त्रवादीहरुको तर्फबाट संघको नेतृत्व दावी गर्दै सम्पूर्ण पदमा उम्मेदवारी दिने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत महिना नेपाली जनसम्पर्क समितिका नेताहरुसंगको भेटमा एनआरएनएको केन्द्रिय नेतृत्वको लागि सर्वसम्मत उम्मेदवार चयन गर्न निर्देशन दिएको स्रोतको दावी छ । संयुक्त अरव इमिरेट्स, (युएई)मा बसोवास गर्दै आएका नेपाली काँग्रेस महासमिति सदश्य चीत्र केसीका अनुसार एनआरएनए अभियानमा सहभागी प्रवाशी नेपालीहरुमध्य ७० प्रतिशत नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समितिका नेता कार्यकर्ता रहे पनि संघको नेतृत्वमा ब्यापारी र कम्युनिष्टहरुले नेतृत्व हत्याउदै आएको हुँदा यस पटक एनआरएनएको केन्द्रिय नेतृत्वको लागि नेपाली काँग्रेस निकट प्रवाशी प्रजातन्त्रवादीहरुको समूहले सम्पूर्ण पदमा उम्मेदवारी दिने आन्तरिक तयारी पुरा भैसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट एनआरएनएको केन्द्रिय नेतृत्वको लागि उम्मेदवारी तय गर्ने जिम्मेवारी अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, केन्द्रिय सदस्य प्रकासशरण महत, नेपाली जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ, अमेरिकाका अध्यक्ष आनन्द विष्ट र चीत्र केसीलाई दिएका छन् । स्रोतले दिएको जानकारी अनुसार मध्यपूर्व, मलेसिया, जापान, बेलायत र बेल्जियमबाट माओवादी केन्द्र निकट प्रवाशी नेपालीको समेत प्रतिनिधत्व हुने हुँदा नेतृत्वमा उनीहरुलाई समेत समेटिने गरी नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुको समूहबाट संघको केन्द्रिय नेतृत्वमा उम्मेदवारी तय गरिएको छ ।

भरपर्दो स्रोतले दिएको जानकारी अनुसार राष्ट्रसंघिय महासभामा भागलिन आगामी महिना सेप्टेम्बरमा अमेरिका आउने तयारीमा रहेका प्रधानमन्त्री देउवाले न्युयोर्कमा रहंदा पार्टीको तर्फबाट एनआरएनएको केन्द्रिय नेतृत्वको लागि संभावित उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिनुहुनेछ । नेपाली काँग्रेसका एक केन्द्रिय नेताका अनुसार प्रधानमन्त्री देउवाले काँग्रेस निकट रहेका प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुको तर्फबाट संघको केन्द्रिय नेतृत्वका लागि अमेरिका निवासी कानुन ब्याबसायी खगेन्द्र जिसीको नेतृत्वमा युरोप, अमेरिका, मध्यपूर्व, एशिया र अष्ट्रेलिया समेट्ने गरी उम्मेदवारी चयन गर्न निर्देशन दिएका छन् । हामीलाई प्राप्त खवर अनुसार खगेन्द्र जिसीको नेतृत्वमा संघको केन्द्रिय नेतृत्वको उम्मेदवारीका लागि उपसभापतिमा बेलायतबाट हेमराज शर्मा वा लक्ष गुरुङ र महिला सभापतिमा बेल्जियमबाट जानुका गुरुङको नाम चर्चामा रहेको छ भने महासचिवमा, बलराम श्रेष्ठ, जापान, सुरेन्द्र श्रेष्ठ बेलायत माओवादी केन्द्रको तर्फबाट, विश्व आदर्श पण्डित बेलायत, केशव पौडेल अमेरिका, चीत्र केसी दुबई र रन्जु थापा अष्ट्रेलियाको नाम चर्चामा रहेको छ । यसै गरी सचिव पदका लागि चिरिन्जीवी ढकाल बेलायत, चिरन्जीवी थापा जापान र सोम सापकोटा डेनमार्कको नाम अगाडी सारिएको छ भने कोषाध्यक्ष पदका लागि कुल गुरुङ हंगकंगको नाम चर्चामा रहेको छ । यसै गरी महिला संयोजकमा जानुका सापकोटा बेल्जियम र युवा संयोजकमा हरेन्द्र ओनेम सम्भावित उम्मेदवारको सूचीमा परेका छन् । यसैको तयारी स्वरुप सभापति देउवाले अमेरिका निवासी खगेन्द्र जिसीलाई नेपाल सरकारको गैर आवाशीय मामला सल्लाहकार न्युक्त गरेको स्रोतको दावी छ । उता संस्थापक एवं ब्यापारीहरुको समूहबाट नेकपा एमालेले यस पटक संघको केन्द्रिय नेतृत्वको लागि कमल थापाको राप्रपा नेपाल निकट जापान निवासी भबन भट्टको नेतृत्वमा कामरेड कुमार पन्त उपाध्यक्ष, बर्तमान अध्यक्ष शेष घलेकै श्रीमति जमुना घले महिला उपाध्यक्ष, सोनाम लामा उपाध्यक्ष कमरेड बद्री केसी महासचिव र शेष घले निकट त्रिलोक गुरुङलाई कोषाध्यक्ष र कमरेड अर्जुन श्रेष्ठ सचिव रहेको समूह तयार गरेको छ । स्मरण रहोस आफ्नो लगानी र ब्यापारलाई शुरक्षित गर्न रसियामा रहेका ब्यापारीहरुको समूहले एमालेसंगको सहकार्यमा सिन्डिकेटमा चलाउदै आएको संघको नेतृत्वलाई संस्थापनकै सहयोगमा नेतृत्वमा उदाएका अष्ट्रेलियाका धनाढ्य शेष घलेले नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समितिको समर्थनमा चुनौती दिने कोशिस गरेको भएपनि यस पटक भने नेपाली काँग्रेसले नेपाली जनसम्पर्क समितिको पहलमा प्रजातन्त्रवादी समूहको प्यानलनै संघको आगामी नेतृत्वका लागि चुनावी दौडमा उतार्ने भएको छ ।

गैरआवासिय नेपाली संघ (एन.आर.एन.ए) फ्रान्सको सातौं महाधिवेशन सम्पन्न

गैरआवासिय नेपाली संघ (एन.आर.एन.ए) फ्रान्सको सातौं महाधिवेशन प्रमुख अतिथि ने क पा एमाले का नेता एवं पूर्व उप प्रधान मन्त्री तथा परराष्ट्र मन्त्री ईश्वर पोखरेल को आथित्यमा र गैर आवसिय नेपाली संघ, अन्तर्राष्ट्रीय परिषद का उपाध्यक्ष कुमार पन्त विशेष अतिथि रूप साथै परिवेक्षकरूपमा अन्तर्राष्ट्रीय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठको विशेष उपस्थिती समारोहका बिच सम्पन्न भएको छ ।

महाधिवेशनले एक बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गिता खनाल थापा र उपाध्यक्षमा चेतभक्त ढुंगाना, महासचिवमा नरेन्द्र शाही ठकुरी, सचिवमा प्रविन सापकोटा , कोषाध्यक्षमा मिनकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अजय अन्तोवान उप्रेती रहेका छन् ।

त्यसैगरी युवाप्रतिनिधिमा प्रमोद पाण्डे, महिला प्रतिनिधिमा पान कुमारी मल्लको साथै सदस्यहरूमा शिखा राई ‘अस्मिता’ , देवी जंग गुरूंग, शिव शर्मा ,नितेश पौडेल र अन्तर्राष्ट्रीय समन्वय परिषद (आई.सि.सी.) सदस्यमा सुवर्ण विक्रम हमाल ठकुरी निर्वाचित भएका छन् । यसैबिच निर्वाचित समितिले महाधिवेशनमा उपस्थित प्रमुख अतिथि, विशेष अथिती एवं सम्पूर्ण अथितिहरू, संघका सल्लाहकारहरू, भु.पु. पदाधिकारीहरू, निर्वाचन मण्डलका संयोजक एवं निर्वाचन मण्डलका सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संस्थाका पंजीकृत सदस्यहरू लगायत सातौं माहाधिवेशनमा उपस्थित माहानुभावहरू लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत सहयोगको लागी अनुरोध गरेको बताईएको छ ।

देखियो यस्तो, बुद्धको नाम लिदै सागर र निसानलाई भोट ( भिडियो)

नेपाल आईडलका उत्कृष्ट प्रतिष्प्रर्धी हुन् बुद्ध लामा । पोखराका बुद्ध लामा कला र गलाले भरिपूर्ण ब्यक्ति हुन् । पोखरा बुद्ध लामालाई नेपाल आईडल बनाउन कम्मर कसेर लागेको छ । तर बुद्ध लामा मात्र आईडलका दाबेदार होईनन् । प्रदाप दास, निसान भट्टराई र सागर आले पनि बुद्ध लामासंग प्रतिष्प्रधी छन् । पोखराबाट राम्रै भोट र सपोर्ट पाउने आशा राखेका छन् बुद्धले तर के पोखरामा सबै बुद्धका फ्यान हुन सक्छन् । पछिल्लो पटक पोखरामा बुद्ध लामा जिताऔं अभियान समेत सुरु भएको छ तर त्यसले बुद्धका लागि पर्याप्त नभएको देखिएको छ । पोखरामा गरिएको सर्वेक्षणमा यस्तो पत्ता लाग्यो कि बुद्ध राम्रा हुन र हाम्रा पनि हुन तर आईडल निसान वा सागर आले बन्न पर्ने तर्क दिने पनि भेटिए । उनिहरु भन्छन्‘ बुद्ध हामै्र हुन तर आईडल सागर बन्न पर्छ ।’ अर्को कुरा बुद्ध लामा मन परे पनि भोट नहालेको भन्ने हरु पनि भेटिए । हेरौं कस्ले के भने ?

Election Commission Update: New Voting Hours for NASeA Election will be from 8:00 AM to 4:30 PM http://bit.ly/2vskeef

Date: August 30, 2017

Subj: New Voting hours for upcoming Election is from 8:00AM to 4:30PM for Sunday September 3rd, 2017

Pursuant to the request received from the NASeA current Board, based on suggestions and requests by the election candidates a request via email was made by the current President Mr. Bimal Nepal to reconsider the originally planned election hours from 8:00 AM to 3:00 PM be changed to 8:30 AM to 5:00 PM instead.

Election Commission after deliberation has agreed to alter the time. New time will be from 8:00 AM to 4:30 PM.

Sincerely,
Election Commission

गित चोरीमा छक्का पन्जाले रच्यो नयाँ इतिहास ,पछिल्लो गित पनि चोरीकै वास्तविकता यस्तो रहेछ

छक्का पन्जा २ को ‘ म त यता किनारामा ‘बोलको गित सुन्दा तपाईलाई कता कता सुनेको झै लाग्यो हो ? हामिलाई पनि त्यस्तै लाग्यो । हामिले कतै सुने सुने लागेको उक्त गित खोज्दै जांदा आज भन्दा करिब ९ बर्ष अगाडि रिलिज भएको फिल्म देवर बाबुको देउडा गित ‘क्यारुम मार्यो मायाले ‘संग मिलेको छ ।

त्यो गित र यो गितको संग ट्युन मिलेको पाइएको छ । टेम्पो पनि मिलेको छ। त्यसो तो देवर बाबुको उक्त गितमा बासुरीको धुन रहेको ठाउँमा छक्का पन्जाको यो गितमा झ्याम्म झ्याम्म भनिएको छ । झ्याम्म झ्याम्म जुन शब्द निकै टिपिकल हो गितमा यो शब्द सुन्दा डिमर्चा व्याण्डको झ्याम्म झ्याम्म बोलको गितको याद पनि आउनसक्छ । ।

छक्का पन्जा २ को उक्त गितमा हरिबंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरन कडेलको संगित रहेको छ ।
छक्का पन्जा २ को पहिलो गितले चोरीको आरोप खेपेको थियो ।हेर्नुहोस गित चोरीको इतिहास रचेको चोरीकाण्ड माथिको वास्तविक चिरफार हेर्नुहोस

लेडिज डक्टरको अनुभव : पुरुषको यौनाङ्ग देख्दा लाज लाग्थ्यो (भिडियो)

कुनै पुरुष आफ्नो यौन रोगको बारेमा स्वास्थ्य उपचार गर्न लेडिज डक्टरकोमा जाला ? वा महिला पुरुषकोमा जालिन् ? पक्कैपनि आफू भन्दा बिपरित लिंगी डक्टरलाई यौन तथा प्रसुती समस्या कमै मात्रामा जानकारी दिईन्छ । संभव भएसम्म पुरुषले पुरुष डक्टर र महिलाले महिला डक्टर नै खोज्ने गर्छन् । डा. सृजना शर्मा स्त्री, प्रसुती तथा यौन रोग बिशेषज्ञ हुन् । उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् । उनीसंग गरिएको यस कुराकानीमा हामीले बिशेषत महिलाहरुको यौन, यौन रोग, महिनावारीको बेला हुने समस्याका बारेमा कुराकानी गरेका छौं । उनले आफू स्त्री, प्रसुती तथा यौन रोग बिशेषज्ञ भएर पनि सुरुमा पुरुष यौन अंग देख्दा लाज मानेको खुलासा गरेकी छन् । उक्त लाज मान्ने अवश्था भने युवा अवस्थाको सिकाईमा थियो । उनी भन्छिन्, अब सिक्ने कुरा र जीवनमा आवश्यक पर्ने कुरालाई लाज मानेर होईन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ । हेरौं डा. शर्मा संग ऋषि खतिवडाले गर्नुभएको कुराकानी ।

नेपाल डे फेस्टिवल २०१७ भब्य सफल भएकोमा आयोजकलाई बधाई तथा वर्ल्ड नेवा: अर्गनाइजेशन जापानको प्रस्तुति उल्लासमय

नेपाल डे फेस्टिवल २०१७ भब्य सफल भएकोमा आयोजकलाई बधाई तथा वर्ल्ड नेवा: अर्गनाइजेशन जापानको प्रस्तुति उल्लासमय  नेपाल डे फेस्टिवल २०१७  भब्य रुपमा सफल भएकोमा आयोजक एन आर जापान र फेस्टिवल सफल पार्न दिन रात  खतिनु भएका सम्पूर्ण साथीहरु  ,जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवा: अर्गनाईजेशन जापान द्वारा बधाई तथा धन्यवाद दिनु भएको छ l
गत वर्ष भन्दा यसपालिको फेस्टिवलमा आंशिक रुपमा भएपनि बढी जापानीहरुको उपस्थिति देखिएको थियो l अत्याधिक जापानवासी  नेपालीहरुको सहभागिताले कार्यक्रम हर्ष उल्लासले सम्पन्न भएकोमा वर्ल्ड नेवा:अर्गनाईजेश न जापान का प्रतिनिधि राम भक्त जोशीले आयोजक कमिटीलाई बधाई तथा धन्यवाद दिनु भएको छ l
यस वर्षको कमि कमजोर लाई हटाई अर्को वर्ष नेपाल डे फेस्टिवलको दिन अहिले देखि नै घोषणा गर्न सकेको खण्डमा  मन्चमा सकेसम्म नेपाली संस्कृति झल्कने कार्यक्रम र धेरै भन्दा धेरै प्रचार प्रसार गरि जापानीहरुको उल्लेखे सहभागिता  गर्न सकिने कुरा अर्गनाईजेशनका प्रतिनिधि सन्दिप नारायण शाक्यले  बताउनु भयो l बढी  अगस्त २६  र २७ तारेख दुई दिवसिय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ l
लाखे ,झ्यालिंचा नाच,तायमचा नाच ,घिन्ता घिसि नाच ,धिमे बाजा ,भुस्या बाजा ,कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।
जापानवासी नेवारहरुको सक्रिय सहभागिताले  यसपालिको नेपाल डे फेस्टिवलमा नेवार संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत गर्न सकिएको र  दुई दिने फेस्टिवलमा सहभागी हुनु भएका सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई धेरै धेरै धन्यवाद दिनुहुँदै यसपालि केही मात्रामा भएपनि जापानीहरु सहभागि गराउन सकेकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका प्रतिनिधि ब्यांचा दाई (यामानाका )ज्युले खुशी व्यक्त गर्नु भएको छ l
नेवार संस्कृति भनेको नै नेपालको संस्कृति भएको हुनाले  जापानमा हाम्रो संस्कृतिको सरंक्षण ,सम्बर्धन प्रचार प्रसार  गर्ने र जापानीहरुलाई नेपाल भ्रमणप्रति आकर्षित गर्ने   दायित्व हामी सम्पूर्ण जापानवासी नेपालीहरुको हातमा रहेको कुरा अर्गनाईजेशनका अर्को प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भएको छ l
यसपालिको नेपाल डे फेस्टिवल २०१७  मा नेपालीहरुको सहभागी उल्लासमय रही सफल भएकोमा उक्त कार्यक्रम आयोजनाका संयोजक सुदन थापाज्युलाई अर्गनाईजेशनको तर्फबाट प्रतिनिधि प्रकाश लाल श्रेष्ठज्युले बधाई तथा धन्यवाद दिनु भएको छ l
फेस्टिवल सफल भएकोमा बधाई दिनु हुँदै नेपाल डे फेस्टिवलको मन्चमा यसपालि  नेपाल को संस्कृति झल्कने नेपाली सांस्कृतिक कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिनु भएकोमा आयोजकलाई धन्यवाद दिंदै  नेपालको सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न वर्ल्ड नेवा:अर्गनाईजेशन जापान  संधै सहकार्य गर्न तत्पर रहेको कुरा को जानकारी अर्गनाईजेशनकी प्रतिनिधि इन्दिरा सुजुकी राजभन्दारीज्युले बताउनुभएको छ l
नेपाल डे फेस्टिवलको अन्तिम दिनमा सधैं झै फेस्टिवलमा भिजिट गर्नु  हुने नेपालीहरुले गरेको फोहोरहरुले गर्दा आयोजकलाई सफा गर्न धेरै गाह्रो भएको र लाखौं जापानी येन सरसफाईको लागि आर्थिक भार व्यहोर्नु परेको छ l अब देखि जापानमा हुने यस्ता कार्यक्रमहरुमा सहभागि हुँदा जथाभाबि फोहोर फ्याक्ने बानि अरुले गरेपनि आफुले गर्दिनँ भन्ने भावना लिई सहभागि हुनु पर्ने देखिन्छ l
यसपालिको नेपाल डे फेस्टिवलको अन्तिम दिनमा आफु बसेको ठाउँ र त्यस वरिपरि सरसफाई गरि आईयो l नेपाल डे फेस्टिवल बिगत १० वर्ष देखि जापानमा आयोजना हुँदै आएको छ l जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा एनआरएन जापानले यो वर्षको नेपाल डे फेस्टिवलको आयोजना गरेको हो l
वर्ल्ड नेवा:अर्गनाईजेशन जापान ,नेवा:जागरण मंच जापान र नेवा:गुथि जापानको सक्रियतामा यसपालिको नेपाल डे फेस्टिवलमा नेवार सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको हो l
त्यस्तै शरद शेरचनज्युले नेवार ,गुरुङ,थकाली,सेर्पा ,तामाङ्ग,शेरचन ,बाहुन ,क्षत्रि,थारु बिभिन्न नेपालका जात जातिको भेष भुषाको  फेशन शो गरि त्यसको परिचय दिनु भएको थियो l धिमे तथा पन्चे बाजाका साथै  बिभिन्न जातजातिहरुले आ-आफ्नो सांस्कृतिक प्रदर्शनहरु गरि नेपाल डे फेस्टिवल नेपालको बिभिन्न जातजातिको फुलवारी हो भनि देखाउन सफल भएको थियो l

नेपाल आईडलबारे गुगल बोइको सनसनिपुर्ण भविष्यवाणि, के मिल्ला त उनको भविष्यवाणी ?

नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन । अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुन: चर्चा हुन थालेको छ । यस अघी ज्योतिष सत्य राज गौतमले समेत भविष्यवाणी गरेका थिए । थप भिडियो हेर्नुहोस् ।

संगैबसेको साथि एक्कासी देउता बनेर रुदै,काम्दै गरेपछी पोखरामा हंगामा(भिडियो सहित)

नाटोज पत्रकारिता पुरस्कारबाट सिग्देलसहित दुई पत्रकार सम्मानित

काठमाडौं–सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन् । बुधबार राष्ट्रिय पत्रकार संगठन (नाटोज) को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘पर्यटनका साथै कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो । राज्यको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’

विश्वमा नेपालबारे अफबाहसमेत फैलिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको बताए । जोखिमयुक्त पर्यटन क्षेत्रहरुमा सञ्चारको पहुँच नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस क्षेत्रहरुमा सञ्चारको पहुँच पुर्याउन सरकार क्रियाशिल रहेको समेत उल्लेख गरे ।

मुलुकको अर्थ व्यवस्था बलियो बनाउने हो भने पर्यटन क्षेत्रलाई नै राज्यले महत्व दिनुपर्ने मन्त्री बस्नेतको भनाई थियो ।
उनले सरकारी कार्यालयहरुमा कामकारबाही ढिलो हुने गरेको गुनासो प्राप्त हुने गरेको भन्दै त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए । प्रक्रियाबाट आएका काम २४ घण्टा पनि नभए आफूलाई जानकारी गराउन आग्रह समेत मन्त्री बस्नेतले गरे ।
सो अवसरमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन र सूचनालाई सँगसँगै अघि बढाइनु पर्ने भन्दै अहिले पनि पर्यटन क्षेत्रमा विभिन्न खालका समस्या रहेको बताए । अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या निराकरणको लागि सरकारको ध्यानाकर्षण समेत गराए ।

सो अवसरमा दुई सञ्चारकर्मीलाई नाटोज पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र रातोपाटीका पत्रकार राजकुमार सिग्देललाई सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले नाटोज पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मान गरेका हुन् ।पुरस्कारको राशी रु १० हजार र सम्मानपत्र रहेको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए ।

 

न्युयोर्क महापुराण २०१७ को छैठौ दिन सम्म ९ करोड संकलन

विजय थापा

न्यू योर्क मा स्थापित चर्चित रिड वुड नेपाली समाजले आयोजना गरेको श्रीमद्भागवत महापुराण को छैठौ दिन सम्म ९ करोड संकलन भएको छ l १० करोड अर्थात् १ मिलियन डलर को लक्ष्य राखी आयोजना गरिएको महा पुराण बाट अगस्त २८ तारिख राती सम्म ९ लाख ८ हजार ८ सय ७५ डलर सेन्ट उठेको छ l

गत अगस्त २३ तारिख बाट सुरु भएको न्युयोर्कको ज्याक्सनहाईटस्थित सत्य नारायण मन्दिरमा आयोजनामा भइरहेको महापुराणमा नेपाली समुदायले ठुलो हृदय बनाई ठुलो रकम सहयोग गरेका छन् l

सानो भन्दा सानो रकम दिनेहरु देखि १ लाख ११ हजार १ सय ११ डलर सम्म दिने व्यक्ति तथा संस्थाहरु देखा परेका छन् l

दिल खोलेर आर्थिक सहयोग गर्नु हुनेहरुमा राजेश भट्ट्,मोहन ज्ञवाली, सुर्य लम्साल, रमेश श्रेष्ठ, जनक भण्डारी, सुमन शाह, खगेन्द्र क्षेत्री, केशव सेडाई, जनक पराजुली, बेद खरेल जस्ता दानवीरहरु तथा प्रवासी नेपाली मञ्चजस्तो संस्थाहरु उदाहरण बनेका छन ।

न्युयोर्कमा नेपालीको आफ्नो सामुदायिक भवन तथा मन्दिर छैन । पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन भइरहेको महापुराणमा रिजउड नेपाली समाजका उपाध्यक्ष समाजसेवी राजेश भट्ले र सुनिता भण्डारीले ७५ हजार डलर, रिजउड नेपाली समाजका संस्थापक उपाध्यक्ष सुमन शाह र रम्बीका उलकले ५१ हजार १११ डलर, रिजउड नेपाली समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवाली तथा रिना ज्ञवालीले ५० हजार १ डलर, बेद खरेलले ६६ हजार ६६६, रिजउड नेपाली समाजका सदस्य जनक पराजुलीले २२ हजार २२२ डलर, बरिष्ठ अधिवक्ता खगेन्द क्षेत्री ३५ हजार डलर, अधिवक्ता केशव शेडाईले ३५ हजार डलर, अधिवक्ता रमेश श्रेष्ठले २० हजार १ डलर ,एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार कृष्ण पोख्रेलले २० हजार डलर सहयोग गरेका छन् l

प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १११ डलर सहयोग गरी उदाहरण बनेको छ l

 

बकर ईदको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा

 १४ भदौ, काठमाडौं । सरकारले इस्लाम धर्मावलम्वीको महान चाड बकर ईद र इदुल जोहाको अवसरमा भदौ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिमहरुको महान चाडका अवसरमा भदौ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पूर्वमन्त्री लेखकद्वारा महाकाली पुल निर्माणस्थलको निरीक्षण

अमेरिका नेपाल सोसाइटीलाई छाता संगठनको रूपमा डिसी महानगर क्षेत्रमा बिकास गर्न म निरन्तर सक्रिय रहने छु :अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद पौडेल

अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीका महासचिब प्रेम प्रसाद पौडेलले सामाजिक संजाल (मुहार पुस्तिका )मार्फत आफ्ना भनाई राख्दै अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् l वर्तमान महा सचिव रहेका पौडेल भन्छन ,संयुक्त राज्य अमेरिकाको नेपालीको एेतिहासिक धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो भन्ने ठहर रहेको उनि बताउदछन l उनले थप कुरा राख्दै संगठनलाई निरन्तर गतिशील बनाउदै जनचाहना अनुसार परंम्परागत शैली र ढॉचामा परिवर्तनगरी युवा तथा बिधार्थीहरूलाई सहभागीहुने कार्यक्रम ल्याउने तर्फ अग्रसर हुनेछु भनेका छन् l

पौडेलका प्रतिबद्धता तथा भनाई जस्ता को त्यस्तै :

आदरणीय डिसी महानगर निवासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरू,

मैले अमेरिका नेपाल सोसाइटीमा बिभिन्न तहमा रहेर बिभिन्न समयमा कार्यरत रहेका पदाधिकारीहरू, डिसी महानगर क्षेत्रमा सामाजिक अभियानमा लागेका बिभिन्न पेशा र क्षेत्रमा क्रियाशील महानुभावहरू, बिभिन्न संघसंस्थामा आबद्ध नागरिक अगुवाहरूसग निकैलामो छलफलगरी उहाहरूकै अनुरोधमा आगामी २ बर्षे कार्यकालकालागी (२०१७-२०१९) मैले सोसाइटीको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।निर्वाचन आगामी अक्टूबर ८ तारिखका दिन मेरिल्यान्डको नेपाली शैक्षिक तथा संस्कृतिक केन्द्र (NECC) ब्रेन्डसभिल्ले म्यारिल्यान्ड को प्रागणमा हुनगैरहेको कुरा संम्बद्धसबैमा जानकारीका लागी अनुरोध गर्दछु ।

मेरो ब्याक्तिगत तथा पारिवारिक पृष्ठभूमि :

म ईन्जिनियरिग्ग बिषयको बिधार्थी हू र सिभिल ईन्जिनियरिग बिषयमा स्नातक गरि नेपालमा करिव २४ बर्ष खानेपानीका क्षेत्रमा नेपालमा सेवा गरे पश्चात ईस्वि संम्बत २०१० मा प्रवेस गरे र अहिले प्रिन्सविलीयम काउन्टीको वातावरण शाखामा कार्यरत छु।हाल म, मेरी धर्मपत्नी र दुई छोरिहरूका साथ भर्जिनियाको मनासस शहरमा बस्दै आएको छु।मेरो जिवन संगिनी मानबशास्त्रमा स्नातोक्तर हुन भने छोरीहरू क्रमस सिभिल ईन्जिनियरिग र जिबशास्त्रमा ( Biology) हालै मात्र जर्जम्यासन तथा भर्जीनिया कमनवेल्थ यूनिभर्सिटीबाट स्नातक तहको अध्ययन पुरा गरिसकेका छन् । मेरो जन्म मध्यम बर्गीय किसान परिवारमा चितवन जिल्लाको अती दुर्गम क्षेत्र माडिमा बि. सं २०२३ सालमा पिता देबराज पौडेल र आमा स्व. कासीमाया पौडेलको कोखमा भएको हो । मेरो परिवार २०१९ सालमा कास्कि जिल्लाको हंसपुर गाविसको दागसिमरागबाट चितवनको गर्दि गाविसको भैरवपुरमा बसाईसराई गरेको रहेछ त्यसपछी नेपालमा मेरो परिवारका अन्य सदस्यहरू भरतपुर महानगरपालीकाको वार्ड नम्बर ७ कृष्णपुरमा बस्दै आउनु भएको छ।मेरो बिबाह दाग को मानपुर गाविसको दुधराश निवासी रत्नमाया अधिकारीसग बि. सं. २०४७ मा भएको हो।

सगठनको संक्षिप्त जानकारी:

अमेरिका नेपाल सोसाइटी आज भन्दा ५० बर्ष अघि १९६७ जनवरी १९ मा अमेरिकी पूर्व राजदूत ईल्सवर्थ बन्कर र नेपाली पूर्व राजदूत पदम् बहादुर खत्रीको बिषेश पहलमा १२५ जनाको उपस्थितीमा अमेरिकाको राजधानी वासिंगटन डिसीको ईन्टरनेसनल क्लबमा गठन भएको थियो। यसको मानार्थ अध्यक्ष र उपाध्यक्ष पद क्रमस ईल्सवर्थ बन्कर र पदम् बहादुर खत्री स्वयंले ग्रहण गरि संस्थाको सभापतीको रूपमा अमेरिकी सैनिकका रिटायर्ड कर्णेल विलियम ग्रासमले नेतृत्व गर्नुभएको कुरा उपलब्ध दस्ताबेजमा उल्लेख छ।उक्त पहिलो कार्यसमितिमा नेपाली बिधार्थी ठाकुर नाथ पन्तको सहभागिता थियो।

यो संस्थाले समय सापेक्ष गति लियो कि लिएन(?) बहसको बिषय हुन सक्ला तर नेपालप्रति अगाध स्नेह राख्ने पिसकेोर स्वयंसेवक, यूएसआईडि, सेभ द चिल्ड्रेन लगायतका परियोजनामा नेपालमा काम गरेका बिभिन्न मुलका अमेरिकी नागरिकको पहलमा गठन भएको यो नै सबै भन्दा पुरानो नेपाली संस्था हो भन्नेकुरामा दुईमत नहोला । यस संस्थाको बिकास, प्रबर्द्धन तथा संम्बर्धनमा आम प्रवासी नेपालीहरू बिनाहिच्किचीहट सहभागी बनी संयुक्त राज्य अमेरिकाको नेपालीको एेतिहासिक धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो भन्ने मेरो ठहर छ l

मेरो सगठनात्मक चासो र प्रतिबद्धता:

यस गरिमामय संस्थाको आगामी नेतृत्व समयसापेक्ष सबल, सक्षम र कर्तव्यनिष्ठ छनौट गर्न डिसी महानगरक्षेत्रमा बसोबासगर्ने प्रवासी नेपाली तथा अन्य नेपाल र नेपालीहरूका शुभचिन्तकहरूको चासो र चिन्ताहुनु स्वभाविक र उत्तिकै आवश्यक पनी छ। ईस्वी सम्बत २०१० मा म अमेरिका आएदेखिनै यसका क्रियाकलापलाई नगिचबाट नियाल्दै सगठनका बिभिन्न क्रियाकलापहरूमा संलग्न तथा सहभागीहुदै आएको र अहिले अमेरिका नेपाल सोसाइटीको कार्य समितीमा (२०१४-२०१७)संस्थाको महासचिव पदमा रहि सक्रिय रूपमा कार्यरत रहदै आएको कुरा सर्बविदित नै छ। संस्थामा आजीवन तथा साधारण सदस्य संख्या उल्लेख्य रूपमा बृद्धीगर्न मैले खेलेको भूमिका सबैका सामु छर्लग्ग छ।

सगठनलाई स्थायित्व प्रदानगरि मज़बूत र बिस्तारगर्ने कार्यमा यहाहरूले प्रदान गर्नु भएको अभिरुचिले मलाई थप हौसला मिलेको छ। यस कार्यमा मलाई हौसला प्रदानगर्ने, सकारात्मक सल्लाह र सुझाव दिने तमाम डिसी महानगर निवासी आदरणीय महानुभाव प्रती हृदयदेखी नै आभार ब्यक्त गर्दछु।यहाँहरूको सहयोग, सहभागिता र सद्भावले आगामी दिनमा संगठनलाई निरन्तर गतिशील बनाउदै जनचाहना अनुसार परंम्परागत शैली र ढॉचामा परिवर्तनगरी युवा तथा बिधार्थीहरूलाई सहभागीहुने कार्यक्रम ल्याउने तर्फ अग्रसर हुनेछु। सबै संघ संस्थाहरूसग समन्वय र सहकार्यगरी साझा उद्देश्यहरूमा एकता क़ायम गरी अमेरिका नेपाल सोसाइटीलाई छाता संगठनको रूपमा डिसी महानगर क्षेत्रमा बिकास गर्न म निरन्तर सक्रिय रहने छु भन्ने बिश्वास दिलाउन चाहन्छु।

मेरो सगठनात्मक संलग्नता र अठोट:

संस्थामा ब्यापक जनसहभागिता गराई संगठनात्मक सुदृढ़िकरणकालागी मैले गरेको प्रयत्न यहाहरू सबैमा छर्लग्ग छ र इच्छुक महानुभावहरूले बेलैमा यसको सदस्यता लिई क्रियाशीलहुन समेत हार्दिक अपील समेत गर्दछु।

समाजिक अगुवाहरूले अल्पकालिन र दीर्घकालीन योजनाहरूको तर्जुमा गरी समस्याहरूलाई संम्बोधन गर्न सगठनात्मक दि्ष्टिकोण अगाडी ल्याउन ज़रूरी छ।समाजले आवश्यक महषुस गरेको कुरालाई सम्बोधन गर्न नसक्ने संस्थाहरू बिलिन हुदै जाने निश्चित छ। उदाहरणको लागी अहिले भर्जिनियामा नेपालीहरूको सामुदायिक श्रोतकेन्द्र ( Community Resource Center) आवश्यक छ। यो मेरो एउटा मुख्य दीर्घकालीन योजना मध्यको एउटा मुख्य योजना हो ।यो र यस्तै अन्य योजना सहितको घोषणापत्र छिट्टै यहाहरू समक्ष पेश गर्नेछु।

मैले संस्थामा रहेर ३ बर्षमा गरेको अनुभव, मेरो शैक्षिक योग्यता, सामाजिक क्रियाकलापमा मेरो संलग्नता ( नेपाल रेडक्रस सोसाइटी- आजीवन सदस्य, गैरआवाशिस नेपाली संघ-सदस्य, ईक्वालिटी फ़ाउन्डेशन- सदस्य,अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स -सदस्य, अमेरिका नेपाल हेल्पिग सोसाइटी – क्रियाशील सदस्य), मेरो बैयक्तिक स्वभाव र क्षमतालाई हेरेर मुल्याकन गर्न सबै महानुभावहरूमा अनुरोध गर्दछु। म आफूलाई स्वयं अग्लो घोषित गर्न अरूको खुट्टा काट्ने प्रबृती प्रति गंम्भिर असहमति राख्दछु।तसर्थ मतदाता सामु देखिएका बिकल्पहरू मध्ये यहाहरूलाई मेरो कुरा मनपर्यो भने मलाई आगामी कार्यकालका लागी अध्यक्षपदमा निर्वाचित गर्न संम्पूर्ण मतदाताहरूमा बिनम्र अनुरोध गर्दछु।
धन्यवाद !

प्रेम प्रसाद पौडेल
अध्यक्ष पदको उम्मेदवार
तथा
महासचिब
अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसी

हिंसात्मक राजनीतिक गतिविधि त्याग्न राजपालाई ओलीको आग्रह

डा. पौडेलको सह्रानीय काम, सामुदायीक केन्द्र निर्माणका लागी १ लाख डलर सहयोगको घोषणा

(अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाका अध्यक्ष एवम सामाजिक व्यक्ति डा. केशब पौडेलले अमेरिकाका बिभिन्न शहरमा स्थापना हुन लागेका सामुदायीक केन्द्र (कम्युनिटी सेन्टर)का लागी एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी पनि अध्यक्षका प्रत्यासी डा. पौडेलले मंगलबार एक अपिल जारी गर्दै सामुदायीक केन्द्र स्थापना एनआरएन अमेरीकाको एजेण्डा समेत भएकोले बिभिन्न शहरमा स्थापनाको चरणमा रहेका सामुदायीक केन्द्रका लागी आफुले व्यक्तिगत रूपमा एक लाख डलर दिने घोषणा गर्नुभएको हो ।

डा. पौडेलले जारी गरेको अपिलमा रिजउड नेपाली समाजले न्युयोर्कमा स्थापना गर्न लागेको सामुदायिक केन्द्रका लागी दश हजार डलर सहयोग गरेर सामुदायिक केन्द्रलाई प्रदान गरिने सहयोगको शुरुवात गरेको बताउनु भएको छ ।

अमेरीकाका बिभिन्न १५ वटा शहरमा सामुदायिक केन्द्रको स्थापनाको थालनी भएको आफुलाई जानकारी भएको बताउंदै डा. पौडेलले अहिलेको आवश्यकता र सार्थक प्रयासलाई साथ दिन आफुले सहयोगको घोषणा गरेको बताउनुभएको छ ।

समुदायले गर्ने हरेक कार्यमा व्यक्तिगत सहयोग र समर्थन रहने बताउंदै आएका डा. पौडेलले संस्थागत रूपमा पनि सहयोग र समर्थन जारी रहने बताउनुभएको छ ।

डा. पौडेलले जारी गरेको अपिलमा यस्ता उदाहरणिय कार्यका लागी सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो जानकारीमा रहेका १५ वटा सामुदायिक केन्द्रका लागी एक केन्द्र बराबर ५ देखी १० हजार डलर सम्म सहयोग गर्ने योजना रहेको डा.पौडेलले बताउनु भएको छ ।

सामुदायीक केन्द्र निर्माण एनआरएनको मुख्य एजेण्डा समेत भएकोले आफु लगायत सबैको साथ र सहयोगको खांचो रहेको पौडेलले बताउनुभयो ।

डा. पौडेलले जारी गरेको अपिल

हार्दिक अपील

आदरणीय नेपाली समुदाय, हार्दिक अभिवादन ।

अमेरिकका विभिन्न शहरमा नेपाली समुदायको अग्रसरतामा सामुदायिक केन्द्र (कम्यूनिटी सेन्टर) निमार्ण हुने क्रममा छन् । यो अहिलेको आवस्यकता र सार्थक प्रयास हो । मेरो जानकारीमा अहिलेसम्म १५ शहरमा यस्ता कम्यूनिटी सेन्टर निमार्णको पहल भईरहेको आएको छ । समुदायले गर्ने हरेक कार्यमा मेरो सहयोग र समर्थन रहने मैले पटक पटक प्रतिवद्धता व्यक्त गर्दै आएको कुरा यहॉहरुमा विदितै छ। कम्यूनिटी सेन्टर निर्माण हामी अमेरिकावासी नेपालीहरुको प्रमुख मुद्दाहरु मध्येको एक रहेको कुरा यसअघि नै वताउंदै आएको थिएं । यस क्रममा नेपाली समुदायले निमार्ण गर्ने विभिन्न शहरका कम्यूनिटी सेन्टरका लागि आगामी दिनहरुमा ५ देखि दशहजार डलर भित्र पर्ने गरि मैले जम्मा १ लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी गराउंछु । यसको शुरुआत आजै मंगलवार न्यूओर्क स्थित नेपाली रिजउड सोसाइटीले निमार्ण गर्न लागेको कम्यूनिटी सेन्टरका लागि १० हजार डलर दिने घोषणा गरेको छु । यो सवै मेरो व्यक्तिगत सहयोग हो । यस वाहेक हाम्रो समुदायले गर्ने काममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका ९एनआरएन अमेरिका०का तर्फवाट संस्थागत समर्थन र सहयोग रहने छ। एनआरएन अमेरिकाको अध्यक्षका हैषियतले पनि म नेपाली समुदायसंग यस्ता कार्यमा सहयोग गर्न विनम्रतापूर्वक आग्रह र अपील गर्छु । र सहयोग दिने समुदायका सहयोगी मनहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

भवदिय

डा केशव पौडल

अध्यक्ष एनआरएन अमेरिका ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...